"शिवराज आचार्य कौण्डिन्न्यायन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
पङ्क्ति ११२: पङ्क्ति ११२:


== सन्दर्भ ==
== सन्दर्भ ==
{{सन्दर्भसूची}}
{{टिप्पणीसूची}}


== वाह्य कडीहरू ==
== वाह्य कडीहरू ==

१३:२४, १९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

शिवराज अाचार्य काैण्डिन्न्यायन
काठमाण्डाैंमा २०५९ सालतिर
जन्मवि.सं १९९७ माघ२०
तनहुँ, नेपाल
मृत्युवि.सं २०७४ भाद्र १५ (७७वर्ष)
वागमतीतट, पशुपति
वासस्थानकाठमाडौ
राष्ट्रियतानेपाली
शिक्षाअाचार्य(साहित्य,वेदान्त), एम्.ए.(संस्कृत, दर्शनशास्त्र), विद्यावारिधि (वेद वेदान्त), वाचस्पति(डी.लिट्.)(संस्कृत ध्वनिशास्त्र)
पेशाशिक्षण
कार्यकालवि.सं. २०२० देखि २०७४
चिनारीको कारणजिम्दाे नेपालि भासाअभियान, वेदाङ्गज्याेतिषव्याख्या, वैदिकशास्त्रज्ञ
जीवनसाथीनारायणी देवी
सन्तानअामाेद, प्रियंवदा, प्रमाेद, सुमाेद, सम्माेद, वशंवदा, अतिसम्माेद (शिव संकल्प)
मातापितानरनाथ अाचार्य, गङ्गामायादेवी

शिवराज आचार्य काैण्डिन्न्यायन (अङ्ग्रेजी: Shivaraja Acharya Kaundinnyayana जन्म - वि.स. १९९७ माघ २०, तदनुसार सन् १९४१ फेब्रुअरी २ निधनः वि.सं २०७४ भाद्र १५ तदनुसार २०१७ अगष्ट ३१) नेपालका एक विशिष्ट संस्कृत विद्वान्, वैदिक, शिक्षाशास्त्री, भाषाशास्त्री, काेषकार, वेदाङ्गज्याेतिषविद्, मीमांसक तथा वेदान्तज्ञ हुन् ।[१] उनका नेपाली, संस्कृतहिन्दी भाषामा चालीसभन्दा बढी कृतिहरू नेपालभारतबाट प्रकाशित छन् ।[२][३] [४]

प्रारम्भिक जीवन र शिक्षा

उनकाे जन्म पश्चिम नेपालकाे तनहुँ जिल्लामा भएकाे थियाे । प्राथमिक शिक्षा पछि उच्च अध्ययनकाे लागि काठमाडौंमा आएका उनले त्रिभुवन विश्वविद्यालयबाट वेदान्त तथा साहित्यमा आचार्य तथा संस्कृतमा एम.ए. गरे । पछि भारतकाे आगरा विश्वविद्यालयबाट दर्शनशास्त्र मा एम.ए. उत्तीर्ण गरे पछि उनले वाराणसी काे सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वैदिक यज्ञ तथा वेदान्त विषयमा विद्यावारिधि तथा वैदिक शिक्षाशास्त्र (ध्वनिविज्ञान) विषयमा वाचस्पति (डी.लिट्.) उपाधि प्राप्त गरे। उनले आफ्नाे शाखाका वेद, सूत्र र परिशिष्टकाे गुरुमुख गरेर अध्ययन गरेका छन् र स्मृति पुराण आदि अनेक ग्रन्थकाे उनले स्वाध्ययन गरेका छन् ।[५]

याेगदान

उनले आफ्नाे जीवनकाे करीब चार दशक वेदान्तविषयकाे प्राध्यापनमा बिताए । आफ्नाे पचास वर्षभन्दा लामाे लेखनजीवनमा उनले नेपाली भाषा, व्याकरण, ध्वनिविज्ञान, संस्कृतशिक्षा, संस्कृतध्वनिविज्ञान, वेदाङ्गज्याेतिष, तथा अनेक वैदिक शास्त्रीय संस्कृत ग्रन्थ एवं पद्धतिकाे संग्रह, व्याख्या, तथा परिमार्जनकाे क्षेत्रमा याेगदान दिएका छन् । नेपाली भाषामा उच्चारणकाे अनुकूल लेखन हुनुपर्छ भन्ने उनकाे अभियान जिम्दाे नेपालि भासाअभियानकाे रूपमा चर्चित छ ।[६][७][८][९] नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य जन्मेकै कुलमा जन्मेका उनले आफ्ना पिता नरनाथ आचार्यले लेखेकाे आदिकवि भानुभक्त आचार्यकाे सच्चा जीवनचरित्र सम्पादन तथा भानुभक्तकृत भाषारामायणकाे सम्पादन समेत गरेका छन् ।[१०]

निधन

शिवराज आचार्य काैण्डिन्न्यायनकाे निधन २०७४ भाद्र १५ गते काठमाण्डाैँकाे पशुपतिनाथ नजिकै वागमतीतटमा भयाे ।[११] शारीरिक रूपमा कृशकाय रहेका तर विशेष कुनै पनि राेग भने नरहेका उनलाई अन्तिम अवस्थामा भने पाचनप्रणालीमा समस्या देखा परेकाे थियाे ।

कृतिहरू

उनका चालीसभन्दा बढी प्रकाशित पुस्तकहरूमा प्रमुख पुस्तकहरूकाे सूची यसप्रकार छ ।

नेपालीमा

संस्कृतमा

हिन्दीमा


सन्दर्भ

  1. Nepal Who's who, page 10, 1997, Research Centre for Communication and Development
  2. शिवराज आचार्य कौण्डिन्न्यायनका कृतिहरूको सूची वर्ल्डक्याटमा
  3. रत्न पुस्तक भण्डारले प्रकाशित गरेका शिवराज आचार्य कौण्डिन्न्यायनका पुस्तकहरू
  4. ई पुस्तकालयमा शिवराज आचार्य कौण्डिन्न्यायनका रचनाहरू
  5. दहाल, टेकनाथ, शिवराज अाचार्यकाे व्यक्तित्त्व र कृतित्त्व, त्रिभुवन विश्वविद्यालयकाे अनुसन्धानकृति
  6. नेपाली भाषा अधिगाेष्ठी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  7. पच्चीस वर्षका भाषिक चर्चा २०३९ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  8. A Few Moments with a Lingiust Vasudha xvi Feb March 1978
  9. नेपाली भाषा व्याकरण चिन्तनमा जिम्दाे नेपालि भासा सिद्धान्त, गरिमा २०६२ वैशाख
  10. धिताल, रामप्रसाद भानुभक्तकृत भाषारामायण(कृतिसमीक्षा) अनलाइनसाहित्य डटकम
  11. http://www.thahakhabar.com/news/22751

वाह्य कडीहरू