"सेलेना गोमेज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Per IPA
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
पङ्क्ति २६: पङ्क्ति २६:


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{सन्दर्भसूची}}
{{टिप्पणीसूची}}
==बाह्य कडीहरू==
==बाह्य कडीहरू==
*{{Official website|http://www.selenagomez.com}}
*{{Official website|http://www.selenagomez.com}}

१३:३०, १९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

सेलेना गोमेज
गोमेज जुलाई २०१३ मा
जन्मसेलेना मारी गोमेज
(1992-07-22) २२ जुलाई १९९२ (उमेर ३१)
टेक्सस, संयुक्त राज्य अमेरिका
पेशा
  • गायिका
  • अभिनेत्री
  • निर्मात्री
कार्यकाल२००२–हाल
जम्मा सम्पतिवृद्धिUS $५० मिलियन (सेप्टेम्बर २०१८)[१]
सेलेना गोमेज
विधा
वाद्ययन्त्रस्वर
लेबल
सहयोगीसेलेना गोमेज एण्ड द सिन
वेबसाइटselenagomez.com

सेलेना मारी गोमेज (जन्म: जुलाई २२, १९९२) एक अमेरिकी गायिका, अभिनेत्री र निर्मात्री हुन्।[२][३] बालबालिकाहरूको लागि बनाइएको टेलिभिजन कार्यक्रम "बार्नी र फ्रेन्ड्समा" देखा पर्दा उनले एलेक्स रुसोको चरित्रले उक्त डिज्नी च्यानलको टेलिभिजन सीरीज विजार्ड अफ वेभर्ली प्लेसमा अभिनय मार्फत व्यापक पहिचान पाएकि थिइन् जुन सन् २००७ देखि २०१२ सम्म चार सिजनसम्म लागि प्रसारण भएको थियो।

उनको पूर्व ब्यान्ड सेलेना गोमेज एण्ड द सिनसँग उनले ब्यान्डको प्रकाशित एलबमहरू मध्ये, किस एण्ड टेल (२००९), अ इयर्स विथआउट रेन (२०१०) र व्हेन द सन गोज डाउन (२०११) लाई बिलबोर्ड २०० चार्टको शीर्ष १० मा पुगाउन सफल भएका थिए। एकल कलाकारको रूपमा, उनका दुईवटा एल्बमहरू स्टार्स डान्स (२०१३) र रिभाइभल (२०१५) बिलबोर्ड २०० को शीर्ष स्थानमा पुगेका थिए। उनका प्रकाशित गीतहरू मध्ये "कम एण्ड गेट इट", "द हट वान्ट्स ह्वाट इट वान्ट्स", "गुड फर यु", "सेम वल्ड लभ", "हेन्ड्स टु माइसेल्फ", चार्लि पथसँग "वि डन्ट टक एनिमोर", र काइगोसँग "इट एन्ट मी" लगायतका ७ वटा गीतहरू बिलबोर्ड हट १००को शीर्ष १० मा पुग्न सफल भएका थिए। बिलबोर्डको एक प्रतिवेदन अनुसार, सेलेना गोमेजले ७ मिलियन भन्दा बढी एल्बमहरू र २२ मिलियन भन्दा बढी एकल गीतहरू बिक्री गरिसकेकी छिन्।[४]

गोमेजको अभियनय कार्यकाल, एनदर सिन्ड्रेला स्टोरी नामक सन् २००८ को अमेरिकी हास्य चलचित्रबाट शुरु भएको थियोे जहाँ उनि प्रमुख भूमिकामा रहेकी थिइन्। त्यस्तै उनले अन्य चलचित्रहरू जस्तै: प्रिन्सेस प्रोटेक्सन प्रोग्राम (२००९), विजार्ड अफ वेभर्ली पलेस:द मुभी (२००९), रमोना एण्ड बिजस (२०१०), मोन्टे कार्लो (२०११), स्प्रिङ ब्रेकर्स (२०११), गेटवे (२०१३) र सन् २०१६ मा द फन्डामेन्टल्स अफ केरिङमा अभिनय गरिसकेकी छिन्। होटल ट्रान्सलिभेनिया चलचित्रमा उनले माभिस नामक एक चरित्रको रूपमा आफ्नो स्वर दिएकी थिइन्। गोमेजले सन् २०१० मा केमार्टको माध्यमबाट आफ्नै कपडा लाइन र सन् २०१३ मा आफ्नै शीर्षकमा रहेको अत्तर जारी गरेकि थिइन्। सन् २०१७ मा उनले "सेलेना ग्रेस" नामक हाते झोला एक सीमित-संस्करण सङ्ग्रह जारी गरिन् जुन उनले कोच, इङ्क सहयोगमा नमुना बनाएकी थिइन्। उनले वर्षौ सम्म विभिन्न दानी संस्थाहरूसँग काम गरेकी थिइन् जसले गर्दा उनी मात्रै १७ वर्षको उमेर छँदा युनिसेफको सदस्य बन्न पुगेकी थिइन्। गोमेज सामाजिक सञ्जाल इन्स्टाग्राममा अक्टोबर २०१८ सम्म सबैभन्दा बढी पछ्याइएकी प्रयोगकर्ता थिइन् र अक्टोबर २०१८ पछि उनलाई उछिन्दै पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सबैभन्दा बढी पछ्याइएका प्रयोगकर्ता बन्न सफल भएका थिए।[५][६] गोमेजले उनको कार्यकालमा, अहिलेसम्म विभिन्न पुरस्कारहरू हात पारेकी छिन् जसमा उनले १ पटक एएलएमए अवार्ड, १ पटक अमेरिकी म्युजिक अवार्ड, १ पटक एमटिभी भिडियो म्युजिक अवार्ड, १ पटक पिपुल्स चोइस अवार्ड, २ पटक बिलबोर्ड वुमन इन म्युजिक अवार्ड र १८ पटक टिन चोइस अवार्डहरू हात पार्न सफल भएकी थिइन्।

सन्दर्भ सामग्रीहरू

  1. हुसेन, जेनिफर (सेप्टेम्बर २४, २०१८), "सेलेना गोमेजले १० वर्षको उमेर देखि पैसा कमाउन थालेकी थिइन् — कसरी उनले ५० मिलियन अमेरिकी डलर कमाइन् यहाँ हेर्नुहोस्", बिजनेस इन्साइडर, अन्तिम पहुँच नोभेम्बर १०, २०१८ 
  2. ब्याकल, अरिएना (जनवरी २५, २०१७), "सेलेना गोमेजले १३ वटा कारणहरू बताइन्", इन्टरटेन्मेन्ट विक्ली, अन्तिम पहुँच जनवरी २५, २०१७ 
  3. "सेलेना गोमेज - निर्मात्री" 
  4. "सेलेना गोमेज सन् २०१५ बिलबोर्ड चार्टकि उत्कृष्ट महिला", बिलबोर्ड, अक्टोबर २८, २०१५। 
  5. गिलब्रिड, ट्रिकिया, "कसरी सेलेना गोमेज पछि परिन्", म्यासएबल, अन्तिम पहुँच नोभेम्बर २६, २०१६ 
  6. "सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइएकी प्रयोगकर्ता बनिरहन असमर्थ", अन्तिम पहुँच नोभेम्बर १, २०१८ 

बाह्य कडीहरू