"आत्रेय गोत्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २२: पङ्क्ति २२:
==बाह्य कडीहरू==
==बाह्य कडीहरू==
{{ठुटो}}
{{ठुटो}}
[[श्रेणी:थर]]
[[श्रेणी:थरहरू]]
[[श्रेणी:संस्कृति]]
[[श्रेणी:संस्कृति]]
[[श्रेणी:गोत्र]]
[[श्रेणी:गोत्र]]

१४:४३, ५ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

आत्रेय गोत्र भन्नाले अत्रि ऋषिका सन्तान भन्ने बुझिन्छ। अर्याल, दुवाडी/ द्विवेदी, सिग्देल,पानी पोखरेल/पोख्रेल, पौडेल, दुलाल, थापा,-: पुवार, खुलाल, कालिकोटे, बगालेखड्का हरूको गोत्र आत्रेय हो।ढाँचा:हिन्दू धर्म सूचना मंजूषा अत्रि ऋषि नै यस गाेत्रका प्रवर्तक ऋषि हुन् । अत्रेः अपत्यं पुमान् अात्रेयः, यसरी अात्रेय शब्दकाे व्युत्पादन भरएकाे छ । कुल, वंश, सन्तति, सन्तान, अन्वय अादि गाेत्रका पर्यायवाची शब्द हुन् । गाेत्र शब्दकाे व्युत्पादन यसरी हुन्छ - गां त्रायते इति गाेत्रः अर्थात् गाेत्रकाे अर्थ गार्इकाे रक्षक, पृथ्वीकाे रक्षक, माताकाे रक्षक भन्ने हुन्छ ।
अात्रेय गाेत्रमा चार समूह रहेकाे पाइन्छ, जस्तै -

श्यावाश्वात्रेय समूह

यस समूहमा अात्रेय, अर्चना, श्यावाश्व, श्यावाश्वि, अत्रि, भूरि, छन्दि, अर्चिसन्, श्यामवान् उद्दालक, गाैरिवीति स्वात्ति, दत्त, पतञ्जल, माहुलि, वल्गुत, निष्ठुर, पूर्वातिथि, कुमार, वसुश्रुत, इय, गय, सुतम्भर, पुरु, सृतवाह, वध्रि, पयस्वन्त, सस, विस्वसामा, विश्वचर्षणि, वसुयव, बभ्रु, गातु, सदापृत, प्रतीक्ष्ण, प्रतिभानु, प्रतिप्रभ, श्रुत्वित्, रातहव्य,यजत, उरुचक्रि, बाहुपृक्त, पाैर, सप्तवध्रि, सत्यश्रवा, मरुत् इषात्रेय, भौमात्रेय, कृष्णात्रेय अादि चाैरानब्बे भन्दा अधिक ऋषि रहेकाछन् । यिनीहरू धेरैको प्रवर अात्रेय, अर्चनानस, श्यावाश्व हाे । यसका गाेत्रकर्ता ऋषि अत्रि हुन् । [१]

गविष्ठिरात्रेय समूह

यस समूहमा दक्ष, भलन्दन, कत, पण अादि २४ ऋषिहरू पर्दछन् । यस समूहकाे प्रवर तिन हाे - अात्रेय, अर्चनानस र गविष्ठिर । यसका गाेत्रकर्ता ऋषि अत्रि हुन् ।

वाद्भुतकात्रेय समूह

यस वाद्भुतक समूहमा धूमाकृत, भल्लूक अादि सात ऋषि पर्दछन् । यसकाे अात्रेय, अर्चनानस र वाद्भुतक तिन प्रवर रहेकाे छ । यस समुहका गाेत्र प्रवर्तन कर्ता ऋषि अत्रि हुन् ।

मौद्गलात्रेय/पौर्वातिथात्रेय समूह

यस समूहमा मुद्गल, शालिसन्धि, अर्पण, गाेभिल अादि दश ऋषि रहेका छन् । यस समूहकाे प्रवर तिन हाे - अात्रेय,अर्चनानस र पाैर्वातिथ/मौद्गल हो । यस समूहका गाेत्र प्रवर्तन कर्ता अत्रि ऋषि हुन् ।

सन्दर्भ सामग्रीहरू

  1. सिग्देल, अानन्दप्रसाद (२०७२), अात्रेय वंशसूत्र, झापा ः लीलादेवी सिग्देल

बाह्य कडीहरू