"बहादुर शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८: पङ्क्ति ३८:
}}
}}
[[चित्र:Prince Bahadur Shah.jpg|thumb|बहादुर शाह]]
[[चित्र:Prince Bahadur Shah.jpg|thumb|बहादुर शाह]]
'''बहादुर शाह''' (जन्म: १८१४ वि.सं. - मृत्यु: १८४२ वि.सं.[[पृथ्वीनारायण शाह]]का माहिला छोरा र राजनीतिज्ञ थिए। {{cn}} उनले आफ्ना पिताले सुरु गरेको [[नेपाल एकिकरण अभियानका लडाँइहरू|नेपाल एकिकरण]]को अभियानलाई तीव्र गतिले अघि बढाए । पिताको सपना साकार पार्न पश्चिमका राजा-रजौटाहरूको समाप्ति यिनको चाहना थियो। भाउजू [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]] र भतिजा [[रणबहादुर शाह]]को अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]]को मृत्यु (वि.सं. १८४२) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।
'''बहादुर शाह''' (जन्म: १८१४ वि.सं. - मृत्यु: १८४२ वि.सं.[[पृथ्वीनारायण शाह]]का माहिला छोरा र राजनीतिज्ञ थिए। {{cn}} (राजा रणबहादुर शाहले उनलाई लेखेको पत्रमा माहिला काका भनी सम्बोधन गरेका छन्।) उनले आफ्ना पिताले सुरु गरेको [[नेपाल एकिकरण अभियानका लडाँइहरू|नेपाल एकिकरण]]को अभियानलाई तीव्र गतिले अघि बढाए । पिताको सपना साकार पार्न पश्चिमका राजा-रजौटाहरूको समाप्ति यिनको चाहना थियो। भाउजू [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]] र भतिजा [[रणबहादुर शाह]]को अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]]को मृत्यु (वि.सं. १८४२) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।


तर उनले आफ्ना पिताले स्थापित गरेका केहि नियमहरूलाई उल्लङ्घन गरे । कुनै पनि भारदारलाई नमार्नु भन्ने पृथ्वीनारायण शाहको [[दिव्योपदेश]]को विपरित उनले [[सर्वजीत राना मगर]]लाई मारी भारदारको हत्याको प्रचलन सुरु गरे । भारदारको हत्या गर्ने प्रचलन [[भीमसेन थापा]]को शासनमा चरममा पुगेको थियो।{{sfn|Acharya|1975|p=215}}
तर उनले आफ्ना पिताले स्थापित गरेका केहि नियमहरूलाई उल्लङ्घन गरे । कुनै पनि भारदारलाई नमार्नु भन्ने पृथ्वीनारायण शाहको [[दिव्योपदेश]]को विपरित उनले [[सर्वजीत राना मगर]]लाई मारी भारदारको हत्याको प्रचलन सुरु गरे । भारदारको हत्या गर्ने प्रचलन [[भीमसेन थापा]]को शासनमा चरममा पुगेको थियो।{{sfn|Acharya|1975|p=215}}

११:३३, २० फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

बहादुर शाह
नायव साहेब नेपाल
चित्र:Prince Bahadur Shah.jpg
बहादुर शाह
जन्मवि सं १८१४ असार ६
नुवाकोट, गोरखा राज्य
मृत्युवि सं १८५४ असार १५[१]
आर्यघाट, पशुपतिनाथ, नेपाल
जीवनसाथीविद्या लक्ष्मी देवी
सन्तानरिपू मर्दन शाह
शत्रु मन्जन शाह
वंशशाह वंश
बाबुपृथ्वीनारायण शाह
आमानरेन्द्र राज्य लक्ष्मी देवी
धर्महिन्दु
राजप्रतिनिधि माँहिला साहिबज्यू
बहादुर शाह
मुख्य चौतारिया तथा नायब नेपाल[२]
मूलकाजी
कार्यकाल
31st August, 1778 – 20th June, 1779[३]
पूर्वाधिकारीओहोदा स्थापित
उतराधिकारी-
कार्यकाल
13th July, 1785 A.D. – 6th June, 1794 A.D.[३]
पूर्वाधिकारीreinstated as Chief Chautaria
उतराधिकारीकीर्तिमान सिंह बस्न्यात मूलकाजी (प्रधानमन्त्री)
उपनामफत्तेबहादुर शाह
सैन्य सेवा
निष्ठा Nepal
श्रेणीसेनापति
लडाई/युद्धहरूनेपाल –तिब्बत युद्धनेपाल –तिब्बत /चीन युद्ध [४]
चित्र:Prince Bahadur Shah.jpg
बहादुर शाह

