"युवावस्था" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा सुधार गर्दै
सा हटक्याटद्वारा श्रेणी:युवावस्था जोडियो
पङ्क्ति ११: पङ्क्ति ११:


==बाह्य कडीहरू==
==बाह्य कडीहरू==

[[श्रेणी:युवावस्था]]

११:४०, २५ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

युवावस्था शारीरिक परिवर्तनहरूको एक प्रक्रिया हो जसद्वारा बच्चाको शरीर प्रजनन क्षमताले युक्त वयस्कको शरीरमा परिवर्तन हुन्छ। युवावस्था मस्तिष्कद्वारा यौन अङ्गहरू (डिम्बाशय तथा अण्डकोष)लाई हार्मोन सङ्केत पठाउने प्रक्रियाबाट सुरु हुने गर्दछ। प्रतिउत्तरमा, यौन अङ्गले विभिन्न किसिमको हार्मोन उत्पन्न गर्दछ जुन मस्तिष्क, हाडहरू, मांसपेशीहरू, छाला, स्तन तथा प्रजनन अङ्गहरूको विकासको गतिलाई बढाउने गर्दछ। युवावस्थाको पहिलो अर्ध-भागमा विकास तीव्र गतिले हुने गर्दछ भने युवावस्थाको समाप्ति भएसँगै यो रोकिने गर्दछ। युवावस्थाभन्दा पहिले केटाकेटीहरू बीच शारीरिक भिन्नता मात्रै यौनाङ्गसम्म सीमित रहने गर्दछ। युवावस्थाको समयमा शारीरिक संरचना र प्रणालीहरूको आकार, आकृति, रचना र सोसँग सम्बन्धित अङ्गहरूको विकास हुने गर्दछ। यस शारीरिक विकासलाई सबैभन्दा स्पष्ट सहायक लिङ्ग विशेषताहरूसँग जोडेर सन्दर्भित गर्ने गरिएको छ।

विशुद्ध अर्थमा, युवावस्था शब्द (ल्याटिन शब्द प्युबरेटम (परिपक्वता, तन्नेरी उमेर)) किशोरहरूको मनोसामाजिक र सांस्कृतिक रूपरेखाको विकास नभएर यौन परिपक्वताको शारीरिक परिवर्तनहरूसँग सम्बन्धित छ। किशोरावस्था वाल्यपन र वयस्कताको बीचको मनोसामाजिक र सामजिक परिवर्तनहरूको अवधि हो। किशोरावस्था केही हदसम्म युवावस्थाको अवधिमा व्याप्त रहने गरेको छ, तर यसको सीमालाई ठीक तरिकाले परिभाषित गरिएको छैन र यो युवावस्थामा शारीरिक परिवर्तनहरू नभएर किशोरावस्थाको उमेरमा मनोसामाजिक तथा सांस्कृतिक विशेषताहरूको विकाससँग बढी सम्बन्धित छ।

पुरुष र महिला युवावस्थाको बीचमा अन्तर

युवावस्थाको प्रारम्भ

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू