"तामाङ जाति" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Multiple issues| |
{{Multiple issues| |
||
{{POV|date=June 2009}} |
{{POV|date=June 2009}} |
||
⚫ | |||
}} |
|||
⚫ | |||
|image = |
|image = |
||
|caption = |
|caption = |
०९:१७, २९ जुन २०१७ जस्तै गरी पुनरावलोकन
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
जम्मा जनसङ्ख्या | |
---|---|
१,५३९,८३० | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
नेपाल | १५,३९,८३० |
भारत | १५ लाख |
भाषाहरू | |
तामाङ भाषा | |
धर्महरू | |
बौद्ध धर्म |
नेपालमा बसोबास गर्ने १२५ जनजाति मध्ये मुख्यतया पहाडी इलाकामा बसोबास गर्ने तामाङ जाति पनि एक हो । तामाङ जाति ཏ་མང་ མར་མེན་ཚན་, (अङ्ग्रेजी: Tamang [[१]]) नेपालको मध्य पहाडी क्षेत्रमा आदिम काल देखि बसोवास गर्दै आएको भुमीपुत्र जाती/समुदाय हो । नेपालमा वि.सं. २०६८ सालको जनगणना अनुसार १५,३६,६८२ अर्थात ५.८ % जनसंख्या रहेको पाइन्छ ।
इतिहास
तिब्बती राजा स्रोङ्चन गम्पोले सन् ६४० मा दक्षिणतिर आक्रमण गरी नेपालको उत्तरी भागहरूमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् नेपालका राजा अंशुवर्माले बुद्धिमत्तापूर्वक आफ्नी छोरी भृकुटीलाई तिब्बती राजा स्रोङ्चन गम्पो सँग विवाह गरि नेपाल तिब्बत बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए । तत्पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी भृकुटीलाई लिएर तिब्बत फर्केका थिए । उनीसँग आएका घोडाचढी सेनाहरूमध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरू नेपालमै बसेका थिए। घोडाचढी सेनाहरूलाई तामाग भनिन्थ्यो । त्यही तामाग नै कालन्तरमा तामाङ्ग भयो भनेर भनिन्छ ।
त्यसैगरि अंशुवर्माको शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले देश शासन चलाएका थिए । धपाईएका उदयदेव तिब्बतका शरण लिन पुगे जसलाई राजा स्रोङ्चन गम्पोले स-सम्मान शरण दिए । स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो । उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर भोटका घोडचढी सेना (तामाङ्ग) हरू लिएर नेपाल आई आफ्नो पैतृक सिहंसन पुन प्राप्त गरे । नरेन्द्रदेवको सहायतार्थ आएका घोडाचढी सेनाहरूलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौर्न्दर्य र यहाँका बासिन्दाहरू (तामाङ्गहरू) लाई मन परेर नेपालमै बस्न थाले। उनीहरूको आफूलाई घोडाहरू काम नलागेपछि घोडाहरू बेचेका हुनाले तिनीहरूलाई तामाङ्ग (घोडा बेचेका) भन्ने गरिएको हो भनेर रमेश विकलले सात सूर्य एक फन्को नामक पुस्तकमा लेख्नुभएको छ ।
तामाङ जातिको मूलथलो वा पुख्र्यौली थलोको सम्बन्धमा विश्लेषण गर्दा तिब्बत भोट क्षेत्र हुँदै सिन्धुपाल्चोक र रसुवाबाट अन्य स्थानमा बसाइ सर्दै आएको पाइन्छ ।
४९ थर भन्दा बढी थर र गोत्र भएका तामाङहरु मध्ये ६ थरीका तामाङहरु तिब्बतबाट नेपालका निम्न स्थानहरुमा आई बसोबास गरेका किबंदन्ती र बूढाहरुको राय छः
१. योन्जन - लिसंखु, सिन्धुपाल्चोक २. घिसिङ - तालाच्यू, दोरम्बा, रामेछाप ३. मोक्तान - अतर्पु, सिन्धुपाल्चोक ४. बल - तिमाल, काभ्रेपलाञ्चोक ५. गोले - मकवानपुर र ६. तितुङ - नारायणस्थान, काठमाण्डौं
नामकरण
थर र उपथर
- दोङ
- ग्राङदन
- गोले
- बल
- तितुङ
