"चन्द" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
प्रचार सामग्री, स्रोतहीन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎चन्द वंशको उद्गम: अर्थहीन लेखन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४: पङ्क्ति ४:
यसैगरी भारतको उत्तराखंड राज्यमा ११ औं शताब्दीदेखि चन्दवंशले १९ औं शताब्दीसम्म शासन गरेकाले त्यस क्षेत्रमा (कुमाउँ, गढवाल, काँगडा, पिथौरागढ, सिंजावलीगढ, चम्पावत आदी) पनि चन्दवंशको सामाजिक स्थान र पहिचान अत्यन्त सबल रहेको देखिन्छ ।<ref name= "गौतम गोत्र"/>
यसैगरी भारतको उत्तराखंड राज्यमा ११ औं शताब्दीदेखि चन्दवंशले १९ औं शताब्दीसम्म शासन गरेकाले त्यस क्षेत्रमा (कुमाउँ, गढवाल, काँगडा, पिथौरागढ, सिंजावलीगढ, चम्पावत आदी) पनि चन्दवंशको सामाजिक स्थान र पहिचान अत्यन्त सबल रहेको देखिन्छ ।<ref name= "गौतम गोत्र"/>
==चन्द वंशको उद्गम==
==चन्द वंशको उद्गम==
चन्द ठकुरी [[गौतम गोत्र|गौतम]] गोत्री, कत्यायन [[सूत्र (हिन्दु धर्म)|श्राउतसूत्री]], कत्यान गृहसूत्री, वौद्धायन धर्मसूत्री, मध्यनी [[शाखा]], [[यजुर्वेद|शुक्ल यजुर्वेद]], त्रिनय (तीन) [[प्रवर]] (अङ्गिरा, अयस्या र गौतम) अन्तर्गत पर्दछन् । तसर्थ चन्द ठकुरी महर्षि [[गौतम ऋषि|गौतम]]का सन्तती हुन् भन्ने प्रष्ट छ । चन्द भन्ने थरको बारेमा प्राचिन कालिन खोज गर्दा निकै अगाडि पुग्नु पर्ने हुन्छ । किनकि महर्षि गौतमको जन्म र जिवन व्यतित कहाँ भयो, उनका सन्ततीहरू कहाँ बसोवास गर्नथाले र हजारौं वर्षको समयान्तरालमा उनीहरू कहाँबाट कहाँसम्म पुगे ? भन्ने विषयलाई निरुपण गर्नुपर्ने हुन्छ ।<ref name= "गौतम गोत्र"/>
प्राचिन ग्रन्थहरूले महर्षि गौतमको जिवन व्यतित भएको स्थान प्राचिन कालको [[मिथिला]] राज्य अन्तर्गत (मिथिला उपवन) जहाँबाट [[गोदावरी नदी]] बग्दथ्यो त्यही गोदावरी नदीको किनारमा महर्षि गौतमको आश्रम थियो । महर्षि गौतमले [[अहिल्या]]लाई विवाह गरी त्यही कुटीमा लगेका थिए । त्यो मिथिला वन गोदावरी नदी र [[गङ्गा नदी|गंगा नदी]]को बीचमा पर्दथ्यो । महर्षि गौतमको आश्रम भएको स्थानदेखि सामुन्ने गोदावरी नदीको पारी पट्टीको किनारमा त्यस समयको सबैभन्दा विकसित र सम्पन्न मानिएको पुष्कर नामको शहर थियो भनि उल्लेख छ । यस तथ्यबाट प्रष्ट हुन्छ कि, महर्षि गौतमका सन्ततीहरू मिथिला राज्यबाट फैलिएका थिए । महर्षि गौतमका छोरा [[सतानन्द|शतानन्द]] त्यसबेलाको मिथिला राज्यका राज पुरोहित भएका थिए । तसर्थ महर्षि गौतमका सन्ततीहरूको विकास मिथिला राज्यमा भएको स्पष्ट छ । यसरी महर्षि गौतमका तीन छोराहरू [[वामदेव]], [[नोधास]] र सतानन्दले मिथिला राज्यमा बसोवास गर्दै आफ्नो वंश फैलाएको देखिन्छ । <ref name= "गौतम गोत्र"/>
