"सोनिया डभिल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
पङ्क्ति ५२: पङ्क्ति ५२:
**१०० उत्कृष्ट महिला कुस्ती खेलाडीमा ७२अौँ स्थानमा पर्न सफल '' - सन् २०१८<ref>{{cite web |title=प्रो रेस्लिङ इलुष्ट्रेटेड अवार्ड विजेताहरू |url=https://wrestlingtravel.org/2018/11/01/pro-wrestling-illustrated-top-100-female-wrestlers-results/ |publisher=रेस्लिङ ट्राभल|accessdate=November 9, 2018}}</ref>
**१०० उत्कृष्ट महिला कुस्ती खेलाडीमा ७२अौँ स्थानमा पर्न सफल '' - सन् २०१८<ref>{{cite web |title=प्रो रेस्लिङ इलुष्ट्रेटेड अवार्ड विजेताहरू |url=https://wrestlingtravel.org/2018/11/01/pro-wrestling-illustrated-top-100-female-wrestlers-results/ |publisher=रेस्लिङ ट्राभल|accessdate=November 9, 2018}}</ref>
== सन्दर्भ सामग्री ==
== सन्दर्भ सामग्री ==
{{सन्दर्भसूची}}
{{टिप्पणीसूची}}
== बाह्य सुत्रहरू ==
== बाह्य सुत्रहरू ==
{{Commons category|Daria Berenato|सोनिया डभिल}}
{{Commons category|Daria Berenato|सोनिया डभिल}}

१३:३०, १९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

सोनिया डभिल
अप्रित २०१८ मा डभिल
वास्तविक नामडेरेन रे बेरनेटो
जन्म (1993-09-24) सेप्टेम्बर २४, १९९३ (उमेर ३०)
न्यु जर्सी, अमेरिका
निवासस्थानफ्लोरिडा, अमेरिका[१]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामडेरेन बेरनेटो
सोनिया डभिल
उचाई५ फिट ७ इन्च (१७० सेमी)[२]
तौल१३० पाउन्ड (९ स्टोन ४ पाउन्ड; ५९ किग्रा)[३]
उत्पत्तिलस एन्जलस, क्यालिफोर्निया[३]
न्यू जर्सी[२]
प्रशिक्षकब्रायन केण्ड्रिक[४]
बुकर टि[५]
बिली गन[५]
लिटा[५]
डब्ल्यूडब्ल्यूई प्रशिक्षण केन्द्र[१]
पदार्पण३ डिसेम्बर २०१५

डेरिया रे बेरनेटो[६] (जन्म:२४ सेप्टेम्बर १९९३) एक अमेरिकी महिला कुस्ती खेलाडी हुन् मिश्रित मार्सल कलाकार हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी सोनिया डभिल नामले कुस्ती खेल्ने गर्छिन्।[७]

बेरनेटो सन् २०१५ मा आय‍ोजना गरिएको डब्ल्यूडब्ल्यूईको एक कार्यक्रममा सहभागी भएकी थिइन्। अक्टोबर २०१५ मा उनले डब्ल्यूडब्ल्यूईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् जहाँ उनी त्यतिबेला ओर्लान्डो फ्लोरिडा स्थित डब्ल्यूडब्ल्यूईको कुस्ती तालिम केन्द्रमा कार्यरत थिइन्।

बाल्यकाल

बेरनेटो न्यु जर्सिको सामङ टाउनसिपमा जन्मिएकी थिइन्। उनको पुर्खाहरू आयरल्याण्ड र इटालीनो मुलका थिए। उनले न्यु जर्सि स्थित सेनेका उच्च माध्यमिक विद्यालयमा पठनपाठन गरेकी थिइन्।[८] १६ वर्षको उमेरमा उनले मिश्रति मार्सल कलाका लागि प्रशिक्षण लिन र खेलहरू खेल्न सुरु गरेकी थिइन्।

व्यवसायीक कुस्ती कार्यकाल

डब्ल्यूडब्ल्यूई

टफ इनफ र एनएक्सटी (सन् २०१५–२०१७)

सन् २०१५ मा आयोजना गरिएको डब्ल्यूडब्ल्यूई टफ इनफको उनी एक सहभागी थिइन् जहाँ उनी अन्तिम १३ मा प्रवेश गरेकी थिइन्।[९] उनी उक्त प्रतिस्पर्धाबाट तेस्रो स्थानबाट निस्कासन भएकी थिइन्।[१०]

सन् २०१५ अक्टोबरमा बेरनेटोले डब्ल्यूडब्ल्यूईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् र त्यसपछि उनले डब्ल्यूडबल्यूईको विकासशील क्षेत्र एनएक्सटीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्।[११] उनले ३ डिसेम्बरमा आयोजित डब्ल्यूडब्ल्यूईको प्रत्यक्ष कार्यक्रममा रिङ पर्दापण गरेकी थिइन् जहाँ उनको सामना नाया ज्याक्ससँग भएको थियो। उनको पहिलो खेलमानै उनले हार बोहोरेकी थिइन्। बेरनेटोले १७ अगस्ट २०१५ एनएक्सटीको एक श्रृङ्खलमा उनको पहिलो टेलिभिजन प्रसारण गरिएको खेल खेलेकी थिइन् जहाँ उनी ६ महिला ट्याग टिम खेल खेलेकी थिइन्।[१२] उनले उक्त खेलमा मेन्डी रोज र अलेक्सा ब्लिससँग साझेदारी गर्दै कारमेला, लिभ मोर्गेन र निकी क्रसको टोलीलाई हराउन सफल भएकी थिइन्। २३ नोभेम्बर २०१५ मा उनी एनएक्सटीको एक श्रृङ्खलामा रिङमा फर्किएकी थिइन् जहाँ उनी द आइकोनिक (बिलि के र पिटन रोइस)सँग साझेदारी गर्दै ६ महिला ट्याग टिम खेलको हिस्सा बनेकी थिइन्।[१३] उनीहरूको टोली अलिया, एम्बर मुन र लिभ मोर्गेनको टोलीसँग हार्न पुगेको थियो।[१४] डिसेम्बर २१ एनएक्सटीको एक श्रृङ्खलामा उनी पुन रिङमा फर्किएकी थिइन् जहाँ उनले उनको पहिलो खेल बिलि केको विरुद्धमा खेलेकी थिइन्।[१५] उक्त खेलमा केको साथी पिटन रोइसको हस्तक्षेपका कारण उनी केसँग हार्न पुगेकी थिइन्।

बेरनेटो ३ मे २०१७ एनएक्सटीको एक श्रृङ्खलामा फर्किएकी थिइन् जहाँ उनले आफ्नो रिङ नाम सोनिया डभिल राखेकी थिइन्।[१६] उनी एनएक्सटीमा फर्किएपछि उनले अस्काको महिला च्याम्पियनसिपका लागि दावेदार बन्नका लागि महिला ब्याटल रोयलमा सहभागीको रुपमा भाग लिएकी थिइन् तर उक्त खेलमा उनलाई बिलि के र पिटन रोइसले निस्कासन गराएका थिए।[१७] त्यस पछिको हप्ताबाट डभिलले उनको अपराजित यात्रा कायम गरेकी थिइन् जहाँ उनले प्रत्येक हप्तामा फरकफरक प्रतिद्वन्द्वीहरूलाई हराएकी थिइन् जसमा लिसी एभेन्स, रिसेल एभर्स, जेना भेन बेमेल र जिडा पर्छन्।[१८] केही क्षणको छोटो अवकाश पछि उनी पुन १८ अक्टोबर २०१७ एनएक्सटीको एक श्रृङ्खलामा फर्किएकी थिइन् जहाँ उनी खाली रहेको एनएक्सटी महिला च्याम्पियनसिपका लागि एम्बर मुन र रुबी राएटको विरुद्धमा एक ट्रिपल थ्रेट खेलमा भाग लिएकी थिइन् भने उक्त खेलको विजेताले महिला च्याम्पियनसिपका लागि फेटल फोर वे खेलमा भागी लिन पाउने प्राबधान रहेको थियो भने उक्त फेटल फोर वे खेल एनएक्सटी टेक ओभर: वारगेममा हुने निर्णय भएको थियो।[१९] १८ नोभेम्बर २०१७ मा भएको उक्त खेलमा मुनले उपाधि जितेकी थिइन्।[२०] २२ नोभेम्बर २०१७ का दिन एनएक्सटीको एक श्रृङ्खलामा उनी रुबी राएटसँग हार्न पुगेकी थिइन्।[२१] उक्त खेलमा डभिलको हार पछि राएट र डभिलको खेल पुन ६ डिसेम्बर २०१७ मा एनएक्सटीको एक श्रृङ्खलामा जारी गरिएको थियो भने उक्त खेलमा डभिलले राएटलाई हराउन सफल बनेकी थिइन्।[२२] २७ डिसेम्बरमा आयोजित एनएक्सटी महिला च्याम्पियनसिपका लागि डभिलले एम्बर मुनसँग खेल खेलेकी थिइन् तर उक्त खेलमा उनले मुनलाई हराउन असमर्थ रहिन्।[२३]

