"तामाङ जाति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २०: पङ्क्ति २०:


===बसोबास तथा नामकरण===
===बसोबास तथा नामकरण===
'तामाङ' जातिनाम (Ethno-name) शब्द हो र भाषाको नाम पनि हो । यस शब्दले नेपालको काठमाडौँ उपत्यका र यसको वरिपरिका मध्यपहाडी भूक्षेत्रमा अनादिकालदेखि नै बसोबास गर्दै आएका आदिवासीलाई बुझाउँछ । विसाल तिब्बती साम्राज्य विस्तारको चरम स्थितिको समयमा नेपालका मध्यपहाडी क्षेत्रसम्म फैलिएको हुँदा तामाङ जातिको भाषा, धर्म, संस्कृति, रहनसहन र जीवनशैलीमा तिब्बती प्रभाव निक्कै देख्न सकिन्छ वा तिब्बती समुदायसंग धेरै समानता पाइन्छ । तामाङ जाति धार्मिक दृष्टिकोणले मुलरुपमा हिमाली महायानी बौद्ध धर्म अन्तरगत ङिङमा सम्प्रादयाका अनुयायी हुन । तर आदिम कालमा भने उनीहरु प्रकृति पुजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्दथे । सातौँ सताब्दीमा तिब्बतका धर्मराजा श्रङचन गोम्पाका पालामा तिब्बतमा बौद्ध धर्मको विस्तार भए पछि भने तामाङहरुले पनि बौद्ध धर्म अपनाएका हुन । तामाङ जाति मुलरुपमा काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्लाहरु काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन । तर, बसाई सराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्लाहरु र भारतको पश्चिम बंगालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्याण्ड, मणिपुर, अरुणाचल लगायत भुटानसम्म फैलिएका छन ।
नेपालको तामाङ समाज भन्नासाथ बौद्ध धर्म र बोन संस्कारमा आस्था राख्ने, एक [[तिब्बत]] समाज भन्ने अर्थ हुन्छ । धार्मिक दृष्टिले भोटतिरको अर्थात् उत्तरतिरको प्रकृति यिनीहरुमा देखिए पनि अरु रहनसहनमा ठेट तिब्बतीपना यिनमा पाइन्छ । तामाङको बसोबास खास गरेर काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्ला अर्थात् सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपूरमा पाइन्छ । यी जिल्लाभन्दा अतिरिक्त ठाउँमा यिनीहरु छँदै छैनन् भन्ने आशय भने होइन । हेरेर ल्याएका खण्डमा मेचीदेखि भेरीसम्म नै अथवा भनौ गन्दकिमा नै यिनीहरु छरिएर बसेका देखिन्छन् । यति हुँदाहुँदै पनि यिनको मूल थलो काठमाण्डौं उपत्यका वरिपरिका जिल्ला मा आयेर नेवार हरुलाइ लखेतेरो बसोबास गरेको नै हुन् भन्ने कुरामा कुनै सन्देह छैन । तामाङहरुलाई मुर्मी र भोते पनि भन्ने चलन छ । जर्ज ग्रियर्सन महोदयका अनुसार मुर्मीहरु आफूलाई तिब्बतका पुराना बासिन्दामध्ये एक मान्दछन् । हर्बर्ट रिज्लेका अनुसार अनेक प्रमाणको आधारमा यिनीहरु तिब्बती मूलका मानिस हुन् । तामाङहरु मुर्मी बाहेक इशाङ्ग र सइन र भोते पनि कहलाउँछन् । कसै–कसैले यिनमा पाइने असमवर्ण वैवाहिक लक्षणका आधारमा चेङ्हिज खान सन्तति तामाङ हुन् पनि भनेका छन् । यिनको भाषा मूल रुपमा तिब्बत बर्मेली मुल शाखामा पर्छ ।


