"धरणीधर कोइराला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४७: पङ्क्ति ४७:
{{ठुटो}}
{{ठुटो}}
==कृतिहरू==
==कृतिहरू==
धरणीधरद्वारा लिखित [[नैवेद्य]] नामक प्रसिद्ध कविताकृति बाहेक स्पन्दन, नेपाली मन्जरी, लोकको राज जस्ता कविताकृतिहरु पनि प्रकाशित छन् । धरणीधरले विभिन्न लेख रचना , जीवन तथा वक्तव्यहरु नेपाली वाङमयलाई दिएका छन् । शैक्षिक तथा सामाजिक चेतना, उच्च सस्कार, देशभक्ति एवम् मानविय धारणा जगाउने खालका प्रेरणा धरणीधरका कृतिहरुमा पाइन्छ ।
धरणीधरद्वारा लिखित [[नैवेद्य]] नामक प्रसिद्ध कविताकृति बाहेक स्पन्दन, नेपाली मन्जरी, लोकको राज जस्ता कविताकृतिहरु पनि प्रकाशित छन् । धरणीधरले विभिन्न लेख रचना , जीवन तथा वक्तव्यहरु नेपाली वाङमयलाई दिएका छन् । शैक्षिक तथा सामाजिक चेतना, उच्च सस्कार, देशभक्ति एवम् मानविय धारणा जगाउने खालका प्रेरणा धरणीधरका कृतिहरूमा पाइन्छ ।


==पुरस्कार तथा सम्मान==
==पुरस्कार तथा सम्मान==

१०:०४, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

धरणीधर कोइराला
धरणीधर कोइराला
धरणीधर कोइराला
जन्म१९४९ साल माघ २४
पूर्व २ नम्बर दुम्जा
मृत्यु२०३६ साल
काठमाडौँ
पेशाभाषा साहित्य
भाषानेपाली, संस्कृत
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षामहाविद्यावारिधि त्रिविवि
उल्लेखनीय कार्यहरूनैवेद्य
उल्लेखनीय पुरस्कारहरूत्रिभुवन प्रज्ञा पुरस्कार

धरणीधर कोईराला(वि.सं. १९४९ - वि.सं. २०३६) नेपाली भाषासेवी तथा शिक्षाविद् धरणीधर एक कुशल कवि पनि हुन् ।

जीवनी

धरणीधरको जन्म तात्कालिन पूर्व २ नम्बर, दुम्जामा वि.सं. १९४९ साल माघ २४ गते भएको हो । माता पूण्यमातादेवी तथा पिता आवन्तिनाथ कोईरालाका पुत्र धरणीधरको बाल्यकाल हजुरबुबा पूर्णानन्दको काखमा बित्यो । बनारसबाट आई ए को अध्ययन पुरा गरेका कवि धरणीधर नेपालमा जागिर नमिलेपछि आफ्ना समकालिन मित्र पारसमाणि प्रधानको सहयोगमा वि.सं.१९७६ मा दार्जिलिङको एक सरकारी विद्यालयमा नेपाली शिक्षकको रूपमा प्रवेश गरे । शिक्षकको रूपमा रहेकै बेला कलकत्ता विश्वविद्यालयबाट स्नातक तथा ढाका विश्वविद्यालयबाट बि टि परीक्षा उत्तिर्ण गरेका धरणीधर संस्कृत भाषाका प्रकाण्ड विद्वान थिए । पछि सोहि विद्यालयमा प्रधानाध्यापकको कार्यभार पाएका धरणीधर सन् १९४९मा सेवानिब्रित्त भए । त्यसपछि स्वतन्त्र भारतको पहिलो विधानसभा निर्वाचनमा काङ्ग्रेसका तर्फबाट प्रत्यासी बनेका धरणीधर पराजित भएपछि सन् १९४९ डिसेम्बर देखि दार्जिलिङ जिल्ला सामाजिक शिक्षा अधिकारी भएर सन् १९५४ डिसेम्बर सम्म कार्यरत रहे । त्यसपछि वि.सं. २०१२ सालमा नेपाल फर्किएका धरणीधरले फर्पिङको त्रिभुवन आवासीय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत रहे । आफ्नो सम्पूर्ण जीवन नै नेपाली भाषा तथा शिक्षाको सेवामा समर्पित गरेका धरणीधरको वि.सं. २०३६ सालमा पशुपति क्षेत्रमा निधन भयो ।

शिक्षा


बाल्यकाल


कृतिहरू

धरणीधरद्वारा लिखित नैवेद्य नामक प्रसिद्ध कविताकृति बाहेक स्पन्दन, नेपाली मन्जरी, लोकको राज जस्ता कविताकृतिहरु पनि प्रकाशित छन् । धरणीधरले विभिन्न लेख रचना , जीवन तथा वक्तव्यहरु नेपाली वाङमयलाई दिएका छन् । शैक्षिक तथा सामाजिक चेतना, उच्च सस्कार, देशभक्ति एवम् मानविय धारणा जगाउने खालका प्रेरणा धरणीधरका कृतिहरूमा पाइन्छ ।

पुरस्कार तथा सम्मान

वि.सं. २०२२ सालमा धरणीधरलाई नेपाल प्रज्ञा प्रतिष्ठानले त्रिभुवन प्रज्ञा पुरस्कारबाट सम्मानित गर्नुका साथै आजिवन प्राज्ञका रूपमा सम्मान दियो । वि.सं. २०३१ सालमा नेपाली साहित्य सम्मेलनले रथ शोभायात्रा गराई सम्मान दियो । वि.सं. २०३१ सालमा त्रिभुवन विश्वविद्यालयले साहित्य महाविद्यावारिधिबाट सम्मानित गरेको थियो ।

सबै हेर्नुहोस्

नेपाली लेखकहरूको सूची

बाहिरी लिङ्कहरू