एभ्सोलुसन र मेन्डी रोजसँगको मित्रता (सन् २०१७–हाल)

२० नोभेम्बर २०१७ डब्ल्यूडब्ल्यूई को एक श्रृङ्खलामा रोजले सोनिया डभिल र पेजको साथ देखा परेकी थिइन् र उनीहरूको जोडीले सोही दिन सासा बेङ्क्स, बेइली, मिकी जेम्स र तात्कालिक महिला बिजेता अलेक्सा ब्लिसलाई नेपथ्यमा आक्रमण गरेका थिए।[२४] त्यस दिनको अर्को हप्ता उनीहरूको आफ्नो टोलीको नाम एभ्सोलुसन राखेका थिए। रोजले उनको पहिलो खेल १९ डिसेम्बर २०१७ मा आयोजित ट्रब्युट टु द ट्रुपस कार्यक्रममा खेलेकी थिइन् जहाँ रोज, पेज र डभिलले जेम्स, बेइली र बेङ्क्सको जोडीलाई हराउन सफल भएका थिए।[२५]

रेसलमेनिया ३४ मा मेण्डि रोज (बायाँ) र सोनिया डभिल (दायाँ)

२८ जनवरी २०१८ मा रोजले डब्ल्यूडब्ल्यूईको इतिहासमा पहिलोपटक हुन लागेको ३० महिला रोयल रम्बल खेलमा भाग जनाएकी थिइन्।[२६] उक्त खेलमा उनी छैटौँ स्थानमा रिङमा आएकी थिइन् तर उक्त खेलमा उनले टोरी विलसनलाई निस्कासन गरेतापनि उनलाई मिसेल म्याककुलले निस्कासन गराइदिएकी थिइन्।[२७] उनी समग्रमा खेलमा जम्म ६ मिनेट ४१ सेकेण्ड सम्म रहेकी थिइन्। फेब्रुअरी महिनामा उनीले पहिलोपटक हुन लागेको महिला इलिमिनेसन चेम्बरमा भाग लिएकी थिइन् तर उनलाई अलेक्सा ब्लिसले हराएकी थिइन्।[२८] अप्रिल महिनामा रोजकी साथी पेज घाँटीको चोटका कारण कुस्ती खेलबाट अवकाश लिँदै डब्ल्यूडब्ल्यूई स्म्याकडाउनकी सामान्य प्रबन्धक बनेकी थिइन्।[२९] रोजले उनको कार्यकाल अन्तरगत पहिलो रेसलमेनिया ३४ मा महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् भने उक्त खेल नेयोमीले जितेकी थिइन्।

सन् २०१८ मा गरिएको सुपरस्टार सेक अफमा दुवै मेन्डी रोज र रोनिया डभिल स्म्याकडाउनमा सरेका थिए तर त्यहाँकी सामान्य प्रबन्धक उनहरूको साथी पेज भएता पनि पेजले उनीहरूलाई अरु खेलाडीलाई जस्तै व्यवहार गरेकी थिइन्।[३०][३१] स्म्याकडाउनमा रोज र डभिलले ग्रिष्म ऋतु भरि विभिन्न महिला ट्याग टिम खेल र एकल खेलहरूमा भाग लिएका थिए।[३२][३३][३४][३५][३६][३७] डब्ल्यूडब्ल्यूईले आयोजना गरेको सबै महिलाहरूको पहिलो पे-पर-भ्युको महिला ब्याटल रोयलमा दुवै डभिल र रोजले भाग लिएका थिए तर खेलको अन्तरगत रोजले आफ्नै साथी उनलाई खेलबाट निस्कासन गराएकी थिइन्।[३८] रोजले डभिललाई ब्याटलरोयल खेलबाट निस्कासन गरेता पनि पछि उनीहरूले पुन एक टोलीको रुपमा काम गरेका थिए र आउँदै परम्परागत पाँच पाँच महिला इलेमिनेसन चेम्बरमा दुवै रोज र डभिलले स्म्याकडाउनको प्रतिनिधित्व गर्दै उक्त खेलमा भाग लिएको थिए।[३९][४०][४१] रोज र डभिल दुवै खेलमा सामेल भएका थिए तर उक्त खेलमा डब्ल्यूडब्ल्यूई र स्म्याकडाउनको प्रतिस्पर्धामा स्म्याकडाउनले सँग हार बेहोरेको थियो।[४२][४३]

सरभाइभर सिरिज पछि पनि रोज र डभिलले एक जोडीको रुपमै काम गर्न सुरु गरेका थिए र सन् २०१८ को समाप्तिमा भने तात्कालिक समयमा रोज र नेयोमीको बीच द्वन्द्वको सुरुवात भएको थियो। नोयोमी र रोजको द्वन्द्व चलिरहेको बेला रोजले नेयोमीलाई उनको श्रीमानलाई उनीहरू सम्बन्ध अन्त्य गर्ने भन्दै नोयोमीलाई तनाव दिएकी थिइन्। त्यसपछि नोयोमीको खेल फरकफरक पटक रोज र डभिलको विरुद्धमा भएको थियो र उक्त खेलमा एक अर्काको हस्तक्षेपका कारण दुवैले नोयोमीलाई हराएका थिए।[४४][४५][४६][४७] २७ जनवरी २०१९ मा आयोजना गरिएको ३० महिला विरुद्धको रोयल रम्बल खेलमा उनी २५अौँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् तर उनी रिङ प्रवेश गरेको ४ मिनेट २६ सेकेण्डमा उनलाई अलेक्सा ब्लिसले खेलबाट निस्कासन गराएकी थिइन्। त्यस खेलको एक महिना पछि रोज र डभिलले डब्ल्यूडब्ल्यूईको इतिहासमै पहिलोपटक हुन लागेको डब्ल्यूडब्ल्यूई महिला ट्याग टोली च्याम्पियनसिपमा भाग लिएका थिए जुन इलिमेनिसन चेम्बरको भित्र खेलाइएको थियो। उक्त खेलमा रोज र डभिल अन्तिम सम्म पुग्न सफल भएतापनि उनीहरूलाई बेइली र सासा बेङ्क्सको टोली हराउँदै पहिलो महिला ट्याग टोली विजेता बनेका थिए।[४८][४९]

अन्य सञ्चार माध्यमहरू

बेरजेटोले युट्युब कार्यक्रम अन्तरगत युएफसी अफ्टरबज कार्यक्रमको उप आयोजकको रुपमा काम गरेकी थिइन्।

डभिलले डब्ल्यूडब्ल्यूई २के१८ मा एक खेल्न मिल्ने चरित्रको रुपमा पर्दापर्ण गरेकी थिइन् र उनी पछि डब्ल्यूडब्ल्यूई २के१९ मा पनि देखा परेकी छिन्।[५०]

