"रागिनी उपाध्याय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
फोटो थप
पङ्क्ति ५: पङ्क्ति ५:
| native_name = रागिनी उपाध्याय
| native_name = रागिनी उपाध्याय
| native_name_lang = नेपाली
| native_name_lang = नेपाली
| image =
| image =Ragini.jpg
| caption = रागिनी उपाध्याय
| caption = रागिनी उपाध्याय
| birth_name =
| birth_name =

०९:०३, १२ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

रागिनी उपाध्याय
रागिनी उपाध्याय
चित्र:Ragini.jpg
रागिनी उपाध्याय
जन्म (1959-11-09) ९ नोभेम्बर १९५९ (उमेर ६४)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातकोत्तर (ललितकला)
पेशाललितकला, गीतकार, साहित्य
कार्यकालसन् १९७९ देखि वर्तमान
चिनारीको कारणचित्रकला, गीतकार, समाजसेवा
उल्लेखनीय कार्य
'सुँगुरको मुखमा स्याउ', 'भ्रष्टाचारको साङ्लो', 'देवी र महिला', 'पौराणिक र वस्तविकता', 'प्रकृति आफैँ बोल्छ', 'गाईजात्रा', 'रङ्ग रागिनी'
गृहनगरबालकोट, भक्तपुर
जीवनसाथीअल्बर्ट ग्रेला[१]
सन्तानशिवाता
मातापिताकान्तप्रसाद उपाध्याय (बुवा) र सुशीला उपाध्याय (आमा)
पुरस्कार'बीरेन्द्र-ऐश्वर्या स्मृति पदक', (सन् २००२, नेपाल)
'केट एन्ड रोबर्ट विल्सन पुरस्कार', (सन् १९८६, ब्राडफोर्ड, युके)
'ग्लापेव सम्मान २०१९ आर्टिस्ट अफ द इअर', (भारत निर्माण फाउन्डेसन, भारत)
वेबसाइटरागिनी-आर्ट डटकम

रागिनी उपाध्याय (जन्म: सन् १९५९ नोभेम्बर ९) नेपाली चित्रकार, गीतकारसमाजसेवी हुन्।[२][३]काठमाडौँको ब्राह्मण परिवारमा बुवा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ सन्तानका रूपमा जन्मिएकी उनी कान्छी छोरी हुन्।[४] पौराणिक पात्रलाई आधुनिकतासँग जोडेर समयचेत बोल्ने उनको चित्रकलामा परम्परा र आधुनिकताको 'फ्युजन' पाइन्छ। [५]सन् १९७९ मा पहिलोपटक एकल चित्रकलामार्फत् नेपाली कला आकाशमा उदाएकी रागिनीको जीवनको 'टर्निङ् पोइन्ट' भने सन् १९८६ मा तत्कालीन राजा बीरेन्द्रको जन्मोत्सवको अवसरमा तत्कालीन महारानी ऐश्वर्य शाहद्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी रहेको थियो।[६]

रागिनीले बुबाको सहयोग र प्रेरणाबाट[१] आफूँलाई चित्रकलाको क्षेत्रमा स्थापित गर्न सकिन्। उनले विश्वका दुई दर्जनभन्दा बढी देशमा ६५ वटा भन्दा बढी एकल तथा दर्जनौँ संयुक्त कला प्रदर्शनी गरिसकेकी छिन्।[७] उनको कलाको प्रसंशा बालकृष्ण सम, बीपी कोइरालादेखि अभि सुवेदीसम्मले गरिसकेका छन्।[८]

प्रतीकात्मक कलाकार भएको कारणले उनी निधारमा कहिले सर्प अङ्कित, कहिले त्रिशूल अङ्कित त कहिले उदाउँदो सूर्य अङ्कित टीका लगाउने गरेकी छिन्।[९]नेपालमा एउटा आधुनिक र सुविधा सम्पन्न ललितकला सङ्ग्राहलय स्थापना गर्ने[१०]उद्देश्यका साथ उनी[११] नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पहिलो महिला कुलपति बनेकी थिइन्।[१२]

एकै विषयलाई आधार मानेर चित्र कोर्ने प्रयोगलाई स्थापित[१३] गर्न सफल रागिनीले कलाको क्षेत्रमा आफ्नो योगदानको कारण उनले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छिन्। उनी महिला कलाकार समूहकी संस्थापक अध्यक्ष[१४], विपी कोइराला फाउन्डेसन र बार्वारा पिस फाउन्डेसनको कार्यसमिति सदस्य तथा शिवाता लभ फाउन्डेसनकी अध्यक्षसमेत हुन्।[१५]स्थायी कलाकर्मीको रूपमा पहिचान बनाइसकेकी रागिनीले छोरीका लागि शिक्षा कार्यक्रमबाट सामाजिक क्षेत्रमा हात हाल्नुका साथै [१६][१७] 'रङ रागिनी' नामक गीती एल्बम[१८][१९] जारी गरिसकेकी छिन्। यस वाहेक उनले नेपालको विभिन्न राष्ट्रिय पत्रपत्रिकाको लागि समय समयमा लेखहरू लेख्दै आएकी छिन्।[२०]

प्रारम्भिक जीवन

रागिनी उपाध्यायको जन्म बुबा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ तथा कान्छी सन्तानका रूपमा सन् १९५९ नोभेम्बर ९ का दिन काठमाडौँमा भएको हो।[३] पुर्ख्यौली घर तनहुँको चुँदी, रम्घामा भए पनि उनको बाजे पण्डित देवीप्रसाद उपाध्यायले बच्चाहरूको शिक्षादीक्षा तथा तराईमा खेतीपाती पनि राम्रो हुने भएकोले परिवारसाहित रामनगर झरेका थिए। रामनगर सुगौली सन्धिअघि नेपालमा भए पनि अहिले त्यो भूभाग भारतमा पर्दछ। संयुक्त परिवारमा बसेका उनको परिवारका केही सदस्य भारतको वाराणसीमा व्यापार गरी बसेको छ। चित्रकार उपाध्यायको जन्म काठमाडौँमा भए पनि उनको बाल्यकाल भारतको बेतिया, इलाहाबादमा बितेको थियो।[४][२१]

शिक्षा

पारम्परिक नेपाली समाजमा जन्मेकी तथा छोरीहरूलाई पढाउन हुन्न भन्ने मान्यता व्यापत रहेको समयमा उनको परिवारले भने उनलाई सानै उमेरमा औपचारिक शिक्षा प्राप्तिको लागि भारतको बेतियास्थित क्याथोलिक स्कुलमा भर्ना गरिदिएका थिए।[३]रगिनीले क्याथोलिक स्कुलबाट प्राथमिक शिक्षा प्राप्त गरेपछि कक्षा ९ देखि प्रमाणपत्र तहसम्मको शिक्षा इलाहाबादको क्रस्थवेट गर्ल्स इन्टर कलेजबाट पुरा गरेकी थिइन्। त्यसपछि उनी भारतको लखनऊस्थित लखनउ कला तथा शिल्प महाविद्यालयमा दाखिला लिइन् जहाँबाट उनले सन् १९८२ मा ललितकला विषयमा स्नातक तह पूरा गरिन्। परिवारको अस्वीकृति भएतापनि रागिनीले नयाँ दिल्ली स्थित गढी आर्ट भिलेजबाट तीनवर्षे मुद्रणकला विषयको अध्ययन गरिन्। सन् १९८६ मा नेपाल फर्केपछि रागनीले कलासम्बन्धी थप अध्ययन गर्न सन् १९८७ मा ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा अक्सफोर्ड प्रिन्ट मेकर्स इन्स्टिट्युटबाट प्रिन्ट मेकिङमा डिप्लोमा गरिन्। यसै गरि सन् १९८९ मा उनले स्टुगार्ड, जर्मनीको 'कुन्स्त एकेडेमी'मा छात्रवृत्ति पाएर ललितकलासम्बन्धी अध्ययन पूरा गरिन्।[४]

चित्रकला यात्रा

विद्यार्थी जीवन

सानै उमेरदेखि चित्रकलामा रुचि राख्ने रागिनीको बुबाले उनलाई जन्मदिनको अवसरमा रङ्गहरू उपहारमा दिने गर्दथे। इलाहाबादस्थित क्रस्थवेट गर्ल्स इन्टर कलेजमा अध्ययन गर्दै गर्दा २५ वटा विद्यालयहरू सहभागी भएको चित्रकला प्रतियोगितामा प्रथम भएर शिल्ड ल्याएपछि विद्यालय प्रशासन र विद्यार्थीको नजरमा परिन्।[३]सोही कलेजमा पढाउने एक जना कपुर भन्ने शिक्षिकाले रागिनीको कलाप्रतिको झुकाव बुझेर उनलाई ललित कला पढ्न सल्लाह दिएकी थिइन्।[३]

चित्रकलाप्रतिको मोहकै कारण परिवारसँग सङ्घर्ष गरि परिवारलाई मनाएर ललित कला विषयमा स्नातक अध्ययन गर्न उनी लखनउ गएकी थिइन्। उनले आफ्नो चित्रकलाको शीपलाई थप नयाँपन र स्तरीय बनाउनको लागि मुद्रणकला विषयको अध्ययन गरिन्।

कलाकारको रूपमा

नेपाल फर्केपछि उनले आफ्नो बुवाको आर्थिक सहयोगमा थापाथलीमा स्टुडियो खोलिन्। कामको लागि उनले तत्कालीन रानी ऐश्वर्यलाई पत्र लेखेकी थिइन्। उनकै सिफारिसमा रागिनीलाई नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति लैनसिंह बाङ्देलले बोलाएर नाफामा प्रदर्शनीका लागि तयारी गर्न भनेका थिए।[२२] सन् १९८६ डिसेम्बर २८ मा तत्कालीन राजा बीरेन्द्रको जन्मोत्सवको उपलक्ष्यमा उनको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)मा ४९ वटा तैलचित्र (ओइल पेन्टिङ) प्रदर्शन गरिएको थियो। तत्कालीन रानीद्वारा प्रदर्शनी उद्घाटन हुने सूचना एक हप्ताअघिदेखि रेडियो नेपालबाट प्रसारण गरिएको थियो।[२२] १५ दिनसम्म चलेको उक्त प्रदर्शनीमा उनको सबै चित्रहरू बिक्री भयो भने यो प्रदर्शनी रागिनीको लागि कोशेढुङ्गा सावित भएको थियो। उक्त प्रदर्शनीमा सबैजसो देशका नेपालस्थित राजदूतहरूहरूको उपस्थिति रहेको थियो।

व्यक्तिगत जीवन

रागिनीको आर्ट ग्यालरी व्लु वर्डमा थियो। त्यहीँ उनको भेट बेल्जियमको नागरिक अल्बर्ट ग्रेलासँग[२३] भयो। अल्बर्टसँग उनी प्रेममा परिन्। कट्टर बाहुनकी छोरी उनी विदेशीसँगको सम्बन्धलाई परिवारले स्वीकार्ने कुरै थिएन। यसैबिच उनी ३ महिना जापानको चित्रकला पर्दर्शनीमा गइन्। प्रेममा डुबिसकेका उनीहरू यसरी टाढा हुँदा झन् एक अर्काको महत्त्वलाई बुझ्ने थप मौका मिल्यो। उनीहरूको प्रेम झनै झाङ्गियो। त्यहाँबाट फर्केपछि सन् १९९१ मा उनीहरूले कोर्ट म्यारिज गरे र सन् १९९२ मा उनीहरू बेल्जियम गए। बेल्जियमबाट फर्किएपछि सन् १९९५ अप्रिल २२ मा पाटन अस्पताल, ललितपुरमा उनको छोरी शिवाताको जन्म भयो। जीवनलाई सङ्घर्षको रूप ठान्ने उनको जीवनमा ठूलो बज्रपात पर्‍यो। २० वर्षकै कलिलो उमेरमा दुर्लभ मेनेन्जाइटिस विले गर्दा उनकी छोरी शिवाताको देहान्त भयो।[२४]

टीकाको रहस्य

प्रतिकात्मक कलाकी पर्याय रागिनीले लगाउने टीकाले पनि प्रतिकात्मक अर्थ बोक्छ। उनले सबैभन्दा सुरूमा लगाउने सर्पको टीकाले जीवनको लालशालाई प्रतिबिम्बित गर्दछ। सर्प जीवनका इच्छाहरूका प्रतिबिम्बहरू हुन्। जन्मदेखि मृत्युसम्म मानिसको इच्छाको यात्रा कहिल्यै रोकिन्न। इच्छाहरू पछि जीवनका सपनाहरूसँग पनि जोडिने गर्छ। जीवन भनेको नै जन्म र मृत्युसम्म इच्छारूपी नागहरूले घेरिएको युद्धयात्रा हो। केही कुरा जान्ने इच्छा, पढाइको इच्छा, सम्पत्तिको इच्छा, नामको इच्छा, पदको इच्छा, सफलताको इच्छा एकपछि अर्को गर्दै आउने इच्छाधारी सर्पहरू हुन्। मान्छे ती सपनामा लोभिएका हुन्छन् र तिनलाई सन्तुलन गर्न सक्यो भने मात्र जीवन सफल हुन्छ। भगवान शिवले सन्तुलन गर्न सकेका हुनाले सर्पको माला लगाए पनि उनलाई कुनै डर हुँदैन। विष्णुले आफ्ना इच्छाहरू (नाग)लाई दबाएर सुतेका हुन्छन्। सर्पमा विष हुन्छ र त्यसलाई उपयोग गर्न सक्यो भने औषधी पनि बनाउन सकिन्छ। यसरी इच्छाहरूले भरिएको मस्तिष्कलाई सन्तुलन बनाउन सक्यो भन्यो मात्र जीवन सुन्दर बन्छ भन्ने सन्देशात्मक प्रतीकका रूपमा उनी सर्पको टीका लगाउँथिन्। जीवन सङ्घर्षले भरिपूर्ण छ। आफ्नो घरदेखि समाजसम्म, देशदेखि विदेशसम्म सबैतिर सङ्घर्ष गरेकी उनको जीवन पनि सङ्घर्षपूर्ण छ। बिद्रोही स्वभावकी रागिनीले पहिलो बिद्रोह घरबाटै गरिन्। पढ्नका लागि सङ्घर्ष गरिन्, चित्रकला विषय रोज्न सङ्घर्ष गरिन्, विवाहका लागि सङ्घर्ष गरिन्। पितृसत्तात्मक समाजमा जन्मेकी उनी महिला हुनुले पनि धेरै सङ्घर्ष गर्नुपरेको छ। वंश कर्मले चल्छ जन्मले चल्दैन भन्ने सोचकी उनी समानताका लागि शिक्षा अनिवार्य हुन्छ भन्छिन्। शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ भन्ने मान्यताकी उनी सरस्वती भएपछि लक्ष्मी आफैँ आउने बताउँछिन्।[२५] महिलाहरूले गर्नुपरेको सङ्घर्ष उनीहरूमाथिको विभेदका विरूद्धमा उनले प्रतिकात्मक रूपमा त्रिशूलको टीका लगाइन्। त्रिशूल न्यायको प्रतिक, सङ्घर्षको प्रतिक अन्यायको विरोधमा दुर्गा र शिवजीको त्रिशूल महिला शक्तिको प्रतीकका रूपमा उनले त्रिशूल अङ्कित टीका लगाइन्।[२६] सङ्घर्षपूर्ण उनको जीवनमा एउटा यस्तो दूर्घटना भयो जसले उनको जीवनलाई नै परिवर्तन गरिदियो। उनको सोच र जीवन जिउने तरिकालाई नै बदलिदियो। उनले अत्यन्तै माया गर्ने आफ्नो छायाको रूपमा ग्रहण गरेकी छोरी शिवताको अचानक मृत्यु भयो। उनले काम गर्न छाडिन्। उनले जीवन भनेको के हो भन्ने बुझ्ने प्रयास गरिन्। उनले निश्कर्ष निकालिन्- ज्ञानको ज्योति नै जीवनको पर्याय रहेछ। जीवन भनेको अनन्तसम्मको सिकाइ रहेछ। यसैको प्रतिकात्मक अर्थमा उदाउँदो सूर्यको टीका लगाउन थालिन्। सूर्य भनेको प्रकाश हो, ज्ञान हो, शिक्षा हो र आत्मसचेतना हो।[२७]

रागिनीको सङ्घर्ष

सन् १९७८ मा ललितकला पढ्न लखनऊ गएदेखि नै रागिनीको जीवनमा सङ्घर्षको दिन सुरू भयो। भारतको इलाहाबादको गर्ल्स स्कुलको स्वतन्त्रतामा रमाएकी उनलाई लखनऊ साँघुरो लाग्न थाल्यो। उनी आम केटीजस्तै शिर निहुराएर हिँड्ने खालकी थिइनन्, आँटिली थिइन्, परिस्थितिसँग जुधिन्, सङ्घर्ष गरिन्, प्रतिवाद गरिन् र पटकपटक क्याम्पस प्रमुखसँग गुनासो गरिन्। क्याम्पस प्रमुखले चूप लागेर बस्न दिएको सल्लाह उनलाई मन परेन र त्यसलाई चित्रमा उतारिन्- 'बाकसभित्र बन्दी महिला र बाहिर फणा उठाइरहेका काला सर्पहरू'। छोरीलाई पढाउन हुन्न भन्ने बेलामा पनि उनको बुबाले उनलाई इलाहाबादको गर्ल्स होस्टलमा राखिदिए। तर उनी पढ्नमा कमजोर थिइन्। उनलाई गणित, अर्थशास्त्र केही आउँदैन थियो र बुबालाई प्रिन्सिपलले गुनासो गर्थे 'तिम्रो छोरीले पढेर खाँदैन।' त्यहीबेला उनले ९ कक्षा पढ्दा जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएर स्कुललाई शिल्ड ल्याएपछि बल्ल उनको प्रतिभालाई चिन्न थाले शिक्षकहरूले। कला शिक्षिकाले उनको प्रतिभा चिनेर 'फाइन आर्ट पढ्ने किरा' उनको दिमागमा हालिदिइन्। त्यही किरा निकाल्न लखनउ जान घरपरिवारमा सङ्घर्ष गर्नुपर्‍यो।[२८] उनी हार मान्ने खालकी थिइनन् र जितिन् त्यो सङ्घर्ष पनि। छोरीलाई पढाउन हुँदैन, पढाएपछि अनुहारमा कालो पोतिदिन्छ भन्ने समाजको कुरा सुनेर रूँदै बुबासँग आउने उनलाई बुबाले 'मान्छे हात्तीजस्तो हुनुपर्छ, स्याल, फ्याउराहरूले टाढै बसेर भुक्छन्। हामी वास्तै नगरी अगाडि बढ्नुपर्छ' भनेका उक्तिलाई पछ्याउँदै, कुनै कुराको प्रवाह नगरी हात्तीजस्तै अगाडि बढिरहिन्। बुवाको देहावसानपछि उनले नारी शरीर र हात्तीको मिश्रण गरिएको, हात्ती लम्किरहेको, स्याल, फ्याउराहरू भुकिरहेको, डाहले जल्नेहरू आगो ओकलिरहेको चित्र बनाइन् र बुबालाई भन्न चाहिन् 'बुबा म तपाईंले भनेजस्तै हात्ती भएँ।'[२९]

कलायात्राको कोशेढुङ्गा

सन् १९७९ मा नाफामा भएको प्रदर्शनीमा उनको चित्र हेर्न विश्वेश्वरप्रसाद कोइरालाबालकृष्ण सम आएका थिए। त्यसले उनको चित्रकलाको यात्रालाई थप हौसला थप्यो।[३०] त्यो घटना उनी जीवनमा कहिल्यै बिर्सिनन्। सन् १९८६ मा तत्कालीन राजा बीरेन्द्रको जन्मोत्सवमा भएको प्रदर्शनीमा रानी ऐश्वर्याले उद्घाटन गर्नु र त्यसैको प्रभावले उनले इङ्ग्ल्याण्डको छात्रवृत्ति पाउनु पनि उनको चित्रकला यात्राको सम्झनलायक मोड हुन्।[३१] उनको कलायात्रालाई विवाहले पनि सकारात्मक मोड दियो। उनको श्रीमान्‌बाट यो क्षेत्रमा लाग्न थप उत्प्रेरणा र साथ पाइन्। उनको जीवनमा हृदयविदारक एउटा दूर्घटनाले पनि परिवर्तनको अर्को मोडमा पुर्या यो। त्यो कारूणिक घटना थियो उनको छोरीको असामयिक देहावसान। त्यस दुःखद क्षणले उनको चित्रकलाको पाटो नै परिवर्तन गरिदियो। छोरीको चित्रकलाबाट प्रभावित भएर उनी शिव रागिनी बनिन् र छोरीबाट धेरै प्रेरणा लिइन्।

साहित्यमा रागिनी

उनको सिर्जना चित्रकलामा मात्र सिमित छैन। उनी पत्रपत्रिकामा लेखहरू लेख्छिन् र गीतहरू सिर्जना गर्छिन्। उनको 'धर्ती' गीतको भिडियो सार्वजनिक भइसकेको छ।[३२] उनको गीती एल्वम 'रंग रागिनी' पनि बजारमा आइसकेको छ।[३३]

समाजसेवामा रागिनी

रागिनी उपाध्यायले दिवंगत छोरी शिवाताको स्मृतिमा सन् २०१६ मा 'शिवाता लभ फाउण्डेशन' नामको संस्था खोलेकी छिन्।[३४] उनी अध्यक्ष रहेको सो संस्थाले चित्रकला प्रदर्शनीबाट संकलित रकमले नेपालका अभावग्रस्त छोरीहरूका शिक्षाको क्षेत्रमा लगानी गर्ने गर्दछ।[३५]

सम्प्रति

  • पूर्व कुलपति- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान[३६]
  • सदस्य- बीपी कोइराला भारत-नेपाल प्रतिष्ठान [३७]
  • सदस्य- बारबारा फाउन्डेशन[३८]
  • निर्देशक- आर्टिष्ट प्रुफ ग्यालेरी, नेपाल[३९]
  • संस्थापक सभापति- महिला कलाकार समूह नेपाल[४०]
  • संस्थापक सभापति- शिवता लभ फाउण्डेशन[४१]

पुरस्कार तथा सम्मान

  • राष्ट्रिय प्रर्दशनी पुरस्कार, सन् १९७९, नेपाल
  • राष्ट्रिय प्रर्दशनी पुरस्कार, सन् १९८५, नेपाल
  • राष्ट्रिय प्रर्दशनी पुरस्कार, सन् १९८८, नेपाल
  • केट एण्ड रोवर्ट विल्सन पुरस्कार, सन् १९८६, ब्राडफोर्ड, बेलायत[४२]
  • बीरेन्द्र-ऐश्वर्या स्मृति पदक, सन् २००२, नेपाल[४३]
  • नेपालका ५० प्रतिभाशाली महिला, सन् २००५, द बोस, नेपाल
  • संकल्प सम्मान, संकल्प नेपाल कल्याणकारी समाज, नेपाल
  • 'बेष्ट स्टुडेन्ट अवार्ड इन १०० इयर्स अफ लखनउ कलेज अफ आर्ट एण्ड क्राफ्ट्स', लखनऊ, भारत
  • तोरण कुमारी कला संस्कृति पुरस्कार, नेपाल
  • वरिष्ठ कलाकार सम्मान, नेपाल वाणिज्य कलाकार संघ, नेपाल
  • भद्रकुमारी सेवा सदन सम्मान, नेपाल
  • सामाजिक कार्यका लागि सहमति सम्मान, नेपाल
  • मानार्थ आजीवन सदस्य, आर्ट सर्कल, यु.पि. लखनऊ, भारत
  • ग्लापेव सम्मान २०१९ आर्टिष्ट अफ दि इयर, भारत निर्माण फाउन्डेशन, भारत
  • शब्दयात्रा महिला प्रतिभा सम्मान, २०७६, शब्दयात्रा प्रकाशन, बनेपा, काभ्रेपलाञ्चोक

तस्बिर सङ्ग्रह

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "रागिनी रङ", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  2. "अब पुस्तकमा कलाकार रागिनी", स्क्रिन नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ कोइराला, अच्युत, "रागिनीका रङहरु", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  4. ४.० ४.१ ४.२ "रागिनी उपाध्याय ग्रेला", नारी पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  5. "पृथ्वीका सम्पुर्ण आमा र छोरीहरुलाई समर्पित गरेर चित्रकला प्रदर्शनी", हङ्गगामा टुडे (नेपालीमा), २०१९-०३-१३, अन्तिम पहुँच २०२०-०८-११ 
  6. "१०१ प्रभावशाली महिला", नारी पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  7. "पीडा भुल्दै, घर भित्रै सृजना फुलाउँदै कलाकार", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  8. "बीपीले नारीभाव सजिलै बुझ्नुभयो", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  9. "टीकामा सर्प र त्रिशूलपछि उदाउँदो सूर्य लगाउँछु : रागिनी उपाध्याय", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  10. "रागिनी उपाध्याय", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  11. "'लीडर' महिला", हिमाल खबरपत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  12. "बजेटले नदेखेको कला संघर्ष", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  13. "कथा कला र कलाकारको", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  14. "पेन्टिङमा महिला", हिमाल खबरपत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  15. "Shivata Love Foundation – Love is our key to prevent humanity's collapse" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  16. "‘अभावमा बाँचेका’ छोरीलाई सहयोग गर्न वरिष्ठ भारतीय कलाकारद्वारा ‘चित्र प्रदर्शनी’", नयाँविश्व (नेपालीमा), २०१८-०५-२६, अन्तिम पहुँच २०२०-०८-११ 
  17. "रागिनी उपाध्यायकी छोरीको सम्झना लोक कला प्रवर्धनका लागी", SBS Your Language (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  18. "रागिनी रङ", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  19. "रागिनीको ‘धर्ती’ सार्वजनिक", सामचार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  20. "रागिनी उपाध्याय", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  21. "काठमाडौं सहर थिएन : रागिनी उपाध्याय", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  22. २२.० २२.१ "रागिनीले रोजेका तीन किताब", नेपाल म्याग (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  23. "Short CV", grela.be, अन्तिम पहुँच २०२०-०८-११ 
  24. "छोरीको शोकमा रुन्छन् अचेल रागिनीका चित्रहरु", www.chakrapath.com (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  25. सोचमा परिवर्तन गरौं-इकान्तिपुर डटकम
  26. टीकामा सर्प र त्रिशूलपछि उदाउँदो सूर्य लगाउँछु : रागिनी उपाध्याय-नयाँपत्रिकाडेली डटकम
  27. छोरी सम्झिँदै रागिनी-इकान्तिपुर डटकम
  28. रागिनीका रङहरु-नागरिक न्युज डटकम
  29. रागिनी रङ-अन्नपूर्णपोष्ट डटकम
  30. बीपीले नारीभाव सजिलै बुझ्नुभयो- इकान्तिपुर डटकम
  31. बेपत्ताः दरबारका कलाकृति-साहित्यसङ्ग्रह डटकम
  32. रागिनीको ‘धर्ती’ सार्वजनिक-समाचारदैनिक डटकम
  33. रागिनीको ‘रङ्गरागिनी’ लोकार्पण- कलाडट लाइकनेपाल डटकम
  34. शिभता लभ फेसबुक पेज
  35. छोरीको सम्झनामा रागिनीको सामाजिक काम-हङ्गामाटुडे डटकम
  36. नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पूर्व पदाधिकारी
  37. बीपी कोइराला भारत-नेपाल प्रतिष्ठानको कार्यसमिति-नेपालीएम्वेसी डटजिओभि डटएनपि
  38. बारबारा फाउन्डेशन- बारबाराफाउन्डेशन डटओआरजी
  39. आर्टिष्ट फ्रुफ ग्यालेरी-नेपालनाउ डटव्लग
  40. ओमन आर्टिष्ट ग्रुप अफ नेपाल-फाइन्डग्लोकल डट कम
  41. शिवता लभ फाउन्डेशन-शिवताडटलभ डटओआरजी
  42. NAFA will die in its childhood if it is merged with other academies-द राइजिङ नेपाल डटओआरजी
  43. रागिनी उपाध्याय ग्रेला -सागडट आर्टमान्डु डटओआरजी

बाह्य सूत्रहरू