"संस्कृत" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६: पङ्क्ति २६:


== इतिहास: ==
== इतिहास: ==
एसिया को प्राचिनतम् ग्रन्‍थ '[[ऋग्वेद]]' (ठीक काल निर्णय गर्न नसकिने र कसैले ईशापूर्व ३५०० भन्दा अघिको भनेको छ) संस्‍कृत भाषामा नै रचिएको हो। ऋग वेद को सबै भन्दा पुरानो लिपि 1464 AD को भेटीएको छ। त्यस्तै अन्‍य वेदहरू - [[यजुर्वेद]], [[सामवेद]] र [[अथर्ववेद]] - पनि संस्‍कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण [[पाणिनि]]को हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो । अधिकांश मानिस [[पाणिनि]]को [[अष्टाध्यायी]]बाट '''काव्य संस्कृत'''को आरम्भ मान्दछन्। अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचना गरिएको [[अमरकोष]] प्राचीनतम शब्दकोश हो ।<ref>कुलचन्द्र गौतम, अमरकोष, बालकृष्णाचार्य, बनारस ।</ref><ref>कुलचन्द्र गौतम, नेपाली संस्कृत शब्दकोश, नेपाल संस्कृत विश्वविद्यालय ।</ref> [[हिन्दू धर्म|हिन्दू]] तथा [[बुद्ध]] धर्मका प्रायजसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन् ।
एसिया को प्राचिनतम् ग्रन्‍थ '[[ऋग्वेद]]' (ठीक काल निर्णय गर्न नसकिने र कसैले ईशापूर्व ३५०० भन्दा अघिको भनेको छ) संस्‍कृत भाषामा नै रचिएको हो। ऋग वेद को सबै भन्दा पुरानो लिपि १४६४ ई.पू. को भेटीएको छ। त्यस्तै अन्‍य वेदहरू - [[यजुर्वेद]], [[सामवेद]] र [[अथर्ववेद]] - पनि संस्‍कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण [[पाणिनि]]को हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो । अधिकांश मानिस [[पाणिनि]]को [[अष्टाध्यायी]]बाट '''काव्य संस्कृत'''को आरम्भ मान्दछन्। अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचना गरिएको [[अमरकोष]] प्राचीनतम शब्दकोश हो ।<ref>कुलचन्द्र गौतम, अमरकोष, बालकृष्णाचार्य, बनारस ।</ref><ref>कुलचन्द्र गौतम, नेपाली संस्कृत शब्दकोश, नेपाल संस्कृत विश्वविद्यालय ।</ref> [[हिन्दू धर्म|हिन्दू]] तथा [[बुद्ध]] धर्मका प्रायजसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन् ।
संस्कृतको प्राचीनतम रूप वैदिक संस्कृत हो जो [[हिन्दू धर्म]]को प्रमुख ग्रन्थ [[वेद]]को भाषा हो। [[रामायण]], [[महाभारत]] र [[पुराण]], [[कविता|काव्य]] संस्कृतमा लेखिएका छन्।
संस्कृतको प्राचीनतम रूप वैदिक संस्कृत हो जो [[हिन्दू धर्म]]को प्रमुख ग्रन्थ [[वेद]]को भाषा हो। [[रामायण]], [[महाभारत]] र [[पुराण]], [[कविता|काव्य]] संस्कृतमा लेखिएका छन्।
[[File:Devimahatmya Sanskrit MS Nepal 11c.jpg|thumb|300px|right|देवी माहत्म्य]]
[[File:Devimahatmya Sanskrit MS Nepal 11c.jpg|thumb|300px|right|देवी माहत्म्य]]

०७:५१, १४ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

संस्कृत
संस्कृतम् saṃskṛtam
संस्कृतम्
देवनागिरीमा लेखिएको संस्कृत
उच्चारण[səmskr̩t̪əm]
क्षेत्रबृहत भारत
मातृभाषी वक्ता
प्रारम्भिक रूप
आफ्नो लिपी छैन। हाल देवनागरी तथा अन्य लिपीमा लेख्ने गरिन्छ ।[१]
सरकारी दर्जा
आधिकारिक भाषा
भारत भारत
भाषा सङ्केतहरू
आइएसओ ६३९-१sa
आइएसओ ६३९-२san
आइएसओ ६३९-३san
ग्लोटोलगsans1269[२]

