"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २६: पङ्क्ति २६:
श्री ३ मोहनले योजना परिषद् को आरम्भ गरि पञ्चवर्षीय विकास योजना र विकासका काम गर्न लगाउन थाले। उनले श्री३ पद्म शमशेर द्वारा घोषित [[नेपाल सरकार वैधानिक कानुन २००४|२००४ को वैधानिक कानुन]]लाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरि २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेर को झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा पर्यटन उद्योग र काठमाडौं- हेटौंडा राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा सिंहदरबारमा आकाशवाणी स्टेसन स्थापना गराए। त्यसै गरि रेडियो स्टेसन, हवाईविभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।
श्री ३ मोहनले योजना परिषद् को आरम्भ गरि पञ्चवर्षीय विकास योजना र विकासका काम गर्न लगाउन थाले। उनले श्री३ पद्म शमशेर द्वारा घोषित [[नेपाल सरकार वैधानिक कानुन २००४|२००४ को वैधानिक कानुन]]लाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरि २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेर को झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा पर्यटन उद्योग र काठमाडौं- हेटौंडा राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा सिंहदरबारमा आकाशवाणी स्टेसन स्थापना गराए। त्यसै गरि रेडियो स्टेसन, हवाईविभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।


गाउँ पञ्चायत, नगरपञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिए। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिए।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२६७|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
[[गाउँपञ्चायत|गाउँ पञ्चायत]], नगरपञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिए। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिए।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२६७|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>


== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५० ==
== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५० ==

०९:५६, १८ मे २०२० जस्तै गरी पुनरावलोकन

मोहन शमशेर जङ्गबहादुर राणा
१७ औं प्रधानमन्त्री (नेपाल) प्रधानमन्त्री
कार्यकाल
वि.सं. २००५ – वि.सं. २००७
पूर्वाधिकारीपद्म शमशेर
उतराधिकारीमातृका प्रसाद कोइराला
व्यक्तिगत विवरण
जन्मवि.सं. १९४२ पुस १३[१]
मृत्युवि.सं. २०
अभिभावकचन्द्र शमशेर

मोहन सम्शेर जंगबहादुर राणा राणा शासनका अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका र उतै बाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी चन्द्र शमशेरका जेठा छोरा थिए । उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र र जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिए।

कार्यहरू

श्री ३ मोहनले योजना परिषद् को आरम्भ गरि पञ्चवर्षीय विकास योजना र विकासका काम गर्न लगाउन थाले। उनले श्री३ पद्म शमशेर द्वारा घोषित २००४ को वैधानिक कानुनलाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरि २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेर को झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा पर्यटन उद्योग र काठमाडौं- हेटौंडा राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा सिंहदरबारमा आकाशवाणी स्टेसन स्थापना गराए। त्यसै गरि रेडियो स्टेसन, हवाईविभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।

गाउँ पञ्चायत, नगरपञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिए। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिए।[२]

भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५०

प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर वि. सं‍. २००७ श्रावण १६.

चीनले तिब्बत कब्जा गरेपछि वि. सं. २००७ श्रावण १६ सोमबार ३१ जुलाई, १९५० मा नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५० नेपालका प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरियेको थियो । १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि महाराज मोहन शमशेरले ठूलो सन्तोषको सास फेरेर भने, ‘मैले मेरो मुलुकको संप्रभुता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।’ यो खुसीयालीमा मोहन शमशेरले आफू वरिपरिका मानिसहरूलाई भोज खुवाउन पैसा पनि बाँडे।

सात सालको क्रान्ति

दिल्ली सम्झौता

दिल्लीमा राजा, राणा र कांग्रेस बीच त्रिपक्षीय वार्ता भयो जस अनुसार नेपालको वैधानिक राजा त्रिभुवन भए भने प्रधानमन्त्री मोहन शमशेर नै रहने भए । डा. के. आई. सिंहले सो सम्झौताको विरोधमा विद्रोह गरे ।

अन्तरिम मन्त्री मण्डल

दिल्ली सम्झौताअन्तर्गत १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने सहमति बनेको थियो । जसअनुसार वि. सं. २००७ फागुन ७ मा निम्न अनुसार मन्त्रि मण्डल बन्यो ।

राणा-काङ्ग्रेस मन्त्रीमण्डल (२००७ साल फागुन ७ गते)

निर्वासन

आफूले शासन गरेका प्रजाहरूबाट आफू शासित नहुने भनेर मोहन शमशेर वि. सं. २००८ मा स्व-निर्वासनमा गए ।

सन्तान

  • शरद शमशेर राणा
  • विजय शमशेर राणा
  • मोह भक्त राज्य लक्ष्मी
  • थगेन्द्र राज्य लक्ष्मी
  • रुपराज्य राज्य लक्ष्मी
  • लिला राज्य लक्ष्मी
  • महेन्द्र राज्य लक्ष्मी
  • शारदा राज्य लक्ष्मी [४]

मृत्यु

सन्दर्भ सामग्रीहरू

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २६६, आइएसबिएन 99933-2-406-X 
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २६७, आइएसबिएन 99933-2-406-X 
  3. २००७ साल फागुन ७ गतेको गो.प.
  4. [http://www.royalark.net/Nepal/lamb10.htm]

बाह्य कडीहरू