"मदन पुरस्कार" का संशोधनहरू बिचको अन्तर
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
|||
पङ्क्ति ६५: | पङ्क्ति ६५: | ||
! style="font-weight:bold;" | कृति |
! style="font-weight:bold;" | कृति |
||
! style="font-weight:bold;" | कृतिकार |
! style="font-weight:bold;" | कृतिकार |
||
|- |
|||
|वि.सं २०७६ |
|||
|महारानी |
|||
|चन्द्रप्रकाश बानियाँ |
|||
|- |
|||
|- |
|- |
||
|वि.सं २०७५ |
|वि.सं २०७५ |
१६:५८, २० सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
मदन पुरस्कार | |
---|---|
किसिम | साहित्य पुरस्कार |
वर्ग | साहित्य, विज्ञान, दर्शन, समाजशास्त्र आदि विषयमा उत्कृष्ट योगदान |
विवरण | साहित्यिक पुरस्कार नेपालमा |
स्थापना | वि.सं. २०१२, (सन् १९५५) |
पहिलो पटक प्रदान | वि.सं. २०१३ (सन् १९५६) |
अन्तिम पटक प्रदान | वि.सं. २०७५ (सन् २०१९) |
पुरस्कार प्रदानकर्ता | मदन पुरस्कार गुठी |
नगद पुरस्कार | रु. ४००,००० |
पहिलो विजेता(हरू) | सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली, बलराम जोशी |
अन्तिम विजेता(हरू) | योगेश राज |
मदन पुरस्कार लेख यहाँ निर्देशित हुन्छ। मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालय बारे पढ्न लिङ्कमा क्लिक गर्नुहोस्।
मदन पुरस्कार नेपाली कृतिलाई प्रदान गरिने प्रसिद्ध पुरस्कार हो। मदन पुरस्कार पुस्तकालयले यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गर्दछ।
पुरस्कारको स्थापना
वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो। सोही वर्ष मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ।
गुठीले वि. सं. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो।
वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरी रू. १ लाख पुग्यो। वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइएको छ।[१]
सुरूमा गद्य, पद्य, विज्ञान, दर्शन र सामाजिक शास्त्र आदि विषयमा उत्कृष्ट कृतिका लागि प्रदान गरिन्थ्यो। यसका प्रथम विजेताहरू- सत्यमोहन जोशी, चित्तरन्जन नेपाली र बलराम जोशी (२०१३ साल) हुनुहुन्थ्यो। हालसम्म कम उमेरमा मदन पुरस्कार पाउने मोदनाथ प्रश्रित (२०२४ सालमा) २४ वर्षको उमेरमा मानव नामक माहकाव्यबाट पाउनु भएको हो भने एकै पिरवारका दुई सदस्य धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम ले मदन पुरस्कार पाउनु भएको थियो। सत्यमोहन जोशीले सबैभन्दा बढी पटकसम्म मदन पुरस्कार पाउनु भएको थियो भने महिला तर्फ पारिजात (विष्णु कुमारी वाईवा)ले शिरिषको फूलबाट र झमक घिमिरेले जीवन काँडा कि फूलबाट पाउनु भएको थियो। मूलधन ४० लाख रूपैयाँबाट प्राप्त हुने ब्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष यी मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ।
यससँग संबद्ध कमलमणि दिक्षित का अनुसार-"मदन पुरस्कार साहित्यिक पुरस्कार हुँदै होइन, यो नेपाली भाषाको पुरस्कार हो। केही समयसम्म त छुट्टाछुट्टै चार क्षेत्र नै छुट्याइएका थिए तर पछि एउटै बनाइयो। कुरा यत्ति हो कि नेपाली साहित्यका पुस्तकले ज्यादा पुरस्कृत हुने अवसर पाएका छन्।"
पुरस्कार बारे
- मदन पुरस्कार प्राप्त पहिलो उपन्यास
- मदन पुरस्कार प्राप्त पहिलो कथा सङ्ग्रह
- मदन पुरस्कार प्राप्त पहिलो निबन्ध सङ्ग्रह
- मदन पुरस्कार प्राप्त पहिलो महाकव्य
- मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला
- मदन पुरस्कार प्राप्त गर्ने कम उमेरका लेखक
मोदनाथ प्रश्रित (२४ वर्ष)
- मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी
फादर विलियम बर्क हेलिङ्गयाक्स
मदन पुरस्कार प्राप्त कृतिहरू
सन्दर्भ सामग्री
- ↑ बैरागी काइँलालाई जगदम्बा श्री, ‘रणहार’ लाई मदन पुरस्कार-कान्तिपुरडेली डटकम
- ↑ http://madanpuraskar.org/guthi/people_category/madan-puraskar-winner/
- ↑ http://kantipur.ekantipur.com/printedition/news/2016-07-24/20160724121123.html
- ↑ madanpuraskar.org/guthi/madanpuraskar-2072bs-event/