"प्रेमा शाह" का संशोधनहरू बिचको अन्तर
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू== |
||
पङ्क्ति ५५: | पङ्क्ति ५५: | ||
}} |
}} |
||
'''प्रेमा शाह''' (अङ्ग्रेजी: [[:en:Prema Shah|Prema Shah]]) को जन्म सन् १९४५, जुन २९ [[विक्रम सम्वत्|विक्रम सम्बत्]]: २००२ [[आषाढ]] १६ गते शुक्रबार भएको हो ।<ref name="sahityaghar">{{cite web|url=https://sahityaghar.blogspot.in/2012/04/blog-post_26.html|title=नारीमनकी कथाकार प्रेमा शाह र उनको ‘पहेँलो गुलाफ’ कथाको विश्लेषण|trans-title=|first=कृष्णप्रसाद|last=कोइराला|website=sahityaghar.blogspot.in|publisher=निहारिका|date=4/27/2012|accessdate=2018-04-19}}</ref> उनी प्रेम र यौनलाई अङ्गिकार गरी वीसको दशकमा नेपाली साहित्यमा यौटा नयाँ युगको शुरुवात गर्ने प्रख्यात साहित्यकार मानिन्छिन् ।<ref name="vpkonlinenews">{{cite web|url=http://www.vpkonlinenews.com/प्रेमा-शाह-युगको-अन्त्य/|title=प्रेमा शाह युगको अन्त्य|trans-title=|first=|last=|website=vpkonlinenews.com|publisher=विश्वपरिक्रमा|date=December 21, 2017|accessdate=2018-04-19}}</ref> |

==जीवनी== |
==जीवनी== |
||
पङ्क्ति ६१: | पङ्क्ति ६१: | ||
[[कथाकार]] प्रेमा शाहको जन्म संवत् २००२ असार १६ गते [[शुक्रवार|शुक्रबार]] [[वीरगञ्ज]]को श्रीपुरमा भएको थियो । यिनको चिनाको नाउँ गिरिराजलक्ष्मी शाह हो । जन्मेको चौध दिनमा उनका बुबा पूर्णेन्द्रविक्रम शाह तथा आमा अरुणा शाहको ममतामयी न्यानो काखबाट अलग्याएर यिनलाई वीरगन्जबाट [[काठमाडौँ|काठमाडौं]]स्थित उनको मावलीघर ल्याइएको थियो । बाल्यकालदेखि गीतसङ्गीत र नृत्यमा उनको रूचि देखिन्छ । उनी धाईआमाको लालनपालन र स्याहारसुसारमा हुर्किएकी थिइन् ।<ref name="sahityaghar"/> |

===शिक्षा=== |
===शिक्षा=== |
||
प्रेमा शाहले मावलीघरमा पढ्ने, जान्ने र हुर्कने अनुकूलता प्राप्त गरिन् । उनले मावलीमा नै कखरा पढिन् । यिनलाई पढाउन मामाघरमै अलगअलग विषयका बेग्लाबेग्लै शिक्षक नियमित रूपमा आउने गर्थे । घरमा राम्ररी पढ्नलेख्न जानेपछि यिनलाई पाटन हाईस्कुलको बिहानको कक्षामा एकैचोटि छैटौँ कक्षामा भर्ना गरियो । प्रेमाले एक वर्ष पाटन हाईस्कुलमा पढेपछि त्यस स्कुलको बिहानका सम्पूर्ण कक्षा मदन मेमोरियल स्कुलमा सरे । त्यसपछि उनी पनि मदन मेमोरियल स्कुल जान थालिन् । अनि उनी पाटनको त्रिपद्म स्कुलमा भर्ना भइन् । त्यसपछि यिनलाई पाटन, मङ्गलबजारस्थित आदर्शकन्या निकेतनमा पु¥याइयो । यसरी स्कुले शिक्षा लिने क्रममा विभिन्न ठाउँमा चाहारेर यिनले २०१६ मा एस्. एल्. सी. उत्तीर्ण गरिन् । उनले पाटन कलेजबाट प्रवीणता प्रमाणपत्र तह र स्नातक गरिन भने [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातकोत्तर गरिन् ।<ref name="sahityaghar"/> |

