"अम्बा" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{taxobox |
{{taxobox |
||
| name = |
| name = अम्बा (बेलौती)<br>''Psidium'' |
||
| image = Psidium guajava fruit2.jpg |
| image = Psidium guajava fruit2.jpg |
||
| image_width = 240px |
| image_width = 240px |
१३:०२, २३ जनवरी २०२० जस्तै गरी पुनरावलोकन
अम्बा (बेलौती) Psidium | |
---|---|
Apple Guava (Psidium guajava) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
उपवर्ग: | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
वंश: | Psidium |
Species | |
About 100, see text | |
पर्याय | |
Calyptropsidium O.Berg |
अम्बा, Psidium (अङ्ग्रेजी: Guava, Poor man's apple; अन्य नाम:अम्बक, बेलौती) म्यारटेसी परिवार अन्तर्गत पर्ने फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुने यो पतझड वर्गको वनस्पति हो। अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा लगाइएका पाइन्छन्, करिब १५०० मिटरको उचाइसम्म यसको खेती सफलतापूर्वक गरिएको पाइन्छ ।
हावापानी र माटो
अम्बालाई उष्ण र उपोष्ण हावापानी चाहिन्छ। फल्दाफूल्दा सुख्खा वातावरण अम्बालाई २३ डिग्री सेलसियसको तापक्रम र १००० देखि २००० मिलिलिटरको वार्षिक वर्षा आवश्यक पर्छ।
महत्व
प्रकृतिको देन फलफुलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ । जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।
अम्बाका पातमा हुने गुणहरु
- मधुमेह रोगीका लागि फाइदा
अम्बाको पातबाट बनेको चिया मुधमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम हुन्छ ।
- झाडापखालाबाट मुक्ति
अम्बाको पात झाडापखाला समस्यामा पनि निकै सहयोग हुन्छ । ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा निकै संचो हुन्छ।
- तौल घटाउन
मोटा मानिसहरुका लागि तौल घटाउने समस्याको साथी पनि हुन सक्दछ, अम्बाको पात । यसले कार्बोहाइड्डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ जसबाट तौल घटाउन मद्दत पुग्दछ ।
- पाचन प्रणालीमा सहयोगी
अम्बाको पात खाँदा खाना नपच्ने समस्याबाट छुटकारा पाइन्छ । यी पातले डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन् ।
- मुटुका लागि
अम्बाको पातको चिया मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसले रगतमा क्लोस्ट्र्ेलको मात्रा कम गराउन सघाउन पुग्दछ ।
- बलियो कपालका लागि
अम्बाको पातको अर्को गुण यसले कपाल बलियो बनाउनुका साथै छालाको पनि राम्रो हेरचाह गर्दछ। यसका लागि अम्बाको ताजा पातको रस पिउनु उपयुक्त मानिन्छ ।
- ऐलर्जीको दुश्मन
अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् । यी पातहरुमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन् ।
- डण्डीफोर हटाउन
अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ । यो समस्यामा अम्बाको ताजा पातहरुलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउनु पर्दछ । नियमितरुपमा यसको प्रयोगबाट बिस्तारै डण्डीफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ।