"गोविन्दबहादुर मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ११: पङ्क्ति ११:
| birth_place =
| birth_place =
| death_date = २०६७ मंसिर २७ <!-- {{Death date and age|YYYY|MM|DD|YYYY|MM|DD}} -->
| death_date = २०६७ मंसिर २७ <!-- {{Death date and age|YYYY|MM|DD|YYYY|MM|DD}} -->
| death_place = [[काठमाडौँ|काठमाडौँ]]
| death_place = [[काठमाडौँ]]
| resting_place =
| resting_place =
| occupation = लेखक
| occupation = लेखक
पङ्क्ति ८८: पङ्क्ति ८८:
{{reflist}}
{{reflist}}


==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.madanpuraskar.org/guthi/govindabahadur.php मदन पुरस्कार गुठी]
* [http://www.madanpuraskar.org/guthi/govindabahadur.php मदन पुरस्कार गुठी]
* [http://madanpuraskar.org/view_books_written.php?author=%E0%A4%97%E0%A5%8B%E0%A4%B5%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A6+%E0%A4%97%E0%A5%8B%E0%A4%A0%E0%A4%BE%E0%A4%B2%E0%A5%87 गोविन्द गोठालेद्वारा लेखिएका पुस्तकहरू]
* [http://madanpuraskar.org/view_books_written.php?author=%E0%A4%97%E0%A5%8B%E0%A4%B5%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A6+%E0%A4%97%E0%A5%8B%E0%A4%A0%E0%A4%BE%E0%A4%B2%E0%A5%87 गोविन्द गोठालेद्वारा लेखिएका पुस्तकहरू]
* [http://www.samakalinsahitya.com/?show=detail&art_id=3541 नेपालीका विशिष्ट नाटक/एकाङ्कीकार गोविन्दबहादुर मल्ल गोठाले]
* [http://www.samakalinsahitya.com/?show=detail&art_id=3541 नेपालीका विशिष्ट नाटक/एकाङ्कीकार गोविन्दबहादुर मल्ल गोठाले]


{{ढाँचा:जगदम्बाश्री पुरस्कार}}
{{जगदम्बाश्री पुरस्कार}}
{{नेपाली भाषाका साहित्यकारहरू}}
{{नेपाली भाषाका साहित्यकारहरू}}


पङ्क्ति १०२: पङ्क्ति १०२:
[[श्रेणी:नेपाली साहित्यकारहरू]]
[[श्रेणी:नेपाली साहित्यकारहरू]]
[[श्रेणी:साहित्यकार]]
[[श्रेणी:साहित्यकार]]
[[श्रेणी:नेपाली साहित्य]]
[[श्रेणी:नाटककार]]
[[श्रेणी:नाटककार]]

११:५५, ७ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

गोविन्द बहादुर मल्ल
जन्मवि. सं. १९७९ असार २९
मृत्यु२०६७ मंसिर २७
काठमाडौँ
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधाकथा, नाटक, उपन्यास
उल्लेखनीय कार्यहरूपल्लो घरको झ्याल
आफन्तहरूभाइ विजय मल्ल

गोविन्द बहादुर मल्ल “गोठाले” (वि. सं. १९७९ - वि.सं. २०६७) नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम गोविन्दबहादुर मल्ल गोठाले हो । उनले सिद्धिचरणबाट लेख्ने, रिमालबाट आधुनिक बन्ने र देवकोटाबाट लगनशील बन्ने प्रेरणा पाएका हुन् । उनले कथा, उपन्यास र नाटकका क्षेत्रमा ख्याति प्राप्त गरेका छन् ।[१]

जीवनी

गोठालेको जन्म वि. सं. १९७९ असार २९ गते ओमबहाल, काठमाडौमा भएको थियो। उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया हुन्। शारदाका प्रकाशक/सम्पादक उनका पिता ऋद्धिबहादुर भाषासेवी थिए भने दाजु विजय मल्ल ठूला साहित्यकार थिए। उनले आई.एस्सी. सम्म पढे। नीजि व्यवसायमा संलग्न रहे।

कवि सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा लगायतसँग उठ्बस गर्न भ्याएका गोठाले नाटक, कथा र उपन्यास गरी तीन विधाका पहिलो आधुनिक प्रयोक्ता थिए। गोठालेले साहित्यिक पत्रिका शारदाको सम्पादक भएर समेत काम गरे ।

उनी शारदाका सम्पादक र जोरगणेश प्रेसका निर्देशक रहे। यसका साथै विभिन्न कालमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य, प्रेस काउन्सिलका सदस्य, निर्वाचन आयोगका सदस्य, नेपाल लेखक सङ्घका अध्यक्ष भए। आफू सम्पादक हुँदा शारदालाई उनले नेपाल बाहिरका नेपाली भाषी माझ समेत पुर्‍याएका थिए। गोठाले नेपालको पहिलो दैनिक अखबार आवाजको प्रधान सम्पादकसमेत भएका थिए।

कृतिहरू

उनले वि. सं. १९९२ तिरै लेखेको 'ममता' शीर्षकको कविता उनको पहिलो रचना हो। गोठालेद्वारा वि. सं. २०१६ सालमा लेखिएको पल्लो घरको झ्याल उपन्यासले अत्यधिक लोकप्रियता पाएको थियो। कथा, उपन्यास, नाटक आदिमा कलम चलाएका मल्लका कृतिहरू यस प्रकारका छन्:- class="wikitable "

पुरस्कार

नेपाली भाषा-साहित्यका विविध विधामा खास गरी कथा, नाटक र उपन्यासमा पाँच दशकभन्दा बढी समयदेखि उच्च दर्जाका कृतिहरूको सिर्जना गरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत उनले २०५५ सालको जगदम्बाश्री पुरस्कार पाएका उनका अन्य सम्मानहरू निम्नानुसार छन्:-

  • नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको मानार्थ आजीवन सदस्य (२०३३)
  • गोरखा दक्षिण बाहु दोस्रा (२०३६)
  • त्रिभुवन प्रज्ञा पुरस्कार (२०४२)
  • भवानी साहित्यिक पत्रकारिता पुरस्कार (२०४५)
  • वेदनिधि पुरस्कार (२०४८)
  • सर्वश्रेष्ठ रचना पुरस्कार (२०५०)
  • पहलमानसिंह स्वाँर पुरस्कार (२०५२)
  • सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार (२०५३)

भ्रमण

नेपालका विभिन्न ठाउँ, भारत, लेबनान, फ्रान्स, जर्मनी, इटली, चीन, थाइल्यान्ड, बेलायत, हल्याण्ड, सिरिया, बेल्जियम आदि देशको भ्रमण गरेका मल्ल नेपाली साहित्य आकाशका कहिल्यै ननिभ्ने तारा हुन् ।

निधन

उनको वि.सं. २०६७ मंसिर २७ गते (सन् २०१० डिसेम्बर १३) का दिन ८९ वर्षको उमेरमा निधन भयो।

सन्दर्भ सामग्री

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य कडीहरू