पङ्क्ति ७१: | पङ्क्ति ७१: | ||
===व्यक्तिगत जीवन=== |
===व्यक्तिगत जीवन=== |
||
प्रेमा शाहको यौवनावस्था र गार्हस्थ्य जीवन भने त्यति राम्रो भने भएन । साहित्यिक व्यक्तित्व झैं नै यिनको शारीरिक बनोट र रूप पनि वर्णनीय थियो । भारतका जमिन्दार जे.पी. शाहीसँग २०२८ साल असार १८ गते यिनको विवाह भयो ।<ref name="janatatimes">{{cite web|url=http://janatatimes.com/archives/20711|title=साहित्यकार प्रेमा शाहबारे केही तथ्य|trans-title=|first=लीला | last=लुइटेल | website=janatatimes.com|publisher=Janata Times | date=December 30, 2017|accessdate=2018-04-19}}</ref> बिहेपछि प्रेमा शाह बनारस पढ्न गइन् । उनी बनारसमा पढ्न बस्ता शाहीले उनलाई धूमधाम सहयोग पनि पुर्याएका थिए । त्यसै समयमा उनले [[बनारस हिन्दू विश्वविद्यालय]]बाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरिन् । साथै त्यहाँ उनले सेरामिक्सको पनि अध्ययन गरिन् । तर शाही दम्पती नेपाल फर्केपछि लगत्तै यिनीहरूको पारपाचुके भयो । |

लोग्नेसँग सम्बन्धविच्छेद भएपछि कलासम्बन्धी अध्ययन गर्न उनी जापानतिर लागिन् । त्यहाँबाट फर्केपछि प्रेमा शाहले काम खोजिन् र बानेश्वरको एभरेस्ट सेराटन होटलमा जागिर खान थालिन् । त्यसै बीचमा उनको परिचय आर.एम. कर्माचायर्सँग भयो ।२०३८ मा उनीहरूले बिहे गरे । बिहे गरेको एक वर्षपछि जल शाह छोरीका रूपमा जन्मिइन् ।<ref name="sahityaghar"/> |

पङ्क्ति ८४: | पङ्क्ति ८४: | ||
यिनले पुस्तकाकार रूपमा ‘पहेँलो गुलाफ’ (कथासङ्ग्रह : २०२३) निकालेर नेपाली कथासाहित्यमा यौन आकर्षण प्रस्तुत गरेकी छिन् । ‘पहेँलो गुलाफ’को प्रकाशन नेपाली भाषासाहित्यमा यौनमनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धी थियो । |

‘विषयान्तर (कथासङ्ग्रह : २०२८) पनि उनको दोस्रो यौन कथासङ्ग्रह हो । विषयान्तरमा प्रेमा शाहले सुरुमै लेखिन् ‘त्यसपछि उसले पेट बोकी र लोग्नेलाई राम्रो असर दिई, ‘हाम्रो परिणति ।’ तर लोग्ने केही बोल्दै बोलेन उ मात्रै केही दिनसम्म एकनासले त्यस परिणतिलाई लिएर फलाक्दै रही । अनि भित्रभित्र लाजले खुम्चिँदै गई । लोग्नेले एकचोटि पनि उसको पेटलाई लिएर कुरा गरेन् । उसले लोग्नेको अनुहारमा कुनै भाव परिवर्तन पनि देखिन । खाली ऊ एक्लै पेट हल्लाएर हिँड्न थाली र त्यस्तै पेटको बोझ लिएर बस्न थाली । शायद उसले पेट बोक्नैपथ्र्यो त्यसपछि उसले ‘हाम्रो परिणति’ को बखान गर्न छोडिदिई ।’ ‘ऊ आफैलाई सम्झाउन थाल्छे लोग्ने उसको हक होइन् । उसको त्यो बढेको पेटसित लोग्नेको नाता पनि छैन ।’ |