- योञ्जन
- बोम्दन
- डुमजन
- लोपचन
- चिमकन
- घिसिङ
- लो
- ग्लान
- ग्यावाग
- ञेसुर
- मोक्तान
- स्याङदन
- पाख्रिन
- स्याङबो
- थोकर
- वाइवा
- जिम्बा
- ग्याबक
- रुम्बा
- गोङ
- थिङ
- सिड
- तोइ
- ग्रोप
- लुङ
- वाइवा
- ब्लुन
- च्यावा
- जेङदेन
- स्योङ
- लामाखोर
- बज्यू
- हाइबा
- गोल्देन
- बल्देन
- बल्देन
- दाम्देन
- होप्तेन
- विम्देन
- चोदङ
- दार्जो
- तुप्पा
- दारताङ
- काइतान
- ङेके
- ब्लोन
- काल्देन
- वोडगन
- नेरणेन
- झ्यूमी
- ङारदेन
- मारपा
- ब्लेन्देन
- ल्याङसेन
- कारदेन
- माम्बा
- डिम्डुङ
- हिम्डुङ
- गोम्बो
- गोम्जा
- ग्यान
- च्याङग्री
- छेमेन
- लोबा
- ग्येके
- ग्युजो
- ङयाङजो
- लोकर
- स्याङथान
- गेरम्बा
- च्याबा
- छेलेङार्तेन
- नाम्राङ
- पाजुन्देन
- गिङथन
- गाम्देन
- दुर्पा
- कर्मावा
- ममेखोर
- म्लेन्देन
- क्युङवा
- दाम्राङ
- कार्ते
- गेमसिङ
- बालतोङ
- छेपेङकर
सांस्कृतिक धार्मिक गतिविधि
आफ्नै प्रकारको विशिष्ट पुख्यौली एवं सामाजिक संस्कार बोकेर, मानेर हिडेका तामाङ जातिको सामाजिक संस्कार एवं व्यवहारहरुलाई तल उल्लेख गरिएको छ ।
जन्म संस्कार
क. छेवर
तामाङ जातिको जन्मसंस्कारमा सबैभन्दा महत्वपूर्ण संस्कार छेवर हो । यसलाई चुडाकर्म तथा जातकर्म पनि भनिन्छ । तामाङ भाषामा यसलाई “स्यामापिन्वा” भनिन्छ । छोराहरुको मात्र छेवर गरिन्छ । छेवर ३ देखी ७ वर्षसम्म गरिन्छ । छेवरलाई मामामुखी संस्कार पनि भनिन्छ । मामाको अनुपस्थितिमा छेवर गर्न सकिंदैन र छेवर नभए अरू कर्म गर्न सकिंदैन । मामा नहुनेले नजिकको मामालाई मामा मानेर काम चलाइन्छ । मामाको हातबाट शुभसाइत वा लगन ठहर्याइ विशेष गरेर मामाको निर्देशन र सरसल्लाह अनुसार यो कार्य गरिन्छ । मामाको हातबाट केश मुण्डन गर्ने, वस्त्र दिने, टीका लगाउने र दक्षिणा दिने यो कार्यमा मामा, बाजे, बज्यै र मामाका सन्तानलाई सगुन लिएर मान्न जाने, निर्देशन लिने र विशेष सम्मान गरिन्छ । विशेष सम्मानका साथ खसी, राँगा, भैँसी, कुखुरा, रक्सी, रोटी लिएर सुगनसूत गर्ने र छेवरको दिन पन्चे बाजा तथा सेलो र डम्फू लिएर मामाहरूलाई स्वागत गरेर ल्याइन्छ र आसनमा बसालेर विधिपूर्वक मान्यमर्यादामा सम्मान गरिन्छ । साथै कार्य सकिए पछि भोज, नाचगान, भेला गराइन्छ र विदा हुने बेलामा मामाले भान्जालाई आर्शिवाद दिने र गच्छे अनुसार उपहार दिएर मामालाई विदा गरिन्छ । काटेको कपाल १५ दिनपछि लामाको हातले बुद्ध धर्मको शरणमा जाओस भन्दै कपालको ठुटो काटिन्छ । यस कार्यलाई भने “टाप्चे” भनिन्छ ।
ख. जन्म संस्कार वा थ्याप्साङ
गर्भधारणदेखि विवाह हुन अघिसम्म गरिने सबै संस्कारहरुलाई जन्मसंस्कार अन्तरगत समावेश गर्न सकिन्छ । तामाङ जातिमा निम्न संस्कारहरु गरेको पाइन्छ ।
- न्वारन - लामाद्वारा जन्मेको ७ दिनदेखि १३ दिनसम्म,
- अन्नप्रशान - जन्मेको ६ महिनादेखि ९ महिनासम्म ,
- छेवर - जन्मेको ३ वर्षदेखि ९ वर्षसम्म,
- गुफा बस्ने - विद्याकर्म ।
- थ्याप्साङ - तामाङहरुको जन्म संस्कारलाई “थ्याप्साङ” भनिन्छ ।
- बुढो अन्नप्राशन - वृद्ध भएर दाँत झरेर फेरी उम्रेमा गर्ने अन्न प्राशन ।
विवाह संस्कार
