"मद्रासी खैरो लङ्गुर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:
| range_map_caption = मद्रासी खैरो लङ्गुरको बासस्थान दायरा
| range_map_caption = मद्रासी खैरो लङ्गुरको बासस्थान दायरा
}}
}}
'''मद्रासी खैरो लङ्गुर''' एक पूर्वजगतको बाँदर हो जुन लङ्गुर प्रजाति अन्तर्गत पर्दछ। यस प्रजातिको लङ्गुरलाई हनुमान लङ्गुरसँग तुलना गरिन्छ जसको आकार तथा शारीरिक बनावट लगभग एकै प्रकारका हुन्छन्। यस प्रजातिको लङ्गुर आहाराका लागि मुख्यतया रूखका पातमा भर पर्छन्। यस प्रजातिक‍ लङ्गुर दक्षिणपूर्वी भारत र श्रीलङ्कामा पाइन्छन्।
'''मद्रासी खैरो लङ्गुर''' एक पूर्वजगतको बाँदर हो जुन [[लङ्गुर]] प्रजाति अन्तर्गत पर्दछ। यस प्रजातिको लङ्गुरलाई हनुमान लङ्गुरसँग तुलना गरिन्छ जसको आकार तथा शारीरिक बनावट लगभग एकै प्रकारका हुन्छन्। यस प्रजातिको लङ्गुर आहाराका लागि मुख्यतया रूखका पातमा भर पर्छन्। यस प्रजातिक‍ लङ्गुर दक्षिणपूर्वी भारत र श्रीलङ्कामा पाइन्छन्।


== शारीरिक विवरण ==
== शारीरिक विवरण ==

१०:३२, ९ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

मद्रासी खैरो लङ्गुर[१]
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: प्राथमिकवर्ग
परिवार: पूर्व जगत बाँदर
वंश: खैरौ लङ्गुर
एडवर्ड ब्लिथ, सन् १८४४
प्रजाति:
S. priam
वैज्ञानिक नाम
Semnopithecus priam
एडवर्ड ब्लिथ, सन् १८४४
मद्रासी खैरो लङ्गुरको बासस्थान दायरा

मद्रासी खैरो लङ्गुर एक पूर्वजगतको बाँदर हो जुन लङ्गुर प्रजाति अन्तर्गत पर्दछ। यस प्रजातिको लङ्गुरलाई हनुमान लङ्गुरसँग तुलना गरिन्छ जसको आकार तथा शारीरिक बनावट लगभग एकै प्रकारका हुन्छन्। यस प्रजातिको लङ्गुर आहाराका लागि मुख्यतया रूखका पातमा भर पर्छन्। यस प्रजातिक‍ लङ्गुर दक्षिणपूर्वी भारत र श्रीलङ्कामा पाइन्छन्।

शारीरिक विवरण

मदरासी खैरौ लङ्गुर एक प्रजातिको खैरो लङ्गुर हो जसको एक वयस्क भाले लङ्गुरको टाउको देखि पुच्छरको माथिल्लो भागको लम्बाई ५५ देखि ८० सेमी (२२ देखि ३१ इञ्च) हुन्छ भने यस प्रजातिको लङ्गुरको पुच्छरको कुल लम्बाई ७५ देखि ९० सेमी (३० देखि ३५ इञ्च) हुन्छ भने एक वयस्क मदरासी खैरो लङ्गुरको अौसत तौल ११ देखि २० किग्रा (२४ देखि ४४ पाउण्ड) हुन्छ।[३] यस प्रजातिको लङ्गुरको भाले पोथी भन्दा हल्का ठूलो हुन्छ। दक्षिणपूर्वी भारतमा पाइने यस प्रजातिको लङ्गुरको आकार तथा वजन श्रीलङ्कामा पाइने यही प्रजातिको लङ्गुरको भन्दा हल्का ठूलो हुन्छ। श्रीलङ्कामा बसोबास गर्ने लङ्गुरको आकार तथा वजनमा कमी भएतापनि यी प्रजातिहरू श्रीलङ्काका सबैभन्दा ठूलो लङ्गुरका प्रजातिहरू हुन्छ।[४]

श्रीलङ्कामा पाइने यस प्रजातिको लङ्गुरको शरीरको माथिल्लो भाग खैरो देखि खैरौ तथा खरान रङ्ग मिसिएको जस्तो देखिन्छ भने यस्तो शरिरिक रङ्ग उमेरसँगै गाढा हुँदै जान्छ। यस लङ्गुरको श्रीलङ्काली उपप्रजातिको शरीरको तल्लो भाग हल्का खैरो रङ्गको हुन्छ।[५] यस प्रजातिको लङ्गुरको टाउकोमा हल्का उच्च भाग हुन्छ जसलाई टाढैबाट नियाल्न सकिन्छ। यस प्रजातिको लङ्गुरको हात तथा खुट्टाको रङ्ग खैरो रङ्गका हुन्छ।

बासस्थान

श्रीलङ्कामा मदरासी खैरो लङ्गुरहरू सुख्खा क्षेत्रको जङ्गल तथा मानव बासस्थानहरूमा प्रशस्तै पाइन्छन्।[६] यस प्रजातिका थुप्रैपटक समूहहरू पुरातात्विक महत्त्वका क्षेत्रहरू जस्तै पोलोननरुवा, डम्बुला, अनुराधापुरा र सिगिरियामा प्रशस्त मात्रामा भेटिन्छन्। यस प्रजातिको लङ्गुर टापुको दक्षिणपट्टिका क्षेत्रहरू जस्तै; हाम्बनटोटा, याला राष्ट्रिय निकुञ्ज र टिस्समहाराममा पनि फेला पर्दछन्।[७]

सिकारी

चितुवा र कालो चीलहरू मदरासी खैरो लङ्गुरका प्रमुख सिकारीहरू हुन् भने यस बाहेक बिरालो प्रजातिका जङ्गली जनावरीहरू जस्तै; बाघ र खैरो ब्वाँसोले यी जनावरीको सिकार गर्ने गरेको पाइन्छ। पानी पिउन आउने क्रममा तथा जमिनमा ओर्लिँदा खेरी यसलाई कहिलेकाँही मगर गोअी तथा भारतीय अजिङ्गरले पनि आक्रमण गर्ने गरेको पाइएको छ।[८]

संरक्षण स्थिती

यस प्रजातिको लङ्गुरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा लोपोन्मुख बन्यजन्तुको रूपमा सूचीकृत गरिएको छ भने यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। मदरासी खैरो लङ्गुरको बासस्थान दायरामा मानव जातिको आवतजावत तथा यस लङ्गुरको भुत्ला तथा मासुका लागि गरिएको अवैध चोरी सिकारीका कारण यस प्रजातिको लङ्गुरको सङ्ख्यामा ह्रास आएको छ। यस प्रजातिको लङ्गुरलाई केही मानिसहरूले अवैध रूपमा सिकार गरी खाने गरेको पनि पाइएको छ। यस प्रजातिका लङ्गुरलाई मानिसहरूले घरपालुवा जनावरको रूपमा पनि पालेका छन्। यस प्रजातिका लङ्गुरलाई श्रीलङ्का तथा भारत सुरक्षा दिनका लागि केही कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ।

सन्दर्भ सामग्री

  1. Groves, C. (२००५), Wilson, D. E., & Reeder, D. M, eds, सम्पादक, Mammal Species of the World (3rd संस्करण), Baltimore: Johns Hopkins University Press, पृ: 175, ओसिएलसी 62265494, ISBN 0-801-88221-4 
  2. Molur, S.; Singh, M. & Kumar, A. (२००८), "Semnopithecus priam", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची, सन् २००८: e.T१३५४४०A४१२८५५८, डिओआई:10.2305/IUCN.UK.2008.RLTS.T135440A4128558.en, अन्तिम पहुँच १३ जनवरी २०१८ 
  3. Yapa, A.; Ratnavira, G. (२०१३), Mammals of Sri Lanka, Colombo: Field Ornithology Group of Sri Lanka, पृ: 1012, आइएसबिएन 978-955-8576-32-8 
  4. Roonwal, M. L. (1981). Intraspecific variation in size, proportion of body parts and weight in the Hanuman langur, Presbytis entellus (Primates), in south Asia, with remarks on subspeciation. Rec. Zool. Surv. India, 79, 125-158.
  5. Vandercone, R. (2011). Dietary Shifts, Niche Relationships and Interspecific Competition in Sympatric Grey Langur (Semnopithecus entellus) and Purple-faced Langur (Trachypithecus vetulus) in Sri Lanka. PhD Thesis, Department of Anthropology; University of Washington.
  6. Jayson, Eluvathingal Antony, Abnormal mating behaviour of Tufted grey langur, Semnopithecus priam at Kalakad-Mundanthurai Tiger Reserve, Tamil Nadu 
  7. "Semnopithecus priam thersites (Blyth, 1847)" 
  8. "Primate Factsheets: Gray langur (Semnopithecus) Taxonomy, Morphology, & Ecology" 

बाह्य सूत्रहरू