"मगर जाति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
→‎रहन सहन: लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ४०: पङ्क्ति ४०:
मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ। अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन्। घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन्। विकट भेकका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु(घुम) बुन्ने गर्दछन्। यसका साथै मगरहरू घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन्। घर निर्माण र खेती किसानीका अतिरिक्त सेनामा समेत मगरहरूको बाहुल्यता रहेको पाइन्छ। हालका दिनहरूमा केही शिक्षित मगरहरू अस्पताल, इन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानुनी, विकास निर्माण, राजनीतिक क्षेत्रहरूमा पनि संलग्न रहेको पाइन्छ।

<div class="trending"><section begin=चित्र /><p>[[चित्र:Kauda dance.jpg|250px|left|कौरा/कौराहा/कानराहा नाच्दै मगर युवती |alt=]]<section end=चित्र /><p>कौडा नाच</div>
<div class="trending"><section begin=चित्र /><p>[[चित्र:Kauda dance.jpg|250px|left|कौरा/कौराहा/कानराहा नाच्दै मगर युवती |alt=]]<section end=चित्र /><p>कौडा नाच</div>
मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनिहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन्। अझैं पनि मगर समुदायले नाच्ने [[कौडा नाच|कौडा]], [[घाटु नाच|घाटु]], [[नचरी नाच|नचरी]], [[सोरठी नाच|सोरठी]], [[झ्याउरे नाच|झ्याउरे]], [[रोदी नाच|रोदी]] र [[हुर्रा नाच]]को छुट्टै वर्चस्व रहेको छ। विशेषतः यिनिहरूको [[हुर्रा नाच]] एकदमै लोकप्रिय रहेको छ। [[हुर्रा नाच]]लाई द्यौसी पनि भनिने गरिन्छ। [[हुर्रा नाच]]लाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा....’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरूले यो नाच आफैँले जन्माएको बताइएको छ।
मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनिहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन्। अझैं पनि मगर समुदायले नाच्ने [[कौडा नाच|कौडा]], [[घाटु नाच|घाटु]], [[नचरी नाच|नचरी]], [[सोरठी नाच|सोरठी]],[[मारूनी नाच]], [[झ्याउरे नाच|झ्याउरे]], [[रोदी नाच|रोदी]] र [[हुर्रा नाच]]को छुट्टै वर्चस्व रहेको छ। विशेषतः यिनिहरूको [[हुर्रा नाच]] एकदमै लोकप्रिय रहेको छ। [[हुर्रा नाच]]लाई द्यौसी पनि भनिने गरिन्छ। [[हुर्रा नाच]]लाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा....’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरूले यो नाच आफैँले जन्माएको बताइएको छ।

[[हुर्रा नाच]]को उद्गम स्थल [[धनकुटा जिल्ला]]को मुढेबास रहेको बताइन्छ। [[हुर्रा नाच]] विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ। धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाके पश्चात सफल्तापूर्वक भित्र्याइएको खुशियालीमा यो नाच नाचिने गरेको बताइन्छ। धनकुटामा विशेषतः भोटेहरूले मादल बनाएर मगरहरूलाई जिम्मा लगाउने गर्दछन्। मादल पाएपछि मगरहरू सौरे बजारको बीचमा रहेको बलिराज(कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन्। गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वति देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन्। अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन्।

१२:३०, २ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेगमा बसोबास गर्ने भोट बर्मेली मूलको भुमिपुत्र प्रकृति पुजक जाति हो ।[१] यिनीहरू खासगरी नेपालको मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिमकाल देखि बस्दै आएका छन् । मगर जातिको मुख्य थरहरु थापा, राना,आले, पुन, रोका, घर्ती, बुढा भएपनि १५०० भन्दा धेरै उपथरहरु मगर जाती मा पाइन्छ । खस र मगर समुदायमा पहिले पहिले बिहेवारि को चलन थियो पछि पछि खसहरू बाहुन सङ सम्पर्क बढ्दै गयो र मगरहरू गुरुङहरू सङ सम्पर्क बढ्दै गयो र अलग अलग जाती को रूप मा चिनियो यद्यपि देशको सबैजसो भागमा खसहरू सगँ मगर जातिको उपस्थिति रहेको पाइन्छ । जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।<section begin="अंश" नेपाल को एकिकरण मा मगरहरू को धेरै ठूलो हात छ । सहयोगि मिलनसार साहसी मगरहरु सम्बन्धि रजौटा को काल देखि प्रचलित एउटा उखानै छ "दुख परे मगर गाँऊ तिर पस्नु"