मंगोलियन समुदायका बौद्ध धर्मावलम्बी तथा विभिन्न थर तथा उपथरमा विभाजित तामाङहरुको विवाहपद्धतिलाई हेर्दा मागी, चोरी, प्रेम, जारी तथा विधुवा विवाह गर्ने गर्दछन् । जातिमा मामाचेला, फुपुचेला विवाह गर्ने प्रचलन व्यापक रुपमा पाइन्छ । तामाङ जातिमा मामाचेला, फुपुचेला विवाह गर्ने प्रचलन व्यापक रुपमा पाइन्छ ।
मृत्युसंस्कार
तामाङ जातिमा अन्य जातिमा जस्तै मृत्यु संस्कारलाई महत्वपुर्ण संस्कारको रुपमा लिएको पाइन्छ । यिनीहरु बौद्ध धर्मावलम्वी भएका हुनाले यिनीहरु पूर्वजन्म र पुनजन्ममा विश्वास गर्दछन् । मृत आत्मालाई मोक्ष दिन बौद्ध धर्म ग्रन्थ अनुसार लामाको विधिले यो कार्य सम्पन्न गरिन्छ । तामाङ जातिमा मृत्यु संस्कार भित्र पर्ने विधिहरुलाई यहाँ राखिएको छ ।
क. शव उठाउने र शवयात्रा
व्यक्तिको मृत्युपछि आफन्तले कुङताङमा गच्छे अनुसार भएमा १०० बत्तिभन्दा बढी बत्ति बाल्ने गरिन्छ । बौद्ध परम्परा अनुसार लामाहरुलाई खबर गरी फुवा गर्ने, धुपी आदि र अगरबत्तीको धुपबध्वार गर्ने गरिन्छ ।
ख्. दाह संस्कार
तामाङ जातिमा शव यात्रा पछिको मृत्यु संस्कारमा दाहसंस्कारको क्रम आउँछ ।
ग. पंचशीलको पालना
तामाङ जाती बौद्ध धर्मको महायान सम्प्रादायका हुन । महायानी बुद्ध धर्म अनुसार आफन्तको मृत्यु भएको ४९ औं दिनसम्म पंचशीलको पालना गर्नु पर्दछ । हिन्दु समुदायको जस्तो कपाल खौरिने, नुन बार्ने, सेतो लुगा लगाउने आदि गर्नु पर्दैन ।
घ. उनन्चास (४९) जुठो फुकाउने तथा घेवा
तामाङहरुको अन्तिम संस्कार (समग्रमा) उनन्चास गर्ने , जुठो फुकाउने आदि सबै कार्यलाई घेवा भनिन्छ । तामाङ जातिमा मृत्युसंस्कार हुने क्रिया तथा घेवा ३ किसिमको पाइन्छ :
- एक दिने घेवा--लामाको विधि अनुसार पहिलो दिनको घेवाको नाम एक दिने घेवा वा एक विहाने घेवा भनिन्छ । तर यो पनि गर्न दिनभरी लाग्दछ ।
- एकराते घेवा--लामाकै विधि विधान अनुसार दोश्रो एक राते घेवा बिहान शुरु भएर दिनभरदेखि रातभर गरेर त्यसको भोलिपल्टको विहान सकिन्छ । जसको सन्तान छैन त्यस्ताले जीवित अवस्थामा आफैले पनि यस किसिमको घेवा गर्दछन् ।
- रंगे घेवा-- यो घेवालाई तेस्रो घेवा मानिन्छ । तामाङहरुले मृतकको नाममा चैत्य तथा माने बनाउने गर्दछन् । यसलाई हिकी तथा माने पनि भनिन्छ । यसमा ཨོཾ་ མཎི་ པདྨེ་ ཧུྃ་ भन्ने मन्त्र अंकित हुन्छ । कसै कसैले जीवित हुँदै चैत्य बनाउने गर्दछन् ।
बसोबास
नेपालको राजधानी काठमाण्डौ उपत्यकाका आसपासका केहि जिल्ला ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङ्ग,नुवाकोट र यससँग सिमाना जोडिएका दोलखा, रामेछाप, मकवानपुर, धनकुटा लगायत केहि अन्य ठाउँहरुमा तामाङहरुको बस्ती रहेको छ । यी जिल्लामा तामाङ जातिको बसोबास आवादी वहुसंख्यक रूपमा रहेको छ।
भेषभूषा तथा गरगहना
बौद्ध धर्म अध्ययन गर्ने लामाहरु पहेंलो र तातो बस्त्र चिवर धारण गर्दछन् ।
द्रष्टव्य - चिवर (बौद्ध भिक्षुहरुले लगाउने वस्त्र)
चाडपर्वहरु
तामाङहरुले विभिन्न चाडपर्वहरुलाई राष्ट्रिय चाडपर्व, मुख्य चाडपर्व र सामान्य चाडपर्वको रुपमा धेरै चाडपर्व मान्दै आएका छन् ।
ल्होछार
सिंगुन खास्योर ङ्या (तेमाल जात्रा)
गोने ङ्या
दुगु ङ्या (बुद्ध जयन्तु)
सोकराती ङ्या
बोइतापा ङ्या
लोक बाजाहरू
तामाङ जातिले डम्फू, टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ्, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गर्छन्।[१]
सन्दर्भ सामाग्री
- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np।