"१२ एङ्ग्री मेन (चलचित्र १९५७)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५३: पङ्क्ति ५३:


==सन्दर्भ सामाग्री==
==सन्दर्भ सामाग्री==
[[श्रेणी:अङ्ग्रेजी चलचित्रहरू]]

==बाह्य लिङ्कहरू==
==बाह्य लिङ्कहरू==

१६:३०, ३० अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

१२ एङ्ग्री मेन
चलचित्र को ट्रेलरको स्क्रिनसट
निर्देशकसिड्नी लुमेट
पटकथारेजिनाल्ड रोज
कथारेजिनाल्ड रोज
निर्माता
मुख्य कलाकार
छायाङ्कनबोरिस कफमेन
सम्पादनकार्ल लर्नर
सङ्गीतकेन्यन हप्किन्स
वितरक
कम्पनी
ओरिअन-नोभा प्रडक्सन्स
वितरकयुनाइटेड आर्टिस्ट
प्रदर्शन मिति
अवधि
९६ मिनेट
देशसंयुक्त राज्य
भाषाअङ्ग्रेजी
बजेट$३३७,०००[३]
बक्स अफिस$२,०००,०००(rentals)[४]

'१२ एङ्ग्री मेन' सन् १९५७ को अमेरिकन कोर्टरूम ड्रामा फिल्म हो जसको निर्देशन सिड्नी लुमेटले गरेका हुन। यो चलचित्र रेजिनाल्ड रोजको सोही नामको नाटकसँग प्रभावित छ। यो चलचित्रमा १२ जना ज्युरी सदस्यहरूले एउटा १८ बर्षिय केटालाइ मृत्युको दोषी छ/छैन भनी फैसला गर्नुपर्ने हुन्छ।

कथावस्तु

सन् १९५० को दशकमा न्युयोर्क काउन्टी न्यायलयमा, न्यायाधीशले न्यायसभालाइ एउटा १८ बर्षीय केटोले आफ्नो वुवाको हत्या गरेको बारे इजलास राखी उक्त केटाले सुनियोजित ढङ्गले नै हत्या गरेको हो या होइन भनी यकिनका साथ भन्न र निर्णय सुनाउन आदेश दिन्छ। यदि कुनै मनासिव दुविधा भेटे, न्यायमण्डलीले उक्त केटो निर्दोष रहेको निर्णय न्यायालयलाइ दिनुपर्ने हुन्छ भने दोषी भेटिए प्रतिवादीले फाँसीको सजाय व्यहोर्नु पर्ने हुन्छ। न्यायसभालाइ उसले गर्ने निसाफ एकमतले स्विकृत भएको हुनुपर्ने कुरा पनि जानकारी गराइएको हुन्छ।

प्ररम्भिक मतदानमा, पञ्च ८ बाहेक सम्पुर्णले केटोलाइ हत्याको दोषी ठान्दछन्। पञ्च ८ ले केटो निर्दोष छ भनेर भोट गर्नुको कारण खुलाउने क्रममा केटोलाइ यति चाँडै दोषी ठहर्याउनु भन्दा अघि केही छलफल गर्न जरूरी रहेको बताउँछ। उसले न्यायालयमा प्रस्तुत भएका दुइ साक्षीहरूको विश्वसनियता र प्रतिवादीको दावीमा (प्रयोग गरिएको चक्कु दुर्लभ किसिमको थियो) प्रश्नचिन्ह उठाउँदै हत्याका लागि प्रयोग गरिएको चक्कु दुर्लभ नभएको भन्दै दुरूस्तै अर्को चक्कु गोजीबाट निकाल्छ। उसले तर्कसङ्गत सन्दिग्धता उब्जिएकाले उक्त केटालाइ त्यति सजिलै दोषी ठहर गर्न नमिल्ने भन्दै अरूको निर्णयमा असहमति जनाउँछ।

