"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Rajju Pradhan (वार्तालाप)द्वारा Bishaldev100द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
Vandalism! Reverted edits.
चिनो: पूर्ववत
पङ्क्ति ५४: पङ्क्ति ५४:
आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी २०६३ बैशाख ८ गते घोषणा गरे। तर त्यसले पनि आन्दोलन साम्य हुन सकेन त्यस पछि २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे। पुनर्स्थापित प्रतिनिधिसभाले मा‌‌ओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्‍यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो।
आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी २०६३ बैशाख ८ गते घोषणा गरे। तर त्यसले पनि आन्दोलन साम्य हुन सकेन त्यस पछि २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे। पुनर्स्थापित प्रतिनिधिसभाले मा‌‌ओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्‍यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो।


अन्तरिम संसदले [[संविधान सभा]] बन्नु अघि नै देशमा [[गणतन्त्र]] आई सकेको र संविधान सभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो। सोही आदेशलाई पछयाउदै [[संविधान सभा]]को पहिलो बैठकले २०६५ साल जेष्ट १५ गतेको दिन नेपाललाई [[गणतन्त्र]] भएको घोषणा अनुमोदन गर्‍यो। यसपछि यिनी औपचारिक रूपमा राजाबाट हटेका हुन। तर अहिले फेरी नेपालमा गणतन्त्र घोषणा भएको १० वर्ष पछी जनमानसमा राजसंस्थाको आवश्यकता महसुस हुन थालेको छ /
अन्तरिम संसदले [[संविधान सभा]] बन्नु अघि नै देशमा [[गणतन्त्र]] आई सकेको र संविधान सभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो। सोही आदेशलाई पछयाउदै [[संविधान सभा]]को पहिलो बैठकले २०६५ साल जेष्ट १५ गतेको दिन नेपाललाई [[गणतन्त्र]] भएको घोषणा अनुमोदन गर्‍यो। यसपछि यिनी औपचारिक रूपमा राजाबाट हटेका हुन।


{{बाकस-सुरू}}
{{बाकस-सुरू}}

११:३८, १३ जुन २०१९ जस्तै गरी पुनरावलोकन

ज्ञानेन्द्र शाह
नेपालका महाराजधिराज
शासनकाल7 नोभेम्वर 1950 – 8 जनवरी 1951 (६२ दिन)
पूर्वाधिकारीराजा त्रिभुवन
उत्तराधिकारीराजा त्रिभुवन
शासनकाल4 June 2001 – 28 May 2008 (६ वर्ष, ३५९ दिन)
पूर्वाधिकारीदीपेन्द्र शाह
उत्तराधिकारीराजतन्त्रको अन्त्य
जन्म (1947-07-07) ७ जुलाई १९४७ (उमेर ७६)
काठमाडौं, नेपाल
रानीकोमल शाह
सन्तानपारस शाह
प्रेरणा शाह
दरबारनारायणहिटी दरबार
वंशशाह वंश
बाबुमहेन्द्र वीर विक्रम शाह
आमाइन्द्रराज्यलक्ष्मी शाह

ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम राजा पनि हुन्। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारत गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए। राजा वीरेन्द्रको वंश विनाश पछि उनी पुनः नेपालका राजा भएका हुन। दरवार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभए लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका ब्यक्त गरेका छन तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन सकेको छैन।

राजा महेन्द्रका छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा राजा बीरेन्द्र लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा बीरेन्द्रका भाई ज्ञानेन्द्र राजा भएका थिए।

प्रारम्भिक जीवन र पहिलो शासन

ज्ञानेन्द्र शाह युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौं, पुरानो नारायणहिटि राजदरबारमा जन्मिएका थिए उनको जन्म पछि, उनको पितालाई राजज्योतिषहरुले नव शिशुलाई संगै राख्दा नराम्रो हुने सक्छ भनेकाले उनी मामाघरमा हुर्के ।

२००७ को राजनीतिक घटनाको समयमा उनका पिता र हजुरवुवा र अन्य राजपरिवार सदस्यहरु भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए । उनलाई प्रधान मन्त्रि मोहन शमशेरले २००७ कार्तिकमा राजा घोषणा गरे । उनको राज्याभिषेक मात्र भएन , उनको नाममा मुद्राहरु समेत निष्काशन गरिए । राणा प्रधानमन्त्रिले राजाको लागि बार्षिक ३,००,००० रुपैया बजेट छुट्याएको थियो । २००७ को दिल्ली सम्झौता पछी नेपालमा राणाशासन अन्त्य भयो , राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हाले ।

ज्ञानेन्द्रको पढाई दाजु राजा बिरेन्द्र संगै दार्जीलिङको सेन्ट जोसेफ स्कुलमा भयो ।उनले त्रिभुवन विश्वविद्यालयबाट १९६९ मा स्नातक गरे ।

उनले दाजु बिरेन्द्रको राज्यबिषेकको समयमा सल्लाहकार समितिको अध्यक्षको रुपमा काम गरे ।उनले महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष भएर समेत २०५८ सम्म सेवा गरे ।

उनको विवाह बैशाख १८, २०२७ मा कोमल राज्य लक्ष्मी देवी सँग भयो । उनीहरुको दुई सन्तान छन् ।

राज्यारोहण

२०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा राजा बीरेन्द्रको हत्या भएपछि दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । दिपेन्द्र अचेत अवस्थामा भएकाले ज्ञानेद्रलाई राज्य सहायक घोषित गरिएको थियो ।

प्रत्यक्ष शासन

उनले देशमा भई रहेको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले। तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रिक शासन व्यवस्था माथि हमला बोलेको आरोप लगाउदै आन्दोलनमा उत्रे। प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन्। गणतन्त्र घोषणापछि उनी बालाजु माथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन भने उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ।

उनी राजा भएको बेला नेपालमा ने.क.पा माओवादीले साम्यवाद अधिनायकवाद स्थापना गर्ने उदेश्यले जन युद्दको नाममा गुरिल्ला युद्द चलाई रहेको थियो। त्यस बेला जनताको जनादेश पाएको भनि दवी गर्ने सबै सरकारले त्यसको उचित समाधान पत्ता लगाउन सकि रहिका थिएनन। राजनीतिक दलहरू आफ्नो भूमिका निभाउन असफल हुदै गएका थिए। संसदीय प्रजातन्त्रमा आस्था राख्ने द्लहरूमा पदको लुक्षाचुडी चलि रहेको थियो। प्रधानमन्त्रीको पद जोगाउने नियतले ताजा जनादेश लिन्छु भन्दै त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनीधि सभाको बिघटन गरे। तर समयमा नै सो प्रतिनीधि सभाको निर्वाचन गर्न सकेनन। यसले संवैधनीक जतिलता छायो। नेपाली काङ्ग्रेसनेकपा (एमाले) जस्ता ठूला दलहरूले पनि उचित समाधान दिन सकेका थिएनन्। त्यसबेला ने.क.पा माओवादी लाई दबाएर नियन्त्रणमा राख्ने सुझबुझका साथ उनी प्रत्यक्ष शासन गर्न अग्रसर भए। यस क्रममा उनले स्थापित जननिर्वाचित सरकार भङ्ग गरी सम्पूर्ण राजनीतिक अधिकार आफूले ग्रहण गरे र मनोनित सरकारको गठन गरेर आफ्नो सक्रिय भूमिकाको खोजी गर्न थाले। राजाको यस कदमलाई संसदवादी दलहरूले स्वीकारेनन्। राजाले आफ्नो भूमिका खोसेको अर्थमा लिए। फलतः संवैधानिक राजतन्त्र पक्षधर भई हिडेका पार्टीहरू समेत राजा ज्ञानेन्द्रको त्यस्तो कदम पछि राजतन्त्रको समाप्तिकै पक्षमा पुगे। सक्रिय राजतन्त्र भएको पञ्चायती व्यवस्थामा हुर्किएका राजनीतिज्ञहरू समेत उनको बिरोधमा उभिए। यसै बीच आन्दोलनरत ७ दलीय गठबन्धन र ने.क.पा माओवादीबीच दिल्लीमा वार्ता भयो र १२ बुँदे सहमति पनि भयो। त्यो सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रियो। आन्दोलनले देशव्यापी रूपमा व्यापकता लियो सारा मानिस सडकमा उत्रिए। त्यसपछि राजाले प्रत्यक्ष शासन शुरु गरेको करीब १५ महिना पछि संयुक्त जनआन्दोलन भयो र त्यसले राजालाई आफ्नो कदम फिर्ता गर्न बाध्य गर्‍यो।

आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी २०६३ बैशाख ८ गते घोषणा गरे। तर त्यसले पनि आन्दोलन साम्य हुन सकेन त्यस पछि २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे। पुनर्स्थापित प्रतिनिधिसभाले मा‌‌ओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्‍यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो।

अन्तरिम संसदले संविधान सभा बन्नु अघि नै देशमा गणतन्त्र आई सकेको र संविधान सभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो। सोही आदेशलाई पछयाउदै संविधान सभाको पहिलो बैठकले २०६५ साल जेष्ट १५ गतेको दिन नेपाललाई गणतन्त्र भएको घोषणा अनुमोदन गर्‍यो। यसपछि यिनी औपचारिक रूपमा राजाबाट हटेका हुन।

पूर्वाधिकारी
बीरेन्द्र वीर विक्रम शाह
नेपालको राजा
सन् २००१ -- सन् २००८
उत्तराधिकारी 
पद अन्तय
पूर्वाधिकारी
नयाँ पद
नेपालको मन्त्रीपरिषद्को अध्यक्ष
??
उत्तराधिकारी 
-

सम्मान

महत्त्वपूर्ण सम्बोधनहरू