बसोबास

पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू अर्घाखाँची, रूपन्देही, काठमाडौँ, रामेछाप, स्याङ्जा,  पाल्पा,नवलपरासी, म्याग्दी, बाग्लुङ, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर  संखुवासभा, गोर्खा लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन् । मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको साविकको (१४ अञ्चल, ७५ जिल्ला) हाल ७ प्रदेश ७७ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।

जनसङ्ख्या

वि.सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसङ्ख्या भएका मगरहरू पूरै नेपालको जनसङ्ख्याको ७.१४% छन् । वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसङ्ख्याको ७४.६०% हिन्दू धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन् <ref>http://www.cbs.gov.np/Population/Monograph/Chapter%2003%20%20Social%20Composition%20of%20the%20Population.pdf</ref> यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए, लिम्बुवान युद्व हुदा लिम्बू सेना लाई पराजय पार्ने मा मगर सेना को साहास लाई ठुलो भुमिका मानिन्छ । ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जातिसँग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।

नेपाली मगर केटीहरु मगर पहिरनमा

प्रकार

मगर समुदाय भाषागत आधारमा तीन प्रकारमा बाँडिएको हुन्छ । कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको मगर खाम बोल्ने मगर र डोल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरू । गण्डकी पूर्वलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भनेर चिनिन्छ । बाह्र मगरातका मगरहरूको मुख्य थर थापा, राना र आले हो । अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बुढा,रोका र घर्तीको बसोबास छ ।

यिनै सात थरका मगरहरूका १५०० भन्दा धेरै उपथरहरू रहेका छन्। खस क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तै । थापा, बुराथोकी/बुढाथोकी, राना, खद्का, घर्ति, खप्तरी, रोका, बुधा , लामिछाने, सिन्जाली, बराल, आदि [२]

भेष-भुषा, भाषा र चाड पर्व

भेष-भुषा
भुमिपुत्र, प्रकृति पुजक मगरहरु पुरुषहरुले पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी वा फेटा र महिलाहरुले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि लगाउने गर्छन्
भाषा
 आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्ने गर्दछन्भो । भोट–बर्मेली भाषा अन्ततर्गत पर्ने मगरहरूको भाषालाई ढुट, खाम/पाङ र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ । तिनै थरिका भाषालाई मगर भाषा भनिन्छ । आफ्नै मगर भाषा का अलावा नेपाली भाषा पनि बोल्दछन ।
चाड पर्व
मगरहरू आफ्नै मौलिक संस्कृतिमा रमाउने गर्दछन मुख्य चाडहरु  माघे सङ्क्रान्ति(चेली पुज्ने), चण्डी पूर्णिमा, भुमे/भुम्या, राके तिवार, चैते दशै हो साथै दशै, तिहार जस्ता पर्वहरु पनि धुमधामले मनाउने गर्दछन ।

दिवस तथा उत्सव

मगर समुदायले फागुन २ गते नेपालको प्रथम शहिद लखन थापा मगर स्मृति दिवस, साउन ५ गते स्वर्गीय गायक अरुण थापा स्मृति दिवस साथै फाल्गुण १५ गते मगर दिवस भव्यताको साथमा मनाउदै आइरहेको छ ।

