"नाजी पार्टी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:Q7320
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ५: पङ्क्ति ५:




==सन्दर्भ सामाग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

११:५९, २ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

नाजी पार्टीको प्रतिक चिन्ह
नाजी पार्टीका कार्यकर्तासंग हिट्लर, सन् 1930

सामान्यतः नाजी पार्टी (/ nɑːtsi /) भनेर चिनिने यो पार्टीको औपचारीक नाम राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (जर्मन: Nationalsozialistische Deutsche Arbeiterpartei, NSDAP)थियो। जर्मनीको यो राजनीतिक पार्टी सन् १९२० देखि १९४५ को बीच सक्रिय रही नाजीवाद अभ्यासरत थियो। यसको पूर्ववर्ती पार्टी जर्मन मजदुर 'पार्टी (Deutscher Arbeiterpartei; DAP) सन् १९१९ देखि १९२० सम्म सक्रिय थियो। यो पार्टी पहिलो विश्व युद्धपछि जर्मनीमा कम्युनिस्टहरु बिरुद्दको बढ्दो प्रभाव र अर्धसैनिक बल संस्कृति संगै प्रादुर्भाव हुन थाल्यो । [१] यो पार्टी साम्यवाद देखि र völkisch राष्ट्रवाद सम्म कार्यकार्ता आकर्षित गर्ने एक साधनको रूपमा सृष्टि गरिएको थियो। [२] सुरुमा नाजी राजनीतिक रणनीतिको मुख्य चुरो ठूलो व्यापारको, बुर्जुआ, र पूंजीपति बिरोधि नारामा केन्द्रित थियो, तर यस्ता पक्षहरू पछि औद्योगिक संस्थाहरू समर्थन पाउन छोडिदै गए, र सन् १९३० तिर पार्टीको मान्यता यहुदीमार्क्सवाद बिरोधी विषयवस्तुहरूमा केन्द्रित रह्यो। [३] नस्लवाद नाजीवादको केन्द्रीय मान्यता थियो। नाजीहरूले एक "मानिसहरूको समुदाय" (Volksgemeinschaft) को विचार प्रचार गर्दथे। अन्य बिदेशी (Fremdvölkische) नश्ल, राजनीतिक, शारीरिक वा मानसिक समुहका मानिस कमसल भएकोले उनीहरूको उद्देश्य एकै नश्लका जर्मनहरूमा एकतावाद्द हुनुपर्छ भन्ने उद्देश्य राख्दथे। [४]



सन्दर्भ सामग्रीहरू

  1. Thomas D. Grant. Stormtroopers and Crisis in the Nazi Movement: Activism, Ideology and Dissolution. London, England, UK; New York, New York, USA: Routledge, 2004. pp. 30–34, 44.
  2. Otis C. Mitchell. Hitler's Stormtroopers and the Attack on the German Republic, 1919–1933. Jefferson, North Carolina, USA: McFarland & Company, Inc., 2008. p. 47.
  3. Frank McDonough. Hitler and the Rise of the Nazi Party. Pearson/Longman, 2003. p. 64.
  4. Michael Wildt (15 July 2012). Hitler's Volksgemeinschaft and the Dynamics of Racial Exclusion: Violence Against Jews in Provincial Germany, 1919 1939. Berghahn Books. pp. 96–97. ISBN 978-0-85745-322-8.