"यःमरि" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा हटक्याटद्वारा श्रेणी:चाडपर्व हटाइयो |
||
पङ्क्ति २८: | पङ्क्ति २८: | ||
# [[योमरी पुन्ही|योमरी पूर्णिमा]] |
# [[योमरी पुन्ही|योमरी पूर्णिमा]] |
||
[[श्रेणी:चाडपर्व]] |
|||
[[श्रेणी:पकवान]] |
[[श्रेणी:पकवान]] |
||
[[श्रेणी:संस्कृति]] |
[[श्रेणी:संस्कृति]] |
१९:१७, २० अप्रिल २०१७ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
योमरी हरेक वर्ष योमरी पुन्हीको दिन बनाइने एक प्रकारको मिष्ठान्न हो । नेवारी भाषामा "यो" अर्थात मन पर्ने र "मरी" अर्थात रोटी भन्ने बुझिन्छ। योमरी भित्र विषेशगरी चाकु र आजकाल खुवा पनि राख्ने चलन छ । योमरी पुन्हीको दिन बहेक महत्तोपुर्ण दिनहरु जस्तै जन्मदिन्,घरको उदघाटनमा पनि योमरी बनाउने चलन छ ।
इतिहास
योमरी को पुछर जती लामो भयो, पुस को जाडो त्यती नै कम हुने विश्वास जनमानसमा रही आएको छ । योमरिले पुर्णता र उदरता लाई जनाउछ । जसरी मन्दिरको गजुरले पुर्णतलाई जनाउछ त्यसैगरी योमरीले पनि पुर्णतालाई जनाउछ ।
पकाउने विधी
योमरी बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामललाई नेवार भाषा/नेपाल भाषामा पो/प्व भनिन्छ । चामलको पिठो पोचुं। चुं भन्नु चूर्ण अनुकण । चामल लस्सादार हुनुपर्छ । पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचुन चामलले लिएको छ। अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै हरक दिइन्छ । ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछिन्छ पोचुं । मस्केर मुछिनुपर्छ, मुछिन्छ उस्तै। हावालै प्रत्यक्ष सुस्क पार्नबाट बचाउन सफा मलमल कपडाले छोपिनुपर्छ ।
मुछिएको आलो पिठोलाई आकार दिनुपर्छ। पिठोलाई आकार दिँदा योमरीको रूप बन्छ। योमरी बनाउने काम सिपालु काम हो । सीपविना योमरी बन्दैन। जुन आकारको योमरी तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ। पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ। औंला शुद्ध खानेतेलले रसाइ पिठो छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ। बीचमा झन्दै वाइन ग्लासको जस्तै खोक्रो ठाउँ बन्न पुग्छ। त्यसै रित्तो ठाउँमा तिलका पिठो र लेदो चाकुको मिश्रण हालिन्छ। त्यस्तो आकारको योमरीलाई "बायो" भनिन्छ। 'बायो' आकार विम्बात्मक छ। 'बायो' तान्त्रिकमात्र नभएर शारीरिक अङ्गबोधक पनि ठहर्छ। प्रशङ्गवश बायो बाबुको गुप्ताङ्गको विम्बबोधक बन्छ।
योमरीको अर्को आकार त्रिकोणात्मक हुन्छ। त्यसलाई "मायो" भनिन्छ। बनाउने तरिका र प्रविधि एकै हो। त्रिकोण पनि विम्बबोधक बन्छ। मायोभित्र तिलचाकु मिश्रण हालिन्न। त्यसमा पिँधेको मासका बाक्लो लेदो डल्लो भरिन्छ। मासको सट्टा मुगी पनि प्रयुक्त हुन्छ/गरिन्छ। मुगीफल सबैका लागि उपयुक्त हुनसके हुन्छ। कुनै पनि शारीरिक अवस्थालाई सुपाच्य रहन्छ। अन्न/भात खान नहुने अवस्थामा पनि हामी सिङ्गो मुगी बेस्कन पकाएर मुगीसुप/रस पिउँछौँ। मायोको तीनकुने आकार तन्त्रमा पुगेर योनि विम्ब बन्छ।