"विकिपिडिया:प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
शृजना
 
link
पङ्क्ति १: पङ्क्ति १:
{{Policy}}
{{Policy}}
प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरूमा तलका कुरा पर्दछन्। यो पृष्ठ [[Special:Diff/716231#नेपाली_विकिपिडियामा_प्रबन्धक_बन्न_चाहिने_न्यूनतम_योग्यताहरू|समुदायको छलफल]]को आधारमा बनाइएको हो र यसमा तपाइले सानातिना सुधार गर्न सक्नुहुन्छ। ठुलो सुधारको लागि उचित स्थानमा प्रस्ताव प्रस्तुत गर्नुपर्ने छ र प्रस्तापको निष्कर्ष अनुसार मात्र पृष्ठमा सुधार गर्न पाइनेछ।
'''[[विकिपिडिया:प्रबन्धकहरू|प्रबन्धक]]''' बन्न चाहिने न्यूनतम योग्यताहरूमा तलका कुरा पर्दछन्। यो पृष्ठ [[Special:Diff/716231#नेपाली_विकिपिडियामा_प्रबन्धक_बन्न_चाहिने_न्यूनतम_योग्यताहरू|समुदायको छलफल]]को आधारमा बनाइएको हो र यसमा तपाइले सानातिना सुधार गर्न सक्नुहुन्छ। ठुलो सुधारको लागि उचित स्थानमा प्रस्ताव प्रस्तुत गर्नुपर्ने छ र प्रस्तापको निष्कर्ष अनुसार मात्र पृष्ठमा सुधार गर्न पाइनेछ।


==योग्यताहरू==
==योग्यताहरू==

००:१२, २८ मार्च २०१९ जस्तै गरी पुनरावलोकन

प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरूमा तलका कुरा पर्दछन्। यो पृष्ठ समुदायको छलफलको आधारमा बनाइएको हो र यसमा तपाइले सानातिना सुधार गर्न सक्नुहुन्छ। ठुलो सुधारको लागि उचित स्थानमा प्रस्ताव प्रस्तुत गर्नुपर्ने छ र प्रस्तापको निष्कर्ष अनुसार मात्र पृष्ठमा सुधार गर्न पाइनेछ।

योग्यताहरू

  • प्रबन्धकलाई विशेष प्राविधिक टुल्सहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो टुल्सहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
  • विकिपिडियाको चौतारी, लेख वार्ता, मुख्य पृष्ठसँग सम्बन्धित खण्डहरूको वार्ता (प्रमुख लेख, प्रमुख चित्र, प्रमुख समाचार आदि) तथा अन्य कुनै पनि सामुदायिक वार्ताहरूमा प्रयोगकर्ताद्वारा देखाइएको चासो तथा सहभागितालाई प्राथमिकता दिइनेछ।
  • निषेधित प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि निषेधमुक्त भएको १ वर्षपछि मात्रै निवेदन दिन पाउनेछ।
  • विकिपिडियाको पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, श्रेणीकरण, ढाँचाहरूको सुधार/अनुवाद/उद्यतन, मोड्युलहरूको सुधार/अनुवाद, स्रोत विहीन लेखहरूमा सन्दर्भ स्रोत, उद्दरण थपेको अनुभवको व्यहोरा समुदायलाई जानकारी हुनुपर्नेछ।
  • न्युनतम ६ महिनाको अनुभवसँगै मुख्य नामपदमा कम्तीमा १००० (स्वत: सम्पादन गनिने छैन) सम्पादन गर्नुका साथै लेख बनाउने नीति, दिशानिर्देशको बारेमा जानकारी हुनुपर्नेछ।
  • मिडियाविकि एक्सटेन्सन, उपकरण, टुल्स कोडहरूको प्रयोग तथा जानकारी हुनुका साथै फ्याब्रिकेटर सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।
  • प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको दोषी प्रयोगकर्तालाई समुदायले विरोध गर्ने भएको हुँदा यस किसिमको उल्लङ्घनबाट आफुलाई मुक्त राख्नुपर्नेछ।
  • प्रबन्धक बन्न उमेरको कुनै हदबन्दी नभएतापनि आफुलाई समुदाय समक्ष अनुभवी भएको प्रमाण आफ्नो कार्यबाट दिएर विश्वस्त पार्नुपर्नेछ।
  • प्रबन्धक पदको लागि उम्मेदवारी दिएको प्रयोगकर्ताले यस विकिपिडियामा रहेको विभिन्न अधिकार समूहहरू मध्ये रोलब्याकर र स्वगस्तीगर्ने प्रयोगकर्तामा हुनुपर्नेछ र त्यसका साथै आयात सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।

— यस वाहेक ध्यानदिनुपर्ने केही महत्वपूर्ण बुँदाहरू-

  • आफ्नो प्रयोगकर्ता नाम साधारण राख्ने।
  • आफ्नो वार्तालाप पृष्ठलाई पटक पटक नमेट्ने।
  • आफ्नो प्रयोगकर्ता पृष्ठमा राजनीति, धर्म र लिङ्गसम्बन्धी अनैतिक विचारधारा वा प्रचार नराख्ने।
  • आफुलाई सम्पादनभुक्तानबाट टाढा राख्ने।
  • कसैमाथि व्यक्तिगत आक्रमण नगर्ने।
  • समकक्षी तथा नयाँ प्रयोगकर्ताहरूलाई सक्दो सहयोग गर्ने।

