"मदन पुरस्कार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९: पङ्क्ति ९:
|total =
|total =
|awardedby = [[मदन पुरस्कार गुठी]]
|awardedby = [[मदन पुरस्कार गुठी]]
|cashaward = रु. ४००,०००
|cashaward = रु. ४००,००० = Bs 2075 बाट [ स्थापना कालमा 2 लाख राशि
|description = साहित्यिक पुरस्कार<br/>[[नेपाल]]मा
|description = साहित्यिक पुरस्कार<br/>[[नेपाल]]मा
|previousnames =
|previousnames =

१३:५८, २४ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

मदन पुरस्कार
किसिमसाहित्य पुरस्कार
वर्गसाहित्य, विज्ञान, दर्शन, समाजशास्त्र आदि विषयमा उत्कृष्ट योगदान
विवरणसाहित्यिक पुरस्कार
नेपालमा
स्थापनावि.सं. २०१२, (सन् १९५५)
पहिलो पटक प्रदानवि.सं. २०१३ (सन् १९५६)
अन्तिम पटक प्रदानवि.सं. २०७५ (सन् २०१९)
पुरस्कार प्रदानकर्तामदन पुरस्कार गुठी
नगद पुरस्काररु. ४००,००० = Bs 2075 बाट [ स्थापना कालमा 2 लाख राशि
पहिलो विजेता(हरू)सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली, बलराम जोशी
अन्तिम विजेता(हरू)चन्द्रप्रकाश बानियाँ

मदन पुरस्कार लेख यहाँ निर्देशित हुन्छ। मदन पुरस्कार गुठीमदन पुरस्कार पुस्तकालय बारे पढ्न लिङ्कमा क्लिक गर्नुहोस्।

मदन पुरस्कार नेपाली कृतिलाई प्रदान गरिने प्रसिद्ध पुरस्कार हो। मदन पुरस्कार पुस्तकालयले यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गर्दछ।

पुरस्कारको स्थापना

वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो। सोही वर्ष मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ।

गुठीले वि. सं. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो।

वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरी रू. १ लाख पुग्यो। वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइएको छ।[१]

सुरूमा गद्य, पद्य, विज्ञान, दर्शन र सामाजिक शास्त्र आदि विषयमा उत्कृष्ट कृतिका लागि प्रदान गरिन्थ्यो। यसका प्रथम विजेताहरू- सत्यमोहन जोशी, चित्तरन्जन नेपालीबलराम जोशी (२०१३ साल) हुनुहुन्थ्यो। हालसम्म कम उमेरमा मदन पुरस्कार पाउने मोदनाथ प्रश्रित (२०२४ सालमा) २४ वर्षको उमेरमा मानव नामक माहकाव्यबाट पाउनु भएको हो भने एकै पिरवारका दुई सदस्य धनुषचन्द्र गौतमध्रुवचन्द्र गौतम ले मदन पुरस्कार पाउनु भएको थियो। सत्यमोहन जोशीले सबैभन्दा बढी पटकसम्म मदन पुरस्कार पाउनु भएको थियो भने महिला तर्फ पारिजात (विष्णु कुमारी वाईवा)ले शिरिषको फूलबाट र झमक घिमिरेले जीवन काँडा कि फूलबाट पाउनु भएको थियो। मूलधन ४० लाख रूपैयाँबाट प्राप्त हुने ब्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष यी मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ।

यससँग संबद्ध कमलमणि दिक्षित का अनुसार-"मदन पुरस्कार साहित्यिक पुरस्कार हुँदै होइन, यो नेपाली भाषाको पुरस्कार हो। केही समयसम्म त छुट्टाछुट्टै चार क्षेत्र नै छुट्याइएका थिए तर पछि एउटै बनाइयो। कुरा यत्ति हो कि नेपाली साहित्यका पुस्तकले ज्यादा पुरस्कृत हुने अवसर पाएका छन्।"

पुरस्कार बारे

मन(उपन्यास)

नयाँसडकको गीत

एब्स्ट्रयाक्ट चिन्तन: प्याज

मानव (महाकाव्य)

पारिजात

मोदनाथ प्रश्रित (२४ वर्ष)

फादर विलियम बर्क हेलिङ्गयाक्स

मदन पुरस्कार प्राप्त कृतिहरू

वर्ष कृति कृतिकार
वि.सं २०७६ महारानी चन्द्रप्रकाश बानियाँ
वि.सं २०७५ रणहार योगेश राज
वि.सं २०७४ योगमाया नीलम कार्की "निहारिका"
वि.सं. २०७३ धृतराष्ट्र घनश्याम कँडेल [२]
वि.सं. २०७२ ऐना रामलाल जोशी [३]
वि सं. २०७१ खुशी विजय कुमार पाण्डे [४]
वि.सं. २०७० खलंङ्गामा हमला एउटी नर्सको डायरी राधा पौडेल
वि.सं. २०६९ दमिनी भीर राजन मुकारुङ
वि.सं. २०६८ सेतो धरती अमर न्यौपाने
वि.सं. २०६७ जीवन काँडा कि फूल झमक घिमिरे
वि.सं. २०६६ नेपालका बालीनाली र तिनको दिगो खेती नरबहादुर साउद
वि.सं. २०६५ एक हातको ताली युवराज नयाँघरे
वि.सं. २०६४ अन्तर्मनको यात्रा जगदीश घिमिरे
वि.सं. २०६३ छापामारको छोरो महेशविक्रम शाह
वि.सं. २०६२ राधा कृष्ण धारावासी
वि.सं. २०६१ पल्पसा क्याफे (उपन्यास) नारायण वाग्ले
वि.सं. २०६० नयाँ ईश्वरको घोषणा गोपाल पराजुली (कवि)
वि.सं. २०५८ अभिनव संस्कृति कोष हरिराम जोशी
वि.सं. २०५७ नेपालको सिमाना बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५६ अतिरिक्त अभिलेख दिनेश अधिकारी
वि.सं. २०५५ दु खान्त नाटकको सृजना परम्परा डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५४ विसर्जन लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३ नेपाली राष्ट्रिय झण्डा डा. दयाराम श्रेष्ठ
वि.सं. २०५२ योजनगन्धा विनोदप्रसाद धिताल
वि.सं. २०५१ सही शब्द फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५० माध्यमिक नेपाली गद्याख्यान शरद्चन्द्र शर्मा भट्टराई
वि.सं. २०४९ पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) डा. भवेश्वर पंगेनी
वि.सं. २०४८ पागल बस्ती सरुभक्त
वि.सं. २०४७ मृत्युञ्जय महाकाव्य भानुभक्त पोखरेल
वि.सं. २०४६ नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका डा. राजेश गौतम
वि.सं. २०४५ ज्योति ज्योति महाज्योति दौलत विक्रम विष्ट
वि.सं. २०४४ उत्सर्ग प्रेम राजेश्वर देवकोटा
वि.सं. २०४३ लिच्छवि संवत्‌को निर्णय नयराज पन्त
वि.सं. २०४२ वैकुण्ठ एक्सप्रेस मोहनराज शर्मा
वि.सं. २०४१ प्रत्यागमन कन्चन पुडासैनी
वि.सं. २०४० अलिखित(उपन्यास) डा. ध्रुवचन्द्र गौतम
वि.सं. २०३९ माधवी मदनमणि दीक्षित
वि.सं. २०३८ नदी किनाराका माझी मोहन कोइराला
वि.सं. २०३७ नरसिंह अवतार जगदीश शमशेर राणा
वि.सं. २०३६ नेपालका परम्परागत प्रविधि डा. छविलाल गजुरेल, करुणाकर वैद्य
वि.सं. २०३५ घामका पाइलाहरू ध. च. गोतामे
वि.सं. २०३४ लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२ आगत (उपन्यास) भवानी भिक्षु
वि.सं. २०३० लिच्छविकालका अभिलेख धनवज्र वज्राचार्य
वि.सं. २०२९ आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् ईश्वरबल्लभ
वि.सं. २०२८ कर्णाली लोक संस्कृति प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजंगबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७ नेपाली निर्वाचनको रूपरेखा महानन्द सापकोटा
वि.सं. २०२६ बेलाइततिर बरालिँदा तारानाथ शर्मा
वि.सं. २०२५ मङ्गली कुसुम धर्मराज थापा
वि.सं. २०२५ टिपन टापन पारसमणि प्रधान
वि.सं. २०२४ नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास ग्रीष्मबहादुर देवकोटा
वि.सं. २०२४ एब्स्ट्रयाक्ट चिन्तन: प्याज शङ्कर लामिछाने
वि.सं. २०२३ मानव (महाकाव्य) मोदनाथ प्रश्रित
वि.सं. २०२३ स्रष्टा र साहित्य उत्तम कुँवर
वि.सं. २०२२ शिरीषको फूल पारिजात
वि.सं. २०२१ वस्त्र निर्माणकला लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१ प्राचीन हिन्दू अर्थशास्त्र नवराज चालिसे
वि.सं. २०२१ प्राकृत पोखरा मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१ नेपाली भाषा र साहित्य बालकृष्ण पोखरेल
वि.सं. २०२० जोसमनी सन्त परम्परा र साहित्य जनकलाल शर्मा
वि.सं. २०२० नैषधीय चरित कोमलनाथ अधिकारी
वि.सं. २०१९ आमाको सपना गोपालप्रसाद रिमाल
वि.सं. २०१८ नयाँ सडकको गीत रमेश विकल
वि.सं. २०१७ विस्फोट भीमनिधि तिवारी
वि.सं. २०१७ नेपाली राष्ट्रिय मुद्रा सत्यमोहन जोशी
वि.सं. २०१६ महाकवि देवकोटा नित्यराज पाण्डे
वि.सं. २०१५ उद्यान गङ्गाविक्रम सिजापति
वि.सं. २०१५ कवि व्यथित र काव्यसाधना कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४ मृत्तिका उद्योग करुणाकर वैद्य
वि.सं. २०१४ मन लीलाध्वज थापा
वि.सं. २०१३ अधिकविभव स्थिरविद्युत् उत्पादक बलराम जोशी
वि.सं. २०१३ जनरल भीमसेन थापा र तत्कालीन नेपाल चित्तरञ्जन नेपाली
वि.सं. २०१३ हाम्रो लोक संस्कृति सत्यमोहन जोशी

सन्दर्भ सामग्री

बाहिरी लिङ्कहरू