"महायान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ८: पङ्क्ति ८:


==महायानको उपशाखा==
==महायानको उपशाखा==
===सुत्रयान===
===बोधिसत्त्व सुत्रयान===


===तन्त्रयान अथवा वज्रयान===
===बोधिसत्त्व तन्त्रयान===
====तीन बह्यतन्त्र====
====तीन बह्यतन्त्र====
# क्रियातन्त्र
# क्रियातन्त्र

००:३६, १६ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

गन्धार बाट पहिलो शदब्ती ईसवीमा बनेको महात्मा बुद्ध को मूर्ती

महायान वर्तमान कालमा बौद्ध धर्म को दुई प्रमुख शाखाहरू मध्ये एक हो। अर्को शाखाको नाम थेरवाद हो। महायान बुद्ध धर्म भारत बाट आरम्भ भएर उत्तर तिर धेरै अरू एशियाली देश हरूमा फैलिएर गए, जस्तै चीन, जापान, कोरिया, ताइवान, तिब्बत, भूटान, मंगोलियासिंगापुर। महायान सम्प्रदायको अगाडि अरू उपशाखा हरू पनि छन्, मसलन ज़ेन/चान, पवित्र भूमि, तियानताई, निचिरेन, शिन्गोन, तेन्दाई तथा तिब्बती बौद्ध धर्म।[१]

थेरवाद र महायानको फरक

'थेरवाद' शब्द का अर्थ हो 'श्रेष्ठ पुरुषहरुको कुरा'। बौद्ध धर्मको यो शाखामा पालि भाषा मा लेखिएको प्राचीन त्रिपिटक धार्मिक ग्रन्थहरूका पालन गर्नुमा जोर दिने गर्दछन। थेरवाद बौद्ध अनुयायीहरूको अनुसार यसलाई बौद्ध धर्मको मूलरूपमा मानिन्छन। यिनीहरुको लागि महात्मा बुद्ध एक महापुरुष जरूर हो तर कुनै देउता होइन। उनीहरू बुद्ध लाई पूजा गर्दैनन् र उनीहरूको धार्मिक समारोहमा पनि बुद्ध-पूजा हुँदैनन्। जहाँ महायान बौद्ध परम्परा हरूमा देवी देउता इत्यादि धेरै दिव्य-जीवको मान्ने गर्दछन तर थेरवाद बौद्ध परम्परामा यस्तो कुनै पुजापाठ हुँदैनन्। थेरवादको मतमा हरेक मनुष्यको स्वयं निर्वाणको मार्ग खोज्नु पर्नेहुन्छा। यस समुदायमा युवा हरूको भिक्षु बनाउनेमा धेरै शुभ मानिन्छन् र युवाहरू केहि दिनको लागि भिक्षु बनाई फेरी गृहस्थमा फर्किंने चलन पनि छन्। थेरवाद शाखा दक्षिणी एशायाली क्षेत्रहरूमा प्रचलित छन्, जस्तै श्रीलंका, बर्मा, कम्बोडिया, वियतनाम, थाईलैंडलाओस[२] प्राचीन जमानामा 'थेरवाद' को 'हीनयान शाखा' भन्ने गर्दछन, तर आजकल धेरै विद्वानहरू यी दुवै अलगै भएको मानिन्छन्।

महायान बौद्ध धर्मको अनुयायीहरूको अनुसार अधिकतर प्राणीको लागि निर्वाण-मार्ग स्वयंले खोज्न मुश्किल या असम्भव हुनाले यस कार्यमा सहायता गर्नु पर्ने हुन्छ। उनीहरू मतअनुसार ब्रह्माण्डको सम्पूर्ण प्राणी एक-आपसमा सम्बन्ध रहेको र सम्पूर्ण प्राणीहरूमा तथागत-गर्भ भएको मानिन्छ। त्यसै कारण सबै लाई प्रेम, करुणा र माया गरी सबैको निर्वाणक लागि बोधिसत्त्वको मार्ग अनुसार छ-प्रज्ञापारमितको अभ्यासमा प्रयत्न गरी समस्त सत्त्व अथवा प्राणीहरूको बुद्धत्व प्राप्त गर्नु यसको परम लक्ष्य मानिन्छ। त्यसैले यस सम्प्रदायको अर्को नाम बोधिसत्त्वयान पनि भन्छन। महायानको ग्रन्थहरूमा बताए अनुसार कुनै पनि प्राणीको लागि दुष्भावना गर्नु हुँदैनन् कि न कि सबै जन्म-मृत्यु के जंजाल मा फसेको छन्। एक हत्यारा वा एक तुच्छ जीव आफ्नो पुनर्जन्ममा स्वयमको पूर्वज पनि हुन सक्छन, यसै कारण उसको पनि सहायता गर्नु पर्छा। प्रेरणा र सहायताको लागि बोधिसत्त्वों लाई मनिन्ने गर्दछ जो निर्वाणको प्राप्ति भैसकेको छन्। महायान शाखामा यस्ता हजारों बोधिसत्त्वों को पूजा गर्दछन र बोधिसत्त्वको यस सम्प्रदायमा भगवानको दर्जामा राखिएको पाईन्छ। यी बोधिसत्त्वहरूमा कुनै एकदम प्रसिद्ध छन्, उदाहरणको लागि अवलोकितेश्वर (अर्थ: 'जगतको नाथ अवथा जगतेश्वर'), अमिताभ (अर्थ: 'अनंत प्रकाश', 'अमित आभा'), मैत्रेय, मंजुश्री और क्षितिगर्भ।[२]

महायानको उपशाखा

बोधिसत्त्व सुत्रयान

बोधिसत्त्व तन्त्रयान

तीन बह्यतन्त्र

  1. क्रियातन्त्र
  2. उभयतन्त्र
  3. योगतन्त्र

तीन गुह्ययान

  1. महयोगतन्त्र
  2. अनुयोगतन्त्र
  3. अतियोगतन्त्र

महायान बौद्ध धर्मको अनुयायी

चिन (78%)

जापान (95%)

वियतनाम (80%)

द. कोरिया (50%)

उ. कोरीया (70%)

सिंगापुर (30%)

यो पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू

सन्दर्भ

  1. Establishing a pure land on earth: the Foguang Buddhist perspective on modernization and globalization, Stuart Chandler, University of Hawaii Press, 2004, ISBN 978-0-8248-2746-5, ... The Hinayana school is identified with the Theravada tradition, which is practiced in Thailand, Sti Lanka, Myanmar, etc. The Mahayana school, by contrast, is seen as having taken root in China, Japan, Korea, and Tibet ...
  2. २.० २.१ Inside Buddhism (eBook), Kathy Zaun, Lorenz Educational Press, ISBN 978-0-7877-8193-4, Pages 26-27