"सिन्डलर्स लिस्ट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३७: पङ्क्ति ३७:
==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}
[[श्रेणी:अङ्ग्रेजी चलचित्रहरू]]

१६:२९, ३० अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

सिण्डलर्स लिस्ट (Schindler's List)
निर्देशकस्टेभेन स्पाइलबर्ग
पटकथास्टेभेन जाइल्लियान
निर्माता
  • स्टेभेन स्पाइलबर्ग
  • जेराल्ड मोलेन
  • ब्रेन्को लस्टिग
मुख्य कलाकार
  • लियाम निसन
  • बेन किङ्स्ले
  • राल्फ फिनेस
  • क्यारोलिन गुडअल
छायाङ्कनजानुस कमिन्स्की
सम्पादनमाइकल कान
सङ्गीतजोन विलियम्स
वितरकयुनिभर्सल पिक्चर्स
प्रदर्शन मिति
  • ३० नोभेम्बर १९९३ (1993-11-30) (Washington, D.C.)
  • १५ डिसेम्बर १९९३ (1993-12-15) (United States)
अवधि
१९५ मिनेट
देशसंयुक्त राज्य
भाषाअङ्ग्रेजी
बजेट२ करोड $[१]
बक्स अफिस३२ करोड $[२]

सिण्डलर्स लिस्ट (Schindler's List) १९९३ सालमा प्रदर्शनमा आएको एउटा इपिक अमेरिकन फिल्म हो।

कथावस्तु

द्वितिय विश्वयुद्धका दौरान क्राकोमा जर्मनहरूले स्थानिय पोलिस यहुदीहरूलाइ क्राको घेट्टो लैजान्छन्। ओस्कर सिण्डलर त्यही शहरमा आफ्नो भाग्य बनाउन आइपुग्छन्। नाजी पार्टीका सदस्य रहेका सिण्डलरले सोही शहरका जर्मन प्रहरी र एस.एस अधिकारीहरूलाइ घुस खुवाएर धातुको कारखाना खोल्छन्। यो कारखाना सञ्चालन गर्नका लागि, सिण्डलरले 'इट्झक स्टर्न' नामका यहुदीलाइ आफ्नो एकाउन्टेण्ट बनाउँछन् जसको कालोबजारीहरूसँग राम्रो चिनजान हुन्छ । सिण्डलरले नाजीसँगको सम्बन्ध नबिगारी कारखाना सञ्चालन गर्छन र "हेड डाइरेक्टर" को नामले यहुदी कामदारहरूबीचमा परिचित हुन्छन् । सिण्डलरले यहुदीहरूलाइ काममा लगाउँछन् किनकी उनीहरूले थोरै पैसामा पनि काम गर्थे भने अर्कातिर स्टर्न भने जतिसक्दो धेरै यहुदीहरूलाइ सिण्डलरको कारखानामा काम दिएर उनीहरूलाइ मृत्युको मुखबाट बचाउन चाहान्थे। एमन गोथ नाम गरेका एस.एस अधिकारी क्राकोमा प्लास्जो क्याम्प निर्माणको पर्यवेक्षकका रूपमा आइपुग्छ। जब क्याम्पको निर्माण कार्य सम्पन्न हुन्छ, उसले घेट्टोका यहुदीहरू नष्ट गर्न आदेश दिन्छ। यहुदीहरूलाइ गोली हानेर मार्दै गरेको दृश्य सिण्डलरले देख्छ र यसले उसको मनमा एउटा अमिट छाप छोड्छ, उ एकदमै गम्भीर बन्छ। उसले मुख्य:त रातो कोट लगाएकी एउटी सानी केटीलाइ देख्छ जो मुर्दाले भरिएको मालवाहक गाडीमा मृत हुन्छे। समय बित्दै जाँदा सिण्डलर पनि पैसा कमाउनेभन्दा मान्छे बचाउन पट्टी लाग्छ। कामदारहरूलाइ राम्रो सुरक्षा दिन सिण्डलरले गोथलाइ घुस खुवाउँछ र एउटा सब-क्याम्प बनाउने अनुमति लिन्छ। जर्मनहरूले युद्ध हार्दै गर्दा गोथलाइ बचेका यहुदीहरूलाइ प्लास्जोबाट अस्चविच पुर्याउनु भन्ने आदेश आउँछ। सिण्डलरले गोथलाइ आफ्नो कारखानाका कामदारहरूलाइ आफ्नै गाउँमा खोलेको नयाँ कारखानामा लान मन लागेको कुरा सुनाउँछ । गोथले मान्छ तर त्यसको बदलामा ठूलो धनराशी पनि माग्छ । त्यसपछी सिण्डलर र स्टर्न मिलेर "सिण्डलर्स लिस्ट" तयार गर्छन् जहाँ अस्चविच पुर्याउनुपर्ने ८५० जना यहुदीहरूको नाम हुन्छ । प्राविधिक कारणले गर्दा ती कामदारहरू सिण्डलरको गाउँ नपुगेर अस्चविच नै पुग्छन् । सिण्डलरले पुन तिनीहरूको रिहाइका लागि अस्चविचका कमान्डेण्टलाइ घुस स्वरूप हिराले भरिएको झोला दिन्छन्। नयाँ कारखानामा, सिण्डलरले एस.एस गार्डहरूलाइ छिर्न निशेध गर्छन् भने यहुदीहरूलाइ विश्रामको दिन घोषणा गर्छन् । अरू ७ महिनामा सिण्डलरले आफ्नो सम्पत्ति सबै नाजी अधिकारीहरूलाइ घुस खुवाउँदै सक्छ। १९४५ मा सिण्डलरलाइ पैसाको अभाव हुन्छ जतिबेला युरोपभरी नै युद्ध सकिन्छ। नाजी पार्टीको सदस्य र युद्धका कारण लाभ लिएकोले सिण्डलरले रेड आर्मीबाट बच्नको लागि भाग्नुपर्ने अवस्था आउँछ । सिण्डलर को कारखानामा पुगेका एस.एस गार्ड हरूलाइ त्यहाँ भएका यहुदी कामदारको हत्या गर्ने आदेश आउँछ तर सिण्डलर ले उनीहरूलाइ "परिवारमा मान्छे भएर फर्क न कि हत्यारा भएर" भनेर रोक्छ । उसले कामदारहरूको विदाइ गर्छ र अमेरिकनहरू समक्ष आत्मसमर्पण गर्ने सोच बनाउँछ। कामदारहरूले सिण्डलर लाइ हस्ताक्षर सहितको कागज दिन्छन् जहाँ सिण्डलरले यहुदीहरूको रक्षार्थ गरेका कामहरू लेखिएको हुन्छ। त्यो सँगै उनीहरूले सिण्डलर लाइ एउटा औँठी दिन्छन् जहाँ एउटा उद्गार हुन्छ "जसले कुनै एक जनाको ज्यान बचाउँछ, उसले सम्पुर्ण संसार बचाउँछ" । सिण्डलर भक्कानिन्छ र लज्जित महसुस गर्छ । उसले आफुले अझै धेरै मानिसको ज्यान बचाउन सक्थेँ भन्ने सोच्छ।

सन्दर्भ सामग्रीहरू

  1. McBride 1997, पृष्ठ 416.
  2. "Schindler's List (1993)", Box Office Mojo, अन्तिम पहुँच डिसेम्बर १४, २०१८