"इराक" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १०४: पङ्क्ति १०४:
सन् १९३९: सवारी दुर्घटनामा राजा घाजीको मृत्यु । गद्दीमा शिशु फैजल द्वितीय ।
सन् १९३९: सवारी दुर्घटनामा राजा घाजीको मृत्यु । गद्दीमा शिशु फैजल द्वितीय ।


सन् १९३९–१९४५: [[दोस्रो विश्वयुद्ध]] । बेलायतसँगको सन्धिका कारण इराकद्वारा नाजी जर्मनीसँग सम्बन्धविच्छेद ।
सन् १९३९–१९४५: [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]] । बेलायतसँगको सन्धिका कारण इराकद्वारा नाजी जर्मनीसँग सम्बन्धविच्छेद ।


सन् १९४०: सत्तामा राष्ट्रवादी रशिद अलीको सरकार ।
सन् १९४०: सत्तामा राष्ट्रवादी रशिद अलीको सरकार ।

१४:०६, ८ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

Republic of Iraq
جمهورية العراق
Ǧumhūriyyat al-ʿIrāq
كؤماری عێراق‎
Komara Îraqê
Iraqको झन्डा
झन्डा
Iraqको निसाना छाप
निसाना छाप
आदर्श वाक्य: الله أكبر   (Arabic)
"Allahu Akbar"  (transliteration)
"God is [the] Greatest"
राष्ट्रिय गान: 
موطني‎
Mawtini  (My Homeland)
Iraq
राजधानीबगदाद
सबैभन्दा ठुलो सहरcapital
आधिकारिक भाषाहरूArabic, Kurdistani language
रैथाने(हरू)इराकी
सरकारFederal parliamentary republic
Jalal Talabani
Nouri al-Maliki
स्वतन्त्र
• from the Ottoman Empire
१ अक्टोबर १९१९
• from the United Kingdom
३ अक्टोबर १९३२
• Republic
१४ जुलाइ १९५८
१५ अक्टोबर २००५
क्षेत्रफल
• जम्मा
४,३८,३१७ किमी (१,६९,२३५ वर्ग माइल) (५० औंं)
• पानी (%)
१.१
जनसङ्ख्या
• २००९ अनुमानित
३१,२३४,०००[१] (३९ औंं)
• घनत्व
७१.५ /किमी2 (१८५.२ /वर्ग माइल) (१२५ औंं)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१० लगत
• जम्मा
$११३.३६६ विलियन [१]
• प्रति व्यक्ति
$३,५३७[१]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१० लगत
• जम्मा
$८२.१५० विलियन[१]
• प्रति व्यक्ति
$२,५६२[१]
मुद्राइराकी दिनार (IQD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (GMT+3)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (not observed)
सडक प्रयोगदायाँ
टेलिफोन कोड९७४
इन्टरनेट डोमेन.iq

जनसङ्ख्या

इतिहास

- सन् १५३४–१९१८: इराकमा अटोमन साम्राज्यको शासन ।

- सन् १८९९: अटोमन सरकारद्वारा इस्तानबुल–बगदाद रेलवे निर्माणको अधिकार जर्मनीलाई प्रदान । पश्चिम एसियामा युरोपली औपनिवेशिक आकांक्षाको बीजारोपण ।

सन् १९१४–१९१८: पहिलो विश्वयुद्ध । इराकको अधिकांश भू–भाग बेलायतको कब्जामा ।

सन् १९१६: बेलायत उक्साहटमा अरब मुलुकहरूद्वारा अटोमन शासन विरुद्ध विद्रोह ।

सन् १९१९: प्रथम विश्वयुद्धको समाप्ति । पेरिस सन्धिद्वारा बेलायतलाई इराकमा शासन गर्ने अधिकार प्रदान ।

सन् १९२०: बेलायती आधिपत्यको विरोधमा इराकको असफल विद्रोह ।

सन् १९२१: बेलायतद्वारा फैजललाई इराकको राजा नियुक्त ।

सन् १९२२: पहिलो बेलायत–इराक सन्धि । इराकद्वारा तेल र विदेश नीतिमाथि लण्डनको औपचारिक नियन्त्रण स्वीकार ।