संस्कृत भाषा (/ˈsænskrɪt/; संस्कृतम् saṃskṛtam [səmskr̩t̪əm], वास्तविक संस्कृता वाक् संस्कृता वाक्, भारती, सुरभारती, अमरभारती, अमरवाणी, सुरवाणी, गीर्वाणवाणी, गीर्वाणी, देववाणी, देवभाषा, दैवीवाक्‌ इत्यादि नामले यो प्रसिद्ध छ। संस्कृतको अर्थ हुन्छ परिमार्जित अथवा संस्कार गरिएको सुसंस्कृत । "परिष्कृत भाषण") पृथ्वीको सबैभन्दा प्राचीनतम भाषाहरू मध्येको एक हो । यो भारोपेली भाषा परिवारमा वर्गीकृत छ । संस्कृतमा लेख्नको लागि मुख्यतया देवनागरी लिपीको प्रयोग गरिन्छ। दक्षिण एसियाको एक शास्त्रीय भाषा हो। यसलाई देववाणी अथवा सुरभारती पनि भनिन्छ। यो विश्वको सबैभन्दा पुरानो उल्लेखित भाषाहरू मध्ये एक हो । संस्कृत हिन्द-यूरोपीय भाषा-परिवारको हिन्द-ईरानी शाखाको हिन्द-आर्य उपशाखामा समाविष्ट छ । यसले आदिम-हिन्द-यूरोपीय भाषासँग धेरै मेल खान्छ। आधुनिक दक्षिण एसियाली भाषाहरू जस्तै नेपाली, उर्दू, कश्मीरी, उडिया, बंगाली, मराठी, सिन्धी, पञ्जाबी, आदि यसैबाट उत्पन्न भएका हुन् । यी सबै भाषाहरूमा यूरोपीय बंजारहरूको रोमानी भाषा पनि समाविष्ट छ । हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । आज पनि हिन्दू धर्मका धेरै जसो यज्ञ र पूजा संस्कृत भाषाका माध्यमबाट नैं सम्पन्न हुन्छन् ।

इतिहास:

एसिया को प्राचिनतम् ग्रन्‍थ 'ऋग्वेद' (ठीक काल निर्णय गर्न नसकिने र कसैले ईशापूर्व ३५०० भन्दा अघिको भनेको छ) संस्‍कृत भाषामा नै रचिएको हो। ऋग वेद को सबै भन्दा पुरानो लिपि १४६४ ई.पू. को भेटीएको छ। त्यस्तै अन्‍य वेदहरू - यजुर्वेद, सामवेदअथर्ववेद - पनि संस्‍कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण पाणिनिको हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो । अधिकांश मानिस पाणिनिको अष्टाध्यायीबाट काव्य संस्कृतको आरम्भ मान्दछन्। अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचना गरिएको अमरकोष प्राचीनतम शब्दकोश हो ।[४][५] हिन्दू तथा बुद्ध धर्मका प्रायजसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन् । संस्कृतको प्राचीनतम रूप वैदिक संस्कृत हो जो हिन्दू धर्मको प्रमुख ग्रन्थ वेदको भाषा हो। रामायण, महाभारतपुराण, काव्य संस्कृतमा लेखिएका छन्।

देवी माहत्म्य

व्याकरण

संस्कृत भाषाको संस्कृत व्याकरण अत्यन्त परिमार्जित एवं वैज्ञानिक छ। धेरै प्राचीन कालबाट नैं अनेक व्याकरणाचार्यहरूले संस्कृत व्याकरणमा धेरै नैं लेखेका छन्। तर पनि पाणिनिको संस्कृत व्याकरणमा गरिएको कार्य सबैभन्दा प्रसिद्ध छ। पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्रि हुन् । उनको जन्म लगभग ५००० वर्ष पहिले नेपालको हाल अर्घाखाँची जिल्लाको पणेना गाउपालिकामा भयको हो। उनको यही गाउँमा जन्म भयकोले नै यस गाउँपालिकाको नामाकरण पाणिनिको नाममा राखियको हो। । उनले व्याकरण शास्त्रको रचना गरेका थिए जसलाई चार भागमा लेखिएको छ । पाणिनिद्वारा पहिलो माहेश्वर १४ सूत्रहरूको रचना भएको थियो । जसलाई महेश्वर (शिव)ले वरदान स्वरुप प्रदान गरेका थिए भनिन्छ । त्यसैले पहिलो रचनालाई माहेश्वरसूत्र भनिन्छ । दोस्रो अष्टाध्यायी जसमा आठ अध्याय र लगभग चार हजार सूत्र छन्। उनका अष्टाध्यायी कुनै पनि भाषाका व्याकरणको सबैभन्दा प्राचीन ग्रन्थ छ। संस्कृतमा संज्ञा, सर्वनाम, विशेषणक्रियाका धेरै प्रकारबाट शब्द-रूप बबनाइन्छन्, जो व्याकरणिक अर्थ प्रदान गर्दछन्। अधिकांश शब्द-रूप मूलशब्दका अन्तमा प्रत्यय लगाएर बबनाइन्छन्। यस प्रकार यो भन्न सकिन्छ कि संस्कृत एक बहिर्मुखी-अन्त-श्लिष्टयोगात्मक भाषा हो। संस्कृतका व्याकरणलाई वागीश शास्त्रीले वैज्ञानिक स्वरूप प्रदान गरेकोछ।

ध्वनि-तन्त्र र लिपि

संस्कृत भारतको धेरै लिपिहरूमा लेखिंदै आएकोछ, तर आधुनिक युगमा देवनागरी लिपिका साथ यसको विशेष सम्बन्ध छ। देवनागरी लिपि वास्तवमा संस्कृतका लागि नैं बनेको हो, यस कारण यसमा हरेक चिह्नका लागि एक र केवल एक नैं ध्वनि छ। देवनागरीमा १२ स्वर र ३४ व्यंजन छन्। देवनागरीबाट रोमन लिपिमा लिप्यन्तरणका लागि दुइ पद्धतीहरू अधिक प्रचलित छन् : IAST र ITRANS. शून्य, एक वा अधिक व्यंजनहरू र एक स्वरका मेलबाट एक अक्षर बन्दछ।

संस्कृत भाषाको विशेषताहरू

  1. संस्कृत, विश्वको सबैभन्दा पुरानो पुस्तक (वेद)को भाषा हो। यस कारण यसलाई विश्वको प्रथम भाषा मान्नमा कुनै कुनै संशयको छैन।
  2. यसको सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकता का कारण सर्वश्रेष्ठता पनि स्वयं सिद्ध छ।
  3. सर्वाधिक महत्त्वपूर्ण साहित्यको धनी हुनले यसको महत्ता पनि निर्विवाद छ।
  4. यसलाई देवभाषा मानिन्छ ।
  5. संस्कृत केवल स्वविकसित भाषा हैन अपितु संस्कारित भाषा पनि हो अतः यसको नाम संस्कृत हो । केवल संस्कृत नै एकमात्र भाषा हो जसको नामकरण त्यसको बोलने वालहरूका नाममा गरिएको छ। संस्कृतलाई संस्कारित गर्ने वाला पनि कुनै साधारण भाषाविद् हैन तर महर्षि पाणिनि, महर्षि कात्यायन र योग शास्त्रका प्रणेता महर्षि पतंजलि हुन् । यी तीनहरू महर्षिहरूले धेरै नै कुशलताबाट योगको क्रियाहरूलाई भाषामा समाविष्ट गरेको हुन् । यही यस भाषाको रहस्य छ।
  6. शब्द-रूप - विश्वका सबै भाषाहरूमा एक शब्दको एक वा मात्र केहीरूप हुन्छन्, जबकि संस्कृतमा प्रत्येक शब्दका २५ रूप हुन्छन्।
  7. द्विवचन - सबै भाषाहरूमा एक वचनबहु वचन हुन्छन् जबकि संस्कृतमा द्विवचन अतिरिक्त हुन्छ।
  8. सन्धि - संस्कृत भाषाको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो सन्धि। संस्कृतमा जब दुइ शब्द निकट आउँछन् त त्यहाँ सन्धि हुँदा स्वरूप र उच्चारण परिवर्तन हुन जान्छ।
  9. यसलाई कम्प्यूटर र कृत्रिम बुद्धिका लागि सबैभन्दा उपयुक्त भाषा मानिन्छ।
  10. शोधबाट यस्तो पाइएको छ कि संस्कृत पढनाले स्मरण शक्ति बढ्दछ।
  11. संस्कृत वाक्यहरूमा शब्दहरूलाई कुनै पनि क्रममा राख्न सकिन्छ। यसबाट अर्थको अनर्थ हुने धेरै कम वा कुनै पनि सम्भावना छैन। यस्तो यस कारण हुन्छ किनभनें सबै शब्द विभक्ति र वचनका अनुसार हुन्छन् र क्रम परिवर्तनमा पनि सही अर्थ सुरक्षित रह्दछ। जस्तै - अहं गृहं गच्छामि वा गच्छामि गृहं अहम् दुइटै नैं ठीक छन्।
  12. संस्कृत विश्वको सर्वाधिक 'पूर्ण' (perfect) एवं तर्कसम्मत भाषा हो।
  13. देवनागरी एवं संस्कृत नैं दुइ मात्र साधन छन् जो क्रमश: अंगुलिहरू एवं जिब्रोलाई लचिलो बना्दछन्। यसका अध्ययन गर्ने वाला छात्रहरूलाई गणित, विज्ञान एवं अन्य भाषाहरू ग्रहण गर्नमा सहायता मिल्दछ।
  14. संस्कृत भाषामा साहित्यको रचना कमबाट कम छह हजार वर्षदेखि निरन्तर हुँदै आएको छ। यसका धेरै लाख ग्रन्थहरूका पठन-पाठन र चिन्तनमा भारतवर्षका हजारहरू पुस्ताका करोडौ सर्वोत्तम मस्तिष्क दिन-रात लागिरहेछन् र आज पनि लागेकाछन्। थाहा छैन संसारका कुनै देशमा यति कालसम्म, यति दूरीसम्म व्याप्त, यति उत्तम मस्तिष्कमा विचरण गर्ने कुनै भाषा छ वा छैन। शायद छैन।

विश्वका लागि संस्कृतको महत्त्व

  • संस्कृत सबै भारतीय भाषाहरूको जननी हो। यिनको अधिकांश शब्दावली वा त संस्कृतबाट लिइएकाछन् वा संस्कृतबाट प्रभावित छन्। भारतमा संस्कृतकोअध्ययन-अध्यापनबाट भारतीय भाषाहरूमा अधिकाधिक एकरूपता आउँनेछ जसबाट भारतीय एकता बलवती हुनेछ। यदि इच्छा-शक्ति छ भनें संस्कृतलाई हिब्रूको भाँति पुनः प्रचलित भाषा पनि बनाउन सकिन्छ।
  • हिन्दू, बौद्ध, जैन आदि धर्महरूका प्राचीन धार्मिक ग्रन्थ संस्कृतमा छन्।
  • हिन्दुहरूका सबै पूजा-पाठ र धार्मिक संस्कारको भाषा संस्कृत नैं छ।
  • हिन्दु, बौद्धहरू र जैनहरूका नाम पनि संस्कृतमा आधारित हुन्छन्।
  • भारतीय भाषाहरूको प्राविधिक शब्दावली पनि संस्कृतबाट नैं व्युत्पन्न गरिन्छ।
  • संस्कृतले भारतलाई एकताका सूत्रमा बाँध्दछ।
  • संस्कृतको प्राचीन साहित्य अत्यन्त प्राचीन, विशाल र विविधतापूर्ण छ। यसमा अध्यात्म, दर्शन, ज्ञान-विज्ञान, र साहित्यको खजाना छ। यसका अध्ययनबाट ज्ञान-विज्ञानका क्षेत्रमा प्रगतिलाई बढावा मिल्नेछ।
  • संस्कृतलाई कम्प्यूटरका लागि (कृत्रिम बुद्धिको लागि) सबैभन्दा उपयुक्त भाषा मानिन्छ।
  • संस्कृत भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो।

विश्वका बहुप्रचलित भाषाहरूमा प्रभाव

विश्वका बहुप्रचलित भाषाहरूमा यसको केकस्तो प्रभाव छ । हेरौं केही उदाहरण–
अंग्रेजी भाषा संस्कृतको पितृ शब्दबाट पश्चिममा पीटर र फादर, मातृबाट मदर र मादर, भ्रातृबाट ब्रदर जस्ता शब्द प्रभावित देखिन्छन् । त्यसै गरी संस्कृतको नस् शब्दबाट नोज, दन्तबाट डेन्ट र टूथ, स्थानबाट स्टेशन, मनबाट माइण्ड, कुप्यबाट कप, द्वारबाट डोर, कोटरबाट क्वाटर, हस्तबाट ह्याण्ड, हृद्.बाट हार्ट, मत्तबाट म्याड, दिव्यबाट डिवाइन, जननबाट जेनेटक्स, शरणबाट सरेन्डर आदिसंग तुलना गर्दा यी शब्दहरूको सम्बन्ध न्यूनाधिक रूपमा कहिं न कहीं संस्कृत भाषाबाट अवश्य रहेको छ भन्ने कुरा यो कुरा घाम झैं छर्लंग हुन्छ ।
रुसी भाषा संस्कृतको प्रभाव रुसी भाषामाथि पनि स्पष्ट परिलक्षित भएको छ । उदाहरणका लागि संस्कृतको अग्नि रुसीमा अगोन््, द्वारबाट द्वेर, नभबाट नेका, अस्तिबाट एस्त, कुत्रबाट कुदा, तत्रबाट तुदा, ज्ञानबाट जिनानिय, नवोढाबाट निवेस्ता, प्लावनबाट प्लावनिये आदि रूपमा देख्न सकिन्छ ।
चिनियाँ भाषा यद्यपि चीनीयां अति प्राचीन भाषा हो तर पनि संस्कृतको छाप त्यहां पनि परिलक्षित हुन्छ । जस्तै, संस्कृतको पौषबाट चीनीयांमा पौहुआ, माघबाट माकुआ, फागुनबाट फगुना आदि अनेक शब्द प्राप्त हुन्छन् ।
मङ्गोल भाषा मध्य एसियाको मंगोल भाषामा वारहरूको नाम संस्कृतमा आधारित छन्, जस्तै, संस्कृतको सोम मंगोलमा सोमिया, आदित्य मंगोलमा आदिया, बुद्ध बधिया, शुक्र सूकर, र शनिको संचीव बनेको छ ।
इन्डोनेशिया र काम्बोज देशमा रामायण रं महाभारतका कथाहरू इन्डोनेशियामा राष्ट्रिय कथाका रूपमा स्वीकृत छन् । इन्डोनेशिया शब्द दुइ शब्दको योगबाट बनेको छ इन्डस् र नेसस् । त्यसै गरी इन्डोनेशियाका द्वीपका नामहरु संस्कृतमा आधारित देखिन्छन् । जस्तै, सुमात्रा त्यहांको एक स्थान छ जुन शुद्ध संस्कृत शब्द हो । यसै गरी एक स्थानको नाम जोगजकार्ता हो । जुन संस्कृतको योग्यकर्ताको तद्भवस्वरुप छ । जोगजकार्ताको सुलतानको उपाधि हो, भुवनो सेनापति, जुन संस्कृतको शब्द हो । यहांको एक प्रसिद्ध बन्दरगाहको नाम प्रोबोलिंगो हो । जुन पूर्व र कलिंग शब्दबाट बनेको छ । यसै गरी कम्बोडिया (हाल काम्पूचि) शब्द काम्बोजको तद्भव रुप हो । यहां पनि संस्कृत भाषा एवं साहित्यको प्रभाव छ ।
पश्तो भाषा पश्तो अफगानिस्तानको भाषा हो । त्यहांका जनता र सरकारले पश्तो र संस्कृतका सम्बन्धको अनुभव गरेर संस्कृतको अध्ययनमाथि विशेष बल दिने गरेको थियो । काबुल विश्वविद्यालयको पाठ्यक्रकमा सन् १९८० सम्म संस्कृत महत्त्वपूर्ण र अनिवार्य विषय हो । संस्कृतको व्याकरणका आधारमा पश्तोलाई वैज्ञानिक भाषा बनाउन त्यसो गरिएको बताइएको छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. Banerji, Sures (१९८९), A companion to Sanskrit literature : spanning a period of over three thousand years, containing brief accounts of authors, works, characters, technical terms, geographical names, myths, legends, and several appendices, Delhi: Motilal Banarsidass, पृ: ६७२, आइएसबिएन 978-81-208-0063-2 
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Sanskrit", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  3. "Comparative speaker's strength of scheduled languages − 1971, 1981, 1991 and 2001", Census of India, 2001, Office of the Registrar and Census Commissioner, India, अन्तिम पहुँच ३१ डिसेम्बर २००९ 
  4. कुलचन्द्र गौतम, अमरकोष, बालकृष्णाचार्य, बनारस ।
  5. कुलचन्द्र गौतम, नेपाली संस्कृत शब्दकोश, नेपाल संस्कृत विश्वविद्यालय ।

बाह्य लिङ्कहरू

संस्कृत सामग्रीहरू