उसको तर्क र विजोर मतका कारण न्यायसभाले केही ठोस नतिजा दिन नसक्ने भएकाले पञ्च ८ ले नै अरू ११ जना मात्र सहभागी पञ्चहरूको गोप्य चुनाव गर्न सल्लाह दिन्छ र त्यसो गर्दा पनि सम्पुर्ण ११ जनाकै मत "केटो दोषी छ" भन्ने नै भए आफूले पनि त्यही कुरामा स्विकृति दिने जनाउँछ। गोप्य मतदानमा अर्को एउटा व्यक्तिले "केटो निर्दोष छ" भन्ने पक्षमा मतदान गरिदिन्छ। पञ्च ३ ले पञ्च ५ लाइ गल्ली/वस्तीमा जन्मेको र त्यसैको कारण सहानुभुतिका लागि आफ्नो मत परिवर्तन गरेको दोष लगाउँछ तर पञ्च ९ ले आफ्नो मत परिवर्तन गरेको कुरा खुलाउँछ। मत परिवर्तन गर्नुको कारणमा उसले उक्त घटना बारे थप विचार विमर्स हुनु पर्ने तर्क राख्छ।

पञ्च ८ ले न्यायालयमा प्रस्तुत भएका साक्षीका बयानहरूमा विमती जनाउँदै 'रेलगाडी कुदिरहेको बेला छोराले बाबुलाइ मारेको भए कुदिरहेको रेलगाडीले केटाले दिएको "म तँलाइ मारिदिन्छु" भन्ने धम्कीको आवाज पनि अस्पष्ट हुनु पर्ने हो नि!' भन्ने धारणा राख्छ। यति भने पछि पञ्च ५ ले पनि केटो निर्दोष छ भनी मत दिन्छ। पञ्च ८ ले मानिसले त्यसै पनि विनाकारण कहिलेकाहीँ जो कोहीलाइ पनि "म तँलाइ मारिदिन्छु" भन्न सक्छ भन्ने तर्क राख्छ।

पञ्च ५,६ र ८ ले अर्को बुढो अपाङ्ग साक्षीको बयानमाथी प्रश्नचिन्ह खडा गर्दै उसले बयानमा बकेअनुसार ( 'केटाले उसको बुवालाइ छुरी प्रहार गरिसकेपछि बुवा लड्यो र त्यो आवाज सुनेको १५ सेकेण्ड पछाडी म कुदेरै उनिहरूको ढोका छेउमा आएर हेर्दा केटोले हातमा चक्कु बोकिराखेको थियो' ) को घटना १५ सेकेण्ड मै सम्भव हुन नसक्ने तर्क गर्छ किनकी सपाङ्ग व्यक्तिलाइ नै पनि त्यति दुरी तय गर्न सो भन्दा बढी समय लाग्छ। यति कुरा सुन्दा नसुन्दै पञ्च ३ क्रुद्ध हुन्छ जसको परिणाम स्वरूप पञ्च ८ ले उसलाइ निर्दयी व्यक्ति भनी दोषारोपण गर्छ। पञ्च ३ ले पञ्च ८ लाइ झम्टिन्छ र भन्छ- "म उसलाइ मारिदिन्छु!" । पञ्च ८ ले जवाफमा "तपाइँले साँच्चै मलाइ मार्छु भन्न त पक्कै खोज्नु भएको होइन नि?" भन्छ। मेघगर्जनका साथ पानी पर्न सुरू भएसँगै फेरि मतदान हुन्छ जहाँ पञ्च २ र पञ्च ६ ले आफ्नो मत परिवर्तन गर्छन र दोषी र निर्दोषको पक्षमा बराबर ६-६ मत हुन पुग्छ।

पञ्च-४ ले प्रतिवादीको अपराध भएको समयमा अन्य ठाउँमा रहेको जिकिरप्रति शंका गर्छ किनकी हत्यापछि प्रहरीद्वारा गरिएको सोधपुछका दौरान केटाले अघिल्लो रात चलचित्र हेर्न गएको तर चलचित्र बारे कुनै विवरण दिन असक्षम रहेको हुन्छ भने पञ्च-८ ले पञ्च-४ को स्मरणशक्ति जाँच गर्छ। पञ्च-३ र पञ्च-८ले केटाले बाबुको हत्या गर्दा चक्कु कसरी उठायो भनी प्रदर्शन गरेर देखाउँछन् भने पञ्च-२ ले प्रतिवादी आफ्नो बाबुभन्दा होचो भएकाले चक्कुले तल्लोपट्टीबाट शरीरमा कोण बनाउनु पर्ने सम्भावना बढी रहेको बताउँछ। पञ्च-५ ले यो हत्याका दौरान भएको चक्कु(switchblade)को प्रयोग यदि कुनै निपुर्ण व्यक्तिले गरेको भए चक्कुले उँधोतिर फर्किएको नहुने कुरा सिद्ध गर्छ।

 राती हुने बेसबल खेलको टिकेट लिइसकेको कारणले पञ्च-७ ले आफ्नो मत परिवर्तन गर्छ र सबैको आँखाको तारो बन्छ। लगत्तै पञ्च-१२ र पञ्च-१ ले मत परिवर्तन गर्छन भने "प्रतिवादी दोषी छ" को पक्षमा अब पञ्च-३,४ र १० मात्र बाँकी रहन्छन्। पञ्च-१० ले बस्तीका मानिसहरूको आलोचना गर्दै कटु बोलीले विस्फोटित हुन्छ। पञ्च-४ बाहेक  अन्य सबैले यस्तो छुद्र वचनका लागि उसलाइ जवाफ फर्काउँछन्। पञ्च-४ ले त्यसपछि पञ्च-१० लाइ बस्न र मुख नखोल्न आदेश दिन्छ। पञ्च-४ ले घटनाको साक्षी महिलाको बयान यो हत्याकाण्डको ठोस सबुत भएको दृढतापुर्वक व्यक्त गर्छ। पुन: पञ्च-१२ ले मत परिवर्तन गर्छ र परिणाम ८-४ को स्थितिमा पुग्छ।

पञ्च-९ ले पञ्च-४ ले चस्मा निकालेर लगातार नाक मल्दै गरेको देख्छ र साक्षी महिलाले पनि न्यायालयमा त्यसै गरेको कुरा सबैले सम्झन्छन्। पञ्च-९ ले थप्छ कि उक्त महिलाको नाँकेडाँडीमा एउटा छाप थियो जुन हुबहु पञ्च-४ को नाँकेडाँडीको छापसँग मेल खान्छ। पञ्च-९ ले पञ्च-४ लाइ सोध्छ कि 'यस्तो निसाना चस्मा बाहेक अरू केही चिजले बनाउन सक्छ?' जवाफमा पञ्च-४ ले त्यो सम्भावना सुन्य रहेको स्पष्ट पारिदिन्छ। यसबाट सम्पुणले उक्त महिलाको आँखा कमजोर भएको र चस्मा लगाइरहनु पर्ने अवस्था भएको निर्क्यौल गर्छन्। पञ्च-८ ले थप्छ कि-साक्षी महिलाले पक्का पनि सुत्दा चस्मा लगाएर सुतेकी थिइनन् र हत्याको घटना यति चाँडो भयो कि उनले चस्मा लगाएर त्यो घटना प्रत्यक्ष रूपमा हेर्न पाइनन्। यस संवादपछि पञ्च-३ बाहेक सम्पुर्णले मत परिवर्तन गर्छन् र मतको स्थिति ११-१ हुन पुग्छ।

पञ्च-३ ले अझै पनि मत नबदल्नुको कारण उसको छोरो हुन्छ। उसले तुरून्त आफ्नो वालेटमा रहेको आफुसँग खिचिएको छोराको तस्विर निकालेर च्यातिदिन्छ र सुँक्कसुँक्क गर्दै मत परिवर्तन गर्छ।

सन्दर्भ सामाग्री

बाह्य लिङ्कहरू

  1. "12 Angry Men – Details", AFI Catalog of Feature Films, अन्तिम पहुँच जुलाई ८, २०१८ 
  2. "New Acting Trio Gains Prominence", Los Angeles Times, अप्रिल ९, १९५७, पृ: २३। 
  3. Anita Ekberg Chosen for 'Mimi' Role Louella Parsons:. The Washington Post and Times Herald (1954–1959) [Washington, D.C] 08 Apr 1957: A18.
  4. "Top Grosses of 1957", Variety, 8 January 1958: 30