यसरी मिथिलाबाट फैलिएका महर्षि [[गौतम ऋषि|गौतम]]का सन्ततीहरू अर्थात सुरुवाती समयका [[गौतम गोत्र|गौतम]] गोत्रीहरू समयको अन्तरालसँगै मिथिलामा संख्यात्मक हिसाबले बढ्दै गए । चारै तिर फैलिदै जाने क्रममा मिथिला पछी गौतम गोत्रीहरूको संख्यात्मक विकास प्राचिनकालको [[लुम्बिनी]] क्षेत्रमा भएको देखिन्छ । गौतम गोत्रीहरूको संख्यात्मक विकाससँगै लुम्बिनीमा गौतम गोत्री क्षेत्रियहरूको राजवंश नै स्थापना भयो । त्यस राजवंशलाई [[शाक्य वंश]] भन्ने गरिन्छ । त्यही शाक्य वंशका एक जना राजा शुद्धोधनका जेठा छोराको रुपमा राजकुमार शिद्धार्थको जन्म भएको थियो । राजकुमार शिद्धार्थ पछि गएर भगवान [[गौतम बुद्ध]] कहलिए । गौतम गोत्रीहरूको सभ्यता अत्यन्त शिखरमा पुगेका बखत लुम्विनीमा विदुशक नामका राजाले गरेको आक्रमणबाट लुम्विनी सभ्यता समाप्त भयो । त्यस समयमा करिब ७७,००० मान्छेको ज्यान गयो । त्यस आम हत्यामा सबैभन्दा बढी गौतम गोत्रीहरूको मृत्यु भएको थियो । त्यो महाविनासबाट बचेर भागेका गौतम गोत्रीहरू वर्तमान भारतको [[इलाहाबाद]] नजिकै पर्ने कन्नौज क्षेत्रमा गइ बसोवास गर्न थाले । यसरी कन्नौज आइ बसोवास गर्ने गौतम गोत्रीहरूमा केही मिथिलाबाट सिधै आएका र केही लुम्विनीको महाविनासबाट बच्न भनि आएका थिए । कन्नौज हाल भारतको [[उत्तर प्रदेश]] राज्य अन्तर्गत पर्दछ । अहिले कन्नौज अवस्थित जिल्लाको नाम नै [[कन्नौज जिल्ला]] रहेको छ । यसको प्राचिन नाम कान्यकुब्ज थियो । आधिकारिक इतिहास अनुसार कन्नौज [[विक्रम सम्वत्|विक्रम संवत]]को सातौं शताब्दीमा सम्राट हर्षवर्धनको सामराज्यको राजधानी थियो । यो स्थान गौतम गोत्री [[क्षेत्री|क्षेत्रीय]] तथा [[ब्राह्मण]]हरूको इतिहास उजागर गर्ने एक प्रमुख स्थानको रुपमा रहेको छ । प्राचिन ग्रन्थहरूले उल्लेख गरे अनुसार कन्नौजमा सम्राट हर्षवर्द्धनको कब्जा हुनुपूर्व र हर्षवर्द्धन पछि त्यहाँ गौतम गोत्री हिन्दूहरूको शासन थियो । गौतम गोत्रीहरूले त्यस क्षेत्रमा एक समृद्ध र सभ्य राज्य खडा गरी राजकाज गरेका थिए । त्यस समयको कन्नौजी राजवंशलाई गहडवाला राजवंश भनिन्थ्यो । यस राजवंशले वि.सं. १११३ सम्म राज्य गरेको र यस वंशका अन्तिम राजा जय चन्द थिए । यस राजवंशको इतिहासले प्रष्ट बताउँछ कि चन्दहरूको थर १० शताब्दीको अघिबाट नै चन्द भनी प्रयोग गर्न थालिएको थियो । करिब दशौं शताब्दीको अन्त्यतिर कन्नौजमा [[मुसलमान]]हरूको आक्रमण भएपछि कन्नौजको चन्दराज्य छिन्न भिन्न भयो । त्यहाँका चन्दवंश राजपुरुषहरू ज्यान र धर्म जोगाउन यत्र तत्र भाग्ने क्रममा सबैभन्दा ठुलो समुह र सबै भन्दा प्रभावशाली व्याक्तीहरू कन्नौजबाट उत्तर पश्चिमको पहाड तर्फ गएका थिए ।<ref name= "गौतम गोत्र"/>
माथि उल्लेख गरिए झैं १० औं शताब्दि पूर्व नै कन्नौजमा चन्द भन्ने थर प्रयोगमा आइसकेको देखिन्छ । तर त्यस समयमा चन्द भन्दा बढी '''चन्द्र''' भन्ने शब्दको प्रयोग हुन्थ्यो । वास्तवमा कन्नौजको चन्द राजवंशलाई चन्द्रवंश भनिन्थ्यो । तसर्थ चन्द्रवंशी भएकाले थर पनि चन्द्र भन्ने गरेको हो कि भन्ने तिर संकेत गर्दछ । तर पछि बोलिचाली आदिमा चन्द्रको सट्टा चन्द बढी प्रचलनमा आयो यही कारणले होला गहडवाला राजवंशका धेरै राजाहरूको थर चन्द्र भनेर प्रष्ट लेखिएको छ । यसबाट प्रष्ट हुन्छ कि चन्द शब्द चन्द्रवंशबाट सुरू भएको हो । <ref name= "गौतम गोत्र"/>


