"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुको +हरूको)
पङ्क्ति ३९: पङ्क्ति ३९:
मुख्य लेख : [[४२ सालको पर्व]]
मुख्य लेख : [[४२ सालको पर्व]]


वि.सं. १९४२ मा [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]ले आफूसँग रहेका सैनिक हरुको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे । जंगबहादुरको छोरा [[जगतजङ्ग राणा]] र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो ।
वि.सं. १९४२ मा [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]ले आफूसँग रहेका सैनिक हरूको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे । जंगबहादुरको छोरा [[जगतजङ्ग राणा]] र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो ।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

०४:४३, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

रणोद्दीपसिंह कुँवर
रणोद्दिप सिंह कुँवरको तस्बिर
१० औं प्रधानमन्त्री (नेपाल)
कार्यकाल
वि.सं.१९३३ फागुन १५[१] – वि.सं. १९४२
पूर्वाधिकारीजङ्गबहादुर राणा
उतराधिकारीवीर शमशेर
व्यक्तिगत विवरण
जन्मवि.सं. १८८२
३ अप्रिल १८२५
मृत्युवि.सं. १९४२

रणोद्दिप सिंह बहादुर कुँवर राणा वा रणोद्दिप सिँह कुँवर (१९३३-१९४२) राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। दाजु जंगबहादुर राणाको निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को पदमा विराजमान भए।

भतिजाहरू(दाजु जंगबहादुर र भाइ धीरशमशेरका छोरा) बीच चर्किएको शक्तिसंघर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले 'बिजुली गारत' नाममा विशेष फौज निर्माण गरेका थिए। तर पछि यिनी आफ्नै भतिजाहरूबाट (धीरशमशेरका छोराहरू) षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा वीर शमशेर जङ्गबहादुर राणा नेपालका प्रधानमन्त्री बने।

रणोद्दिपसिँहको जन्म पिता काजी बालनरसिंह कुँवरको सातौँ पुत्र र माता गणेश कुमारीको पाचौँ पुत्रको रूपमा भयो। उनी निःसन्तान रहेकाले भतिजा ध्वज नरसिँह राणा लाई धर्मपुत्र बनाएका थिए। उनी अत्यन्त धार्मिक व्यक्ति थिए। उनको हत्या आफ्नै भतिजाहरूद्वारा वि.सं. १९४२ मा भयो। [२]

सैन्य वृत्ती

उनले तेश्रो नेपाल तिब्बत युद्ध (१९५५-५६) र भारतमा सन् १८५७ मा घटेको सिपाही बिद्रोहमा नेपाली सेनाको नेतृत्व गरेका थिए।

टुँडिखेलमा रहेको श्री ३ रणोद्दिपको घोडचढी शालिक
टुँडिखेलमा रहेको श्री ३ रणोद्दिपको घोडचढी शालिक
सन् १८५७ मा गदरको युद्धमा देखाएको वीरताको स्मरणमा बनाइएको सालिक

कार्यहरू

  • रणोद्दीप सिंहले बिजुली गारतको गठन गरेका थिए।
  • नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ ।[३]

३८ सालको पर्व

मुख्य लेख : ३८ सालको पर्व

वि.सं. १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिंह भारतमा तिर्थ गर्न गएको बेलामा नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति धीर शमशेर र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह, जगतजंग राणा, बमवीर सिंहलाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो ।

४२ सालको पर्व

मुख्य लेख : ४२ सालको पर्व

वि.सं. १९४२ मा वीर शमशेरले आफूसँग रहेका सैनिक हरूको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे । जंगबहादुरको छोरा जगतजङ्ग राणा र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो ।

सन्दर्भ सामग्रीहरू

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४२, आइएसबिएन 99933-2-406-X 
  2. http://www.royalark.net/Nepal/lamb4.htm
  3. हुलाक सेवा विभाग

बाह्य कडीहरू