रहन सहन

मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ। अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन्। घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन्। विकट भेकका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु(घुम) बुन्ने गर्दछन्। यसका साथै मगरहरू घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन्। घर निर्माण र खेती किसानीका अतिरिक्त सेनामा समेत मगरहरूको बाहुल्यता रहेको पाइन्छ। हालका दिनहरूमा केही शिक्षित मगरहरू अस्पताल, इन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानुनी, विकास निर्माण, राजनीतिक क्षेत्रहरूमा पनि संलग्न रहेको पाइन्छ।

मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनिहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन्। अझैं पनि मगर समुदायले नाच्ने कौडा, घाटु, नचरी, सोरठी,मारूनी नाच, झ्याउरे, रोदीहुर्रा नाचको छुट्टै वर्चस्व रहेको छ। विशेषतः यिनिहरूको हुर्रा नाच एकदमै लोकप्रिय रहेको छ। हुर्रा नाचलाई द्यौसी पनि भनिने गरिन्छ। हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा....’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरूले यो नाच आफैँले जन्माएको बताइएको छ।

हुर्रा नाचको उद्गम स्थल धनकुटा जिल्लाको मुढेबास रहेको बताइन्छ। हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ। धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाके पश्चात सफल्तापूर्वक भित्र्याइएको खुशियालीमा यो नाच नाचिने गरेको बताइन्छ। धनकुटामा विशेषतः भोटेहरूले मादल बनाएर मगरहरूलाई जिम्मा लगाउने गर्दछन्। मादल पाएपछि मगरहरू सौरे बजारको बीचमा रहेको बलिराज(कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन्। गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वति देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन्। अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन्।

हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुने गर्दछ। किन भनें हुर्रा नाच्नका लागि ५० भन्दा बढी मान्छेहरू तम्तयार भएर बसेका हुन्छन्। नाचको बीचमा ४/५ वटा ठूलो मादल रन्काइने गरिन्छ। त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन्। हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ। मादलेहरू, भट्याउनेहरू दुई कदमे नाच्ने गर्दछन्, त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवति, बालबच्चाहरू हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन्। यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ। यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ। ‘देशै रमाइलो’ भनेको एउटा थोंगो हो। यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ।

मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक रहेको छ।मगरहरू विवाह गर्दा आफ्नो जात भित्रै गर्ने गर्दछन्। मामाचेली र फूपूचेलाबीच वैवाहिक सम्बन्ध हुने गर्दछन्। मगरहरू एकै थरमा भने सकेसम्म वैवाहिक सम्बन्ध गाँस्ने गर्दैनन्। मगर समुदायभित्र ‘केटी छोप्ने’ चलन छ जसमा १६ वर्ष उमेर पुगिसकेकी युवतिलाई झुक्याएर बलजफ्ती समातेर घिच्याउँदै गरेर विवाह गरिदिने गरिन्छ। विवाह भईसकेपछि केटाकेटीहरू केही महिनापछि ससुराली जाने गर्दछन् त्यसलाई ‘चार तिर्ने’ भनिन्छ। चार तिर्ने भनेको केटीलाई बाबुआमाको काखबाट छुटाएर लगेको दण्ड जरिवाना स्वरूप तिरिने रूपैयाँ हो। चार तिरिसकेपछि मात्र पाइलो फर्काउन केटीको माइत जानपर्छ र त्यसैबेला मात्र वैवाहिक कर्म गरिन्छ अनि दाइजोपातकासाथ छोरीज्वाइँ विदा गरिन्छ। मगर समुदायको मृत्यू संस्कार भने गाडेर गरिने गरिन्छ। मगरहरू मृत्यूमा जुठो र बच्चा जन्मिदा सुतक बार्ने गर्दछन्।

लोक बाजाहरू

मगर जातिका बाजाहरूमा खैँजडी, मादल , अलङका, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, डम्फू, दमाहा, मरुली,डौदी, झ्याली आदि मुख्य छन्।

उल्लेख्य व्यक्तित्वहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. हागन, टोनी (२०५८), नेपालको चिनारी, हिमाल किताब, पृ: ४८, आइएसबिएन 9993313130 
  2. http://www.magarsangh.org.np/