मतदान प्रक्रिया

  • आवेदन माथि छलफल तथा मतदान प्रक्रिया १ हप्तासम्म चल्नेछ।
  • कुनै प्रयोगकर्ताले आफू स्वयंलाई प्रबन्धक पदको लागि नामाङ्कन अनुरोध प्रेषित गरिसकेपछि मात्र मतदान, छलफल र टिप्पणीको समय आरम्भ हुनेछ।
  • कुनै प्रयोगकर्ताले आफू बाहेकको प्रयोगकर्तालाई प्रबन्धक पदको लागि नामाङ्कन गरेको हकमा नामाङ्कित व्यक्तिले प्रस्ताव ग्रहण गरेपछि मात्र मतदानको समय आरम्भ हुनेछ।
  • प्रयोगकर्ताले जाहेर गरेको मत “समर्थन”, “विरोध” वा “तटस्थ” को रूपमा हुनसक्नेछ तथा सम्बन्धित खण्डमा कारण सहित हस्ताक्षरद्वारा आफ्नो मत जाहेर गर्नुपर्नेछ।
  • प्रशासकले मतदानको समयसीमा सकिसकेपछि ८ओँ दिन र बढीमा ३ दिन थपेर ११ओँ दिन प्रबन्धक प्रस्तावमाथि अनिवार्य रूपमा निर्णय लिनुपर्नेछ।
  • प्रबन्धक प्रस्तावमाथि मतदानको लागि योग्य एक जना प्रयोगकर्ताले प्रबन्धक पदको लागि उम्मेदवार प्रयोगकर्तालाई कम्तीमा एउटा प्रश्न सोध्नुपर्नेछ।

मतदानको लागि आह्वान

  • आफ्नो प्रबन्धक प्रस्तावमाथि मत जाहेर गर्न सो प्रयोगकर्ताले कुनै पनि प्रयोगकर्ता, प्रयोगकर्ताको वार्ता पृष्ठमा अनुरोध तथा विज्ञापन गर्न पाउने छैन तर यस बारेमा चौतारीमा प्रेषण गर्न सक्नेछन्।
  • आफ्नो प्रयोगकर्ता पृष्ठमा प्रबन्धक प्रस्तावको लागि मतदान हुँदैछ भनेर एउटा सूचना राख्न सक्नेछन्।

मतदानमा कसले भाग लिन सक्छन्?

  • दर्ता गरिएको अथवा अज्ञात सबै प्रयोगकर्ताहरूले प्रस्ताव माथि टिप्पणी र प्रश्न गर्न सक्नेछन्।
  • दर्ता गरिएको प्रयोगकर्ताले मतदानमा भाग लिन सक्नेछन्। तर मतदानमा भाग लिन तल उल्लिखित शर्तहरू पुरा गरेको हुनुपर्नेछ।
  • विकिपिडियामा खाता बनाएको कम्तीमा पनि १ महिना पुगेको तथा १००+ सम्पादन (स्वागत र वार्ता पृष्ठ बाहेक) योगदान गरेको हुनुपर्ने।
  • आफ्नै नामाङ्कन माथिको प्रस्तावमा गरिएको मतदानलाई मतको रूपमा गणना गरिने छैन।
  • मतदानमा सहभागी भइसकेपछि कुनै पनि प्रकारले मतदाता निषेधित हुन गएमा उक्त मत बदर मानिनेछ।
  • कुनै पनि प्रकारले नेपाली विकिपिडियामा निषेधित प्रयोगकर्ताको निषेधित अवधि भित्रको मतदानलाई मतको रूपमा गनिनेछैन।
मतदाताहरूको लागि केही सुझाव
  • मतदानकै लागि वा मतदान प्रक्रियामा उपस्थिति मात्र जनाउनको लागि मतदान नगर्ने।
  • प्रस्तावित व्यक्तिसँगको व्यक्तिगत सम्बन्ध अथवा निजले लगाएको गुनको आधारमा मतदान नगर्ने।

मत गणना

  • एक हप्ताको मतदान र छलफलको समयको समाप्ति पछि मतगणना शुरू हुनेछ। मतको स्पष्ट अङ्क नभएता पनि प्रयोगकर्ताहरूद्वारा गरिएको मत, समर्थन, तथा टिप्पणीको मुल्याङ्कनबाट निर्णय लिन सकिनेछ। सामान्यत: सफल अनुरोधको लागि कम्तीमा ५ जना योग्य मतदाताको समर्थनको मत र प्राप्त मतको ७५% मत समर्थनको मत हुनुपर्नेछ।

सफल अनुरोध

  • प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय प्रशासकले गर्नेछन्। यसका निम्ति प्रशासकले प्राप्त मत, टिप्पणी र प्रस्ताव माथिको छलफललाई आधार मानेर मतदान सकिएको १ दिन र समयसीमालाई बढाएर ३ भित्र निर्णय लिनेछन्।
  • प्रशासकले ३ दिनभित्र निर्णय लिन वा प्रस्तावमाथि टिप्पणी गर्न असफल भएमा मापदण्ड बमोजिम सफल प्रस्तावलाई प्रबन्धकले मेटामा रहेका स्टेवार्डलाई अनुरोध गरेर निर्णय गराउन सक्नेछन्। यसै प्रकार असफल प्रस्तावलाई प्रबन्धकले खारेज गर्न सक्नेछन्।
  • प्रस्ताव स्वीकृत हुनको लागि कम्तीमा पनि ५ जना योग्य मतदाताको समर्थनको मत र प्राप्त मतको ७५% मत समर्थनको मत हुनुपर्नेछ।