"अम्बा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा clean up, replaced: टापू → टापु स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : हिज्जे मिलाउँदै
 
पङ्क्ति ३०: पङ्क्ति ३०:


==महत्त्व==
==महत्त्व==
प्रकृतिको देन फलफुलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्त्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ । जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्त्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्त्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।
प्रकृतिको देन फलफुलहरूको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्त्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ । जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्त्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्त्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरूले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।


==अम्बाका पातमा हुने गुणहरु==
==अम्बाका पातमा हुने गुणहरु==
पङ्क्ति ५३: पङ्क्ति ५३:


* ऐलर्जीको दुश्मन
* ऐलर्जीको दुश्मन
अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् । यी पातहरुमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन् ।
अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् । यी पातहरूमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन् ।


* डण्डीफोर हटाउन
* डण्डीफोर हटाउन
अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ । यो समस्यामा अम्बाको ताजा पातहरुलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउनु पर्दछ । नियमितरुपमा यसको प्रयोगबाट बिस्तारै डण्डीफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ।
अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ । यो समस्यामा अम्बाको ताजा पातहरूलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउनु पर्दछ । नियमितरूपमा यसको प्रयोगबाट बिस्तारै डण्डीफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ।


==तस्वीरहरू ==
==तस्वीरहरू ==

०५:५२, ३ सेप्टेम्बर २०२०को रुपमा हालको पुनरावलोकनहरू

अम्बा (बेलौती)
Psidium
Apple Guava (Psidium guajava)
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
उपवर्ग:
गण:
कुल:
उपकुल:
वंश:
वंश:
Psidium

Species

About 100, see text

पर्याय

Calyptropsidium O.Berg
Corynemyrtus (Kiaersk.) Mattos
Guajava Mill.
Mitropsidium Burret

अम्बकको फल र पात
Guava tree at Kathmadu.

अम्बा, Psidium (अङ्ग्रेजी: Guava, Poor man's apple; अन्य नाम:अम्बक, बेलौती) म्यारटेसी परिवार अन्तर्गत पर्ने फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुने यो पतझड वर्गको वनस्पति हो। अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा लगाइएका पाइन्छन्, करिब १५०० मिटरको उचाइसम्म यसको खेती सफलतापूर्वक गरिएको पाइन्छ । यी फलहरू व्यापक छन् मेक्सिको, दक्षिण अमेरिका, गालापागोस टापु, संयुक्त राज्य अमेरिका[१][२][३][४][५][६][७]

हावापानी र माटो[सम्पादन गर्नुहोस्]

अम्बालाई उष्ण र उपोष्ण हावापानी चाहिन्छ। फल्दाफूल्दा सुख्खा वातावरण अम्बालाई २३ डिग्री सेलसियसको तापक्रम र १००० देखि २००० मिलिलिटरको वार्षिक वर्षा आवश्यक पर्छ।

महत्त्व[सम्पादन गर्नुहोस्]

प्रकृतिको देन फलफुलहरूको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्त्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ । जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्त्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्त्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरूले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।

अम्बाका पातमा हुने गुणहरु[सम्पादन गर्नुहोस्]

  • मधुमेह रोगीका लागि फाइदा

अम्बाको पातबाट बनेको चिया मुधमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम हुन्छ ।

  • झाडापखालाबाट मुक्ति

अम्बाको पात झाडापखाला समस्यामा पनि निकै सहयोग हुन्छ । ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा निकै संचो हुन्छ।

  • तौल घटाउन

मोटा मानिसहरुका लागि तौल घटाउने समस्याको साथी पनि हुन सक्दछ, अम्बाको पात । यसले कार्बोहाइड्डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ जसबाट तौल घटाउन मद्दत पुग्दछ ।

  • पाचन प्रणालीमा सहयोगी

अम्बाको पात खाँदा खाना नपच्ने समस्याबाट छुटकारा पाइन्छ । यी पातले डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन् ।

  • मुटुका लागि

अम्बाको पातको चिया मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसले रगतमा क्लोस्ट्र्ेलको मात्रा कम गराउन सघाउन पुग्दछ ।

  • बलियो कपालका लागि

अम्बाको पातको अर्को गुण यसले कपाल बलियो बनाउनुका साथै छालाको पनि राम्रो हेरचाह गर्दछ। यसका लागि अम्बाको ताजा पातको रस पिउनु उपयुक्त मानिन्छ ।

  • ऐलर्जीको दुश्मन

अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् । यी पातहरूमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन् ।

  • डण्डीफोर हटाउन

अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ । यो समस्यामा अम्बाको ताजा पातहरूलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउनु पर्दछ । नियमितरूपमा यसको प्रयोगबाट बिस्तारै डण्डीफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ।

तस्वीरहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kew World Checklist of Selected Plant Families
  2. Govaerts, R., Sobral, N., Ashton, P., Barrie, F., Holst, B.K., Landrum, L.L., Matsumoto, K., Fernanda Mazine, F., Nic Lughadha, E., Proença, C. & al. (2008). World Checklist of Myrtaceae: 1-455. Kew Publishing, Royal Botanic Gardens, Kew.
  3. Davidse, G., M. Sousa Sánchez, S. Knapp & F. Chiang Cabrera. 2009. Cucurbitaceae a Polemoniaceae. 4(1): i–xvi, 1–855. In G. Davidse, M. Sousa Sánchez, S. Knapp & F. Chiang Cabrera (eds.) Flora Mesoamericana. Universidad Nacional Autónoma de México, México.
  4. Landrum, L. R. & M. L. Kawasaki. 1997. The genera of Myrtaceae in Brazil: an illustrated synoptic treatment and identification keys. Brittonia 49(4): 508–536.
  5. Sánchez-Vindas, P. E. 1989. Flora de Nicaragua: Myrtaceae. Brenesia 31: 53–73.
  6. Sánchez-Vindas, P. E. 2001. Calycolpus, Eugenia, Myrcia, Myrcianthes, Myrciaria, Pimenta, Plinia, Psidium, Syzygium, Ugni. En: Stevens, W.D., C. Ulloa, A. Pool & O.M. Montiel (eds.), Flora de Nicaragua. Monographs in systematic botany from the Missouri Botanical Garden 85(2): 1566, 1570–1574, 1575–1580.
  7. Biota of North America Program, 2013 county distribution maps, genus Psidium