"ब्राह्मण" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या) |
||
पङ्क्ति १३९: | पङ्क्ति १३९: | ||
यस्क मुनिको निरुक्त शास्त्रका अनुसार - ''ब्रह्म जानाति ब्राह्मण:''—ब्राह्मण त्यो हो जो [[ब्रह्म]] (अन्तिम सत्य, [[ईश्वर]] या परमज्ञान) लाई जान्दछ। अतः ब्राह्मणको अर्थ- "ईश्वर ज्ञाता" । तर हिन्दू समाजमा एतिहासिक स्थिति यो छ कि पारम्परिक पूजारी तथा पण्डित नै ब्राह्मण हुन्छन्। |
यस्क मुनिको निरुक्त शास्त्रका अनुसार - ''ब्रह्म जानाति ब्राह्मण:''—ब्राह्मण त्यो हो जो [[ब्रह्म]] (अन्तिम सत्य, [[ईश्वर]] या परमज्ञान) लाई जान्दछ। अतः ब्राह्मणको अर्थ- "ईश्वर ज्ञाता" । तर हिन्दू समाजमा एतिहासिक स्थिति यो छ कि पारम्परिक पूजारी तथा पण्डित नै ब्राह्मण हुन्छन्। |
||
<br /> |
<br /> |
||
किन्तु आजकल धेरै ब्राह्मणहरू धर्म-निरपेक्ष व्यवसाय गर्छन् तथा उनीहरूको धार्मिक परम्परा उनीहरूको जीवनबाट लुप्त हुदैं गईरहेको छ। यद्यपि नेपाली |
किन्तु आजकल धेरै ब्राह्मणहरू धर्म-निरपेक्ष व्यवसाय गर्छन् तथा उनीहरूको धार्मिक परम्परा उनीहरूको जीवनबाट लुप्त हुदैं गईरहेको छ। यद्यपि नेपाली जनसङ्ख्यामा ब्राह्मणहरूको प्रतिशत कम छ, तथापि [[धर्म]], [[संस्कृति]], [[कला]], [[शिक्षा]], ज्ञान-विज्ञान तथा उद्यमका क्षेत्रमा यीनीहरूको योगदान अपरिमित छ। नेपाललाई राष्ट्रको रुपमा निर्माण, एकीकरण, आधुनिकीकरण र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बनाउन यस वर्गले अन्य समुदायसंग मिलेर महत्त्वपूण योगदान गरेको छ । |
||
<br /> |
<br /> |
||
उदाहरणका लागि भाषा र व्याकरणको क्षेत्रमा राममणि आदी, कुललचन्द्र गौतम, साहित्यको क्षेत्रमा लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौड्याल, इतिहासको क्षेत्रमा नयराज पन्त, बाबु राम आचार्य, बालचन्द्र शर्मा, आदर्शको रुपमा सन्त नेता कृष्ण प्रसाद भट्टराई, समाज सुधारको क्षेत्रमा योगमाया, पंं नारायण प्रसाद पोखरले, संगीतमा नरराज ढकाल, शिक्षामा शंकरदेव पन्त, राजनीतिमा बी पी कोइराला, मनमोहन अधिकारी, दर्शनको क्षेत्रमा मीन प्रसाद नेपाल, घनश्याम मरासिनी, खप्तड बाबा, चूडानाथ भट्टराय, प्रशासनिक षेत्रमा सरदार यदुनाथ खनालको योगदान इतिहासमा अंकित भइसकेको छ । |
उदाहरणका लागि भाषा र व्याकरणको क्षेत्रमा राममणि आदी, कुललचन्द्र गौतम, साहित्यको क्षेत्रमा लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौड्याल, इतिहासको क्षेत्रमा नयराज पन्त, बाबु राम आचार्य, बालचन्द्र शर्मा, आदर्शको रुपमा सन्त नेता कृष्ण प्रसाद भट्टराई, समाज सुधारको क्षेत्रमा योगमाया, पंं नारायण प्रसाद पोखरले, संगीतमा नरराज ढकाल, शिक्षामा शंकरदेव पन्त, राजनीतिमा बी पी कोइराला, मनमोहन अधिकारी, दर्शनको क्षेत्रमा मीन प्रसाद नेपाल, घनश्याम मरासिनी, खप्तड बाबा, चूडानाथ भट्टराय, प्रशासनिक षेत्रमा सरदार यदुनाथ खनालको योगदान इतिहासमा अंकित भइसकेको छ । |
१४:३४, ७ अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन
ढाँचा:हिन्दू धर्म सूचना मंजूषा
ब्राह्मण अथवा बाहुन शब्द वैदिक,जैन, र बौद्ध साहित्यमा व्यापक प्रयोग भएको छ । यस शब्दको प्रयोग निम्नलिखित तीन अर्थमा भएको छ
महात्मा बुद्धले समेत आफ्ना प्रवचनहरूमा ब्राह्मणलाई परिभाषित गरेका छन्– उनले भनेका छन्, भिक्षुहरु हो, कुनै मानिस जन्मको आधारमा ब्राह्मण हुन सक्दैन । उसले ब्राह्मणचित कर्तव्य गरे मात्र ब्राह्मण हुन सक्छ ।[३]
बुद्ध धर्मको प्रचार गर्ने पहिचा पांच भिक्षु ब्राह्मण परिवारबाट सम्बन्ध राख्थे भन्ने कुरा बौद्ध साहित्यमा उल्लेख छ । उनीहरु पनि बुद्ध जस्तै सत्यको खोजीमा गृहत्याग गरेका व्यक्ति थिए । [४]
वर्तमान समयमा ब्राह्मणलाई जाति भनिन्छ तर यसको उत्पत्ति वर्ण हो । अर्थात् ब्राह्मण वर्ण हो जाति होइन । यसको उत्पत्तिको आधार ऋग्वेद पुरुष सूक्तमा उल्लेख छ ।
वैदिक साहित्यमा वर्ण रंगको अर्थमा प्रयुक्त, भएको छ । [५]पौरस्त्य दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबैकुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । यो वर्गीकरण र विभाजन अध्ययनको दृष्टिले गरिएको हो भन्ने विद्वानहरूको भनाई छ । वर्ण विभाजनको आधार ऋग्वेद पुरुष सूक्तमा उल्लेख छ ।[६]
सवर्ण, असवर्ण, व्रात्य र वर्णको रुपान्तरण
नीति ग्रन्थहरूको अध्ययनबाट के स्पष्ट हुन्छ भने सुरुमा केवल एक वर्ण थियो । संस्कार नलिने असवर्ण र संस्कार लिने सवर्ण । यसरी क्रमशः ब्राह्मणबाट, क्षत्रिय, र वैश्य वर्ण बने । म्याक्समुलर का अनुसार ब्रह्मचर्य आश्रम सबैलाई अनिवार्य थियो । जसले ब्रह्मचर्याश्रम पूरा नगरी अन्य आश्रममा गए तिनीहरु परित्यक्त भए । तीनवटै वर्णका यी परित्यक्तहरू व्रात्य कहलाइए । निश्चित यज्ञकर्म गरे पछि भने उनीहरू आआफ्नो वर्णमा फर्कन पाउँथे । म्याक्समुलरले के कुरा पनि स्पष्ट गरेका छन् भने यी व्रात्यहरू अनार्य हुन् भन्ने कुरा बारम्बार दोहोर्याएको छ तर यसको पुष्टि कसैले गरेको छैन । यो नाम ब्राह्मण युगमा त्यस वर्गलाई दिइएको हो जुन आर्य त थिए तर वर्णानुसारको प्रथम कर्तव्य ब्रह्मचर्य आश्रम पालन गरेनन् । यी कर्तव्यच्युतहरूलाई नै वर्णच्युत गराइएको थियो । तर सबैले निश्चित प्रक्रिया पूरा गरेपछि आआफ्नो वर्णमा पुनः फर्कन पाउने व्यवस्था थियो ।[७][८]
दशौं आदेश- ब्राहमणका लागि अनिवार्य
विभिन्न वर्णले पालना गर्नु पर्ने अलग–अलग नियमहरु बताइएको भए तापनि नौवटा आदेश सबै वर्णले समान रुपले पालना गर्नु पर्ने व्यवस्था थियो । यी नौवटा आदेशहरु यस प्रकार छन्–
- कसै प्रति क्रोध भाव नराख्नु,
- कसै प्रति विश्वासघात नगर्नु,
- बाह्य– आन्तरिक पवित्रता राख्नु,
- सरल भाव राख्नु,
- आफ्नो पत्नीको गर्भबाट सन्तान उत्पन्न गर्नु,
- कसैसंग द्रोह नगर्नु,
- धनको उपभोग गर्दा बाडफाड गरी उपभोग गर्नु,
- क्षमा भाव राख्नु र
- भरण पोषण योग्य व्यक्तिहरुको पालन गर्नु ।
यसमा दशौं कर्म पनि थपिएको छ तर त्यो केवल ब्राह्मणहरुका लागि अनिवार्य छ र त्यो हो निरन्तर वेदको अध्ययन अध्यापनमा लागि रहनु ।[९][१०] कौटलीय अर्थशास्त्रमा सबैले पालन गर्नु पर्ने सामान्य नियमहरु अलि फरक प्रकारले दिइएको छ र त्यसमा निम्नलिखित कुराहरु छन्[११]–
- अहिंसा,
- सत्य,
- शौच,
- इष्र्यारहित,
- संवेदनशील, र
- क्षमा ।
संन्यास आश्रम ब्राह्मणका लागि अनिवार्य
त्यसै गरी चार आश्रम ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यासमध्ये चौथौ आश्रम ब्राह्मणका लागि अनिवार्य र अन्य वर्णका लागि ऐच्छिक गरिएको छ । यसबाट ब्राह्मण वर्णलाई समाजमा विशेष अनुशासनमा बस्ने व्यवस्था गराइएको बुझ्न सकिन्छ । ब्राह्मणका कार्यहरुमा वेदको अध्ययन र अध्यापन भनेर वेदको सुरक्षालाई सर्वाधिक महत्तव दिइउको छ। वेदको अर्थ ज्ञान पनि हो ।
प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।
वर्ण | कार्य विभाजन | वर्ग |
---|---|---|
ब्राह्मण | समाज हितमा निरन्तर अध्ययन अनुसन्धान गर्नु | बौद्धिक |
क्षत्रिय | समाजको रक्षाका लागि अस्त्रशस्त्र चलाउनु | सैन्य |
वैश्य | देशको आर्थिक उन्नतिका लागि कार्य गर्नु | व्यवसायी |
शूद्र | समाजको सेवा गर्नु | कर्मचारी |
इतिहास
ब्राह्मण समाजको इतिहास प्राचीन भारतबर्षको वैदिक धर्मबाट आरम्भ हुन्छ। "मनु-स्मॄति" का अनुसार आर्यवर्त वैदिक व्यक्तिहरूको भूमि हो। ब्राह्मण व्यवहारको मुख्य स्रोत वेद हो। ब्राह्मणहरूका सबै सम्प्रदाय वेदबाट प्रेरणा लिन्छन्। पारम्परिक मान्यता अनुसार यो विश्वास छ कि वेद अपौरुषेय (कुनै पनि मानव/देवताले नलेखेको) तथा अनादि हो। वेदलाई श्रुति मानिन्छ (श्रवण हेतु, जो मौखिक परम्पराको द्योतक हो)। धार्मिक तथा सांस्कॄतिक रीतिहरू एवं व्यवहारमा विविधताहरूको कारण, ब्राह्मण समाज विभिन्न उपजातिहरूमा विभाजित छ। सूत्र काल मा, लगभग १००० ई.पू देखि २०० ई.पू , सम्म वैदिक अङ्गीकरणका आधारमा, ब्राह्मण विभिन्न शाखाहरूमा बाँढिन लागे। प्रतिष्ठित विद्वानहरूको नेतॄत्वमा, एकै वेदका विभिन्न नामहरूमा पृथक-पृथक शाखाहरू बन्न लागे। यी प्रतिष्ठित ऋषिहरूका शिक्षाहरूलाई सूत्र भनिन्छ। प्रत्येक वेदका अफ्नै सूत्र छन्। सामाजिक, नैतिक तथा शास्त्रानुकूल नियमहरूका सूत्रहरूलाई धर्म सूत्र भनिन्छ। आनुष्ठानिकहरूलाई श्रौत सूत्र तथा घरेलु विधिशास्त्रहरूको व्याख्या गर्नेलाई गृह सूत्र भनिन्छ। सूत्र सामान्यतया पद्य वा मिश्रित गद्य-पद्यमा लिखिएका छन्। विश्वकै सर्वप्राचीन ग्रन्थ ऋग्वेदानुसार सर्वोच्चशिखर हिमालयका काखमा आश्रम बनाई बसेका आत्रेय ऋषिका छोरा अर्चनानस हिमालयबाट भारतको गोमति नदितटवर्ति भूभागका शासक रथवीतिको निमन्त्रणामा उनको राज्यमा गएर राजगुरु भएर बसेका,उनकोछोरा श्यावाश्वले रथवीतिकै छोरी विवाह गरी राजपाठगरेका,उनकै सन्तान कोही राजवंशी,कोही ब्राह्मण भएका र पछि लाहोरप्रान्त हुदै उत्तराञ्चलका बदरीखण्डका आस-पास क्षेत्रबाट नेपाल पसेका कुराका आधारमा हेर्दा नेपाल-भारतको सीमाबाट यता उता बसाईं सर्नेक्रम प्राचीन भएको कुरा विज्ञहरू बताउछन् ।
नेपालमा ब्राह्मण
नेपालमा ब्राह्मण जातिको उल्लेख्य बसोबास रहेको छ। नेपालको इतिहास अनुसार भारतको बिभिन्न ठाउँहरू भारतको उत्तराखण्डको पिथौरागढ, कुमाउ, बनारस आदि ठाउँहरू बाट ब्राह्मणहरू (बाहुन)को नेपाल प्रवेश भएको थियो। त्यसकारणले ब्राह्मण(बाहुन) समाजमा आ-आफ्ना पुर्खौली ठाउँको नाम जोडेर बोलाउने चलन छ। भारतमा मुगलहरूको आक्रमण हुन थालेपछि ब्राह्मणको नेपाल प्रवेश हुन थालेको हो।[१२] नेपालको सामाजिक विभाजनको विकास तथा भारतको सामाजिक विभाजनमा केही मौलिक अन्रहरु छन् भन्ने कुरा डोरबहादुर बिष्टले व्याख्या गरेका छन् ।[१३]
ब्राह्मण शास्त्रज्ञहरूमा प्रमुख अंगिरा, अपस्तम्भ, अत्रि, बॄहस्पति, बौधायन, दक्ष, गौतम, हरित, कात्यायन, लिखित, मनु, पाराशर, समवर्त, शंख, शत्तप, ऊषानस, वशिष्ठ, विष्णु, व्यास, यज्ञवल्क्य तथा यम ऋषि हुन। यी एक्काईस् ऋषि स्मॄतिहरूका रचयिता थिए। स्मॄतिहरूमा सबभन्दा प्राचीन अपस्तम्भ, बौधायन, गौतम तथा वशिष्ठ छन्। ऐतिहासिक युगका महानतम दार्शनिक आदि शंकराचार्य दक्षिण भारतको नामपुद्री ब्राह्मण परिवारका हुन भनिन्छ ।[१४]
एलेक्जेन्डर र ब्राह्मण
प्लुटार्कले लेखेक एलेक्जेन्डर (सिकन्दर) को जीवनीमा ब्राह्मणहरु संगका अनुभवहरु व्याख्या गरिएको छ । एउटा प्रसंग यस पकर छ । युरोपका ससाना देशहरुलाई जितेपछि एलेक्जेन्डर भारतीय उपहाद्वीपलाई आफ्नो राज्यमा गाभ्ने उद्देश्यले ठूलो सेनाका साथ विजय यात्रा सुरु गर्यो । त्यसबेला उ २० वर्षको थियो । ईरान जस्तो शक्तिशाली देशलाई सजिलै जित्न सफल भयो । त्यस पछि ठूलो फौजसहित गान्धार प्रवेश गर्यो । त्यसबेला तक्षशिला विश्वको शिक्षा केन्द थियो । त्यो गान्धार राज्यमा पथ्र्यो । जसका राजा आम्भी थिए । आम्भीले आफ्नो राज्यका सीमा बाहिर महंगा उपहारसहित स्वागत गर्दै एलेक्जेन्डरको अधीनता स्वीकार गरेकोले तक्षशिलाका आचार्यहरु आम्भीसंग रुष्ट भएका थिए । चन्द्रगुप्त मौर्यलाई यवन शासनको विरुद्ध विद्रोह गर्न तालिम दिने कौटिल्य तिनै रुष्ट आचार्यमध्ये एक थिए ।
विद्रोहको सामना र १० जना ब्राह्मण
गान्धारले अधीनता स्वीकार गरे पनि आम्भीको छिमेकी राज्य पुरुले एलेक्जेन्डरसंग युद्धको घोषणा गरेको थियो । यो युद्ध र यसको विवरण विश्व प्रसिद्ध मानिन्छ । पुरु राज्यलाई आफ्नो नियन्त्रणमा लिए पछि आफ्नो पकड बलियो बनाउन उसले केही प्रयास गरेको थियो । ग्रीक इतिहासकार प्लुटार्कका अनुसार गान्धार प्रवेश गरे पछि एलेक्जेन्डरले निरन्तर स्थानीय मानिसहरुको विद्रोहको सामना गर्नु परेको थियो । स्थानीय क्षेत्रलाई नियन्त्रणमा राख्न उसलाई गाह्रो हुनथाल्यो । उसका सिपाहीहरुले १० जना ब्राह्मणलाई एलेक्जेन्डरको विरुद्धमा मानिसहरुलाई भड्काइरहेको आरोपमा समातेर ल्याएको कुरा प्लुटार्कले उल्लेख गरेका छन् । एलेक्जेन्डरका जीवनको बारेमा पहिलो आधिकारिक जानकारी दिने व्यक्ति प्लुटार्क हो । संभवतः ती ब्राह्मण वा बटुकहरु कुनै विशेष आश्रमसंग सम्बन्धित थिए । कुन आश्रम वा कुन ऋषि परम्पराका थिए यो कुरा भने प्लुटार्कले उल्लेख गरेका छैनन् । तर प्लुटार्कले उनीहरुलाई बुद्धिमान ब्राह्मण भनी उल्लेख गरेका छन् । यसबाट उनीहरु आचार्यहरु हुनसक्छन् भन्ने अनुमान लगाउन भने सकिन्छ । एलेक्जेन्डरले आफ्नो विरोध गर्नेलाई जुन निर्दयताले दण्ड दिन्थ्यो त्यो देखेर सबै एलक्जेन्डरको नाम सुन्दा थर्थर काम्थे । संसार उसंग डराउंथ्यो ।
निर्भीक प्रश्नोत्तर
ती ब्राह्मणलाई सार्वजनिक रुपमा दण्ड दिनका लागि एलेक्जेन्डरले भन्यो– मैले तिमीहरु प्रत्येकलाई एक एक प्रश्न सोध्ने छु– जसले सबभन्दा खराब जवाफ दिन्छ उसले सबभन्दा पहिले मर्नु पर्नेछ । कसको उत्तर सबभन्दा खराब छ, त्यसको निर्णय गर्न उसले सबभन्दा वृद्ध ब्राह्मणलाई निर्णायक नियुक्त गर्यो ।
पहिलो ब्राह्मणलाई उसले सोध्यो– संसारमा जीवित मानिस धेरै छन् कि मृत ?
ब्राह्मणले भन्यो– जीवित । किनभने मृतलाई गणना गरिंदैन ।
एलेक्जेन्डरले दोस्रो ब्राह्मणलाई प्रश्न गर्यो– कसले धेरै प्राणी उत्पन्न गर्यो धरतीले कि समुद्रले ?
दोस्रो ब्राह्मणले भन्यो– धरतीले । समुद्र धरतीको केवल एक भाग हो ।
एलेक्जेन्डरले तेस्रो ब्राह्मणलाई प्रश्न गर्यो– सबभन्दा सानो जीव कुन हो ?
तेस्रो ब्राह्मणले भन्यो– त्यही, जुन अझैसम्म भेटिएको छैन ।
एलेक्जेन्डरले चौथो ब्राह्मणलाई प्रश्न गर्यो– तिमीहरुले यस्तो के भनेर विद्रोहीहरुलाई उकसाइ हिंडेका छौ? सबै कात्रो बांधेर उत्रेका छन् ।
तेस्रोले भन्यो– बांच्ने भए इज्जत साथ बांच नभए इज्जत साथ मर ।
एलेक्जेन्डरले पांचौ ब्राह्मणंलाई प्रश्न गर्यो– दिन पुरानो हो कि रात ?
पांचौंले भन्यो– दिन । यो कम्तीमा एक दिन पुरानो छ ।
एलक्जेन्डरलाई उत्तर चित्त बुझेन– हो र? ब्राह्मणले थप्यो– प्रश्न जुन प्रकारका हुन्छन् । उत्तर पनि त्यस्तै हुन्छन् ।
एलेक्जेन्डरले छैठौंलाई प्रश्न गर्यो– सबैको प्यारो हुन के गर्नु पर्छ ?
त्यस ब्राह्मणले भन्यो– अर्कालाई नतर्साइकन शक्ति आर्जन गर्नु पर्छ ।
एलेक्जेन्डरले सातौंलाई प्रश्न गर्यो– भगवान बन्न के गर्नु पर्छ ?
त्यस ब्राह्मणले भन्यो– मानिसले गर्न नसक्ने काम गर्नु पर्छ ।
एलेक्जेन्डरले आठौं ब्राह्मणलाई प्रश्न गर्यो– जीवन बलियो कि मृत्यु ?
ब्राहमणले भन्यो– जीवन । किनभने बांच्नेले दुखकष्ट सहनु पर्छ ।
एलेक्जेन्डरले नवौं ब्राह्मणलाई प्रश्न गर्यो– कहिलेसम्म बांच्नु पर्छ ?
ब्
राह्मणले भन्यो– अब बांच्नु जरुरी छैन भन्ने नलागुञ्जेल ।
अब एलेक्जेन्डर निर्णायक वृद्ध बाह्मणतिर फक्र्यो । उसले तत्काल भन्यो– उभन्दा उ खराब । प्रत्येकको उत्तर झन्झन् खराब छ ।
एलेक्जेन्डरले भन्यो– यस्तो सही उत्तर दिएकोमा सबभन्दा पहिले तिमीले मर्नु पर्छ ।
ब्राह्मणले भन्यो– यदि तपाईं आफ्नो कुरामा वचनबद्ध हुनुहुन्छ भने तपाईंले त के भन्नु भएको थियो भने सबभन्दा खराब जवाफ दिनेलाई पहिले मार्नेछु ।
भनिन्छ, यस्तो निर्भीकता देखेर एलेक्जेन्डर प्रसन्न भयो । उसले सबैलाई उपहार दिएर बिदा गर्यो ।
प्लुटाकृका अनुसार, स्वदेश फर्कने समयमा उसले केही ब्राह्मणहरुलाई आफुसंग मेसिडोनिया लग्यो । त्यसमा ती १० जना पनि थिए ।
ब्राह्मणद्वारा आत्मदाह
घरघन्दा टाढा भएको एलेक्जेन्डर उद्विग्न हुन थालेको थियो । आफ्नो जन्मभूमि छोडेको १० वर्षभन्दा बढी भइसकेको थियो ।जब उ ईरान पुग्यो । उसंग गएका ब्राह्मणमध्ये एक, जसको नाम प्लुटार्कले केलानस लेखेका छन्, ले भन्यो– अब मेरो अन्तिम समय आयो । त्यसैले मैले अब प्राण त्याग गर्छु । अनि उ आफैंले सबै सर्जाम तैयार गरी सारा अन्तिम संस्कार गर्यो । अनि सबैसंग विनम्रतापूर्व औपचारिक रुपमा बिदा लिएर चिता बनाएर त्यसमा शान्तिपूर्वक त्यसबेलासम्म बस्यो जबसम्म उ खरानी भएन । यो घटना ३२४ वि.पूु.को हो ।[१५]
ब्राह्मणका कर्त्तव्यहरू
निम्न श्लोकानुसार ब्राह्मणका ६ कर्तव्य यस प्रकार छन्।
अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा।
अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा।
दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात ।
दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात॥
शिक्षण, अध्ययन, यज्ञ गर्ने, यज्ञ गराउने, दान लीने तथा दान दिने ब्राह्मणका ६ कर्तव्य भनिएको छ।
ब्राह्मण वर्णको परम्परा र संस्कार
बाहुनहरूको परम्परा हिन्दू धर्म मान्ने आर्य मूलको पूजा आजामा रुची राख्ने छद्म पुजा, कन्या दान, गौ दान, भुमी दान, जस्ता अन्य दानहरू लिने तथा दिने, पुन्सवन, सीमन्तोनयन, जन्मानुष्ठान, नामकरण (न्वारन), निष्क्रमण, अन्नप्रासन, चुडाकर्म, कर्णवेध, उपनयन अर्थात यज्ञोपवित (व्रतवंध), वेदारम्भ, केशान्त अथवा गोदान, तथास्नान, समवर्तनम् वा विवाह, अन्त्येष्टि आदी सबै संस्कारहरू विधिपूर्वक सम्पन्न गराउने रहेको देखिन्छ।
ब्राह्मण समुदायको योगदान
आर्य मूल अन्तर्गत पर्ने पूजा-आजा, समाज सेवा र शिक्षा आर्जनमा रुची राख्ने ब्राह्मण जातिलाई नेपाली भाषाको जन जिब्रो शैलीमा बाहुन भनिन्छ र नेपाल भाषा मा जुजु-बाजे (राजा बाजे) वा द्य: ब्राह्मण (देव ब्राह्मण) भनिन्छ। हिन्दू धर्म ग्रन्थहरूमा समाज सञ्चालनका निम्ति चार वर्णहरूमा विभाजन गरी ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र वर्णहरूको सृजना गरिएको हो भनी उल्लेख गरिएको छ र ब्राह्मणको अपभ्रंश भई नेपालीहरूमा बाहुन शव्द प्रचलित भएको हो। नेपाली बाहुनहरू खस जाती (भारतको कस्मीर देखि भूटान सम्मको हिमालयको दक्षिणी पाखोमा बस्ने जाती का हाँगा हुन्। यो जाती नेपाल लगायत तत्कालीन विशाल नेपालका भूभागहरू हाल भारतमा पर्ने उत्तराखण्ड, हिमाचल प्रदेश, दार्जीलिङ, कालिम्पोङ, सिक्किम का साथै भूटान, बर्मा तथा भारतका अन्य भूभाग तथा विश्वका विभिन्न ठाउँका निवासी छन। नेपाल मा मूलत ३ भिन्न आर्य-हिन्दू समाज मा ब्राह्मण को उपस्थिती पाईन्छ - पहाडे/खस, नेवार, मैथिल ।
यस्क मुनिको निरुक्त शास्त्रका अनुसार - ब्रह्म जानाति ब्राह्मण:—ब्राह्मण त्यो हो जो ब्रह्म (अन्तिम सत्य, ईश्वर या परमज्ञान) लाई जान्दछ। अतः ब्राह्मणको अर्थ- "ईश्वर ज्ञाता" । तर हिन्दू समाजमा एतिहासिक स्थिति यो छ कि पारम्परिक पूजारी तथा पण्डित नै ब्राह्मण हुन्छन्।
किन्तु आजकल धेरै ब्राह्मणहरू धर्म-निरपेक्ष व्यवसाय गर्छन् तथा उनीहरूको धार्मिक परम्परा उनीहरूको जीवनबाट लुप्त हुदैं गईरहेको छ। यद्यपि नेपाली जनसङ्ख्यामा ब्राह्मणहरूको प्रतिशत कम छ, तथापि धर्म, संस्कृति, कला, शिक्षा, ज्ञान-विज्ञान तथा उद्यमका क्षेत्रमा यीनीहरूको योगदान अपरिमित छ। नेपाललाई राष्ट्रको रुपमा निर्माण, एकीकरण, आधुनिकीकरण र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बनाउन यस वर्गले अन्य समुदायसंग मिलेर महत्त्वपूण योगदान गरेको छ ।
उदाहरणका लागि भाषा र व्याकरणको क्षेत्रमा राममणि आदी, कुललचन्द्र गौतम, साहित्यको क्षेत्रमा लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौड्याल, इतिहासको क्षेत्रमा नयराज पन्त, बाबु राम आचार्य, बालचन्द्र शर्मा, आदर्शको रुपमा सन्त नेता कृष्ण प्रसाद भट्टराई, समाज सुधारको क्षेत्रमा योगमाया, पंं नारायण प्रसाद पोखरले, संगीतमा नरराज ढकाल, शिक्षामा शंकरदेव पन्त, राजनीतिमा बी पी कोइराला, मनमोहन अधिकारी, दर्शनको क्षेत्रमा मीन प्रसाद नेपाल, घनश्याम मरासिनी, खप्तड बाबा, चूडानाथ भट्टराय, प्रशासनिक षेत्रमा सरदार यदुनाथ खनालको योगदान इतिहासमा अंकित भइसकेको छ ।
ब्राह्मणका थरहरू
पहाडे/खस, नेवार, मैथिल तिनै प्रकार का ब्राह्मण हरुको थरहरू यस प्रकार भेटिन्छन्।[१६]
- A अ – Acharya (आचार्य), Adhikari (अधिकारी), Arjel (अर्जेल)/Arjyal (अर्ज्याल)/Aryal (अर्याल), Awasthi (अवस्थी)
- Ā आ – Atreya (आत्रेय),
- B ब –बेल्बासे belbase, Badal (बडाल), Banskota (बास्कोटा), Baral (बराल), banjade,Bastakoti (बस्ताकोटी), Bastola (बास्तोला), Basyal/Bashyal/Basel (बस्याल/ बश्याल/ बसेल)
- Bh भ – Bhandari (भण्डारी), Bhatta (भट्ट), Bhattarai (भट्टराई), Bhetuwal (भेटुवाल), Bhurtel (भुर्तेल), Bhusal (भुसाल / भुषाल)
- Ch च – Chalise (चालिसे), Chapagain (चापगाईँ), Chataut (चटौत), Chaulagain (चौलागाई)/चाम्लागांइ, Chiluwal (चिलुवाल)
- D द – Dahal (दाहाल), Devkota (देवकोटा)
- D ड – Dallakoti (डल्लाकोटी), Dumre (डुम्रे)
- Dh ढ – Dhakal (ढकाल), Dhungel (ढुङ्गेल), Dhital (धिताल)
- G ग – Gajurel (गजुरेल), Gaudel (गौडेल), Gautam (गौतम), Gotame (गोतामे), Guragain/Gurangain (गुरागाईँ), Gyanwali (ज्ञवाली), Gaire (गैरे), Gauli (गौली)
- Gh घ – Ghimire (घिमिरे)
- H ह – Humagain (हुमगाईँ)
- J ज – Jaisi(जैसी), Joshi (जोशी)