सन् १९२३: कुर्दिसहरूको बाहुल्य भएको उत्तरको भूभाग इराकमै समाविष्ट ।

सन् १९२४: इराकी संसदको पहिलो बैठक ।

सन् १९३०: इराक–बेलायतबीच नयाँ सन्धि । शासनमा बेलायतको आधिपत्य ।

सन् १९३२: औपचारिक रूपमा इराक स्वतन्त्र राष्ट्रमा परिणत । ‘लीग अफ नेशन्स’ को सदस्यता ग्रहण । तर, विदेश मामिलामा बेलायतको नियन्त्रण कायम ।

सन् १९३३: आधुनिक इराकका प्रथम राजा फैजलको निधन । २१ वर्षीय छोरा घाजी नयाँ राजा घोषित ।

सन् १९३६: अरबको आधुनिक इतिहासमा पहिलो सैनिक विद्रोह, राजा घाजी विद्रोहीको पक्षमा ।

सन् १९३९: सवारी दुर्घटनामा राजा घाजीको मृत्यु । गद्दीमा शिशु फैजल द्वितीय ।

सन् १९३९–१९४५: दोस्रो विश्वयुद्ध । बेलायतसँगको सन्धिका कारण इराकद्वारा नाजी जर्मनीसँग सम्बन्धविच्छेद ।

सन् १९४०: सत्तामा राष्ट्रवादी रशिद अलीको सरकार ।

सन् १९४१: रशिद अलीद्वारा सैनिक विद्रोह । र, इराकमा बेलायती सैनिक अधिकार कटौती । बेलायतद्वारा आक्रमण र आधिपत्य पुनस्र्थापना ।

सन् १९४८: पोर्ट्समाउथ सन्धिद्वारा बेलायतलाई इराकको सैन्य शक्ति नियन्त्रण गर्ने थप अधिकार ।

सन् १९४८: बेलायतको बढ्दो आधिपत्य विरुद्ध जन–विद्रोह । इराकद्वारा पोर्ट्समाउथ सन्धि मान्न अस्वीकार ।

सन् १९५२: आन्तरिक नियन्त्रण र नयाँ पाइपलाइन जडानका कारण तेलबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि ।

सन् १९५५: ‘प्रो–वेष्ट बगदाद प्याक्ट’ (सम्झैता) मा इराकको प्रवेश । नागरिक असन्तुष्टिमा वृद्धि ।

सन् १९५६: स्वेज संकट नहरमा बेलायत–फ्रान्स र इजरायलको संयुक्त आक्रमण । इराकी जनता झ्न् क्रुद्ध ।

सन् १९५८: सैनिक विद्रोहद्वारा राजतन्त्र समाप्त । अब्द अल करिम कासिम शासनमा ।

सन् १९६०–६१: कासिमद्वारा कम्युनिष्टहरूको दमन ।

सन् १९६१: उत्तरी क्षेत्रमा सरकार र कुर्द विद्रोहीहरूबीच लडाइँ सुरु ।

सन् १९६१: इरानले ओगटेका तटीय क्षेत्रहरू र कुवेत इराकको अङ्ग भएको कासिमको दावी ।

सन् १९६३: बाथ पार्टीद्वारा गरिएको विद्रोहमा कासिम अपदस्थ ।

सन् १९६३: सैनिक विद्रोहद्वारा तत्कालै वाथ पार्टी पनि सत्ताच्यूत ।

सन् १९६४: कुर्द विद्रोही र सरकारबीच युद्धविराम । एक वर्ष नबित्दै फेरि युद्ध शुरू ।

सन् १९६५: प्रधानमन्त्री आरिफ अब्द अर रज्जाकको विद्रोह असफल ।

सन् १९६६: हेलिकप्टर दुर्घटनामा राष्ट्रपति आरिफको मृत्यु, उनको भाइमा सत्ता हस्तान्तरण ।

सन् १९६७: इजिप्ट, सिरिया र जोर्डनमाथि इजरायलको भीषण हमला

सन् १९६८: विद्रोहमार्फत पुन वाथ पार्टी सत्तामा । अहमद हसन अल बाखर नयाँ राष्ट्रपति ।