==चन्दवंशका महत्वपूर्ण व्याक्तित्व ==
==चन्दवंशका महत्वपूर्ण व्याक्तित्व ==

१९:४२, १९ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

चन्द नेपालको सुदूर पश्चिम, मध्य पश्चिम हुँदै नेपाल भरी बसोवास भएका चन्द्र वंशी क्षेत्रीय ठकुरी मध्यको एक थर हो । खासगरी सुदूर पश्चिमको बैतडीदेखी मध्य पश्चिमको प्युठान हुँदै म्याग्दी, पोखरा हुँदै काठमाडौंसम्म चन्द ठकुरीको बसोवास रहेको देखिन्छ । भारतका विभिन्न भु-भागहरू मध्य खासगरी उत्तराखंड राज्यको काँगडा, गढवाल, कुमाउँ, पिथौरागढ हुँदै नेपालको बैतडी तथा सम्पूर्ण नेपालभर फैलिएको यस थरको नेपालमा ऐतिहासिक तथा सामाजिक पहिचान अत्यन्त सवल रहेको देखिन्छ । कालिकुमाउँ, चम्पावत, सिंजावलीगढी हुँदै, काँगडा क्षेत्रमा फैलिएको प्राचिन कत्युर राज्यमा आफ्नो आधिपत्य जमाइ राजकाज सुरु गरेका सोमचन्द्र र उनका वंशहरू अहिले भारतका विभिन्न राज्यहरू तथा नेपालको काठमाडौंसम्म फैलिएर बसोवास गरिरहेका छन् । नेपालमा चन्द ठकुरीहरूको अत्यन्त सबल सामाजिक अस्तित्व रहेको छ । नेपाली समाजमा राजनिती, व्यपार, सरकारी सेवा आदिमा चन्द ठकुरीहरूको अत्यन्त राम्रो उपस्थिति र इतिहास रहेको छ । यसको प्रारम्भिक श्रेय भारतबाट बैतडी आइ राजकाज थालेका चन्दहरूका पुर्खा रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउलाई जान्छ । तर, आधुनिक समयमा नेपाली समाजमा चन्दवंशको पहिचान बनाउन आधुनिक नेपाली राजनीतिक इतिहासका महान् शहिद दशरथ चन्दको योगदान सबै भन्दा माथी र अमुल्य रहेको देखिन्छ ।[१] त्यसपछि चन्द वंशलाई आजको अवस्थासम्म ल्याइ पुर्याउनमा चार पटकसम्म नेपालको प्रधान मन्त्री बनेका लोकेन्द्रबहादुर चन्दलाई जान्छ । नेपाली साशन व्यवस्थाको बागडोर चार पटकसम्म सम्हाल्ने व्याक्ति लोकेन्द्रबहादुर चन्दको कारणले नेपालका चन्द ठकुरीहरूको सामाजिक अस्तित्व अत्यन्त मजबुत बनेको देखिन्छ । उनीपछि विभिन्न चन्दहरू नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवा, नेपाली राजनिती, व्यापार व्यवसाय आदिमा उच्च पदस्थ भइ कार्य गरिरहेकाले पनि नेपाली समाजमा चन्द ठकुरीको पहिचान र स्थान अत्यन्त सबल देखिन्छ ।[१] यसैगरी भारतको उत्तराखंड राज्यमा ११ औं शताब्दीदेखि चन्दवंशले १९ औं शताब्दीसम्म शासन गरेकाले त्यस क्षेत्रमा (कुमाउँ, गढवाल, काँगडा, पिथौरागढ, सिंजावलीगढ, चम्पावत आदी) पनि चन्दवंशको सामाजिक स्थान र पहिचान अत्यन्त सबल रहेको देखिन्छ ।[१]

चन्द वंशको उद्गम

चन्दवंशका महत्वपूर्ण व्याक्तित्व

  1. अहिलेसम्म नेपाली समाजमा चन्दवंशका सबैभन्दा पूज्य व्याक्तित्वको रुपमा अमर शहिद दशरथ चन्द रहेका छन् । उनी नेपालको १०४ वर्षे राणा शासनको अन्त्य गर्ने प्रजातान्त्रिक आन्दोलनका अभियन्ता थिए जसलाई राणाहरूले मृत्युदण्ड दिए । शहिद दरथ चन्द रानादेउ पट्टीको वंशमा जन्मिएका थिए ।
  2. उदयदेउको वंशबाट अहिले नेपालको राष्ट्रिय जिवनमा महत्व राख्ने र प्रभाव पार्ने व्याक्तित्वहरूमा नेपालको चार पटकसम्म प्रधान मन्त्री भएका लोकेन्द्रबहादुर चन्द उल्लेखनिय छन् । [१]
  3. राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द
  4. अंगेज राज्यकालमा चर्चित रहेका कप्तान जय बहादुर चन्द केही उदाहर्ण मात्र हुन् |

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ १.३ गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक- राजेश कुमार बटाला

बाह्य सूत्रहरू