प्रबन्धकविकिपिडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपिडिया प्रणालीको केही आवश्यक तथा प्रतिबन्धित उपकरण वा विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। जस्तै:- प्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन्। कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन्। कृप्या प्रबन्धक पदको लागि निवेदन गर्नुभन्दा पहिला प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू पढ्नुहोस्।
ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात १ हप्तासम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्नेछ जसको उत्तर दिनु वा नदिनु तपाईँ माथि निर्भर गर्छ। तपाईको आवेदनसँगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ। कृप्या आवेदन गरिसके पश्चात इमेलद्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारीमा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईँको आवेदनको बारेमा जान्न सकोस र तपाईँको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।
वर्तमान समय : १५:५४, १८ अप्रिल २०२४ (युटिसी)
निवेदन फारम बनाउनुहोस्:
तल दिइएको बाकसमा प्रयोगकर्ताको ठाउँमा आफ्नो प्रयोगकर्ता नाम राखेर आवेदन गर्न सकिन्छ।
प्रबन्धक पदको लागि निवेदनहरू
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
म हिमाल सुबेदी। नेपाली विकिपिडियामा म विगत ३ वर्ष देखि सक्रिय छु। नेपाली विकिपिडियामा मैले नेपाली विकिपिडियाको इतिहासमै सर्वाधिक प्रमुख लेखहरू लेखेको छु भने म द्वारा निर्माण गरीएका केही पृष्ठहरू नेपाली विकिपिडियाको सर्वाधिक लामो पृष्ठको रूपमा परिचित छन्। नेपाली विकिपिडियामा रहेका विद्यमान समस्याहरू निर्मूल पार्नका लागि मलाई यो पदको आवश्यकता परेको छ।
मेरा कार्यहरू
सन् २०१८ को विकिपिडिया एसियाली महिनाको विजेता तथ्याङ्क ७३ वटा लेख/ ३०० शब्द र १००० बाइट भन्दा बढी
सन् २०१९ को विकिपिडिया एसियाली महिनाको आयोजक तथा विजेता तथ्याङ्क १ महिनाको अन्तरालमा इतिहासमै सबैभन्दा धेरै २५२ वटा लेख लेख (३०० शब्द र ३००० बाइट भन्दा बढी)
विकिपिडिया महिला सम्पादनथन २०७६ को आयोजक तथा सर्वाधिक पृष्ठ लेखन तथ्याङ्क २६ पृष्ठ १००० शब्द र सबै २५,००० बाइट भन्दा बढी
पृष्ठ तथ्याङ्क ७५३ पृष्ठ, कुल पृष्ठ आकार ५.९४ मेगाबाइट्स, औसत पृष्ठ आकार ८.०८
मैले प्रमुख पृष्ठका लागि ७० भन्दा बढी आवेदन
सम्पादन १०,००० भन्दा बढी, यन्त्रमानवको प्रयोग बिना
प्रमुख पृष्ठ परिवर्तन सम्बन्धित
नेपाली विकिपिडियामा प्रमुख पृष्ठ १० वर्ष भन्दा अधि देखि १ महिनामा भएको थियो जसलाई २०७६ सालको फागुन महिना देखि १ हप्तामा घटाइएको छ र प्रमुख पृष्ठको गुणस्तरमा विशेष ध्यान दिइएको छ जसमा मेरो पनि प्रमुख योगदान रहेको छ। (१००० शब्द र १५,००० बाइट भन्दा बढी)
नेपाली विकिपिडियाको समस्या
प्रमुख पृष्ठ परिवर्तन समस्या (समाधान)
प्रमुख समाचार परिवर्तन (समाधान हुन बाँकी)
सामग्री अनुवादको प्रयोग गरि सृजना गरिएका पृष्ठको भाषिक अशुद्धता (समाधान हुन बाँकी)
मिति सम्बन्धित पृष्ठ (समाधान हुन बाँकी)
अधिक ठुटा र विश्वसनीय स्रोत अभाव सहितको पृष्ठ (समाधान हुन बाँकी)
धेरै छोटा लेखहरू (समाधान हुन बाँकी)
सामग्री अनुवादको दुरुपयोग (समाधान हुन बाँकी)
सक्रिय प्रयोगकर्ताको कमी (समाधान हुन बाँकी)
गैर अङ्ग्रेजी भाषिक समस्या (समाधान हुन बाँकी)
प्रबन्धक बनेपछिका मेरा कार्यहरू
प्रमुख पृष्ठ लेखनमा निरन्तरता
प्रमुख समाचार लेखन
ढाँचा नेपालीकरण
सम्पादनमा निरन्तरता
छोटो पृष्ठ लेखनको अन्त्य
हरेक २ वा ३ महिनामा कुनै न कुनै सम्पादनथनको आयोजना
हिमाल सुबेदीज्यूले प्रबन्धक अधिकारको निम्ति राख्नुभएको यस आवेदन र प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरूको अध्ययन गर्दा निम्र बमोजिमका न्युनतम योग्यताहरू अस्पष्ट देखिएको हुँदा सो विषयमा थप स्पष्ट पारिदिनहुन आग्रह गर्दछु।
प्रबन्धकलाई विशेष प्राविधिक औजारहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो औजारहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
मिडियाविकि एक्सटेन्सन, उपकरण, टुल्स कोडहरूको प्रयोग तथा जानकारी हुनुका साथै फ्याब्रिकेटर सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।
तपाईँको विचार यस विकिपिडियामा कुन नीति सबैभन्दा महत्वपूर्ण छ? यस विकिपिडियामा नीति तथा दिशानिर्देशसँग सम्बन्धित धेरै पृष्ठहरू निर्माणाधीन रहेका छन् भने कतिपय ठुटा अवस्थामा रहेका छन्, यस सम्बन्धमा तपाईँको धारणा के छ र यसलाई कसरी पूर्णता दिन सकिन्छ?--बिप्लब आनन्द(म सँग कुरा गर्नुहोस)०९:२४, ८ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
उत्तर
मेटाउन मिल्ने आधार पालना नीति:
नेपाली विकिपिडियामा रहेका ठुटो पृष्ठ मेटाउने तथा शीघ्र मेटाउन मिल्ने आधारलाई पूर्ण रूपमा पालना गर्नुपर्ने आवश्यक छ जस्तै यस नीति अन्तर्गत ६ सङ्ख्यामा रहेको प्राविधिक मेट्ने आधारलाई यहाँ पूर्णरूपमा पालना गरेको पाइएको छैन।
गैर अङ्ग्रेजी पृष्ठ शीर्षक नीति:
नेपाली विकिपिडियामा रहेका कयौँ गैर अङ्ग्रेजी पृष्ठहरूको शीर्षक यहाँ गलत रूपमा लेखिएको छ (उदाहरणका लागि:रेआल माद्रिद नामक विश्वप्रसिद्ध स्पेनी क्लबको नाम गलत तरीकाले रियल म्याड्रिड लेखिएको छ, विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्तिआनो रोनल्दोलाई गलत रूपमा क्रिस्टियानो रोनाल्डो लेखिएको छ।) जसलाई एउटा कडा नीति र मापदण्डको निर्माण गरि यस्ता समस्यहरूलाई निर्मूल पार्नु पर्दछ।
सामग्री अनुवादको दुरुपयोग:
विकिमिडियाद्वारा निर्माण गरिएको सामग्री अनुवादलाई नेपाली विकिपिडियामा गलत रूपमा प्रयोग गरिएको छ, यसको प्रयोग गर्नु हुँदैन त म भन्दिनँ तर विभिन्न भाषाबाट अनुवाद गरि बनाइएका पृष्ठलाई सामग्री अनुवाद गरि पूर्ण रूपमा प्रतिलिपी गरिएको छ। यस्ता पृष्ठहरूमा अत्याधिक हिज्जे गलत, व्याकरण गलत, भाषा गलत, गैर नेपाली भाषाको अत्याधिक प्रयोग, वाक्य गठन तथा लेखकमा त्रुटि जस्ता समस्य देखिएका छन् जसलाई नेपाली भाषी पाठकले बुझ्न निकै कठिन हुन्छ। उदाहरणका लागि यो हेर्नुहोस्
मिति र स्थानीय विद्यालय मेटाउने सम्बन्धित नीति:
नेपाली विकिपिडियामा हजारौँ मिति तथा स्थानीय विद्यालयहरूको पृष्ठ बनाइएको छ जुन भने सबै पृष्ठहरू ठुटो अवस्थामा रहेका छन्, मितिको सम्बन्धमा यस्ता पृष्ठहरूमा कुनै पनि सामग्री नरहेको र यन्त्रद्वारा निर्माण गरिएका छन् भने यस्ता पृष्ठहरू कयौँ वर्षदेखि अद्यावधिक गरिएको छैनन् भने स्थानीय विद्यालयका सम्बन्धमा यस्ता पृष्ठ हरूमा कुनै पनि ठोस स्रोतहरू रहेका छैनन् भने यी पृष्ठहरू उल्लेखनिय छैनन। त्यसैले यस्ता पृष्ठलाई मेटाउनका लागि एक ठोस नीतिको निर्माण गरिनु पर्दछ। (उदाहरणका लागि यो, यो हेर्नुहोला
नेपाली विकिपिडियामा रहेका केही विद्यालयका पृष्ठहरू बाहेक अन्य पृष्ठ उल्लेखनीय विषय होइनन्, किनभने त्यस्ता पृष्ठहरूमा न त स्रोत छ न त सामग्रीहरू नै छ। त्यसैले यस्ता पृष्ठहरूलाई पहिला शीघ्र मेटाउनका लागि नामाङ्कन गरि एकैपटकमा मेटाउन उपयुक्त हुन्छ र मितिको विषयमा पनि त्यस्तै अवस्था छ, मितिका कयौँ पृष्ठहरू यन्त्रद्वारा ठूलो मात्रामा बनाइएका छन् भने सबै पृष्ठमा एउटा शीर्षकहरूको प्रयोग भएको छ र ती पृष्ठहरू शीर्षकमा मात्र सिमित छन्, त्यहाँ कुनै पनि सामग्रीहरू तथा स्रोतहरू रहेका छैनन्। त्यसैले यस्ता पृष्ठहरूलाई मेटाउँदा गहिराइ बढाउनमा सहयोग मिल्दछ। धन्यवाद -हिमाल सुबेदी (कुरा गर्ने) १८:३४, ११ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।यसको संक्षिप्त परिणाम निम्न रह्यो:
सफल भएन--nShrestha २१:५३, ३० अप्रिल २०२० (नेपाली समय)
म, पिताम्बर भट्टराई, नेपाली विकिपिडियाको एक सक्रिय प्रयोगकर्ता हुँ तथा पुर्व प्रबन्धक रहेर पनि निकै योगदान दिएको छु। नेपाली विकिपिडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै सम्पादनमा योगदान दिईरहेको छु। हालमा मीडियाविकिका केहि अनुवाद कार्यहरूमा लागिरहेको छु । म सिसप भएर नेपाली विकिपिडियाको विस्तारमा अझ सक्रिय हुन सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु। सिसप पदको लागि जिम्मेवारी पाउनेछु भन्ने आशा छ। धन्यवाद! Pitambar Bhattarai (कुरा गर्ने) १५:४४, २१ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
तपाई पहिलेदेखिनै थुप्रै योगदानहरू दिँदै आउनुभएको छ र पूर्व प्रबन्धक पनि हुनुहुन्छ। तपाई जस्तो उर्जावान व्यक्तिलाई समर्थन गर्नुनै हामी सबैको कर्तव्य हो। मेरो तर्फबाट तपाईलाई पूर्ण समर्थन छ।-हिमाल सुबेदी (कुरा गर्ने) १८:५६, १० वैशाख २०७७ (नेपाली समय)
पिताम्बर ज्युले, पहिला प्रबन्धक भएर योगदान दिनु भएको थियो , अहिले पुन: यस नेपाली विकिपिडियामा नयाँ जोश र जाँगरको साथ फर्किनु भएको छ। म तपाईलाई विरोध गरेर तपाईको आत्मबल घटाउने वा निरुत्साहित गर्ने काम फिटिक्कै गर्दिन तथापि, तपाईद्वरा सृजना गरिएका लगभग १०-१५ वटा पृष्ठले प्रतिलिपी अधिकार उल्लङ्घन गरेको भेट्टाएको छु। कृपया त्यसलाई सके सम्म सुधार गर्नु हुन्छ भन्ने आशा लिएको छु। तपाईको नयाँ जोश र जाँगर प्रति मेरो निर्विरोध समर्थन छ। मेरो विचारमा तपाई प्रबन्धक बन्न योग्य प्रयोगकर्ता हो, सुक्रन जजिलन। पर्वत सुबेदी(कुरा गर्ने) १२:५३, १० वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
नेपाली विकिपिडियामा नीति तथा दिशानिर्देशहरूको अभावमा भैरहेको समस्यालाई समाधान गर्न हरेक सक्रिय योगदनकर्ता, प्रबन्धक तथा प्रशासकहरूलाई कम्तिमा तीन देखि पाँच वटा (आवश्यक अनुसार) नीति शीर्षकहरू छुट्याएर त्यसमा काम गर्न सकियो भने यो समस्याको सहज समाधान हुन्छ। मलाई बिषय र समय दिनुस म यस कार्यमा लागीपर्नेछु। हुन त यो स्व इच्छाले सम्पादन गर्ने थलो हो तैपनि नीति तथा दिशानिर्देशहरू निर्माण जस्ता महत्वपुर्ण कार्यहरूको लागी केहि विकिपरियोजनाको आयोजना गरेर पनि गर्न सकिन्छ। स्व इच्छाले सम्पादन गर्ने थलो भएकाले जो व्यक्तिको जुन बिषयमा लगाव हुन्छ त्यस व्यक्तिले त्यहि बिषयमा अभिरुचि राखी छलफल/वार्तामा सक्रिय हुने कुरा हो यस अर्थमा प्रबन्धक तथा प्रशासकहरूले त्यस्ता व्यक्ति र बिषयहरूको पहिचान गरि उनीहरूलाई छलफल/वार्तामा सहभागी गराउन सकिन्छ। धन्यवाद!- Pitambar Bhattarai (कुरा गर्ने) १७:२६, २३ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
यो कार्यको बारेमा तपाईको के के धारणाहरू छन्? प्रबन्धकको रुपमा कार्यहरू गर्दा तपाईको शक्ति र कमजोरीहरू के के रहनेछन्? के के कार्यहरू गर्न तपाई तयार हुनुहुन्छ र के के कार्य गर्न तपाई तयार हुनुहुन्न जस्तो लाग्छ? तपाईलाई हालको प्रबन्धनमा कुन कुन कुराहरू परिवर्तन हुनपर्छ जस्तो लाग्छ? यी प्रश्नहरूको सहि वा गलत उत्तरहरू छैनन्, तपाईको यस कार्य प्रतिको धारणा मात्र जान्न चाहेको हो।-BRP ever१८:०१, २३ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]