मिश्रति मार्सल कला कीर्तिमान

उपाधि र उपलब्धहरू

  • प्रो रेस्लिङ इलुष्ट्रेटेड
    • १०० उत्कृष्ट महिला कुस्ती खेलाडीमा ७२अौँ स्थानमा पर्न सफल - सन् २०१८[५१]

सन्दर्भ सामग्री

  1. १.० १.१ "डब्ल्यूडब्ल्यूई टफ इनफका प्रतिस्पर्धीहरू डब्ल्यूडब्ल्यूई प्रशिक्षण केन्द्रमा", डब्ल्यूडब्ल्यूई, सेप्टेम्बर २९, २०१५, अन्तिम पहुँच अगस्ट ५, २०१६ 
  2. २.० २.१ "सोनिया डभिल", डब्ल्यूडब्ल्यूई, अन्तिम पहुँच डिसेम्बर ९, २०१७ 
  3. ३.० ३.१ "डेरेन", डब्ल्यूडब्ल्यूई टफ इनफ, अन्तिम पहुँच अगस्ट २१, २०१६ 
  4. "सोनिया डभिल डब्ल्यूडब्ल्यूईमा" 
  5. ५.० ५.१ ५.२ "डब्ल्यूडब्ल्यूई टफ इनफका प्रतिस्पर्धीहरू", डब्ल्यूडब्ल्यूई टफ इनफ, अन्तिम पहुँच अक्टोबर ६, २०१५ 
  6. "डेरेन बेरनेटो ("द जर्सी डभिल") – एमएमए खेलाडी पृष्ठ – ट्यापोलोजी", ट्यापोलोजी 
  7. "डब्ल्यूडब्ल्यूई एनएक्सटी टेलिभिजन - पिडब्ल्यू इन्साइडर डटकम", पिडब्ल्यू इन्साइडर 
  8. "जोना रेस्लिङ: डेरेन बेरनेटो", जोना रेस्लिङ, अन्तिम पहुँच २ मे २०१८ 
  9. "डब्ल्यूडब्ल्यूई टफ इनफका अन्तिम प्रतिस्पर्धीहरू", डब्ल्यूडब्ल्यूई टफ इनफ, अन्तिम पहुँच जनवरी ३१, २०१६ 
  10. बिबल, सारा (जुलाई ८, २०१५), "ट्युस्डे रेटिङ", टिभी बाई द नम्बर, अन्तिम पहुँच जुलाई १५, २०१५ 
  11. "डब्ल्यूडब्ल्यूई टफ इनफका प्रतिस्पर्धाहरू नयाँ कक्षा डब्ल्यूडब्ल्यूई प्रदर्शन केन्द्रमा सामेल भए", अक्टोबर २८, २०१५, अन्तिम पहुँच मे २७, २०१६ 
  12. "“एनएक्सटी लाइभ ०३/१२/२०१५ (ओर्लाण्डो, फ्लोरिडा)", रेस्लिङ कर्नर (जर्मनमा), डिसेम्बर ४, २०१५, अन्तिम पहुँच सेप्टेम्बर २०, २०१८ 
  13. रिचार्ड, ट्रिन्फो (अगस्ट १७, २०१६), "डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: हिडेयो इटामीको खेल", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अगस्ट १८, २०१६ 
  14. रिचार्ड, ट्रिन्फो (नोभेम्बर २३, २०१६), "डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: टोरिनोमा आयोजित खेलहरू", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच नोभेम्बर २५, २०१६ 
  15. रिचार्ड, ट्रिन्फो (डिसेम्बर २१, २०१६), "डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: एनएक्सटी च्याम्पियनसिपका लागि पहिलो दावेदार", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच डिसेम्बर २२, २०१६ 
  16. रिचार्ड, ट्रिन्फो (मे ३, २०१७), "डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: महिला उपाधिका लागि पहिलो दावेदार, रोड्रिक स्ट्रङ्गको हुन् . . . बर्च विरुद्ध डेन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच डिसेम्बर ७, २०१७ 
  17. एलेक्स, खजार (मे १७, २०१७), "डब्ल्यूडब्ल्यूई एनएक्सटी नतिजा", रेसलभ्यु, अन्तिम पहुँच डिसेम्बर ८, २०१७ 
  18. रिचार्ड, ट्रिन्फो (जुन २१, २०१७), "ढब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: ब्ल्याक विरुद्ध ओनो, सोनिया डभिलको खेल, एम्बर मुन एनएक्सटीमा फिर्ता र अन्य", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच डिसेम्बर ८, २०१७ 
  19. एलेक्स, खाराज (अगस्ट २, २०१७), "डब्ल्यूडब्ल्यूई एनएक्सटी नतिजा – ८/२/२०१७ (कायल ओ रायुएलीको पर्दापण, गर्गानो फिर्ता)", रेसलभ्यु, अन्तिम पहुँच डिसेम्बर ८, २०१७ 
  20. रिचार्ड, ट्रिन्फो (सेप्टेम्बर ६, २०१७), "डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: अस्काका लागि अन्तय, ओनो विरुद्ध इटामी", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच डिसेम्बर ७, २०१७ 
  21. रिचार्ड, ट्रिन्फो (अक्टोबर १८, २०१७), "डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: एनएक्सटी विजेताका लागि नयाँ चुनौती, ट्याग टिमको पुनरागमन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच डिसेम्बर ९, २०१७ 
  22. रिचार्ड, ट्रिन्फो (नोभेम्बर २२, २०१७), "डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: वा गेम, विरुद्ध स्म्याकडाउन, र युके उपाधिका लागि खेल", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच डिसेम्बर ७, २०१७ 
  23. रिचार्ड, ट्रिन्फो (डिसेम्बर ६, २०१७), "डब्ल्यूडब्ल्यूई एनएक्सटी प्रतिवेदन: सियान अल्मस, डभिल विरुद्ध राएट", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच डिसेम्बर ७, २०१७ 
  24. रिचार्ड, ट्रिन्फो (नोभेम्बर २०, २०१७), "डब्ल्यूडब्ल्यूई प्रतिवेदन: अन्तर महादेशीय उपाधिका लागि खेल, महिला कुस्ती विभागमा नयाँ अागमनहरू, समोवा जो विरुद्ध फिन ब्यालर", पिडब्ल्यू इन्साइडर 
  25. रिचार्ड, ट्रिन्फो (नोभेम्बर २७, २०१७), "डब्ल्यूडब्ल्यूई प्रतिवेदन: फेटल फोर वे खेल र अन्य थप खेलहरू", पिडब्ल्यू इन्साइडर 
  26. स्ट्रोड, कोरी (जनवरी २८, २०१८), "रोयल रम्बल खेलको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  27. जोनसन, माइक (फेब्रुअरी २५, २०१८), "डब्ल्यूडब्ल्यूई टकसँगै डब्ल्यूडब्ल्यूई इलिमिनेसन चेम्बर पे-पर-भ्युको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  28. ट्रिन्फो, रिचार्ड (अप्रिल ९, २०१८), "डब्ल्यूडब्ल्यूई प्रतिवेदन: एनएक्सटीका नयाँ अनुहारहरू मुख्य कार्यसूचीमा, पूर्व विजेताको पुनरागमन,", पिडब्ल्यू इन्साइडर 
  29. कारापोला, स्टुट (अप्रिल ८, २०१८), "रेसलमेनिया ३४ को पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  30. ट्रिन्फो, रिचार्ड (अप्रिल १७, २०१८), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: नयाँ आगमनहरू, एजे स्टाइल्स र डेनियल ब्रायन ट्याग टिम", पिडब्ल्यू इन्साइडर 
  31. ट्रिन्फो, रिचार्ड (१ मे २०१८), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: टयाग टिम खेलहरू", पिडब्ल्यू इन्साइडर 
  32. ट्रिन्फो, रिचार्ड (मे २९, २०१८), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: मनी इन द बेङ्कका अन्तिम प्रतिस्पर्धीको हुन्?", पिडब्ल्यू इन्साइडर 
  33. ट्रिन्फो, रिचार्ड (जुन ५, २०१८), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: अस्काको खेल जानकारी", पिडब्ल्यू इन्साइडर 
  34. ट्रिन्फो, रिचार्ड (१२ जुन २०१८), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: जेफ हार्डि विरुद्ध सिनसुके नाकामुरा", पिडब्ल्यू इन्साइडर 
  35. ट्रिन्फो, रिचार्ड (अगस्ट १४, २०१८), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: द मिज र डेनियल ब्रायन", पिडब्ल्यू इन्साइडर 
  36. ट्रिन्फो, रिचार्ड (सेप्टेम्बर ११, २०१८), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: द न्यु डेको नयाँ प्रतिस्पर्धी", पिडब्ल्यू इन्साइडर 
  37. ट्रिन्फो, रिचार्ड (अक्टोबर २३, २०१८), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: डब्ल्यूडब्ल्यूई विश्वकप,", पिडब्ल्यू इन्साइडर 
  38. जोनसन, माइक (अक्टोबर २८, २०१८), "निकी बेला विरुद्ध रोण्डा राउजी, एनएक्सटी महिला उपाधि डब्ल्यूडब्ल्यूई इभोलुसन पे-पर-भ्युको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  39. ट्रिन्फो, रिचार्ड (नोभेम्बर ६, २०१८), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: सरभाइभर सिरिजका लागि टोली गठन", पिडब्ल्यू इन्साइडर 
  40. जोनसन, माइक (नोभेम्बर १८, २०१८), "ब्रक लेज्नर विरुद्ध डनियल ब्रायन, सार्लेट फ्लेयर विरुद्ध रोण्डा राउजी, डब्ल्यूडब्ल्यूई विरुद्ध स्म्याकडाउन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच नोभेम्बर १८, २०१८ 
  41. ट्रिन्फो, रिचार्ड (डिसेम्बर ४, २०१८), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  42. जोनसन, माइक (जनवरी २७, २०१९), "डब्ल्यूडब्ल्यूई रेयल रम्बलको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  43. ट्रिन्फो, रिचार्ड (फेब्रुअरी १७, २०१९), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: इलिमिनेसन चेम्बरको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  44. ट्रिन्फो, रिचार्ड (फेब्रुअरी १९, २०१९), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  45. ट्रिन्फो, रिचार्ड (मार्च ५, २०१९), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: सार्लेट र बेकीको कुराकानी, संयुक्त राज्य उपाधिका लागि खुला चुनौती, मुस्ताफा अली स्म्याकडाउनमा फिर्ता", पिडब्ल्यू इन्साइडर 
  46. ट्रिन्फो, रिचार्ड (मार्च १०, २०१९), "फाष्टलेन २०१९ को पूर्ण जानकारी: द सिल्डको अन्तिम खेल, थुप्रै उपाधिका लागि खेलहरू", पिडब्ल्यू इन्साइडर 
  47. ट्रिन्फो, रिचार्ड (मार्च १२, २०१९), "डब्ल्यूडब्ल्यूई स्म्याकडाउन प्रतिवेदन: मेण्डि र सोनिया, एजे स्टनइल्स र रेण्डि ओर्टन", पिडब्ल्यू इन्साइडर 
  48. "रेसलमेनिया ३५ महिला ब्याटल रोयल खेल", डब्ल्यूडब्ल्यूई, अन्तिम पहुँच मार्च २९, २०१९ 
  49. कारापोला, स्टुट (अप्रिल ७, २०१९), "रेसलमेनिया ३५ किक अफ कार्यक्रमको पूर्ण विवरण", पिडबल्सको ल्यू इन्साइडर 
  50. गर्टल्याण्ड, डेन (२०१८-०९-११), "डब्ल्यूडब्ल्यूई २के१९ का सम्पूर्ण खेलाडी र खेलहरू", अन्तिम पहुँच २०१८-०९-१६ 
  51. "प्रो रेस्लिङ इलुष्ट्रेटेड अवार्ड विजेताहरू", रेस्लिङ ट्राभल, अन्तिम पहुँच नोभेम्बर ९, २०१८ 

बाह्य सुत्रहरू