"श्रेणी:नेपालको एकीकरणकाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा /* नेपाल एकिकरणमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम ...
सा Krish Dulal ले श्रेणी:नेपालको एकिकरणकाल मा पुनर्निर्देश नछोडि त्यसलाई श्रेणी:नेपालको एकीकरणकाल म...
(कुनै भिन्नता छैन)

२२:४५, २५ जुन २०१७ जस्तै गरी पुनरावलोकन

फ्रान्सीस बुचानन लगायतका इतिहासकारहरूले नेपाल भनेको बिभिन्न साना साना राज्य (प्रिन्सीपलीटीज)मा बाँडीए पनि कस्मीर देखी भुटान सम्मको हिमालय पहाडको दक्षीण तथा गङ्गाको मैदानको उत्तरी कांठ सम्मको क्षेत्र हो भनेका छन। नभन्दै त्यो भनाइमा सत्यता पनि पाइन्छ कस्मीर राज्यबाट पुर्व लागेपछी भुटान सम्म प्राय उस्तै प्रकारको रहन सहन बसोबास तथा भौगोलिक बनावट रहेको छ। अरू त कुरै छोडौ इतिहासको बिभिन्न कालखण्डका यो क्षेत्रका राजाहरूले सके सम्म उत्तर तिब्बती क्षेत्र तथा दक्षीण भारतीय क्षेत्रमा राज्य बिस्तारको प्रयास कमै गरेका छन चाहे ति राजा मानदेव हुन, चाहे जुम्लाका राजा जितारी मल्ल हुन या उपत्यका का राजा यक्ष मल्ल व त पाल्पा का राजा मणीमकुन्द सेन अथवा गोरखा का राजा पृथ्वी नारायण शाह नै किन नहुन। नभन्दै इलामको घरमा जे पाक्छ जस्तो खाइन्छ प्राय त्यस्तै नै दार्जीलिङ देखी जलपाइगुडी सम्म खाइन्छ त्यस्तै डोटीकै जस्तो चलन र बैतडीका जस्तै चन्दहरू सिमलामा पनि पाइन्छन।

नेपालको इतिहासमा नेपालो स्पष्ट हुन सकिने गरेर चार चोटी नेपाल एकिकृत भएको पाइन्छ। राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणीमकुन्द सेनको पालमा, तथा जुम्लाका राजा जितारी मल्लका पालमा नेपाल एकीकरण भएको थियो। तर एकीकृत नेपाललाई माथी उल्लेखीत राजा हरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाई छोराहरूमा आफ्नै जिवनकाल का बाडेर गए। तर अन्तिम चोटी राजा पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाललाई पुन विभाजन हुन नदिई जोगाइ राख्ने पद्धती बसाएर गए। अहिलेको नेपाल पृथ्वीनारायण शाहले शुरूगरेको एकिकरण अभियान अन्तर्गत कै भूभाग हो।

आधुनिक नेपालको एकिकरण सत्रौ सताब्दीमा शुरूभई अठारौ शताब्दीको शुरूवात तिर पुर्ण विराम लागेको थियो। नेपालको एकिकरण अभियानकमा हजारौ टिष्टादेखी कांगडा सम्मका नेपाली सहभागी भएका थिए। त्यसैगरी हिमाली जाती देखी तराईका थारू तथा दनुवार जातीको समेत सहभागीता थियो। नेपाल एकिकरण अभियान जांहा पुग्थ्यो त्यहीका नेपालीहरू त्यसभन्दा अगाडीको बिजय अभियानका लागी सहभागी हुने गर्थे। आधुनिक नेपाल एकिकरण अभियानको उत्सर्गमा पुग्दा नेपालीहरू पश्चिममा कांगडा तथा पुर्वमा टिस्टा नदी तरेर पारी पुगेका थिए।

पृथ्वीनारायण शाह्ले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुंग गोरखा)मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदीए। पृथ्वीनारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पनि नेपाल एकिकरण अभियान बुहारी राजेन्द्र लक्ष्मी, छोरा बाहदुर शाह लगायतले अगाडी बढाइ रहे। नेपाल एकिकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती गिर्वाणयुध्द शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जसलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ पछि भयो।

उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाए पनि धेरै ठूलो बिशाल नेपालको इलाका जसमा पश्चिमक्षेत्रमा हालको भारतको उत्तराञ्चल राज्य , हिमाञ्चल राज्य तथा पंजावमा पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पुर्वमा दार्जिलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराई तथा पहाडी भूभाग ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकारलाई सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो। सिक्किम माथीको अधिकार पनि त्याग्नु पर्यो। तर बृटीसले नेपाललाई १८२२मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको क्रिया कलापबाट खुसी भएर राप्ती देखी महाकाली बिचको तराई भूभाग १८६०मा फर्काएका थिए।

नेपाल एकिकरणमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू ।

पृथ्वीनारायण शाह

राजाप्रताप सिँह शाह

राजकुमार बाहदुर शाह

काजी कालु पांडे

काजी दामोदर पांडे

रामकृष्ण कुंवर

काजी बंसराज पांडे

काजी रणजंग पांडे

काजी जयन्त राना

काजी बंसराज गुरुङ

काजी बलभद्र कुंवर

विराज बखेती

बिसे नगर्ची

काजी माथवर सिंह थापा

मुख्तयार भिमसेन थापा

भिम सिहँ थापा

चौतारीया फत्तेजंग शाह

चौतारीया शुरूप्रताप शाह

चौतारीया दलमर्दन शाह

सरदार भक्ती थापा

काजी उजीर सिंह थापा

अभिमान सिहं बस्नेत

जङ्गबहादुर राणा

राजा रण बहादुर शाह

राजा गिर्वाण युद्ध विक्रम शाह

काजी नयन सिहं थापा

काजी रणजोर थापा

श्रेणी:नेपालको एकिकरणकाल

उपश्रेणीहरू

यो श्रेणीमा निम्न उपश्रेणीहरू मात्र छन्।