बहादुर शाह (जन्म: १८१४ वि.सं. - मृत्यु: १८४२ वि.सं.पृथ्वीनारायण शाहका माहिला छोरा र राजनीतिज्ञ थिए।[स्रोत नखुलेको] (राजा रणबहादुर शाहले उनलाई लेखेको पत्रमा माहिला काका भनी सम्बोधन गरेका छन्।) उनले आफ्ना पिताले सुरु गरेको नेपाल एकिकरणको अभियानलाई तीव्र गतिले अघि बढाए । पिताको सपना साकार पार्न पश्चिमका राजा-रजौटाहरूको समाप्ति यिनको चाहना थियो। भाउजू राजेन्द्रलक्ष्मी र भतिजा रणबहादुर शाहको अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि राजेन्द्रलक्ष्मीको मृत्यु (वि.सं. १८४२) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।

तर उनले आफ्ना पिताले स्थापित गरेका केहि नियमहरूलाई उल्लङ्घन गरे । कुनै पनि भारदारलाई नमार्नु भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशको विपरित उनले सर्वजीत राना मगरलाई मारी भारदारको हत्याको प्रचलन सुरु गरे । भारदारको हत्या गर्ने प्रचलन भीमसेन थापाको शासनमा चरममा पुगेको थियो।[५]

प्रारम्भिक जीवन

उनको जन्म १८१४ असारमा भएको हो। उनलाई पहिले फत्तेबहादुर शाह भनिन्थ्यो तर पछि बहादुर शाह मात्र भन्न थालियो। उनको शिक्षा-दीक्षा गोरखा र नुवाकोट दरबारमा भयो। उनी सामान्य लेखपढ गर्न जान्दथे। सैद्धान्तिक शिक्षा उनले प्रशस्त पाएका थिए। आफ्ना बाबू पृथ्वीनारायण शाह संगै नुवाकोट दरबारमा कूटनीतिक वातावरणमा बस्ने मौका पाएका हुँदा नेपालका भारदारसँग उनको सम्पर्क नजिकबाट भयो। उनी योग्य र इमानदार भारदारहरूको चयन गर्दथे।[६]

पृथ्वीनारायण शाहको मृत्यु पश्चात्

वि.सं. १८३१ माघ १ मा बडामहाराजधिराज पृथ्वीनारायण शाहको मृत्यु भएपछि युवराज प्रतापसिंह शाहले नेपाल अधिराज्यको राजमुकुट धारण गरे। उनले "बहादुर शाहले आफ्ना विरुद्ध विद्रोह गर्ने पो हुन् कि?" भन्ने अनावश्यक शङ्का लिई यिनले आफ्ना आफ्ना प्रमुख सल्लाहकार राजगुरु व्रजनाथ पण्डित तथा सरदार स्वरुपसिंह कार्कीहरूको परामर्श अनुसार काका काजी दलजीत शाहका साथ पिताको आशौच वारि बसीरहेका राजकुमार बहादुर शाहलाई आशौच भित्रै नुवाकोटमा सहसा कैद गरियो। राजकुमार काहीँ दलजीत शाह पछि भागेर वेपत्ता भएकाले उनको सर्वस्वहरण गरियो। राजकुमार बहादुर शाहले नजरबन्द अवस्थामा नै आफ्ना पिताको काजकिरिया विधिपूर्वक सम्पन्न गरे।[७]

नायवी

राजेन्द्रलक्ष्मीको मृत्यु (वि.सं. १८४२) पश्चात् राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गर्दै नेपालको एकिकरण अगाडि बढाए। राजकुमार बहादुर शाहले पश्चिम नेपालको शक्तिशाली पाल्पा राज्यका राजा पृथ्वीपाल सेनकी बहिनीसँग वैवाहिक संबन्ध बनाइ पश्चिम पर्वत देखि गुल्मी, अर्घा, खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउ गढवाल हुदै सतलज नदी पारी गोरखाली पुगेका थिए। नेपाल एकिकरणको अभियानमा बहादुर शाहको नेतृत्वकाललाई स्वर्णकाल मानिन्छ।

विजय अभियान

पाल्पा राज्य सँग गरिएको सन्धिअनुसार विजय गरिएका राज्यहरु आपसमा बाँडेर लिने कुरा उल्लेख थियो ।

बहादुर शाहले पाल्पा राज्यको सहायता लिई काजी जीव शाह, काजी दामोदर पाँडे, काजी जगजीत पाँडे, पारथ भण्डारी, सरदार अमरसिंह थापा, सुब्बा जोगनारायण मल्ल, प्रबल राना आदिको नेतृत्वमा फौज पठाए । वि सं १८४३ जेठमा अघि बढेको नेपाली फौजले जेठ ११ गते गुल्मी, भाद्र २६ गते अर्घा, २८ गते खाँची र आश्विन १४ गते पर्वत विजय गर्यो । यसपछी क्रमशः धुरकोट, गलकोट, मुसिकोट, इस्मा, दाङ, प्युठान र रोल्पा विजय गरी मङ्सिरसम्ममा भेरी नदिसम्मका क्षेत्रहरु एकीकृत गरिए । पाल्पासँग गरिएको सन्धिअनुसार आधा क्षेत्र दिनुपर्ने भए पनि केवल अर्घा, खाँची र गुल्मी तीनओटा राज्य दिई बाँकी सम्पूर्ण क्षेत्र नेपालमा मिलाइयो ।

