"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३४: पङ्क्ति १३४:
[[श्रेणी:Deaths by firearm in Texas]]
[[श्रेणी:Deaths by firearm in Texas]]
[[श्रेणी:People associated with the Boy Scouts of America]]
[[श्रेणी:People associated with the Boy Scouts of America]]
[[श्रेणी:जोन एफ केनेडीको हत्या सँग सम्बन्धित व्यक्तिहरू]]
[[श्रेणी:People associated with the assassination of John F. Kennedy]]
[[श्रेणी:People from Brookline, Massachusetts]]
[[श्रेणी:People from Brookline, Massachusetts]]
[[श्रेणी:People murdered in Texas]]
[[श्रेणी:People murdered in Texas]]
पङ्क्ति १४२: पङ्क्ति १४२:
[[श्रेणी:Pulitzer Prize for Biography or Autobiography winners]]
[[श्रेणी:Pulitzer Prize for Biography or Autobiography winners]]
[[श्रेणी:Recipients of the Navy and Marine Corps Medal]]
[[श्रेणी:Recipients of the Navy and Marine Corps Medal]]
[[श्रेणी:Space advocates]]
[[श्रेणी:अन्तरिक्ष वक्ताहरू]]
[[श्रेणी:Star class sailors]]
[[श्रेणी:Star class sailors]]
[[श्रेणी:अमेरिकी जलसेना अधिकारीहरू]]
[[श्रेणी:अमेरिकी जलसेना अधिकारीहरू]]
[[श्रेणी:United States Senators from Massachusetts]]
[[श्रेणी:म्यासाचुसेट्सका अमेरिकी सिनेटर]]
[[श्रेणी:१९६० अमेरिकी राष्ट्रपति निर्वाचनका उमेद्दवारहरू]]
[[श्रेणी:१९६० अमेरिकी राष्ट्रपति निर्वाचनका उमेद्दवारहरू]]
[[श्रेणी:१९५६ अमेरिकी उप-राष्ट्रपति निर्वाचनका उमेद्दवारहरू]]
[[श्रेणी:१९५६ अमेरिकी उप-राष्ट्रपति निर्वाचनका उमेद्दवारहरू]]

०४:४७, २८ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

जोन एफ केनडी
जोन एफ केनडी फेब्रुअरी १९६१ मा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरू|अमेरिकाका ३५औं राष्ट्रपति
कार्यकाल
जनवरी २०, १९६१ – नोवेम्बर २२, १९६३
उपराष्ट्रपतिलिन्डन बेन्स जोन्सन
पूर्वाधिकारीड्वीट डी. आइजेनहावर
उतराधिकारीलिन्डन बेन्स जोन्सन
United States Senator
from Massachusetts
कार्यकाल
जनवरी ३, १९५३ – डिसेम्बर २२, १९६०
पूर्वाधिकारीहेन्री क्याबोट लज जुनियर
उतराधिकारीबेन्जामिन ए. स्मिथ II
Member of the U.S. House of Representatives
from म्यासेचुसेट्स's 11th district
कार्यकाल
January 3, 1947 – January 3, 1953
पूर्वाधिकारीJames Michael Curley
उतराधिकारीTip O'Neill
व्यक्तिगत विवरण
जन्म
जोन फिजगेराल्ड केनेडी

(१९१७-०५-२९)मे २९, १९१७
म्यासाचुसेट्स, अमेरिका
मृत्यु २२ नोभेम्बर १९६३(1963-11-22) (उमेर ४६)
डल्लास, टेक्सास, अमेरिका.
मृत्युुको  कारणहत्या
चिहानआर्लिङ्टन नेसनल सिमेट्री
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी
(
वि १९५३)
नाताकेनेडी परिवार
सन्तान(हरू)
अभिभावकहरू
मातृ शिक्षाप्रतिष्ठानHarvard University (BA)
जीवनवृतिराजनीति
हस्ताक्षरCursive signature in ink
सैन्य सेवा
निष्ठा United States of America
शाखा/सेवा United States Navy
सेवाको वर्षहरू१९४१–१९४५
श्रेणी Lieutenant
एकाइ
लडाई/युद्धहरू

जोन फिट्जगेराल्ड "ज्याक" केनेडी (अङ्ग्रेजी: John Fitzgerald "Jack" Kennedy) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि संयुक्त राज्य अमेरिकाको ३५औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। सन् १९६३ मा उनको हत्या भएको थियो।

सेनामा द्वितीय विश्व युद्धको समयमा मोटर तारोपडो जहाजको कमान्डर पद पछि केनेडीले सन् १९४७ देखि १९५३ को बिच म्यासेचुसेट को ११ औँ जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले सन् १९५३ देखि १९६० अमेरिकी सिनेटमा सम्म काम गरे। सिनेटमा रहँदा, केनेडीले आफ्नो पुस्तक प्रोफाइल इन करेज प्रकाशित गरे , जुन पुस्तकले पुलित्जर पुरस्कार प्राप्प्त गर्यो। सन् १९६० को राष्ट्रपति चुनावमा केनेडीले रिपब्लिकन प्रतिद्वन्दी तत्कालीन उप-राष्ट्रपतिका रिचर्ड निक्सनलाई साँघुरो मतान्तरले हराए र थियोडोर रूजवेल्ट पछि ४३ को उमेरमा दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। केनेडी पहिलो क्याथोलिक राष्ट्रपति थिए।

केनेडी प्रशासनको दौरान, शीतयुद्धमा कम्युनिष्ट राज्यहरूसंग धेरै तनाव भए । त्यसको नतिजा स्वरूप, उनले दक्षीणी भियतनाममा अमेरिकी सैन्य सल्लाहकार को सङ्ख्या वृद्धि गरे । अप्रिल १९६१ मा, उनले बे अफ पिग्स आक्रमणमा फिडेल क्यास्ट्रोको क्युबाली सरकारलाई उल्टाउने प्रयत्नलाई अनुमति दिए ।[१]

उनको शासनको समयमा पिग्सको खाडीको आक्रमण, क्युबा मिसाइल संकट, बर्लिनको पर्खालको निर्माण, अंतरिक्ष होड, अफ्रिका-अमेरिकी मानव अधिकारहरूको हलचल र भियतनाम युद्धको शुरुवात जस्ता मुख्य घटनाहरू भए।

२२ नोबेम्बर १९६३ मा, डल्लास मा उनको हत्या भयो । उप-राष्ट्रपति लिन्दन बि जोनसनले केनेडीको मृत्युपछी राष्ट्रपतिको पद सम्हाले । मार्क्सवादी तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाई राज्यद्रोहको लागि पक्राउ गरियो, तर दुई दिन पछी ज्याक रबीद्वारा उनको हत्या भयो । फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफ.बि.इ ) र वारेन आयोग दुवैले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन् । त्यस बेलामा २६ वर्षका तथा सोभियतबाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।

केनेडीको मृत्यु पछी कंग्रेसले उनका धेरै प्रस्तावहरू पास गर्यो, जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन् । अमेरिकी इतिहासकार एवम सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षणमा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै मानिसहरू उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् ।

उत्कृष्ट राष्ट्रपति

उनको नामसँग अनेकौँ काण्डलाई जोड्न खोजिए पनि उनलाई आफ्ना जनतासमक्ष उत्कृष्ट लक्ष्य राख्ने राष्ट्रपतिको रूपमा हेरिएको छ ।

राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति थिए तर उनको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।

सन्दर्भ सामाग्री

  1. de Quesada, Alejandro The Bay of Pigs: Cuba 1961 (2011) p. 17

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू