"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७०: पङ्क्ति ७०:


===सरकारी सुधार===
===सरकारी सुधार===
२० डिसेम्बर १९१७ मा (2 January 1918, N.S.), लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भयो ।<ref>Figes, 1996.</ref> यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सेप्टेम्बर १९१८ पछि लाल आतंक सुरु भयो। फ्रेन्च आतंकी शासन सोभियत बोल्सेभिकको लागि उदाहरण थियो। लियोन ट्रट्स्कीले लेलिनको तुलना [[म्याक्समिलन रबस्पियर]]सँग गरेका थिए।<ref>[[Richard Pipes]]: [https://books.google.com/books?id=XtE54LuhFzEC&pg=PA789&hl=en&source=gbs_toc_r&cad=3#v=onepage&q&f The Russian Revolution]</ref>
२० डिसेम्बर १९१७ मा (2 January 1918, N.S.), लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भयो ।<ref>Figes, 1996.</ref> यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सेप्टेम्बर १९१८ पछि लाल-आतंक सुरु भयो। फ्रेन्च आतंकी शासन सोभियत बोल्सेभिकको लागि उदाहरण थियो। लियोन ट्रट्स्कीले लेलिनको तुलना [[म्याक्समिलन रबस्पियर]]सँग गरेका थिए।<ref>[[Richard Pipes]]: [https://books.google.com/books?id=XtE54LuhFzEC&pg=PA789&hl=en&source=gbs_toc_r&cad=3#v=onepage&q&f The Russian Revolution]</ref>


जमीन सम्बन्धी कानुन निजी जमिनको पुनर्वितरण लाई अनुमोदन गर्यो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत संघको चिन्हमा र निशान छपमा [[हँसिया हथौडा|हसिया हथौडा]] थियो।
जमीन सम्बन्धी कानुन निजी जमिनको पुनर्वितरणलाई अनुमोदन गर्यो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत संघको चिन्हमा र निशान छापमा [[हँसिया हथौडा|हसिया हथौडा]] थियो।
अन्य कानुन:
अन्य कानुन:
*सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण गरियो।
* सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण गरियो।
*सबै रसियाली बैङ्कहरु राष्ट्रियकरण गरियो।
* सबै रसियाली बैङ्कहरु राष्ट्रियकरण गरियो।
*निजी बैङ्क खाता जफत गरियो।
* निजी बैङ्क खाता जफत गरियो।
*चर्चको सबै सम्पत्ति (बैङ्क खाता सहित) जफत गरियो।
* चर्चको सबै सम्पत्ति (बैङ्क खाता सहित) जफत गरियो।
*सबै वैदेशिक ऋणहरु अस्विकार /परित्याग गरियो।
* सबै वैदेशिक ऋणहरु अस्विकार /परित्याग गरियो।
*उद्योग कारखानाको नियन्त्रण सोभियतलाई दिइयो।
* उद्योग कारखानाको नियन्त्रण सोभियतलाई दिइयो।
*ज्याला निश्चित गरियो, युद्धको समयमा बढी र सामन्य अवस्थामा कम, आठ घण्टा कार्य समय तोकियो।
* ज्याला निश्चित गरियो, युद्धको समयमा बढी र सामन्य अवस्थामा कम, आठ घण्टा कार्य समय तोकियो।


===बोल्सेभिक बिरोधी भावना===
===बोल्सेभिक बिरोधी भावना===

०६:५४, २७ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

अक्टोबर क्रान्ति

Red Guard Vulkan factory.jpg
Red Guard Vulkan factory
को भाग

लाल सेना at Vulkan factory १९१७ मा 
मिति7 नोवेम्बर , (25 October, ढाँचा:Abbrlink) 1917
स्थान
परिणाम बोल्सेभिक बिजय 
योद्धा
बोल्सेभिक पार्टी
रसियाली अस्थायी सरकार
सेनापतिहरू
भ्लादिमिर लेनिन
लियन ट्रोत्सकी
Pavel Dybenko
Vladimir Antonov-Ovseyenko
रुसअलेक्सान्दार केरेन्स्की
रुस क्रासनोव
शक्ति
१०००० sailors, २००००-३०००० लाल सेना जवान 500–1,000 volunteer soldiers, 1,000 soldiers of women's battalion
मृत्यु र क्षति
केही लाल सेना जवान घाइते सबै  कैद 
बोल्सेभिक (१९२० ), by Boris Kustodiev.
The New York Times समाचार नोवेम्बार १९१७बाट

रूसको महान अक्टोबर समाजवादी क्रान्ति (रूसी: Великая Октябрьская социалистическая революция, वेलीकया ओक्त्याब्र्स्कया सोत्सिअलिस्तीचेस्कया रेवोल्यूत्सिया) - सन् १९१७ मा रूसमा भएको क्रान्ति, जसको कारण रूसी रोमानोभ वंशको तीन सय वर्षको राजतन्त्रको का अन्त भयो र संसारको इतिहासमा मजदूर र किसानको पहिलो राज्य - सोवियत सङ्घ (रूसीमा СССР)को स्थापना भयो।

सन् १९९१ मा साम्यवादी सोवियत सङ्घ विखण्डित भयो । आज यस क्षेत्र १५ अलग पूँजीवादी राज्य छन्।

क्रान्तिको घटना-वर्णन

फेब्रुअरी क्रान्ति

सन् १९१७ को फेब्रुअरीमा रूसमा पूँजीवादी क्रान्ति भयो र रूसी राजसत्ता अस्थायी सरकारलाई, पूँजीवादी अधिनायकत्वको उस संस्थाको हातमा गयो जो रूसी राज्यको शासन-मशीनलाई काबुमा लिएका थिए।

युद्ध विरोधी प्रदर्शन

अक्टोवर क्रान्ति

जर्मन सहायता

अमेरिकी सहायता

हिंसात्मक विद्रोह

योजना

Cruiser Aurora
Forward gun of Aurora that fired the signal shot

१० अक्टोबर १९१७ मा (O.S.; 23 October, N.S.), बोल्सेभिक केन्द्रिय कमिटीले "शसस्त्र विद्रोह अपरिहार्य रहेको" कुरा १०-२ मतले पास गर्यो।[१] कमिटीको बैठकमा लेनिन्सले रसियाका जनताहरु "सशस्त्र आन्दोलनको लामो प्रतीक्षा गरिरहेको र यो बोल्सेभिकले सत्ता लिने समय भएको" कुरा बताए। लेनिनले सशस्त्र विद्रोह सफल हुने विश्वास व्यक्त गरे।[२]

बोल्सेभिकले सोभियत प्रमुख ट्रोट्स्कीको नेतृत्वमा क्रान्तिकारी सैन्य कमिटी बनायो। यस कमिटीमा सशस्त्र कामदार तथा सैनिक थिए। कमिटीले सहरका रणनीतिक स्थानहरु आफ्नो तयारीलाई गोप्य राख्दै कब्जा गर्ने योजना बनायो। अन्तरिम सरकारका प्रमुख करेन्स्की स्वयं कामेनेभ र जिनोविभ को सुराकीले यी सबै विस्तृत जानकार थिए। [३][४]

सुरुवात

२४ अक्टोबर (O.S.; 6 November N.S.) को बिहान सबेरै, करेन्स्की सरकार प्रती बफादार एक सैनिक समुहले बोल्सेभिक पत्रिका रबोचिय पत (नेपाली अनुवाद: मजदुरको बाटो)को छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिका जफत र नष्ट गर्यो। लगत्तै सरकारले रबोचिय पत लगायत बामपन्थी पत्रिका सोलडत, र उग्र दक्षिणपन्थी पत्रिकाहरु "झिभो स्लोवो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गर्यो। यी पत्रिकाका सम्पादक तथा समाचार संकलकलाई अपराधिक मुद्दा लगाइयो र विद्रोहको आरोप लगाइयो।[५]

त्यसको प्रतिक्रिया स्वरुप, बिहान ९  बजे बोल्सेभिक सैन्य क्रान्तिकारी कमिटीले सरकारको कदमको निन्दा गर्दै बक्तव्य जारी गर्यो। बिहान १०  बजे बोल्सेभिक पक्षीय सेनाले "रबोचिय पत" छापाखाना आफ्नो कब्जामा ल्यायो। करेन्स्कीले करिब 3 p.m. बजे पेत्रोग्रादको सबै पुल कब्जामा लिन आदेश दिए प्रतिकृया व्यक्त गरे। त्यसपछि पुलहरु नियन्त्रण लिनको लागि सैन्य क्रान्तिकारी कमिटी सम्बद्ध लाल सेना र सरकार प्रति बफादार सेना बीच शृङ्खलाबद्ध झडप भए। करिब ५  p.m. बजे सम्ममा सैन्य क्रान्तिकारी कमिटीले केन्द्रिय टेलिग्राफ कब्जा गरी सहरको सम्पुर्ण सञ्चार प्रणाली बोल्सेभिकको नियन्त्रणमा गयो। [५][६]

२५ अक्टोबर १९१७ मा (O.S.; 7 November, N.S.) बोल्सेभिकले पेत्रोग्राद (हाल सेन्ट पिटर्सबर्ग; तत्कालीन रसियाको राजधानी) मा करेन्स्की सरकार विरुद्ध आन्दोलन्को लागि नेतृत्व गर्यो। लाल सेना रेड गार्डले मुख्य सरकारी भवन, सुबिधा, मुख्य सञ्चार क्षेत्र, र मुख्य बिन्दु कब्जा गर्यो। पेट्रोग्राद ग्यारिसन र सहरका सैन्य टुकुडीले पनि विद्रोहमा सहभागीता जनाए।[४] यो सशस्त्र आन्दोलन नियोजित र संगठित थियो। यसले राज्य सत्ता मजदुर तथा सैनिक मा हस्तान्तरण गर्यो।

कनेन्स्की र अन्तरिम सरकार आन्दोलन रोक्न असफल भए। रेलमार्ग, रेल स्टेसन सोभियम मजदुर र सैनिक को नियन्त्रण मा गरेकाले सरकारी अधिकारीको चाल बन्द भएको थियो। सरकारले कुनै गाडी राख्न सकेको थिएन। आन्दोलन सुरु भएपछि करेन्स्की स्सिन्य सहायताको अमेरिकी दूतावासबाट रेनल्ट गाडी सापट लिएर शीतकालीन दरबार तर्फ लागे।[५]

करेन्स्कीले सहर छोडेपछी, लेनिन ले " रसियाका नागरिक" हरूलाई सम्बोधन गरे कि सैन्य क्रान्तिकारी कमिटीले अन्तरिम सरकारलाई विस्थापित गर्यो।" यो घोषणा टेलिग्राफबाट रसिया भर प्रसार गरियो।[५]

शीत कालीन दरबार (विन्टर प्यालेस)मा आक्रमण

शीत-महलमा आक्रमण

विन्टर प्यालेस मा ३,००० कार्यकर्ता, अधिकारी, र महिला सैनिक विरुद्धको अन्तिम आक्रमण रक्तहीन भयो।[५][७] बोल्सेभिकले आक्रमण मा केही ढिलाइ भयो किनकी काम गर्ने हतियार भेटिएन।[८] ६:१५ माp.m., एउटा ठूलो समुहले हतियार सहित दरबार छोड्यो। ८:०० बजे २०० अन्य ले दरबार छोडे। [५]

दरबार भित्र अन्तरिम सरकारको के कस्तो कदम चाल्ने बहस भैरहेको समयमा, बोल्सेभिकले आत्मसमर्पण गर्न अल्टिमेटम दिए। मजदुर र लाल सेना ले बाँकी रहेको अन्तिम एउटा टेलिग्रफ स्टेसन पनि कब्जा गरे र सहर बाहिर रहेको सरकार समर्थित सेना बीचको सञ्चार पनि काटे। रात छिप्पिदै गए पछि विद्रोही हरूले दरबार घेरे।[५] At 9:45 p.m, the cruiser Aurora fired a blank shot from the harbor. १०:२५ मा केही क्रान्तिकारीहरू दरबार भित्र प्रवेश गरे र ३ घण्टा पछि सबै भिड प्रवेश गर्यो।

२६ अक्टोबर को २:१० मा बोल्सेभिकले नियन्त्रण गर्यो। भित्र रहेका कार्यकर्ता र १४० महिला सैनिकले ४०,०००सँग लड्नु भन्दा आत्मसमर्पण गरे।[९][१०] अन्तरिम सरकारको क्याबिनेटले आत्मसमर्पण गर्यो र उनीहरूलाई पिटर एण्ड पल किल्लामा कैद गरियो। उक्त सरकारको कैद नहुने व्यक्ति स्वयं करेन्स्की नै थिए जसले पहिले नै दरबार छोडिसकेका थिए। [५][११]

पेट्रोग्राद सोभियत कब्जा मा आएपछी अखिल रूसी कंग्रेसको अधिवेशनमा यो खबर सुनाइयो कि अस्थायी सरकारको अन्तिम किल्ला शीत महल माथि कब्जा गरियो। केन्द्र मा र अन्य स्थानमा राज्यशासन सोवियतको हातमा आयो।

अक्टोबर क्रान्ति तत्कालीन रूसका किसान, सैनिक र श्रमिकहरूको बलमा भएको थियो। त्यहाँका मजदुर वर्ग संघर्षको लामो प्रक्रियाबाट गुज्रेका थिए र उनीहरूले बोल्सेभिक पार्टीको नेतृत्वमा आफ्ना क्रियाकलाप अगाडि बढाएका थिए।

अक्टोबर क्रान्तिले रूसी साम्राज्यभित्र र बाहिरका देशका जनतालाई शोषण र अत्याचारबाट मुक्त नगरेको भए त्यो क्रान्तिले पूर्णता पाउन सक्ने थिएन। लेनिनको नेतृत्वको बोल्सेभिक पार्टीले जार शासनअन्तर्गत दबिएका राष्ट्रका नागरिकलाई आ-आफ्नै प्रकारले फल्न फुल्न दिने घोषणा गरेको हुँदा ती राष्ट्रका जनताले आफूखुसी सोभियत समाजवादी गणतन्त्रात्मक संघमा प्रवेश गरे।

परिणाम

नयाँ सरकार निर्माण

रुसी गृहयुद्ध

क्रान्तिलाई सर्वव्यापी मान्यता थिएन र यसपछी रुसी गृहयुद्ध (१९१७-२२) संघर्ष को समना गर्नु पर्यो र १९२२ मा सोभियत सङ्घको निर्माण भयो।

सरकारी सुधार

२० डिसेम्बर १९१७ मा (2 January 1918, N.S.), लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भयो ।[१२] यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सेप्टेम्बर १९१८ पछि लाल-आतंक सुरु भयो। फ्रेन्च आतंकी शासन सोभियत बोल्सेभिकको लागि उदाहरण थियो। लियोन ट्रट्स्कीले लेलिनको तुलना म्याक्समिलन रबस्पियरसँग गरेका थिए।[१३]

जमीन सम्बन्धी कानुन निजी जमिनको पुनर्वितरणलाई अनुमोदन गर्यो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत संघको चिन्हमा र निशान छापमा हसिया हथौडा थियो। अन्य कानुन:

  • सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण गरियो।
  • सबै रसियाली बैङ्कहरु राष्ट्रियकरण गरियो।
  • निजी बैङ्क खाता जफत गरियो।
  • चर्चको सबै सम्पत्ति (बैङ्क खाता सहित) जफत गरियो।
  • सबै वैदेशिक ऋणहरु अस्विकार /परित्याग गरियो।
  • उद्योग कारखानाको नियन्त्रण सोभियतलाई दिइयो।
  • ज्याला निश्चित गरियो, युद्धको समयमा बढी र सामन्य अवस्थामा कम, आठ घण्टा कार्य समय तोकियो।

बोल्सेभिक बिरोधी भावना

विश्वमा कम्युनिष्ट विचारको विस्तार

सन् १९१७ मा अक्टोबर क्रान्ति भएसँगै विश्वमा कम्युनिस्ट पार्टीहरू तीव्र रूपमा निर्माण भए । सन् १९१८ मा जर्मन कम्युनिस्ट पार्टी, १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी र १९२८ मा भारतीय कम्युनिस्ट पार्टीको स्थापना भए ।

पाठ

  • अक्टोबर क्रान्तिले समाजवादी आन्दोलनलाई बल प्रयोगको विधिबाट सम्पन्न गर्न सक्ने पाठ सिकायो ।
  • यसले विदेशी हस्तक्षेपविरुद्ध निर्मम ढङ्गले प्रतिरोध गर्न सिकायो ।
  • सामन्तवादविरुद्ध डटेर लड्न सिकायो ।
  • राजनीतिक सत्ता खोसेर लिनुपर्छ र त्यसका लागि सशस्त्र संघर्ष मार्फत बल प्रयोग गर्नुपर्छ भन्ने सिकायो । शान्तिपूर्ण संघर्षलाई अस्वीकार गर्यो ।
  • शान्तिपूर्ण संघर्ष गर्न खोज्ने कम्युनिस्ट पार्टीहरूलाई बुर्जुवाकरण र क्रान्तिबाट भागेको जस्ता आरोप स्वयं कम्युनिस्ट पार्टीहरूले लगाए ।
  • यसले आधा विश्वलाई समाजवादी कित्तामा उभ्याउन आधारभूमि तयार गर्यो ।

बिरासत

उक्त क्रान्तिपश्चात् भ्लादिमिर लेनिनले आठ वर्ष शासन गरे ।

सन् १९२२ मा सोभियत संघको निर्माण भयो भने १९९१ त्यसको भंग भयो ।

अक्टोबर क्रान्तिलाई आदर्श मान्दै बनेका कम्युनिस्ट पार्टीले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान गरे ।

पूर्वी युरोप र एसिया क्षेत्रमा अक्टोबर क्रान्तिको प्रभाव बढी पर्यो । विश्वका धेरै देशमा कम्युनिस्ट पार्टीहरूको स्थापना भए । ती देशमा अक्टोबर क्रान्तिको नक्कल गरिए ।[१४]

नोट

सन्दर्भ

  1. "Central Committee Meeting—10 Oct 1917" 
  2. Steinberg, Mark (२००१), Voices of the Revolution, 1917, Binghamton, New York: Yale University Press, पृ: 170, आइएसबिएन 0300090161 
  3. "1917 – La Revolution Russe", Arte TV, १६ सेप्टेम्बर २००७, मूलबाट १ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०१६ 
  4. ४.० ४.१ Suny, Ronald (२०११), The Soviet Experiment, Oxford University Press, पृ: 63–67। 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ ५.७ Rabinowitch, Alexander (२००४), The Bolsheviks Come to Power: The Revolution of 1917 in Petrograd, Pluto Press, पृ: 273–305। 
  6. Bard College: Experimental Humanities and Eurasian Studies, "From Empire To Republic: October 24 – November 1, 1917", अन्तिम पहुँच २४ फेब्रुअरी २०१८ 
  7. Beckett, p. 528
  8. Alexander Rabinowitch, The Bolsheviks Come to Power: the Revolution of 1917 in Petrograd (Haymarket Books: Chicago Illinois 2004)
  9. Michael Lynch, Access to History: Reaction and Revolution: Russia 1894-1924, Fourth Edition (Hodder Education: April 2015)
  10. Raul Edward Chao, Damn the Revolution! (Dupont Circle Editions: Washington DC, London, Sydney, 2016) p.191
  11. "1917 Free History", Yandex Publishing, अन्तिम पहुँच ८ नोभेम्बर २०१७ 
  12. Figes, 1996.
  13. Richard Pipes: The Russian Revolution
  14. http://rajdhanidaily.com/2017/11/05/64697/