सन् १९७०: नयाँ सरकार र कुर्दबीचको शान्ति सम्झैता पुनः भङ्ग ।

सन् १९७३: वाथ पार्टीभित्रैबाट सरकार विरुद्ध विद्रोहको प्रयास ।

सन् १९७५: इराक र इरानबीच सहयोग सम्झैता सम्पन्न ।

सन् १९७९: इरानमा क्रान्ति । सत्तामा कट्टरपन्थी शिया मुल्लाहहरूको पकड ।

सन् १९७९: वृद्ध वाखरको अवकाश । इराकको नेतृत्व सद्दाम हुसेनको हातमा ।

सन् १९८०: इरानमा कट्टरपन्थीहरूको बढ्दो दवदवाबाट चिन्तित इराकद्वारा इरानमाथि हमला ।

सन् १९८०–१९८८: इरान–इराक युद्धमा हजारौँको मृत्यु । इराकमाथि कुर्द नागरिक र इरानी सेनाविरुद्ध रासायनिक हतियार प्रयोग गरेको आरोप ।

सन् १९९०: कुवेतमा इराकको धावा । साउदी अरबमा अमेरिकी सेनाको अखाडा स्थापना ।

सन् १९९१: संयुक्त राष्ट्रसंघको समर्थन र अमेरिकाको नेतृत्वमा बहुराष्ट्रिय सेनाद्वारा इराकमाथि जवाफी कारवाही । कुवेतबाट इराकी सेना फिर्ता । । अप्रिल १९९१ मा भएको युद्धविराम सन्धिअनुसार इराकले आफूसँग भएका जैविक, रासायनिक र आणविक हतियारहरूबाट नष्ट गर्नुपर्ने ।

सन् १९९१–१९९८: राष्ट्र संघीय टोलीद्वारा इराकको शस्त्र भण्डार निरीक्षण गर्ने प्रयास । इराकद्वारा असहयोग र अन्ततः शस्त्र निरीक्षकहरूलाई देश निकाला ।

लामो विवाद र दबावपछि गत वर्ष हान्स ब्लिक्सको नेतृत्वमा पुनः हतियार निरीक्षण कार्यको थालनी । २० मार्च २००३ मा अमेरिकी र बेलायती सेनाले आक्रमण गर्ने अघिल्लो दिनसम्म निरीक्षण जारी ।

सन् १९९६: सद्दाम हुसेन विरुद्ध सीआईएको सहयोगमा भएको विद्रोह विफल ।

सन् २००१: ११ सेप्टेम्बरको आक्रमणपछि सुरक्षालाई लिएर अमेरिकामा व्यापक चिन्ता ।

सन् २००२ सेप्टेम्बर–मार्च २००३: इराकलाई निःशस्त्रीकरण गर्ने विषयमा राष्ट्र संघ सुरक्षापरिषद्मा ६ महिनासम्म वार्ता र छलफल । अमेरिकी युद्ध योजना रोक्न तथा उसलाई इराकमाथि आक्रमण गर्ने अधिकार प्रदान गर्ने सहमतिमा पुग्न परिषद् असफल ।

सन् २००३ २० मार्चः अमेरिकी, बेलायती र अष्ट्रेलियाली सैन्यबलद्वारा इराकमा चौतर्फी हमला शुरु ।

सन् २००५ जनवरी : हमला पछि इराकमा पहिलो निर्वाचन, अक्टोबरमा नयाँ संविधान जारी

सन् २००६ : सद्दाम हुसेनलाई फाँसी

सन् २०१७ सेप्टेम्बर : कुर्दिस स्वतन्त्रताको लागि लिएर इराकमा जनमत संग्रह। स्वतन्त्रताको पक्षमा ९२% मतदान। बग्दादको संघीय सरकार द्वारा जनमत संग्रहलाई अवैधानिक घोषणा ।

सन् २०१८: भ्रष्टाचार, बेरोजगारी लाई लिएर इराकमा प्रदर्शन सुरु, २०१९को अन्तसम्ममा हिंस्रक प्रदर्शनमा रुपान्तरण ।

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

रिफरेन्स

बाह्य लिङ्कहरू

  1. १.० १.१ १.२ १.३ १.४ "Iraq", International Monetary Fund, अन्तिम पहुँच २०११-०४-२१