"साउन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। निरयन सौर्य मास सूत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतिका दिन देखि मानिन्छ भने अमान्तचन्द्रमासका अनुशार साउनको सुरुवात अषाड अमावास्याको र पूर्णिमान्तचान्द्रमासका अनुसार असार पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ। वेदांग ज्योतिषानुसार अमान्तचान्द्रमास शुक्लपक्ष प्रतिपदादेखि चान्द्रवर्षको दक्षिणायन शुरु हुन्छ | शाक्य पञ्चांगका अनुशार श्रावण महिनाको सुरुवात कर्कट सक्रांतीको ५ दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको [[जुलाई]] र [[अगस्ट|अगस्त]] आधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना [[वर्षा ऋतु|बर्षाऋतु]]को पहिलो महिना हो। यो महिना सायनकर्कटमास र निरयनकर्कटमास गरी दुई प्रकारको हुन्छ | सायनकर्कटमास निरयन आषाढ ७ गते बाट प्रारम्भ हुन्छ |जसलाई पञ्चांग कारहरूले (सायन कर्कटे सूर्यः)भनेर उल्लेख गरेका हुन्छन् | यसरी हेर्दा सायन [[सूर्य]] र निरयन[[ सूर्य]]सायनमासनिरयनमास भरी [[कर्कट राशि]]मा रहन्छन् ।
श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। निरयन सौर्य मास सूत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतिका दिन देखि मानिन्छ भने अमान्तचन्द्रमासका अनुशार साउनको सुरुवात अषाड अमावास्याको र पूर्णिमान्तचान्द्रमासका अनुसार असार पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ। वेदांग ज्योतिषानुसार अमान्तचान्द्रमास शुक्लपक्ष प्रतिपदादेखि चान्द्रवर्षको दक्षिणायन शुरु हुन्छ | शाक्य पञ्चांगका अनुशार श्रावण महिनाको सुरुवात कर्कट सक्रांतीको ५ दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको [[जुलाई]] र [[अगस्ट|अगस्त]] आधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना [[वर्षा ऋतु|बर्षाऋतु]]को पहिलो महिना हो। यो महिना सायनकर्कटमास र निरयनकर्कटमास गरी दुई प्रकारको हुन्छ | सायनकर्कटमास निरयन आषाढ ७ गते बाट प्रारम्भ हुन्छ |जसलाई पञ्चांग कारहरूले (सायन कर्कटे सूर्यः)भनेर उल्लेख गरेका हुन्छन् | यसरी हेर्दा सायन [[सूर्य]] र निरयन [[सूर्य]] सायनश्रावणमासनिरयनश्रावणमास भरी [[कर्कट राशि]]मा रहन्छन् ।


==चाड पर्वहरू==
==चाड पर्वहरू==

१६:४९, १३ जुन २०१६ जस्तै गरी पुनरावलोकन

श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। निरयन सौर्य मास सूत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतिका दिन देखि मानिन्छ भने अमान्तचन्द्रमासका अनुशार साउनको सुरुवात अषाड अमावास्याको र पूर्णिमान्तचान्द्रमासका अनुसार असार पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ। वेदांग ज्योतिषानुसार अमान्तचान्द्रमास शुक्लपक्ष प्रतिपदादेखि चान्द्रवर्षको दक्षिणायन शुरु हुन्छ | शाक्य पञ्चांगका अनुशार श्रावण महिनाको सुरुवात कर्कट सक्रांतीको ५ दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको जुलाईअगस्त आधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना बर्षाऋतुको पहिलो महिना हो। यो महिना सायनकर्कटमास र निरयनकर्कटमास गरी दुई प्रकारको हुन्छ | सायनकर्कटमास निरयन आषाढ ७ गते बाट प्रारम्भ हुन्छ |जसलाई पञ्चांग कारहरूले (सायन कर्कटे सूर्यः)भनेर उल्लेख गरेका हुन्छन् | यसरी हेर्दा सायन सूर्य र निरयन सूर्य सायनश्रावणमास र निरयनश्रावणमास भरी कर्कट राशिमा रहन्छन् ।

चाड पर्वहरू

श्रावण महिनामा नेपाल तथा भारतका मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।

  1. श्रावण एक गते विभिन्न रोग व्याधको शान्तिकोलागी राँके सक्रान्ति पर्व मनाई विभिन्न प्रकारले लुतो फाल्ने पुरानो परम्परा छ।
  2. श्रावण कृष्ण चतुर्दशीका दिन काठमाण्डौ उपत्यकाका नेवारहरूले गठेमंगल पर्व मनाउने गर्दछन्।
  3. श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्दछ। यस दिन नागको चित्र बनाएर घरमा टाँस्नाले सर्पचट्याङको डर हुदैन भन्ने परम्परा रहेको छ।
  4. श्रावण शुक्ल चतुर्दशीका दिन नेपालको मध्य पश्चिमसुदूर पश्चिमका साथै भारतको उत्तराखंडहिमांचल प्रदेशमा समेत विभिन्न देवी मन्दिरमा पुजा गरिने मालिका चतुर्दशी पर्दछ। नेपालका प्रमुख मन्दिरहरू मध्य एक मानिने बाजुराको बडिमालिका मन्दिरमा यसै दिनमा पुजा गरिन्छ।
  5. श्रावण शुक्ल पुर्णिमाको दिनमा जनै पुर्णिमारक्षा वन्धन दुईवटा पर्व पर्दछन्। यस दिनमा तागाधारी हिन्दूहरूले धारण गर्ने जनैको पुजा गरेर भंडार गरी राख्ने प्रचलन छ। साथै यस दिनमा नेपालको तराई क्षेत्र तथा भारतमा दिदि बहिनिहरूले आफ्ना दाजु भाईहरूको हातमा राखी अथवा रक्षाबन्धन बाँध्ने गर्दछन्। यसै दिन पश्चिम नेपालमा यहाँका स्थानिय जस्तै:- नैनेल, मष्टा, अधिकारी, जगनाथ, आदि देवी देवताहरूको पुजा गरिन्छ।

सन्दर्भ सूचीहरू

बाह्य लिङ्कहरू

यि पनि हेर्नुहोस्