- K क – Kafle (कफ्ले/काफ्ले), Kalakheti (कलाखेती),Kattel(कट्टेल),Kandel (कंडेल)/Kadel (कडेल), Koirala (कोइराला), Kuikel (कुईकेल)
- Kh ख – Khanal (खनाल), Khatiwada (खतिवडा), Kharel (खरेल), Khakurel (खकुरेल)
- L – Lamsal(लम्साल), Lamichhane(लामिछाने), Lekhak (लेखक), Lohani (लोहनी)
- M म – Mainali (मैनाली), Maratha (मराठा), Mishra (मिश्र)
- N – Nepal (नेपाल), Neupane (नेउपाने/न्यौपाने), Niroula (निरौला), Neupane (न्यौपाने)
- O ओ – Ojha (ओझा), Oli (ओली/वली)
- P प – Prasai(n) (प्रसाईं), Parajuli(पराजुली), Pageni (पंगेनी/पङ्गेनी), Pandey (पाँडे/पाण्डे), Pandit (पण्डित), Pant (पन्त), Pathak (पाठक), Pokhrel ([[पोख्रेल]]), /Pokharel (पोखरेल), Paudyal (पौड्याल)/Poudyal/Paudel (पौडेल), Pudasiani (पुडासैनी), Pyakurel (प्याकुरेल), Panthi (पन्थी)
- Ph फ – Phuyal (फुयाल)
- R र – Rajopadhyaya (राजोपाध्याय), Regmi (रेग्मी), Rijal (रिजाल), Rimal (रिमाल), Rishal (रिशाल)
- Sh श – Sharma (शर्मा), Shivakoti (शिवाकोटी), Shukla (शुक्ल)
- S स – Sangraula (संग्रौला), Sapkota (सापकोटा), Satyal (सत्याल), Sedhain (सेढाई), Sigdel (सिग्देल), Simkhada (सिम्खडा), Subedi (सुवेदी),Soti (सोती)
- T त – Timsina(तिम्सिना)/Timilsina (तिमल्सेना/तिमील्सिना), Tiwari (तिवारी), Tripathi (त्रिपाठी)
- Th थ – Thapaliya (थपलिया)
- W व – Wagle (वाग्ले)
- U उ – Upadhyaya (उपाध्याय), Upreti/Uprety (उप्रेती)
उल्लेखनीय व्यक्तित्वहरू
खस बाहुन(ब्राह्मण)
- रंगनाथ पौडेल
- विश्वेश्वरप्रसाद कोइराला
- टंकप्रसाद आचार्य
- भानुभक्त आचार्य
- लेखनाथ पौड्याल
- लक्ष्मीप्रसाद देवकोटा
- माधवप्रसाद घिमिरे
- भीमनिधि तिवारी
- कृष्णप्रसाद भट्टराई
- खड्गप्रसाद ओली
- रामकृष्ण ढकाल
- मनिषा कोइराला
- हरिवंश आचार्य
- निखिल उप्रेती
- सुगम पोखरेल
- नविन के भट्टराई
- गिरिश खतिवडा
- यमबुद्ध
मैदाने ब्राह्मण
सन्दर्भ सामग्रीहरू
- ↑ https://en.wikipedia.org/wiki/Varna_(Hinduism)
- ↑ https://en.wikipedia.org/wiki/Brahmana
- ↑ कल्याण सन्तवाणी अंक, गीताप्रेस गोरखपुर, वि.सं.२०६७ ।
- ↑ अम्बेडकर, बुद्ध एन्ड हिज धम्म, नईदिल्ली, सन् १९९० ।
- ↑ जनकलाल शर्मा, हाम्रो समाज, (काठमाडौं साझा प्रकाशन, वि.सं.२०३९), पृ. ५९ ।
- ↑ ऋग्वेद,, पुरुषसूक्त १०.९०.१२।
- ↑ म्याक्समुलर, सन् १८९८,रामकृष्ण, हिज लाइफ एन्ड सेईंग्स, (रिप्रिन्ट) नागपुर रामकृष्ण मिशनp. ३
- ↑ http://www.sacred-texts.com/hin/rls/rls25.htm
- ↑ महाभारत शान्तिपर्व, वि.सं.२०६०, ६०.७–९,
- ↑ मनुस्मृति
- ↑ कौटिलीय अर्थशास्त्र, १.२, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
- ↑ हागन, टोनी (२०५८), नेपालको चिनारी, हिमाल किताब, पृ: ५०, आइएसबिएन 9993313130।
- ↑ बिष्ट, डोर बहादुर, सबै जातको फुलवारी, साझा प्रकाशन, काठमाडौं, वि.सं.२०४१ ।
- ↑ ज्ञवाली बाबुराम, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार, वि.सं.२०७० ।
- ↑ www.hindisahityadarpan.in
- ↑ सुवेदी, शिखरनाथ, थरगोत्र प्रवरावली