"सरस्वती" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४: पङ्क्ति २४:
बिहान उठ्नेबित्तिकै विद्याभ्यासी सात्विकजनहरू हात हेर्दैै भन्ने गर्छन् '''कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती । करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम् ।।'''
बिहान उठ्नेबित्तिकै विद्याभ्यासी सात्विकजनहरू हात हेर्दैै भन्ने गर्छन् '''कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती । करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम् ।।'''

अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रहृमाको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।

०४:०४, ९ फेब्रुअरी २०११ जस्तै गरी पुनरावलोकन

सरस्वती विद्याकी देवी हुन्।

सरस्वतीका प्रार्थना र स्तुतिहरूमा उनको दिव्य रूपको वर्णन हातमा लिएका उपकरणहरूको नाम तथा उनको वाहनको उल्लेख गरिएको छ । उनको स्तुतिगानमा गाइएका पद्यहरूले सेतो हाँसलाई आˆनो सवारी साधन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस रजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने सङ्केत गरेको छ भने उनको सेतो कपडाले सौम्य विचारको जागरण र वैज्ञानिक दृष्टिले सूर्यबाट आउने परावैजनी किरणबाट सुरक्षा गर्ने जानकारी दिइएको छ । उनले लगाउने मालाले ध्यान र एकाग्रताको सङ्केत गरेको छ भने हातमा लिने कमलको फूलले संसार रचनाको आदिम समयलाई सङ्केत गरेको छ

विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्दछन् । अझ कतिपय पूर्वीय काव्यशास्त्रीहरूले त आˆना रचना निर्बाध रूपमा सम्पन्न होस् भनेर सरस्वती माताप्रति श्रद्धा भक्तिपूर्वक निकै मीठो नम्र, शुभ्र गीत कविता स्तवनको रूपमा प्रस्तुत गरेका छन् ।

वास्तवमा इहलोकलाई उपभोग गर्न सक्ने र परलोकलाई उज्ज्वल बनाउने पुरुषार्थ सरस्वतीकै असीम कृपा हो । भनिएको छ -

"सुवर्ण पुष्पितां पृथ्वी, विचिन्वन्ति नराःस्त्रय ।

शूरश्च कृत विद्यश्च यश्च जानाति सेवितुम् ।"

अर्थात् विशाल पृथ्वीमा फुलेको सुनौला फूल तीन जनाले मात्र टिप्न सक्छन् । ती हुन्-

१. शूरवीर

२. आध्यात्म एवं भौतिक विद्या पढेको

३. सेवा नै धर्म हो भनेर समाज सेवामा सरिक हुने ।

शौर्य वा पराक्रम आर्जन गर्न ज्ञान नभै सम्भव छैन, परा-अपरा विद्यामा सरस्वतीको दृष्टि अनिवार्य पर्नैपर्छ । सेवाको भाव जगाउन "परोपकार पुण्याय पापाय परपीडनम्"को शारदावाणीलाई अनुसरण गर्नुपर्ने हुँदा सरस्वतीभन्दा महान् कोही छैन ।

बिहान उठ्नेबित्तिकै विद्याभ्यासी सात्विकजनहरू हात हेर्दैै भन्ने गर्छन् कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती । करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम् ।।