तामाङ जातिले बोलिने भाषालाई तामाङ भाषा भन्दछन । यो चिनी-तिबाती भाषा महापरिवारको भोट बर्मेली परिवारको सदस्य भाषा हो । तामाङ समाजमा निकै प्रचलित शब्द छ 'ताम्बा' । ताम अर्थात 'भाषा' वा 'कुरा' हुन्छ र '-बा'को अर्थ 'व्यक्ति/कर्ता' हुन्छ तसर्थ 'ताम्-बा'को शाब्दिक अर्थ 'भाषा प्रारम्भ गर्ने व्यक्ति' वा 'भाषा सृष्टिकर्ता' भन्ने हुन्छ । तामाङ समाजमा ताम्बाको ठूलो महत्व र अहम भूमिका रहेको हुन्छ । 'ताम्बा' शब्दकै समअर्थमा 'तामाङ' शब्द रहेको छ । तामाङ शब्द 'तामपाङ्बा'बाट बनेको हो । तामाङ शब्दको अर्थ भाषा बोल्ने वा कुरा गर्न जान्ने हुन्छ । त्यसैले ताम्बाका अनुयायी वा सन्ततिलाई तामाङ भनिएका हुन । तर,नेपालमा कतिपय मान्छेहरुले तामाङ शब्दलाई गलत बिग्रह गरेर यसको अर्थ घोडाचडी सेना या घोडे भूत हो भनेर उरन्ठेउला तर्कहरु पनि गरेको पाइन्छ, जुन गलत छ ।
तामाङलाई मुर्मी पनि भनिन्छ भन्ने कुरा पहिले नै चर्चा भइसकेको छ । मुर्मीको अर्थ सिमानाका बासिन्दा भन्ने हुन्छ भन्ने केही विद्वानले तामाङको अर्थ भनाइ छ । तामाङ र मुर्मीमा कुनै अन्तर छैन । केही विद्वानले तामाङले अर्थ घोडचढी सैन्य हुन्छ भनेका छन् । यिनमा प्रचलित एउटा किंवदन्ती अनुसार तामाङहरु तिब्बतका राजा स्रोङचङ गम्पोका समयका घोडा चढेर यता आएको सैन्यका केही मानिस नेपालमै बसोबास गरेको हुँदा यिनको नाम यस्तो अर्थात् तामाङ रहन गयो । तर तामाङहरुको वंशावलीमा तिब्बतका राजा स्रोङचङ गम्पो संग तामाङहरु आएको उल्लेख नपाइने हुँदा यो मत पनि सर्वमान्य छैन । कतै–कतै तामाङको अर्थ घोडचढी सैन्य नभएर घोडाको धनी हो भन्ने पनि पाइन्छ । किन्तु यो मत पनि त्यति स्थिर हुन सकेको छैन । केही विद्वानहरुले हेलम्बुका निवासी योल्मु र कागते भोटेलाई पनि तामाङ भित्रै समावेश गरेका छन् । केही समय अघिसम्म थामीहरु पनि तामाङमा समाविष्ट भए तर अब यो मत अमान्य भइसकेको छ । तामाङहरुको मूल थलो काठमाण्डौं उपत्यकाको चारैतिर रहेको पहाडी क्षेत्र भएको र यिनीहरुको झुकाव उत्तरतिर भएको हुँदा त्यस विषयमा विचार गर्नु आवश्यक हुन आउँछ । सम्भवतः तामाङहरु पहिले काठमाण्डौं उपत्यकामा आबाद थिए र यस उपत्यकामा बाहिरिया मानिसको आगमन शुरु भएपछि यिनीहरु यहाँबाट बाहिर समीपका पर्वतीय क्षेत्रमा जान बाध्य भए । यस सम्बन्धमा डा. शेटेन्कोको उक्तिलाई प्रस्तुत गर्नु युक्तिसङ्गत देखि आउँछ ।

श्री ५ को सरकार र सोभियत सङ्घ रुस सरकारका बीच भएको सांस्कृतिक सम्झौता अन्तर्गत लेलिनग्राद विश्वविद्यालय पुरातत्व संस्थानका प्रागैतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लेभ शेटेन्को २०३४ सालको हिउँदको अन्त्यमा दुई महिनाको लागि (अर्थात् जनवरी १५ ता. देखि मार्च २४ ता. १९७८ सम्म) नेपालको पुरातात्विक अध्ययन भ्रमणमा नेपाल आएका थिए । उनले यहाँ बस्ता पुरातत्व विभागको सहयोगमा अनेक प्रागैतिहासिक पुरातात्विका स्थलको अध्ययन गरे जसमा काठमाण्डौं उपत्यकाको बूढानीलकण्ठ पनि एक हो । त्यस समय उनले आफ्ना उपलब्धिका विषयमा अनेक पत्रपत्रिकालाई अन्तर्वार्ता दिएका थिए । जसमा ‘साप्ताहिक समीक्षा’ पनि एक थियो । समीक्षको वर्ष १९ अङ्क ११ शुक्रबार, मार्च १७, १९७८ को पहिलो र सातौँ पृष्ठमा उनले प्राप्त गरेका पाषाणकालीन हतियारका चित्रसमेतको विवरण छापिएको छ । त्यसमा छापिए अनुसार काठमाण्डौं उपत्यकाका यी वस्तु बूढानीलकण्ठको दक्षिण–पूर्वतिर बनियाँपाखा र पण्डितगाउँको बीचमा रहेको धोबीखोलाका किनारमा प्राप्त भएका थिए । यस सम्बन्धमा पाठकको जानकारीका लागि समीक्षाको सातौँ पृष्ठमा छापिएको अन्तर्वार्ताको एक अंश यहाँ यथावत् उद्धृत गर्नु उपयुक्त हुनेछ ।

डा. शेटेन्कोले बूढानीलकण्ठको पूर्व–दक्षिणतिर धोबीखोलामा पुरातात्विक अवशेषहरुको खोजी गर्दा प्राचीन पाषाणयुग (उत्तरकाल ईसापूर्व ३०००० वर्ष) का केही त्यस्ता ढुङ्गे उपकरण फेला पारेका छन् जो बिनापालिसका तर चोट दिएर ताछेर ९ँबिपभम ऋजष्उउभ० बनाइने गर्दथे । यो खोजीबाट काठमाण्डौं उपत्यकामा मानवीय बस्तीको इतिहास त्यो प्राचीन मध्यपाषाण युगदेखि नै चलिआएको छ भन्ने प्रमाणित भएको मात्र नभई एसियामा युरोपीय र मङ्गोलायड जातिहरुको महत्वपूर्ण सङ्गमस्थलका रुपमा काठमाण्डौं उपत्यका रहन गएकोतिर सङ्केत गर्दछ ।


=== नामकरण ===
=== नामकरण ===

२०:०५, १२ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

तामाङ
जम्मा जनसङ्ख्या
१,५३९,८३०
 नेपाल
भाषाहरू
तामाङ जाती
धर्महरू
९०% बौद्ध धर्म
१०% अन्य( हिन्दु)
एक तामाङ महिला
बौद्ध धर्म मान्ने तामाङ जाती

तामाङ जाति , नेपालको मध्य पहाडी क्षेत्रमा बसोवास गर्दै आएको जाति तथा समुदाय हो। नेपालमा बसोबास गर्ने १२५ जनजाति मध्ये मुख्यतया पहाडी इलाकामा बसोबास गर्ने तामाङ एक प्रमुख जाति हो। नेपालमा तामाङ जातिको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार १५,३६,६८२ अर्थात ५.८% रहेको पाइन्छ ।

इतिहास

नेपालको कुनै ठाउँमा रहेको तामाङ जातिको बसोबास स्थल

बसोबास तथा नामकरण

'तामाङ' जातिनाम (Ethno-name) शब्द हो र भाषाको नाम पनि हो । यस शब्दले नेपालको काठमाडौँ उपत्यका र यसको वरिपरिका मध्यपहाडी भूक्षेत्रमा अनादिकालदेखि नै बसोबास गर्दै आएका आदिवासीलाई बुझाउँछ । विसाल तिब्बती साम्राज्य विस्तारको चरम स्थितिको समयमा नेपालका मध्यपहाडी क्षेत्रसम्म फैलिएको हुँदा तामाङ जातिको भाषा, धर्म, संस्कृति, रहनसहन र जीवनशैलीमा तिब्बती प्रभाव निक्कै देख्न सकिन्छ वा तिब्बती समुदायसंग धेरै समानता पाइन्छ । तामाङ जाति धार्मिक दृष्टिकोणले मुलरुपमा हिमाली महायानी बौद्ध धर्म अन्तरगत ङिङमा सम्प्रादयाका अनुयायी हुन । तर आदिम कालमा भने उनीहरु प्रकृति पुजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्दथे । सातौँ सताब्दीमा तिब्बतका धर्मराजा श्रङचन गोम्पाका पालामा तिब्बतमा बौद्ध धर्मको विस्तार भए पछि भने तामाङहरुले पनि बौद्ध धर्म अपनाएका हुन । तामाङ जाति मुलरुपमा काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्लाहरु काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन । तर, बसाई सराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्लाहरु र भारतको पश्चिम बंगालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्याण्ड, मणिपुर, अरुणाचल लगायत भुटानसम्म फैलिएका छन ।

तामाङ जातिले बोलिने भाषालाई तामाङ भाषा भन्दछन । यो चिनी-तिबाती भाषा महापरिवारको भोट बर्मेली परिवारको सदस्य भाषा हो । तामाङ समाजमा निकै प्रचलित शब्द छ 'ताम्बा' । ताम अर्थात 'भाषा' वा 'कुरा' हुन्छ र '-बा'को अर्थ 'व्यक्ति/कर्ता' हुन्छ तसर्थ 'ताम्-बा'को शाब्दिक अर्थ 'भाषा प्रारम्भ गर्ने व्यक्ति' वा 'भाषा सृष्टिकर्ता' भन्ने हुन्छ । तामाङ समाजमा ताम्बाको ठूलो महत्व र अहम भूमिका रहेको हुन्छ । 'ताम्बा' शब्दकै समअर्थमा 'तामाङ' शब्द रहेको छ । तामाङ शब्द 'तामपाङ्बा'बाट बनेको हो । तामाङ शब्दको अर्थ भाषा बोल्ने वा कुरा गर्न जान्ने हुन्छ । त्यसैले ताम्बाका अनुयायी वा सन्ततिलाई तामाङ भनिएका हुन । तर,नेपालमा कतिपय मान्छेहरुले तामाङ शब्दलाई गलत बिग्रह गरेर यसको अर्थ घोडाचडी सेना या घोडे भूत हो भनेर उरन्ठेउला तर्कहरु पनि गरेको पाइन्छ, जुन गलत छ ।

नामकरण

थर र उपथर

१. दोङ २. गाङ्दन ३. गोले ४. बल ५. तितुङ ६. योञ्जन ७. भाेम्जन ८. डुमजन ९. लोप्चन १०. मिक्चन ११. घिसिङ १२. लो १३. ग्लान १४. ग्यावाग/ग्याबक/ग्याबा १५. ङेसुर १६. मोक्तान १७. स्याङतान १८. पाख्रिन १९. स्याङबो २०. थोकर २१. वाइवा २२. जिम्बा २३. रुम्बा २४. गोङबा २५. थिङ २६. तोइसाङ २७. ग्रोप २८. लुङवा २९. वाइवा ३०. ब्लोन ३१. च्यावा ३२. जेङदेन ३३. स्योङ ३४. लामाखोर ३५. बज्यू ३६. गोल्देन ३७. बल्देन ३८. दाम्देन ३९. होप्तेन ४०. विम्देन ४१. चोदङ ४२. दार्जो ४३. तुप्पा ४४. दारताङ ४५. काइतान ४६. ङेके ४७. काल्देन ४८. वोडगन ४९. नेरणेन ५०. झ्यूमी ५१. ङारदेन ५२. मारपा ५३. ब्लेन्देन ५४. ल्याङसेन ५५. कारदेन ५६. माम्बा ५७. डिम्डुङ ५८. गोम्बो ५९. गोम्जा ६०. ग्यान ६१. च्याङग्री ६२. छेमेन ६३. लोबा ६४. ग्येके ६५. ग्युजो ६६. ङयाङजो ६७. लोकर ६९. गेरम्बा ७०. च्याबा ७१. छेलेङार्तेन ७२. नाम्राङ ७३. पाजुन्देन ७४. गिङथन ७५. गाम्देन/गोम्देन ७६. दुर्पा ७७. कर्मावा ७८. ममेखोर ७९. म्लेन्देन ८०. क्युङवा ८१. दाम्राङ ८२. कार्ते ८३. गेमसिङ ८४. बालतोङ ८५. छेपेङकर

सांस्कृतिक धार्मिक गतिविधि

आफ्नै प्रकारको विशिष्ट पुख्यौली एवं सामाजिक संस्कार बोकेर, मानेर हिडेका तामाङ जातिको सामाजिक संस्कार एवं व्यवहारहरुलाई तल उल्लेख गरिएको छ ।

जन्म संस्कार

क. छेवर

तामाङ जातिको जन्मसंस्कारमा सबैभन्दा महत्वपूर्ण संस्कार छेवर हो । यसलाई चुडाकर्म तथा जातकर्म पनि भनिन्छ । तामाङ भाषामा यसलाई “स्यामापिन्वा” भनिन्छ । छोराहरुको मात्र छेवर गरिन्छ । छेवर ३ देखी ७ वर्षसम्म गरिन्छ । छेवरलाई मामामुखी संस्कार पनि भनिन्छ । मामाको अनुपस्थितिमा छेवर गर्न सकिंदैन र छेवर नभए अरू कर्म गर्न सकिंदैन । मामा नहुनेले नजिकको मामालाई मामा मानेर काम चलाइन्छ । मामाको हातबाट शुभसाइत वा लगन ठहर्याइ विशेष गरेर मामाको निर्देशन र सरसल्लाह अनुसार यो कार्य गरिन्छ । मामाको हातबाट केश मुण्डन गर्ने, वस्त्र दिने, टीका लगाउने र दक्षिणा दिने यो कार्यमा मामा, बाजे, बज्यै र मामाका सन्तानलाई सगुन लिएर मान्न जाने, निर्देशन लिने र विशेष सम्मान गरिन्छ । विशेष सम्मानका साथ खसी, राँगा, भैँसी, कुखुरा, रक्सी, रोटी लिएर सुगनसूत गर्ने र छेवरको दिन पन्चे बाजा तथा सेलो र डम्फू लिएर मामाहरूलाई स्वागत गरेर ल्याइन्छ र आसनमा बसालेर विधिपूर्वक मान्यमर्यादामा सम्मान गरिन्छ । साथै कार्य सकिए पछि भोज, नाचगान, भेला गराइन्छ र विदा हुने बेलामा मामाले भान्जालाई आर्शिवाद दिने र गच्छे अनुसार उपहार दिएर मामालाई विदा गरिन्छ । काटेको कपाल १५ दिनपछि लामाको हातले बुद्ध धर्मको शरणमा जाओस भन्दै कपालको ठुटो काटिन्छ । यस कार्यलाई भने “टाप्चे” भनिन्छ ।

ख. जन्म संस्कार वा थ्याप्साङ

गर्भधारणदेखि विवाह हुन अघिसम्म गरिने सबै संस्कारहरुलाई जन्मसंस्कार अन्तरगत समावेश गर्न सकिन्छ । तामाङ जातिमा निम्न संस्कारहरु गरेको पाइन्छ ।

  1. न्वारन - लामाद्वारा जन्मेको ७ दिनदेखि १३ दिनसम्म,
  2. अन्नप्रशान - जन्मेको ६ महिनादेखि ९ महिनासम्म ,
  3. छेवर - जन्मेको ३ वर्षदेखि ९ वर्षसम्म,
  4. गुफा बस्ने - विद्याकर्म ।
  5. थ्याप्साङ - तामाङहरुको जन्म संस्कारलाई “थ्याप्साङ” भनिन्छ ।
  6. बुढो अन्नप्राशन - वृद्ध भएर दाँत झरेर फेरी उम्रेमा गर्ने अन्न प्राशन ।

विवाह संस्कार

मंगोलियन समुदायका बौद्ध धर्मावलम्बी तथा विभिन्न थर तथा उपथरमा विभाजित तामाङहरुको विवाहपद्धतिलाई हेर्दा मागी, चोरी, प्रेम, जारी तथा विधुवा विवाह गर्ने गर्दछन् । यो जातिमा मामाचेला, फुपुचेला विवाह गर्ने प्रचलन व्यापक रुपमा पाइन्छ ।

मृत्युसंस्कार

तामाङ जातिमा अन्य जातिमा जस्तै मृत्यु संस्कारलाई महत्वपुर्ण संस्कारको रुपमा लिएको पाइन्छ । यिनीहरु बौद्ध धर्मावलम्वी भएका हुनाले यिनीहरु पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्दछन् । मृत्यु पश्चात् आत्मालाई मोक्ष दिन बौद्ध धर्म ग्रन्थ अनुसार लामाको विधिले मृत्यु संस्कार कार्य सम्पन्न गरिन्छ । तामाङ जातिमा मृत्यु संस्कार भित्र पर्ने विधिहरुलाई यहाँ राखिएको छ ।

क. शव उठाउने र शवयात्रा

व्यक्तिको मृत्युपछि आफन्तले कुङताङमा गच्छे अनुसार भएमा १०० बत्तिभन्दा बढी म्हाँरमेन बत्ति बाल्ने गरिन्छ । बौद्ध परम्परा अनुसार लामाहरुलाई खबर गरी फोवा गर्ने, धुपी आदि र अगरबत्तीको धुपबध्वार गर्ने गरिन्छ ।

ख्. दाह संस्कार

तामाङ जातिमा शव यात्रा पछिको मृत्यु संस्कारमा दाहसंस्कारको क्रम आउँछ ।

ग. पंचशीलको पालना

तामाङ जाती बौद्ध धर्मको महायान सम्प्रादायका हुन । महायानी बुद्ध धर्म अनुसार आफन्तको मृत्यु भएको ४९ औं दिनसम्म पंचशीलको पालना गर्नु पर्दछ । हिन्दु समुदायको जस्तो कपाल खौरिने, नुन बार्ने, सेतो लुगा लगाउने आदि गर्नु पर्दैन ।

घ. उनन्चास (४९) जुठो फुकाउने तथा घेवा

तामाङहरुको अन्तिम संस्कार (समग्रमा) उनन्चास गर्ने , जुठो फुकाउने आदि सबै कार्यलाई घेवा भनिन्छ । तामाङ जातिमा मृत्युसंस्कार हुने क्रिया तथा घेवा ३ किसिमको पाइन्छ  :

  • एक दिने घेवा--लामाको विधि अनुसार पहिलो दिनको घेवाको नाम एक दिने घेवा वा एक विहाने घेवा भनिन्छ । तर यो पनि गर्न दिनभरी लाग्दछ ।
  • एकराते घेवा--लामाकै विधि विधान अनुसार दोश्रो एक राते घेवा बिहान शुरु भएर दिनभरदेखि रातभर गरेर त्यसको भोलिपल्टको विहान सकिन्छ । जसको सन्तान छैन त्यस्ताले जीवित अवस्थामा आफैले पनि यस किसिमको घेवा गर्दछन् ।
  • रंगे घेवा-- यो घेवालाई तेस्रो घेवा मानिन्छ । तामाङहरुले मृतकको नाममा चैत्य तथा माने बनाउने गर्दछन् । यसलाई हिकी तथा माने पनि भनिन्छ । यसमा ཨོཾ་ མཎི་ པདྨེ་ ཧུྃ་ भन्ने मन्त्र अंकित हुन्छ । कसै कसैले जीवित हुँदै चैत्य बनाउने गर्दछन् ।

बसोबास

नेपालको राजधानी काठमाण्डौ उपत्यकाका आसपासका केहि जिल्ला ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङ्ग, नुवाकोट र यससँग सिमाना जोडिएका दोलखा, रामेछाप, मकवानपुर, धनकुटा लगायत केहि अन्य ठाउँहरुमा तामाङहरुको बस्ती रहेको छ । यी जिल्लामा तामाङ जातिको बसोबास आवादी वहुसंख्यक रूपमा रहेको छ।


एक तामाङ महिला


भेषभूषा तथा गरगहना

बौद्ध धर्म अध्ययन गर्ने लामाहरु पहेंलो र रातो बस्त्र चिवर धारण गर्दछन् । बौद्ध धर्मावलम्बी अनुयायीहरू अथवा उपासाक उपासिकाले चही तामाङको मौलिक पोशाकहरू लगाउने गरिन्छ भने अन्य पोशाकलाई पनि अत्यन्तै आस्था र महत्त्व दिन्छन्।

द्रष्टव्य - चिवर (बौद्ध भिक्षुहरुले लगाउने वस्त्र)

चाडपर्वहरु

तामाङ जाति बौद्ध धर्मावलम्बी भएकोले बुद्ध धर्म सङ्ग सम्बन्धित महोत्सव/ पर्व र बौद्ध धर्मको चार महोत्सवलाई धेरै मान्यता दिने गरिन्छ। बुद्धका लिला सङ्ग आधारित पर्व / महापर्व मनाउदैं आएका छ्न्।

ल्होछार

सिंगुन खास्योर ङ्या (तेमाल जात्रा)

गोने ङ्या

दुगु ङ्या (बुद्ध जयन्तु)

सोकराती ङ्या

बोइतापा ङ्या

लोक बाजाहरू

तामाङ जातिको लोक बाजा

तामाङ जातिले डम्फू, टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ्, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गर्छन्।[१]

सन्दर्भ सामग्री

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 

यो पनि हेर्नुहोस