प्रेमा शाहले ‘ममी’ नामक उपन्यास पनि लेखिन् जुन यौन आकाशमै नाचेको पाइन्छ । यसका साथै ‘आकाश विभाजित छ’ नामक उपन्यास चाहिँ यिनले अरू चारजना स्रष्टाको सहभागितामा लेखिन् । प्रेमा शाहले साहित्यको सृजना गर्दै जाँदा केही बालउपन्यास र बालकथासङ्ग्रहहरु पनि लेखिन् । उनले उमेर छिप्पिन थालेपछि बालकथा र उपन्यास लेख्न थालेको देखिन्छ । उनका ६ वटा बालकथासङ्ग्रह र ३ वटा बालउपन्यास प्रकाशित छन् ।<ref name="rabinsxp1">{{cite web|url=https://www.rabinsxp.com/blog/2010/03/नारीचुली-देवी-शर्मा-प्रे.html|title=नारीचुली – देवी शर्मा – प्रेमा शाह – वानीरा गिरी – मीरा प्रधान रेम – भुवन ढुङ्गाना – माया ठकुरी – कुन्ता शर्मा – शान्ति छेत्री – बेन्जु शर्मा – तोया गुरmङ – पद्मावती सिंह – उषा ठाकुर–|trans-title=|first=RABINS |last=LAMICHHANE |website=rabinsxp.com|date=MARCH 28, 2010|accessdate=2018-04-19}}</ref> |

प्रेमा शाह आफ्नो कविता ‘सूर्यसँग संभोग’ र ‘पहेंलो गुलाब’, ‘लोग्ने’ आदि कैयौँ कथामार्फत एउटा ‘बोल्ड’ लेखिकाको रूपमा पनि अत्यन्त चर्चित थिइन् । प्रेमाका समकालिन लेखक डा.[[ध्रुवचन्द्र गौतम (साहित्यकार)|ध्रुवचन्द्र गौतम]] उनलाई विद्रोही साहित्यकारका रूपमा सम्झन्छन् र नेपाली साहित्यमा पारिजातपछि सबैभन्दा अब्बल कथा लेखकका रूपमा लिएको बताउछन् ।<ref name="prateekdaily"/><ref name="kantipurdaily"/> |

पङ्क्ति १३२: | पङ्क्ति १३२: | ||
{{reflist}} |
{{reflist}} |
||
==बाह्य कडीहरू== |
|||
==बाहिरी लिङ्कहरू== |
|||
* <span class="plainlinks">[http://www.majheri.com/node/1470/kk/ मझेरी डट कम]</span> |
* <span class="plainlinks">[http://www.majheri.com/node/1470/kk/ मझेरी डट कम]</span> |
||
{{नेपाली भाषाका साहित्यकारहरू}} |
{{नेपाली भाषाका साहित्यकारहरू}} |
||
{{Authority control|VIAF=}} |
{{Authority control|VIAF=}} |
||
[[श्रेणी:लेखकहरू]] |
[[श्रेणी:लेखकहरू]] |
११:५९, ७ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन
प्रेमा शाह | |
---|---|
प्रेमा शाह | |
जन्म | गिरिराजलक्ष्मी शाह जुलाई ९, १९४५ श्रीपुर, वीरगञ्ज |
मृत्यु | २० डिसेम्बर २०१७ साल्टलेक, अमेरिका | (उमेर ७२)
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
शिक्षा | एम.ए. |
पेशा | शिक्षण, लेखन |
चिनारीको कारण | उपन्यास, कथा, बालसाहित्य |
उल्लेखनीय कार्य | पहेँलो गुलाफ, विषयान्तर, आकाश विभाजित छ (संयुक्त लेखन), मम्मी, जिन्की र जोकर, मन्टुकी बज्यैको कथाको पेटारो, इन्द्रधनुष, रङ्गीचङ्गी कथाहरू |
गृहनगर | वीरगञ्ज |
सन्तान | जल शाह |
मातापिता | पूर्णेन्द्रविक्रम शाह, अरुणा शाह |
प्रेमा शाह (अङ्ग्रेजी: Prema Shah) को जन्म सन् १९४५, जुन २९ विक्रम सम्बत्: २००२ आषाढ १६ गते शुक्रबार भएको हो ।[१] उनी प्रेम र यौनलाई अङ्गिकार गरी वीसको दशकमा नेपाली साहित्यमा यौटा नयाँ युगको शुरुवात गर्ने प्रख्यात साहित्यकार मानिन्छिन् ।[२]
जीवनी
प्रारम्भिक जीवन
कथाकार प्रेमा शाहको जन्म संवत् २००२ असार १६ गते शुक्रबार वीरगञ्जको श्रीपुरमा भएको थियो । यिनको चिनाको नाउँ गिरिराजलक्ष्मी शाह हो । जन्मेको चौध दिनमा उनका बुबा पूर्णेन्द्रविक्रम शाह तथा आमा अरुणा शाहको ममतामयी न्यानो काखबाट अलग्याएर यिनलाई वीरगन्जबाट काठमाडौंस्थित उनको मावलीघर ल्याइएको थियो । बाल्यकालदेखि गीतसङ्गीत र नृत्यमा उनको रूचि देखिन्छ । उनी धाईआमाको लालनपालन र स्याहारसुसारमा हुर्किएकी थिइन् ।[१]
शिक्षा
प्रेमा शाहले मावलीघरमा पढ्ने, जान्ने र हुर्कने अनुकूलता प्राप्त गरिन् । उनले मावलीमा नै कखरा पढिन् । यिनलाई पढाउन मामाघरमै अलगअलग विषयका बेग्लाबेग्लै शिक्षक नियमित रूपमा आउने गर्थे । घरमा राम्ररी पढ्नलेख्न जानेपछि यिनलाई पाटन हाईस्कुलको बिहानको कक्षामा एकैचोटि छैटौँ कक्षामा भर्ना गरियो । प्रेमाले एक वर्ष पाटन हाईस्कुलमा पढेपछि त्यस स्कुलको बिहानका सम्पूर्ण कक्षा मदन मेमोरियल स्कुलमा सरे । त्यसपछि उनी पनि मदन मेमोरियल स्कुल जान थालिन् । अनि उनी पाटनको त्रिपद्म स्कुलमा भर्ना भइन् । त्यसपछि यिनलाई पाटन, मङ्गलबजारस्थित आदर्शकन्या निकेतनमा पु¥याइयो । यसरी स्कुले शिक्षा लिने क्रममा विभिन्न ठाउँमा चाहारेर यिनले २०१६ मा एस्. एल्. सी. उत्तीर्ण गरिन् । उनले पाटन कलेजबाट प्रवीणता प्रमाणपत्र तह र स्नातक गरिन भने त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिन् ।[१]
कार्य जीवन
जीवन धान्ने क्रममा उनले विभिन्न विद्यालयमा मुख्यतया अंग्रेजी र नेपाली एवं कहिलेकाहीँ इतिहास पढाएर दिन काटिन् । यस क्रममा उनी सर्लाही, वीरगञ्ज र नेपालगञ्जमा समेत बसिन् । यसै क्रममा उनले सुरुमा वीरगन्जको ठाकुरराम क्याम्पस र पछि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि पढाइन् । पेसामा आबद्ध भएको अन्तिम पहरमा उनी वीरगञ्जमा नै रहिन् । त्यहाँ उनले साहित्यिक र सांस्कृतिक सङ्गठन पनि गरिन् । उनैले त्यहाँ ‘नारायणी वाङ्मय प्रतिष्ठान’ खोलिन् र त्यस संस्थाको आफै अध्यक्ष पनि भइन् । अन्त्यमा छोरीलाई लेखाउँदै पढाउँदै प्रेमा शाह पुनः काठमाडौंमा आइन् ।[१]
व्यक्तिगत जीवन
प्रेमा शाहको यौवनावस्था र गार्हस्थ्य जीवन भने त्यति राम्रो भने भएन । साहित्यिक व्यक्तित्व झैं नै यिनको शारीरिक बनोट र रूप पनि वर्णनीय थियो । भारतका जमिन्दार जे.पी. शाहीसँग २०२८ साल असार १८ गते यिनको विवाह भयो ।[३] बिहेपछि प्रेमा शाह बनारस पढ्न गइन् । उनी बनारसमा पढ्न बस्ता शाहीले उनलाई धूमधाम सहयोग पनि पुर्याएका थिए । त्यसै समयमा उनले बनारस हिन्दू विश्वविद्यालयबाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरिन् । साथै त्यहाँ उनले सेरामिक्सको पनि अध्ययन गरिन् । तर शाही दम्पती नेपाल फर्केपछि लगत्तै यिनीहरूको पारपाचुके भयो ।
लोग्नेसँग सम्बन्धविच्छेद भएपछि कलासम्बन्धी अध्ययन गर्न उनी जापानतिर लागिन् । त्यहाँबाट फर्केपछि प्रेमा शाहले काम खोजिन् र बानेश्वरको एभरेस्ट सेराटन होटलमा जागिर खान थालिन् । त्यसै बीचमा उनको परिचय आर.एम. कर्माचायर्सँग भयो ।२०३८ मा उनीहरूले बिहे गरे । बिहे गरेको एक वर्षपछि जल शाह छोरीका रूपमा जन्मिइन् ।[१]
लेखनमा जस्तै जीवनमा पनि उनी विद्रोही रहिन्, पुरुष अत्याचार सहेर बसिनन् । त्यसपछि उनी आफ्नी छोरी जल शाहको व्यक्तित्व बनाउनतिर लागिन् । जल शाह राष्ट्रियस्तरकी अभिनेत्री भइन् र चर्चित पनि भइन् ।[४]
साहित्यिक यात्रा
प्रेमा शाहले पढ्दै साहित्यसृजना गर्दै गरिन् । नेपाली भाषासाहित्यमा प्रेमा शाह कलिलै उमेरदेखि नै चर्चित भइन् । यी मदन मेमोरियल स्कुलमा पढ्दै गर्दा ‘शारदा’ पत्रिकाका लागि रत्नध्वज जोशीले यिनको एउटा रचना लिएर गएका थिए । वि.सं. २०१६ मा ”शारदा” मा ‘प्रतिक्रिया’ शीर्षकको कथा प्रकाशित गरी नेपाली साहित्याकाशमा उनी सर्वप्रथम झुल्केकी थिइन् । त्यसपछि विभिन्न पत्रपत्रिकामा यिनका लेखरचना, कथा, कविता प्रकाशनमा आइरहे ।[१]
लेखनको शुरुवात कालमा कथा र कविता दुवै विधामा कलम चलाउने प्रेमाले कथामा वढी झुकाव राखिन् र पहेंलो गुलाफ कथाको प्रकाशनपश्चात नेपाली साहित्यमा त्यसले खल्वली नै मच्चाएको थियो र वि.सं.२०२३ सालमा पहेंलो गुलाफ शिर्षकमै ८ कथाको सङ्ग्रह रत्न पुस्तक भण्डारवाट प्रकाशन भयो र २०२८ सालमा अरु १० कथाहरूको सङ्ग्रह विषयान्तर पनि रत्न पुस्तकवाटै प्रकाशन भयो ।[२]
यिनले पुस्तकाकार रूपमा ‘पहेँलो गुलाफ’ (कथासङ्ग्रह : २०२३) निकालेर नेपाली कथासाहित्यमा यौन आकर्षण प्रस्तुत गरेकी छिन् । ‘पहेँलो गुलाफ’को प्रकाशन नेपाली भाषासाहित्यमा यौनमनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धी थियो । ‘विषयान्तर (कथासङ्ग्रह : २०२८) पनि उनको दोस्रो यौन कथासङ्ग्रह हो । विषयान्तरमा प्रेमा शाहले सुरुमै लेखिन् ‘त्यसपछि उसले पेट बोकी र लोग्नेलाई राम्रो असर दिई, ‘हाम्रो परिणति ।’ तर लोग्ने केही बोल्दै बोलेन उ मात्रै केही दिनसम्म एकनासले त्यस परिणतिलाई लिएर फलाक्दै रही । अनि भित्रभित्र लाजले खुम्चिँदै गई । लोग्नेले एकचोटि पनि उसको पेटलाई लिएर कुरा गरेन् । उसले लोग्नेको अनुहारमा कुनै भाव परिवर्तन पनि देखिन । खाली ऊ एक्लै पेट हल्लाएर हिँड्न थाली र त्यस्तै पेटको बोझ लिएर बस्न थाली । शायद उसले पेट बोक्नैपथ्र्यो त्यसपछि उसले ‘हाम्रो परिणति’ को बखान गर्न छोडिदिई ।’ ‘ऊ आफैलाई सम्झाउन थाल्छे लोग्ने उसको हक होइन् । उसको त्यो बढेको पेटसित लोग्नेको नाता पनि छैन ।’ प्रेमा शाहले ‘ममी’ नामक उपन्यास पनि लेखिन् जुन यौन आकाशमै नाचेको पाइन्छ । यसका साथै ‘आकाश विभाजित छ’ नामक उपन्यास चाहिँ यिनले अरू चारजना स्रष्टाको सहभागितामा लेखिन् । प्रेमा शाहले साहित्यको सृजना गर्दै जाँदा केही बालउपन्यास र बालकथासङ्ग्रहहरु पनि लेखिन् । उनले उमेर छिप्पिन थालेपछि बालकथा र उपन्यास लेख्न थालेको देखिन्छ । उनका ६ वटा बालकथासङ्ग्रह र ३ वटा बालउपन्यास प्रकाशित छन् ।[५]
प्रेमा शाह आफ्नो कविता ‘सूर्यसँग संभोग’ र ‘पहेंलो गुलाब’, ‘लोग्ने’ आदि कैयौँ कथामार्फत एउटा ‘बोल्ड’ लेखिकाको रूपमा पनि अत्यन्त चर्चित थिइन् । प्रेमाका समकालिन लेखक डा.ध्रुवचन्द्र गौतम उनलाई विद्रोही साहित्यकारका रूपमा सम्झन्छन् र नेपाली साहित्यमा पारिजातपछि सबैभन्दा अब्बल कथा लेखकका रूपमा लिएको बताउछन् ।[४][६]
मृत्यु
नेपाली साहित्यमा यौन मनोविज्ञान र विशेषत फ्राइडियन शिल्पी भित्र्याउने प्रखर कथाकार प्रेमा शाहको ७३ वर्षको उमेरमा अमेरिकाको युटाह राज्यको साल्टलेकस्थित इन्टर माउन्टेन हस्पिटलमा बुधबार निधन भयो ।[२][६][७][८]
लेखनशैली
कथाकार प्रेमा शाहले मानवजीवनका विभिन्न पक्ष खास गरी मनोजगतका विविध पक्ष र स्थितिका बारेमा पनि सुन्दर कथाहरू लेखेकी छन् । विश्वेश्वरप्रसाद कोइराला तथा भवानी भिक्षुले स्थापित गरेको मनोवैज्ञानिक धारा त्यसमा पनि फ्रायडवादी धारालाई अझ विस्तारित गर्ने कार्यमा कथाकार प्रेमा शाहको भूमिका उल्लेखनीय रूपमा रहेको छ । नेपाली नारीका मानसिक आरोह–अवरोहलाई प्रभावकारी शैलीद्वारा विचारोत्तेजक रूपमा व्यक्त गर्न उनी सिपालु छन् । शैलीगत विविधता तथा जटिल मनोदशाका साथै अतृप्त कामवासनाको चित्रण प्रेमा शाहका कथाका विशेषता हुन् । यौनलाई स्पष्ट रूपमा अभिव्यक्ति गर्न रुचाउने उनका अधिकतम कथाहरू अतियथार्थवादी बन्न पुगेका देखिन्छन् ।
उनी लघु र मध्यम संरचनामा आबद्ध यिनका उपन्यासमा प्रेम, दया, सहानुभूति, वात्सल्य, सद्भाव, रिस, डाहा, षड्यन्त्र, ईष्र्याजस्ता मानवीय प्रवृत्तिलाई विषयवस्तुको रूपमा समेटेर नाटकीय रूपमा प्रस्तुत गरिएको गर्छिन् । तस्करी, देहव्यापार, धोका, षड्यन्त्र आदि आदिलाई समाजबाट हटाई स्वस्थ समाजको निर्माणको चाहना राखिएका यिनका उपन्यासमा रहस्यको पनि प्रस्तुतिका साथै विधवाले पुनर्विवाह गर्न पाउने वातावरणको सिर्जना हुनुपर्ने भाव अभिव्यञ्जित यिनका उपन्यासमा सत् पक्षको विजय र असत् पक्षको पराजयलाई देखाउँदै स्वच्छ, पवित्र र हार्दिक प्रेमको स्वरूपलाई देखाइएको पनि पाइन्छ ।[३]
लेखन एवम मुख्य कृतिहरू
कथासङ्ग्रह
- पहेँलो गुलाफ (२०२३)
- विषयान्तर (२०२८)
उपन्यास
- आकाश विभाजित छ (संयुक्त लेखन : वि.सं. २०३२)
- मम्मी (२०४०)
बाल-साहित्य
बाल-कथासङ्ग्रह
- जिन्की र जोकर (२०४०)
- मन्टुकी बज्यैको कथाको पेटारो (२०४०)
- इन्द्रधनुष (२०४२)
- रङ्गीचङ्गी कथाहरू (२०४५)
- राम्रो काम (२०५१)
- रेका केही कथा (२०५१)
बाल-उपन्यास
- रामेको कथा (२०४२)
- आनन्दको आविष्कार (२०४३)
- मनु र भँगेरा (२०४३
सम्पादित, अनूदित र फुटकर कृति
- उज्यालो (बाल पत्रिका : सम्पादन)
- विभिन्न पत्र–पत्रिकाहरूमा कथा, कविता, निबन्ध, लेख आदि प्रकाशित
पुरस्कार/मान-सम्मान/पदक
- मैनाली कथा पुरस्कार
- मैना पुरस्कार
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ १.२ १.३ १.४ १.५ कोइराला, कृष्णप्रसाद (४/२७/२०१२), "नारीमनकी कथाकार प्रेमा शाह र उनको ‘पहेँलो गुलाफ’ कथाको विश्लेषण", sahityaghar.blogspot.in, निहारिका, अन्तिम पहुँच २०१८-०४-१९।
- ↑ २.० २.१ २.२ "प्रेमा शाह युगको अन्त्य", vpkonlinenews.com, विश्वपरिक्रमा, डिसेम्बर २१, २०१७, अन्तिम पहुँच २०१८-०४-१९।
- ↑ ३.० ३.१ लुइटेल, लीला (डिसेम्बर ३०, २०१७), "साहित्यकार प्रेमा शाहबारे केही तथ्य", janatatimes.com, Janata Times, अन्तिम पहुँच २०१८-०४-१९।
- ↑ ४.० ४.१ गौतम, ध्रुवचन्द्र, "प्रेमा शाह, वीरगंज र म", prateekdaily.com, प्रतीक दैनिक, अन्तिम पहुँच २०१८-०४-१९।
- ↑ LAMICHHANE, RABINS (MARCH २८, २०१०), "नारीचुली – देवी शर्मा – प्रेमा शाह – वानीरा गिरी – मीरा प्रधान रेम – भुवन ढुङ्गाना – माया ठकुरी – कुन्ता शर्मा – शान्ति छेत्री – बेन्जु शर्मा – तोया गुरmङ – पद्मावती सिंह – उषा ठाकुर–", rabinsxp.com, अन्तिम पहुँच २०१८-०४-१९।
- ↑ ६.० ६.१ "कथाकार प्रेमा शाह रहिनन्", kantipurdaily.com, कान्तिपुर, पुस ६, २०७४, अन्तिम पहुँच २०१८-०४-१९।
- ↑ "साहित्यकार प्रेमा शाह रहिनन्", सेतोपाटीः नेपालको डिजिटल पत्रिका, बिहिबार, बैशाख ६, २०७५, अन्तिम पहुँच २०१८-०४-१९।
- ↑ "Literature Prema Shah no more", myRepublica, डिसेम्बर २१, २०१७, अन्तिम पहुँच २०१८-०४-१९।
बाह्य कडीहरू