"सिन्धु मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox musical artist
{{Infobox musical artist
| name = सिन्धु मल्ल
| name = सिन्धु मल्ल
| image = Sindhu Malla.jpg
| image = Sindhu Malla in Nepali Cultural dress.jpg
| alt = सिन्धु मल्ल
| alt = सिन्धु मल्ल
| caption = सिन्धु मल्ल
| caption = सिन्धु मल्ल नेपाली पहिरनमा
| background = लोक आधुनिक दोहोरी गायिका
| background = लोक आधुनिक दोहोरी गायिका
| birth_name =
| birth_name =

१४:०७, १९ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

सिन्धु मल्ल
सिन्धु मल्ल
सिन्धु मल्ल नेपाली पहिरनमा
व्यक्तिगत विवरण
जन्म (1982-12-30) ३० डिसेम्बर १९८२ (उमेर ४१)
श्री गाउँ दाङ, नेपाल
उत्पत्तिदाङ
विधालोक आधुनिक दोहोरी गायिका
पेशागायिका, लागूपदार्थ दुर्व्यसन विरूद्ध सकृय
सक्रिय वर्ष2000–present

सिन्धु मल्ल नेपाली आधुनिक तथा लोक गायिका हुन् ।[१] यिनले आधुनिक, लोक, दोहोरी तथा पप गीत समेत गाएकी छिन् भने चलचित्रका लागि पार्श्व गायन पनि गरेकी छिन्। बाल्यकालदेखि नै गीत गाउन रूचि राख्ने मल्लले २०५८ सालमा गायक बद्री पंगेनीसँग गाएको "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने दोहोरी गीतबाट लोकप्रियता हासिल गर्न सुरु गरेकी हुन् [२]फुलमाया गितबाट ब्यबसायिक गायनयात्रा सुरु गरेकि थिइन। पहिलाे रेकर्डेड गित रेडियाे नेपालमा रेकर्ड भएकाे गित "पढ्नु भनेकाे के हाे?" भन्ने रहेकाे छ।

उशा मंगेशकरले गाएको ‘झल्झली आँखामा...,’ गीतको रिमेक गीत निकालेपछि उनको स्वरको प्रशंसा भएको थियो। पछि 'रातो सारीमा', 'कहाँ हो कहाँ', 'धरानको बजारमा' जस्ता गीतहरू लोकप्रिय बने। तीजको क्रममा 'चिटिक्कै भा छु रे' नामको गीतले यिनलाई लामो समयसम्म चिनायो जसको वि. सं.२०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। वि. सं. २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गीत गाएकी छिन्। [स्रोत नखुलेको] । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गीती एल्बम निस्किएका छन्।

जन्म र बाल्यकाल

सिन्धु मल्लको जन्म पिता डम्बर बहादुर मल्ल र माता जनक कुमारी मल्लको कोखबाट २०३८ पुष १५ गते दाङ जिल्लाको श्रीगाउँमा भएको हो। यिनको माध्यमिक शिक्षा रत्न राज्यलक्ष्मी मा.वि. नयाँ बानेश्वरबाट भयो। पछि ललितकला क्याम्पस हुदै कलानिधि इन्दिरा महाविद्यालयबाट संगीतमा स्नातक गरेकी छन्।

गिती एल्बम

ससुरालीमा, चिटिक्कै भाछु रे, कहाँ?, टुङना र डम्फू, काफल गेडी, माया धरानी, लाहुरे दाइले, लाइछाै बेसन, लाठीचार्ज, लाइछौ बेसन, चुरा पोते रातो, छिनको छिनमा, तीज आयो, पिरतीको जाल, अहिलेकाे तिज,दिलैकाे राजा,पिरतिकाे जाल(चैर मुसि चैर ), [३] आदि रहेका छन्।हालसम्म धेरै राष्ट्रिय स्तरका अवार्ड जित्ने गायिकाहरु मध्ये गायिका मल्ल पनि अग्र स्थानमा रहेकि छिन।

सन्दर्भ सामग्रीहरू

  1. "सिन्धु मल्ल", kathmanducraze, अन्तिम पहुँच १४ अक्टोबर २०२० 
  2. न्यौपाने, मनोज, "खै, ती दिन अब आउलान्-नआउलान्!", अन्तिम पहुँच १९ अक्टोबर २०२० 
  3. "चर्चामा सिन्धु मल्लको पिरतीको जाल", नारी, अन्तिम पहुँच १९ अक्टोबर २०२० 

बाहिरी कडीहरू