"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर
साकुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति २९: | पङ्क्ति २९: | ||
== कलेज जीवन == |
== कलेज जीवन == |
||
[[डोटी जिल्ला|डोटी]]मा वि.सं. १९६३ मा जन्मिएका कुँवर इन्द्रजित सिंह सानै छँदा परिवारसँगै बर्मा पुगेका थिए । उनले त्यहीँ विद्यालयबाट शिक्षा हासिल गरे । बर्मामै उनले आयुर्वेदसम्बन्धी अध्ययन गरेका थिए । |
[[डोटी जिल्ला|डोटी]]मा वि. सं. १९६३ मा जन्मिएका कुँवर इन्द्रजित सिंह सानै छँदा परिवारसँगै बर्मा पुगेका थिए । उनले त्यहीँ विद्यालयबाट शिक्षा हासिल गरे । बर्मामै उनले आयुर्वेदसम्बन्धी अध्ययन गरेका थिए । |
||
चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले डाक्टर भनिएको थियो । उनले त्यही आधारमा आफ्नो नाम डा.के.आई. सिंह लेख्न थाले । |
चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले डाक्टर भनिएको थियो । उनले त्यही आधारमा आफ्नो नाम डा.के.आई. सिंह लेख्न थाले । |
||
पङ्क्ति ३५: | पङ्क्ति ३५: | ||
== २००७ सालको क्रान्ति == |
== २००७ सालको क्रान्ति == |
||
{{main|सात सालको क्रान्ति}} |
{{main|सात सालको क्रान्ति}} |
||
क्रान्ति सुरु भए लगत्तै २९ कार्तिक वि. सं. २००७ मा सिंहको तर्फबाट बडाहाकिम कार्यलयमाथि पहिलो पटक आक्रमण भयो । चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यलय) बाहेक भैरहवाका अरू सबै कार्यलयमाथि नियन्त्रण जमायो । तीन दिनपछि सरकारी फौजले २ मंसिर वि. सं. २००७ (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथि धावा बोल्यो । तर सिंहमाथि सरकारी फौजले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफै फिर्ता हुनुपर्यो । भोलिपल्टै सिंहले फेरि आक्रमण गरे । यसपटक उनले अदालत र झ्यालखाना त कब्जामा लिए तर बडाहाकिम कार्यलयमाथि कब्जा जमाउने धोको पूरा भएन ।<ref>अतीतको त्यो एल्बम कान्तिपुर कोसेली २०७२ फागुन ८; सीताराम बराल</ref> |
|||
===क्रान्तिपछि=== |
|||
===क्रान्ति पछि=== |
|||
[[२००७ सालको क्रान्ति]]मा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्। |
[[२००७ सालको क्रान्ति]]मा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्। |
||
पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी |
पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राउ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला [[सिंहदरवार]] भित्र रहेको [[बिजुली गारत]]को नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]] नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै [[सिंहदरवार|सिंहदरबार]] विद्रोहमा जोडिए।<ref>[http://annapurnapost.com/news/88759 किन असफल भयो सिंहदरबार विद्रोह ?]</ref> |
||
==सिंहदरबार विद्रोह== |
==सिंहदरबार विद्रोह== |
||
पङ्क्ति ४८: | पङ्क्ति ४८: | ||
== स्वदेश फिर्ती == |
== स्वदेश फिर्ती == |
||
२०१२ भाद्र २७ गते उनले आत्मसमर्पण |
२०१२ भाद्र २७ गते उनले आत्मसमर्पण गरी माफी मागेकाले राजा महेन्द्रले उनको आरोपहरु खारेज गरी माफी बक्से ।<ref>[http://rajpatra.dop.gov.np/welcome/book/?ref=598 २०१२ भाद्र २७ गतेको राजपत्र]</ref> |
||
== प्रधानमन्त्री == |
== प्रधानमन्त्री == |
||
पछि नेपाल फर्केपछि २०१४ सालमा यिनी राजाद्वारा प्रधानमन्त्री बनाइए।<ref>http://rajpatra.dop.gov.np/welcome/book/?ref=1104</ref><ref name=":1">http://rajpatra.dop.gov.np/welcome/book/?ref=1111</ref> यिनको मन्त्रिपरिषद्मा शिक्षा मन्त्री महाकवि [[लक्ष्मीप्रसाद देवकोटा]] थिए । |
पछि नेपाल फर्केपछि २०१४ सालमा यिनी राजाद्वारा प्रधानमन्त्री बनाइए।<ref>http://rajpatra.dop.gov.np/welcome/book/?ref=1104</ref><ref name=":1">http://rajpatra.dop.gov.np/welcome/book/?ref=1111</ref> यिनको मन्त्रिपरिषद्मा शिक्षा मन्त्री महाकवि [[लक्ष्मीप्रसाद देवकोटा]] थिए । |
||
कडा स्वभावका यिनले त्यसबेला सचिव लगायत विभिन्न कर्मचारीहरूलाई |
कडा स्वभावका यिनले त्यसबेला सचिव लगायत विभिन्न कर्मचारीहरूलाई हातपातसम्म गरेका थिए। |
||
अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले यिनको सरकार ३ |
अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले यिनको सरकार ३ महिनासम्म पनि टिक्न सकेन। पछि यिनलाई हटाएर [[सुवर्ण शमशेर राणा|सुवर्ण सम्शेर राणा]]को नेतृत्त्वमा सरकार गठन भयो। |
||
=== मन्त्रिमण्डल === |
=== मन्त्रिमण्डल === |
||
पङ्क्ति ७४: | पङ्क्ति ७४: | ||
=== बहिर्गमन === |
=== बहिर्गमन === |
||
यिनको राजा महेन्द्रलाई २००७ साल अघि बाबु-बाजेजस्तै थपनाका राजा बनाई प्राइममिनिस्टर भएर सर्वेसर्वा हुने योजना थियो तर जनरल [[नरशमशेर ज.व.रा.|नर शमशेर]]ले भोलिपल्टै नारायणहिटी गए र [[महेन्द्र वीर विक्रम शाह|राजा]]लाई बेलिबिस्तार लगाए । सबै कुरा सुनिसकेपछि राजा महेन्द्रले भने, 'बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२) ।'<ref name=":0">http://annapurnapost.com/news/60847 महेन्द्रविरुद्ध असफल ‘कु’</ref> |
यिनको राजा महेन्द्रलाई वि. सं. २००७ साल अघि बाबु-बाजेजस्तै थपनाका राजा बनाई प्राइममिनिस्टर भएर सर्वेसर्वा हुने योजना थियो तर जनरल [[नरशमशेर ज.व.रा.|नर शमशेर]]ले भोलिपल्टै नारायणहिटी गए र [[महेन्द्र वीर विक्रम शाह|राजा]]लाई बेलिबिस्तार लगाए । सबै कुरा सुनिसकेपछि राजा महेन्द्रले भने, 'बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२) ।'<ref name=":0">http://annapurnapost.com/news/60847 महेन्द्रविरुद्ध असफल ‘कु’</ref> |
||
त्यत्तिकैमा कार्तिक |
त्यत्तिकैमा कार्तिक २९ को दिन प्रधानमन्त्री सिंहलाई दरबारमा बोलाइयो । कुनै अप्रिय अवस्था सिर्जना होला भनेर दरबारभित्रका सेनालाई सतर्क राखियो । दरबारभित्रका कर्मचारीलाई कार्यलयबाहिर ननिस्किन आदेश दिइयो । त्यत्तिकैमा सिंह [[नारायणहिटी दरवार संग्रहालय|नारायणहिटी राजदरबार]] पुगे र राजा महेन्द्रसँग केही बेर 'वान-टु-वान टक' गरेर फर्किए । लगत्तै राजाले केआई सिंह नेतृत्वको मन्त्रिमण्डल विघटन गरेको समाचार सार्वजनिक भयो (माथेमा, पृ. २६९) ।<ref name=":0" /><ref name=":1" /> |
||
== पञ्चायती राजनीति == |
== पञ्चायती राजनीति == |
||
पछि यिनी पञ्चायती राजनीतिमा पनि |
पछि यिनी पञ्चायती राजनीतिमा पनि सांसदसम्म भए। |
||
== राजसभा स्थायी समितिका सभापति == |
== राजसभा स्थायी समितिका सभापति == |
||
पङ्क्ति ८५: | पङ्क्ति ८५: | ||
== मृत्यु == |
== मृत्यु == |
||
यिनको सन् १९८२ मा घाँटीको क्यान्सरको उपचार |
यिनको सन् १९८२ मा घाँटीको क्यान्सरको उपचार गर्दागर्दै [[थाइल्याण्ड]]को बैंककमा निधन भयो। <ref>[http://www.nytimes.com/1982/10/06/obituaries/kunwar-inderjit-singh-former-nepal-premier.html Obituaries] New York Times</ref> |
||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
११:२८, २ फेब्रुअरी २०२० जस्तै गरी पुनरावलोकन
कुँवर इन्द्रजीत सिंह (के आई सिंह) | |
---|---|
२० औं प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल २०१४ श्रावण ११[१] – २०१४ कार्तिक २९[२][३] | |
एकाधिपति | राजा महेन्द्र |
पूर्वाधिकारी | टंकप्रसाद आचार्य |
उतराधिकारी | सुवर्ण सम्शेर राणा |
राजसभा स्थायी समितिका सभापति | |
एकाधिपति | राजा महेन्द्र |
पूर्वाधिकारी | प्रथम |
उतराधिकारी | ऋषिकेश शाह |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १९६३ डोटी |
मृत्यु | थाइल्याण्डको बैंकक |
राजनीतिक दल | युनाइटेड डेमोक्रेटिक पार्टी |
के.आई. सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह विद्रोही नेता तथा नेपालका पूर्व प्रधानमन्त्री थिए। यिनी होमियोप्याथी सम्बन्धी डाक्टर थिए।
कलेज जीवन
डोटीमा वि. सं. १९६३ मा जन्मिएका कुँवर इन्द्रजित सिंह सानै छँदा परिवारसँगै बर्मा पुगेका थिए । उनले त्यहीँ विद्यालयबाट शिक्षा हासिल गरे । बर्मामै उनले आयुर्वेदसम्बन्धी अध्ययन गरेका थिए ।
चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले डाक्टर भनिएको थियो । उनले त्यही आधारमा आफ्नो नाम डा.के.आई. सिंह लेख्न थाले ।
२००७ सालको क्रान्ति
क्रान्ति सुरु भए लगत्तै २९ कार्तिक वि. सं. २००७ मा सिंहको तर्फबाट बडाहाकिम कार्यलयमाथि पहिलो पटक आक्रमण भयो । चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यलय) बाहेक भैरहवाका अरू सबै कार्यलयमाथि नियन्त्रण जमायो । तीन दिनपछि सरकारी फौजले २ मंसिर वि. सं. २००७ (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथि धावा बोल्यो । तर सिंहमाथि सरकारी फौजले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफै फिर्ता हुनुपर्यो । भोलिपल्टै सिंहले फेरि आक्रमण गरे । यसपटक उनले अदालत र झ्यालखाना त कब्जामा लिए तर बडाहाकिम कार्यलयमाथि कब्जा जमाउने धोको पूरा भएन ।[४]
क्रान्तिपछि
२००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्।
पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राउ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला सिंहदरवार भित्र रहेको बिजुली गारतको नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि मोहन शमशेर नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै सिंहदरबार विद्रोहमा जोडिए।[५]
सिंहदरबार विद्रोह
पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरेर बिद्रोह गरे। सिंहदरवार बाहिर रहेको सेना र भित्र रहेको विद्रोही सेनाबीच गोली हानाहान भयो। अन्त्यमा दूत मार्फत यिनले आफूलाई सुरक्षित काठमाडौंं उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार यिनलाई छोडियो।
त्यसपछि यिनी झण्डै १ वर्ष चीन सरकारको शरणमा गएर बसे।
स्वदेश फिर्ती
२०१२ भाद्र २७ गते उनले आत्मसमर्पण गरी माफी मागेकाले राजा महेन्द्रले उनको आरोपहरु खारेज गरी माफी बक्से ।[६]
प्रधानमन्त्री
पछि नेपाल फर्केपछि २०१४ सालमा यिनी राजाद्वारा प्रधानमन्त्री बनाइए।[७][८] यिनको मन्त्रिपरिषद्मा शिक्षा मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए ।
कडा स्वभावका यिनले त्यसबेला सचिव लगायत विभिन्न कर्मचारीहरूलाई हातपातसम्म गरेका थिए।
अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले यिनको सरकार ३ महिनासम्म पनि टिक्न सकेन। पछि यिनलाई हटाएर सुवर्ण सम्शेर राणाको नेतृत्त्वमा सरकार गठन भयो।
मन्त्रिमण्डल
- १. के.आई. सिंह - प्रधानमन्त्री, गृह र परराष्ट्र
- २. पुरेन्द्रविक्रम शाह - रक्षा मन्त्री
- ३. परशुरामभक्त माथेमा - उद्योग वाणिज्य मन्त्री
- ४. सी.बी. सिंह - अर्थ, मालपोत मन्त्री
- ५. डम्बर बहादुर सिंह - कानुन तथा संसदीय प्रबन्ध मन्त्री
- ६. रामाधीन महतो - वन मन्त्री
- ७. जीवराज शर्मा - योजना विकास मन्त्री
- ८. कुलबहादुर लिम्बू - स्वास्थ्य मन्त्री
- ९. भुपालमान सिंह कार्की - खाद्य कृषि मन्त्री
- १०. पद्यनरसिंह राणा - पब्लिक वर्कस तथा सञ्चार मन्त्री
- ११. लक्ष्मीप्रसाद देवकोटा - शिक्षा, स्वायत्तशासन मन्त्री
बहिर्गमन
यिनको राजा महेन्द्रलाई वि. सं. २००७ साल अघि बाबु-बाजेजस्तै थपनाका राजा बनाई प्राइममिनिस्टर भएर सर्वेसर्वा हुने योजना थियो तर जनरल नर शमशेरले भोलिपल्टै नारायणहिटी गए र राजालाई बेलिबिस्तार लगाए । सबै कुरा सुनिसकेपछि राजा महेन्द्रले भने, 'बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२) ।'[१०]
त्यत्तिकैमा कार्तिक २९ को दिन प्रधानमन्त्री सिंहलाई दरबारमा बोलाइयो । कुनै अप्रिय अवस्था सिर्जना होला भनेर दरबारभित्रका सेनालाई सतर्क राखियो । दरबारभित्रका कर्मचारीलाई कार्यलयबाहिर ननिस्किन आदेश दिइयो । त्यत्तिकैमा सिंह नारायणहिटी राजदरबार पुगे र राजा महेन्द्रसँग केही बेर 'वान-टु-वान टक' गरेर फर्किए । लगत्तै राजाले केआई सिंह नेतृत्वको मन्त्रिमण्डल विघटन गरेको समाचार सार्वजनिक भयो (माथेमा, पृ. २६९) ।[१०][८]
पञ्चायती राजनीति
पछि यिनी पञ्चायती राजनीतिमा पनि सांसदसम्म भए।
राजसभा स्थायी समितिका सभापति
कुँवर इन्द्रजीत सिंह प्रथम राजसभा स्थायी समितिका सभापति हुन् । सरकारले सिंहलाई राजसभा स्थायी समितिको सभापतिमा नियुक्त गर्यो तर उनी सपथग्रहणमा गएनन् । [११]
मृत्यु
यिनको सन् १९८२ मा घाँटीको क्यान्सरको उपचार गर्दागर्दै थाइल्याण्डको बैंककमा निधन भयो। [१२]
सन्दर्भ सामग्रीहरू
- ↑ http://rajpatra.dop.gov.np/welcome/book/?ref=1104
- ↑ http://rajpatra.dop.gov.np/welcome/book/?ref=1111
- ↑ नेपाल परिचय प्रकाशक सूचना विभाग २०७४ बैशाख
- ↑ अतीतको त्यो एल्बम कान्तिपुर कोसेली २०७२ फागुन ८; सीताराम बराल
- ↑ किन असफल भयो सिंहदरबार विद्रोह ?
- ↑ २०१२ भाद्र २७ गतेको राजपत्र
- ↑ http://rajpatra.dop.gov.np/welcome/book/?ref=1104
- ↑ ८.० ८.१ http://rajpatra.dop.gov.np/welcome/book/?ref=1111
- ↑ साल श्रावण ११ गतेको नेपाल गजेट
- ↑ १०.० १०.१ http://annapurnapost.com/news/60847 महेन्द्रविरुद्ध असफल ‘कु’
- ↑ आधा शताब्दीअघिको पत्रकारिता
- ↑ Obituaries New York Times