"पाण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
४ काजी
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ९: पङ्क्ति ९:
|related= [[बस्नेत]], [[थापा]], [[कुँवर]], [[बिष्ट]]
|related= [[बस्नेत]], [[थापा]], [[कुँवर]], [[बिष्ट]]
}}
}}
'''पाण्डे''' वा '''पाँडे''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बी [[ब्राह्मण]] तथा [[क्षेत्री]]को थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू [[नेपाल]]को पश्चिम क्षेत्र तथा [[भारत]]मा बसोवास गर्छन् । [[क्षेत्री]] पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ ।
'''पाण्डे''' वा '''पाँडे''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बी [[ब्राह्मण]] तथा [[क्षेत्री]]को थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू [[नेपाल]]को पश्चिम क्षेत्र तथा [[भारत]]मा बसोवास गर्छन् । [[क्षेत्री]] पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । पाण्डे हरु बिभिन्न गोत्रका हुन्छन । ति मध्य [[पराशर गोत्र|पराशर]] गोत्र एक प्रमुख गोत्र हो । महाभारतको [[पाण्डव|पाण्डब]] बाट पाण्डे थर सुरु भएको विश्वास गरिन्छ ।


ऐतिहासिक रूपमा पाण्डे चार पुस्त्यौनी [[काजी]] परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू [[बस्न्यात वंश]], [[कुँवर परिवार]] र [[थापा वंश]] हुन् । [[बस्नेत]] परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको [[थापा]] ऐतिहासिक दुस्मनी थियो ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title=पाँच काजी परिवार|accessdate=2017-03-11}}</ref>
ऐतिहासिक रूपमा पाण्डे चार पुस्त्यौनी [[काजी]] परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू [[बस्न्यात वंश]], [[कुँवर परिवार]] र [[थापा वंश]] हुन् । [[बस्नेत]] परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको [[थापा]] ऐतिहासिक दुस्मनी थियो ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title=पाँच काजी परिवार|accessdate=2017-03-11}}</ref>

११:१५, ५ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

पाण्डे/पाँडे
जम्मा जनसङ्ख्या
२,७४,०८९ नेपाली [१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल, भारत
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्म र मष्टो धर्म
सम्बन्धित जातीय समूह
बस्नेत, थापा, कुँवर, बिष्ट

पाण्डे वा पाँडे हिन्दू धर्मावलम्बी ब्राह्मण तथा क्षेत्रीको थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू नेपालको पश्चिम क्षेत्र तथा भारतमा बसोवास गर्छन् । क्षेत्री पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । पाण्डे हरु बिभिन्न गोत्रका हुन्छन । ति मध्य पराशर गोत्र एक प्रमुख गोत्र हो । महाभारतको पाण्डब बाट पाण्डे थर सुरु भएको विश्वास गरिन्छ ।

ऐतिहासिक रूपमा पाण्डे चार पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू बस्न्यात वंश, कुँवर परिवारथापा वंश हुन् । बस्नेत परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको थापा ऐतिहासिक दुस्मनी थियो ।[२]

कुलेटा पाँडे, पलेउ पाण्डे, आदि पाण्डेका प्रकारहरू हुन् ।[३]

पाँडे वंश

गणेश पाण्डे पाँडे वंशका पहिलो भारदार देखिन्छन् । उनी राजा द्रव्य शाहलाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी वंशीधर कालु पाण्डे गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी वंशराज पाण्डे पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी दामोदर पाण्डे नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।[४] उनले मूलकाजी भै शासन चलाउँदा राजा रणबहादुर शाहको फिर्ता सवारीमा भीमसेन थापाको आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार रणजङ्ग पाण्डे नेपालको तेस्रो प्रधानमन्त्री हुन् । मुख्तियार भीमसेन थापाको पतनमा यिनको ठूलो भूमिका थियो । वि.सं. १९०० मा माथवरसिंह थापाको उदय हुँदा पाण्डे परिवारमाथि भीमसेनहत्याको कारबाही भयो । त्यस घटनाले रणजङ्ग पाण्डेको मृत्यु भयो । जंगबहादुर राणाद्वारा मच्चाइएको कोत पर्वमा दलभञ्जन पाण्डे मारिँदा पाण्डेहरू सम्पूर्ण शक्तिविहिन भए ।

काजी तुलाराम पाण्डे र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी भोटु पाण्डे, काजी रणजीत पाण्डे र काजी जगजीत पाण्डे थिए ।[५] काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।[४] काजी रणजीत पाण्डे नैनसिंह थापाका ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री माथवरसिंह थापा रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाण्डे परिवारका अन्तिम दिग्गज थिए । जंगबहादुर राणाको उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।[५]

उत्पत्ति

पाण्डेको उत्पत्तिको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द संस्कृत शब्द पण्डित बाट उत्पत्ति भएको हो । पण्डितको माने पुजारी (priest) वा 'विद्वान' हुन्छ ।

इतिहासकारहरू पाण्डे जुम्ला जिल्लाको पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन् ।

उल्लेखनीय व्यक्तित्वहरू

यो पनि हेर्नुहोला

स्रोत