"प्रयोगकर्ता:Ganesh Paudel/प्रयोगस्थल" का संशोधनहरू बिचको अन्तर
सा हटक्याटद्वारा श्रेणी:भारत जोडियो |
disabling cats in userspace... |
||
पङ्क्ति ४७: | पङ्क्ति ४७: | ||
{{reflist}} |
{{reflist}} |
||
[[श्रेणी:संगीत]] |
[[:श्रेणी:संगीत]] |
||
[[श्रेणी:बङ्गलादेश]] |
[[:श्रेणी:बङ्गलादेश]] |
||
[[श्रेणी:भारत]] |
[[:श्रेणी:भारत]] |
००:३५, १९ जनवरी २०१९ जस्तै गरी पुनरावलोकन
रवीन्द्र संगीत | |
---|---|
मूल नाम | রবীন্দ্রসঙ্গীত |
व्युत्पत्ति | रवीन्द्रनाथ टेगोर द्वारा रचित गीत तथा संगीत |
शैलीगत उत्पत्ति | भारतीय शास्त्रीय संगीत, पाश्चात्य शास्त्रीय संगीत, बंगाली लोकगीत, कीर्तन, श्यामा संगीत, |
सांस्कृतिक उत्पत्ति | 1875 - 1941, British India |
सामान्य वाद्ययंत्र | Esraj, बाँसुरी, तानपुरा, एकतारे, Dotara, सितार, Khol, तबला पियानो, Pump organ |
क्षेत्रीय दृश्यहरू | |
भारत (पश्चिम बंगाल त्रिपुरा) तथा बांग्लादेश | |
स्थानीय दृश्यहरू | |
Shantiniketan, कोलकाता, ढाका |
रवीन्द्र संगीत बांग्ला: রবীন্দ্রসঙ্গীতIPA: [ɾobind̪ɾɔ soŋɡit̪]), रवीन्द्रनाथ टेगोर ले रचना गरेको संगीतको एक विधा हो। यस संगीतले बंगाल क्षेत्र (हालको भारत तथा बंगलादेश) को संगीत अवधारणामा एक नया आयाम ल्याएको छ।
रवीन्द्र संगीतको स्रोतको रूपमा शास्त्रीय संगीत तथा परम्परागत लोक संगीतको उपयोग गरिन्छ।[१] यस संगीतमा टैगोरले 2200 भन्दा बढी गीत लेखेका थिए।
प्रभाव
बंगाली संस्कृतिमा रवीन्द्र संगीतको एकदम गहिरो प्रभाव परेको पाइन्छ।[१] रविन्द्र संगीतका यी गीतलाई बांग्लादेश तथा भारतको पश्चिम बंगाल दुवैतिर बंगालको सांस्कृतिक निधि मानिएको छ।
विभिन्न विषयलाई सम्बोधित गर्ने रवींद्रसंगीत एकदम लोकप्रिय छ। अंग्रेजी भाषामा शेक्सपियरको जतिकै प्रभाव बंगाली लोक साहित्यमा रवीन्द्रनाथको छ। भनिन्छ कि उनका गीतहरूमा बंगाली समुदायले भोगेका ५०० वर्षको साहित्यिक र सांस्कृतिक मन्थन पाइन्छ। धन गोपाल मुखर्जी ले जाति तथा बहिष्कृत जाति (Caste and Outcaste) नामक पुस्तकमा रवीन्द्र संगीतका गीतहरूमा सबै बर्गको सौन्दर्यबोधऽ लौकिकता तथा मानवीय भावना व्यक्त हुने गरेको उल्लेख गरेका छन्। यस मार्फत कविले उच्चऽ मध्यमऽ निम्न सबै बर्गका सबैलाई एक आवाज दिएका छन्। गरीब होस् या धनी सबैको भावनाको झंकार रवीन्द्र संगीतमा पाइन्छ। [२]
बंगाली कवि ऋत्विक घटक ले भनेका छन् के बारे में कहा, " टेगोर ले म जन्मिनु भन्दा धेरै पहिले मेरा सबै भावनाहरूलाई कमजोर बनाइदिएका थिए ...... म उनलाई पढ्छु र पाउँछु ....अब भन्नका लागि मसँग केही नयाँ कुरा बाँकी छैन। उनले आफ्नो कृति मेघे ढाका तारा (बादलले छेकेको तारा) तथा सुवर्णरिखा मा बंगाल-विभाजन पछिको मार्मिकता व्यक्त गर्नका लागि रवींद्रसंगीत को उपयोग गरेका थिए।
टेगोरले लेखेका दुई गीति रचनाले दुई देशमा सर्वोच्च स्थान पाएका छन्। जुन आधुनिक भारत र बांग्लादेश का राष्ट्रीय गानको रूपमा अपनाइएका छन्।
- बांग्लादेशको राष्ट्रिय गान "आमार सोनार बांग्ला"
- भारतको राष्ट्रिय गान "जन गण मन"
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ Huke, Robert E. (२००९), "West Bengal", Encyclopædia Britannica, Encyclopædia Britannica Online, अन्तिम पहुँच २०१८-११-३०।
- ↑ धन गोपाल मुखर्जी जाति तथा बहिष्कृत जाति (Caste and Outcaste)