"रेक्विअम फर अ ड्रिम" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Krish Dulal द्वारा रेक्वीम फर अ ड्रिम पृष्ठलाई रेक्विअम फर अ ड्रिम मा सारियो
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ४: पङ्क्ति ४:
* [[Jennifer Connelly]]
* [[Jennifer Connelly]]
* [[Marlon Wayans]]
* [[Marlon Wayans]]
}}|based on={{Based on|''[[Requiem for a Dream (novel)|Requiem for a Dream]]''|Hubert Selby Jr.}}|screenplay={{ubl|[[Hubert Selby Jr.]]|Darren Aronofsky}}|producer={{ubl|Eric Watson|Palmer West}}|director=[[Darren Aronofsky]]|caption=Theatrical release poster|alt=Photo of an eye (top), movie title (middle), and a photo of a person standing on a pier (bottom)|gross=$7.4 million<ref>{{cite web | url=http://www.boxofficemojo.com/movies/?id=requiemforadream.htm | title=''Requiem for a Dream'' (2000) | work=[[Box Office Mojo]] | date=January 1, 2002 | accessdate=January 1, 2013 | archive-url=https://web.archive.org/web/20130213043800/http://www.boxofficemojo.com/movies/?id=requiemforadream.htm | archive-date=February 13, 2013 | url-status=live }}</ref>}}रेक्विम फर अ ड्रिम सन् २००० मा प्रदर्शनमा आएको अमेरिकी नाटकीय मनोवैज्ञानिक चलचित्र हो। यसको निर्देशन ड्यारेन एरोनोफ्सकी ले गरेका हुन्। मुख्य भूमिकामा एलेन बर्स्टिन, जारेड लेटो, जेनिफर कोनेल्ली र मार्लोन वायन्स रहेका छन्। यो चलचित्र ह्युबर्ट सेल्बी जुनियरको सोही नामको उपन्यास बाट प्रभावित भएको हो।
}}|based on={{Based on|''[[Requiem for a Dream (novel)|Requiem for a Dream]]''|Hubert Selby Jr.}}|screenplay={{ubl|[[Hubert Selby Jr.]]|Darren Aronofsky}}|producer={{ubl|Eric Watson|Palmer West}}|director=[[Darren Aronofsky]]|caption=Theatrical release poster|alt=Photo of an eye (top), movie title (middle), and a photo of a person standing on a pier (bottom)|gross=$7.4 million<ref>{{cite web | url=http://www.boxofficemojo.com/movies/?id=requiemforadream.htm | title=''Requiem for a Dream'' (2000) | work=[[Box Office Mojo]] | date=January 1, 2002 | accessdate=January 1, 2013 | archive-url=https://web.archive.org/web/20130213043800/http://www.boxofficemojo.com/movies/?id=requiemforadream.htm | archive-date=February 13, 2013 | url-status=live }}</ref>}}रेक्विअम फर अ ड्रिम सन् २००० मा प्रदर्शनमा आएको अमेरिकी नाटकीय मनोवैज्ञानिक चलचित्र हो। यसको निर्देशन ड्यारेन एरोनोफ्सकी ले गरेका हुन्। मुख्य भूमिकामा एलेन बर्स्टिन, जारेड लेटो, जेनिफर कोनेल्ली र मार्लोन वायन्स रहेका छन्। यो चलचित्र ह्युबर्ट सेल्बी जुनियरको सोही नामको उपन्यास बाट प्रभावित भएको हो।


==कथावस्तु==
==कथावस्तु==

०४:४६, २४ मे २०२० जस्तै गरी पुनरावलोकन

Requiem for a Dream
Photo of an eye (top), movie title (middle), and a photo of a person standing on a pier (bottom)
Theatrical release poster
निर्देशकDarren Aronofsky
पटकथा
निर्माता
  • Eric Watson
  • Palmer West
मुख्य कलाकार
छायाङ्कनMatthew Libatique
सम्पादनJay Rabinowitz
सङ्गीतClint Mansell
वितरक
कम्पनीहरू
वितरकArtisan Entertainment
प्रदर्शन मिति
  • १४ मे २००० (2000-05-14) (Cannes)
  • ६ अक्टोबर २००० (2000-10-06) (US)
  • ३ नोभेम्बर २००० (2000-11-03) (Canada)
अवधि
101 minutes[१]
देशUnited States
भाषाEnglish
बजेट$4.5 million
बक्स अफिस$7.4 million[२]

रेक्विअम फर अ ड्रिम सन् २००० मा प्रदर्शनमा आएको अमेरिकी नाटकीय मनोवैज्ञानिक चलचित्र हो। यसको निर्देशन ड्यारेन एरोनोफ्सकी ले गरेका हुन्। मुख्य भूमिकामा एलेन बर्स्टिन, जारेड लेटो, जेनिफर कोनेल्ली र मार्लोन वायन्स रहेका छन्। यो चलचित्र ह्युबर्ट सेल्बी जुनियरको सोही नामको उपन्यास बाट प्रभावित भएको हो।

कथावस्तु

'सारा गोल्डफार्ब' एउटी विधवा महिला हुन् जो एक्लै ब्राइटनको किनारमा बस्छिन् र हर समय टेलिभिजनमा बिताउँछिन्। उनको छोरा 'ह्यारी' हिरोइन दुर्व्यसनमा लिप्त हुन्छ जसलाइ साथी 'टाइरन' र गर्लफ्रेण्ड 'मारियन' ले साथ दिन्छन्। आफ्नो सपना साकार गर्नका लागि यी तीन जना मिलेर हिरोइनको ओसारपसार गर्छन्। दुवैले अलग अलग सपना बुनिसकेका हुन्छन्। 'मारियन'को डिजाइनमा ह्यारी र मारियन ले कपडा पसल खोल्ने योजना बनाउँछन् भने 'टाइरन' चाहिँ अल्पसङ्ख्यक बस्ने सानो नगरलाई छोडेर ठूलो ठाउँमा आरामपुर्वक बस्नको लागि आमाको स्विकृति लिन जाने प्लान बनाउँछ। सारा लाइ मन पर्ने टेलिभिजन गेम सो मा सहभागिता जनाउनका लागि फोन आउँछ र उनी ह्यारीको ग्र्याजुएसनको दिन लगाएको रातो कुर्तामा फिट हुन डाइटिङ् गर्न थाल्छिन्।

साथीको सल्लाह मान्दै सारा ले एउटा चिकित्सकसँग भेट गर्न समय मिलाउँछिन्। क्षुधा (भोक) नियन्त्रण गर्न डाक्टरले उनलाइ एम्फिटामाइन (amphetamine) को प्रयोग गर्न सिफारिस गर्छ। उक्त औषधीको प्रयोगले उनी छिटो छिटो तौल घटेको अनुभव गर्छिन् र आफ्नो ऊर्जा को स्तर बढेकोमा उत्साहित पनि हुन्छिन्। जब ह्यारीले उसको आमाले औषधी सेवन गर्दै गरेको थाहा पाउँछ, उसले तुरून्त त्यो औषधी बन्द गर्न अनुरोध गर्छ तर साराले टेर्दिनन्। उल्टै भन्छिन कि त्यही औषधी को कारण आफ्ना साथीहरूबाट प्राप्त हौसला र टेलिभिजनमा देखिन पाउने मौका नै उनको बाँकी जीवन जिउने आधार हुन् । टेलिभिजनमा निमन्त्रणा आउने कुराले उनी यति उत्साहित हुन्छिन् कि डाक्टरको सल्लाह विना नै एम्फिटामाइनको खुराक आफैँ बढाउन पुग्छिन जसले उनलाई एम्फिटामाइन साइकोसिसको लक्षण देखिन थाल्छ।

सिलिसियन माफिया र कालोधन्दा गर्नेहरूको भीडन्तमा टाइरन समातिन्छ र निर्दोस हुँदाहुँदै पनि गिरफ्तार हुन पुग्छ। ह्यारीले टाइरनलाइ जमानतमा छुटाउनका लागि कमाएको सबै पैसा खर्चन्छ। त्यही बेला स्थानिय स्तरमा हिरोइनको आपुर्ती माथी प्रतिबन्ध लगाइन्छ र उनीहरू किंकर्तव्यविमूढ हुन्छन्। फ्लोरीडाबाट न्युयोर्क हुँदै माल दोब्बर मुल्यमा आउने कुराको सुँइको टाइरनले पाउँछ। उता ह्यारीले मारियनलाइ ड्रग्सका लागि केही पैसा जम्मा गर्नका लागि मारियनको मनोचिकित्षक आर्नोल्डसँग वेश्यावृत्ति गर्न उकास्छ। यो अनुरोध र वेश्यावृत्तिबाट मारियनले कमाएको २००० डलरले समेत ह्यारीले ड्रग्स ल्याउन नसकेको कारण उनीहरूको सम्बन्धमा खटपटी आउँछ। उता साराको शरीरमा एम्फिटामाइनको मात्रा बढी भएकाले उनको sense of reality distort हुन पुग्छ।

आफू कहिले टेलिभिजनमा देखा पर्छु भन्ने बारे निश्चिन्त हुनका लागि सारा आफ्नो आवासगृह बाट दौडँदै मेनह्याट्टनमा रहेको कास्टीङ् एजेन्सी अफिसमा पुग्छिन्। साराको अनौठो व्यवहारका कारण उनको मानसिक अवस्था ठीक नभएको अनुभव गर्दै रेलका केही व्यक्तिहरूले उनलाइ अस्पतालको साइकाइट्रिक वार्डमा पुर्याउँछन्। तर कुनै पनि औषधी ले उनीमाथी असर नपुर्याएपछि विद्युतीय झट्का दिइन्छ। होलसेलरबाट सिधै माल किन्नका लागि ह्यारी र टाइरन मायामी जान्छन् तर उनीहरूलाइ ह्यारीको बढ्दो पाखुराको घाउका कारण अस्पतालमै बस्न जोड दिइन्छ। डाक्टरलाइ यस्तो अवस्था ड्रग एडिक्टको मात्र हुन्छ भन्ने थाहा हुन्छ र दुवैलाइ गिरफ्तार गरिन्छ।

न्यूयोर्कमा मारियनले हिरोइन पाउनका लागि ह्यारीकै बिन्दास साथी पिम्पसँग संसर्ग गर्छिन् र उनले अझै धेरै हिरोइन हत्याउन पिम्प कै अनुरोधमा मानहानी हुने किसिमको सेक्स सो मा पनि जान तयार हुन्छिन्। साराको उपचार गर्दागर्दै उनी आफैँ केही गर्न नसक्ने अवस्थामा पुग्छिन्। ह्यारीको सङ्क्रमित पाखुरालाइ चिरेर फालिन्छ र उसलाइ भावनात्मक तरिकाले यो सिकाइन्छ कि अब मारियन उसलाइ भेट्न आउने छैन। मारियन आफ्नो काम सकेर घर फर्किन्छिन्। आफ्ना कुच्चिएका, खुम्चिएका र मुजा परेका कपडाको डिजाइनले घेरिएको अवस्थामा हअवैध लागुऔषध पक्रँदै उनी सोफामा लड्छिन्। उता टाइरनलाइ भने जेलका सिपाहीहरूले धेरै काम गगर्न लगाइ मानसिक तनाव दिन्छन्।

सन्दर्भ सामाग्रीहरू

बाह्य लिङ्क

  1. "REQUIEM FOR A DREAM (18)", British Board of Film Classification, नोभेम्बर २३, २०००, मूलबाट अप्रिल १६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १, २०१३ 
  2. "Requiem for a Dream (2000)", Box Office Mojo, जनवरी १, २००२, मूलबाट फेब्रुअरी १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १, २०१३