भेरी नदिभन्दा पश्चिमको जाजरकोट राज्यसँग पृथ्वीनारायण शाहको समयमै सन्धी भएकाले त्यहाँका राजा गजेन्द्र शाहसँग सन्धी नवीकरण गरियो । जाजरकोटले नेपाललाई वार्षिक रू. ७,००० र सैनिक सहयोग गर्ने शर्तमा आफ्नो समर्थक बनाएपछि भेरी नदि सम्म पुग्यो । बहादुर शाहले पश्चिमी क्षेत्रमा एकीकरण अभियान बढाइरहेको समयमा वि सं १८४५ मा नेपाल र तिब्बत बीच युद्ध भएकाले दामोदर पाँडे लगायत्का कतिपय सैनिक अधिकारीहरू तिब्बतसँगको युद्धमा संलग्न भए।

वि सं १८४६ मा शिवनारायण खत्रीको नेतृत्वको फौजले मुक्तिनाथको बाटो हिमाली क्षेत्र हुँदै जुम्लामाथी आक्रमण गरी सरदार कालू पाँडे (काजी कालू पाँडे होइनन्) र भक्ती थापाको सहायताबाट जुम्ला विजय गरियो । सरदार भक्ति थापा र कालु पाँडेले दैलेखमाथी आक्रमण गर्दा त्यहाँका राजा भागे भने दुल्लुका राजा उत्तम शाहले नेपालको अधिनता स्विकार गरी अमरसिंह थापाको साथ दिए । बझाङी राजाले पनि नेपालको अधीनता स्वीकार गरी वार्षिक रु ५००/- सिर्तो रकम तिर्न मञ्जुर गरे । त्यसपछि अमरसिंह थापाको नेतृत्वको फौजले कर्णाली नदि तरेर अछाम तथा डोटि राज्यमाथी विजय गरेकाले नेपालको पश्चिमी सीमा महाकाली नदिसम्म पुग्यो । डोटी राज्यलाई नेपालमा मिलाउन ज्यादै कठिन भएको समयमा त्यसलाई पराजित गर्नका लागि बझाङी राजा समुद्रसिंह तथा प्रतिमान शाहीको ठूलो भूमिका रहेको छ । [८]

नेपाल चीन युद्ध

नेपाल चीन युद्धमा चीनले नेपाललाई नराम्रोसँग पराजित गर्यो। नेपाल चीनसँग बेत्रावती सन्धिगर्न बाध्य भयो। यो सन्धिले नेपाललाई चीनको संरक्षित राज्य सरह बनाएको थियो।

१८७१-७२ को नेपाल अङ्ग्रेज युद्धमा अंग्रेजको बल पुगेको भए नेपाल सरकारलाई सहायक सन्धिका जालामा फसाएर अवध र निजाम राज्यका अवस्थामा ल्याउँथे । बेत्रावती सन्धिमा बहादुर शाहले चीनसँग सम्बन्ध जोडेर यस कुराको बचाउ गरेका थिए।

पद त्याग

राजा रणबहादुर शाह अठार वर्ष पुगेका हुनाले दरबारका चाटुकार एकीकरण विरोधी भारदारहरूले बहादुर शाहका विरुद्ध राजालाई उचाल्न थाले । रणबहादुर शाह, बहादुर शाहका विरुद्ध कारबाही गर्न आफैँले शासन चलाउनु पर्ने कुरा भारदारको मतानुसार सोच्न थाले । रणबहादुर शाह आफ्नो पुनः राज्याभिषेक गराउन चाहन्थे । गुल्मी राज्यलाई स्वतन्त्रता दिई साला सिद्धिप्रताप शाहलाई राजा बनाउने, विदुर शाही र शेरबहादुर शाहीलाई चौतारिया पद दिने,कान्तिवतिलाई सकार्ने जस्ता कुरामा विवाद हुँदा बहादुर शाह र रणबहादुर शाहको मनमुटाव भयो । परिणामस्वरूप बहादुर शाहले आफ्नो नायब पद त्याग गरी धर्मकार्यपट्टी लाग्न थाले । त्यसपछि रणबहादुर शाह नेपालको सर्वेसर्वा भए।

मृत्यु

बहादुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएकालाई रणबहादुर शाहको लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो। बहादुर शाहलाई बिष्णुमतिको छेउमा बन्दी बनाइएको थियो । उनले बहादुर शाहको टाउकोमा उमालेको तेल खनाउन लगाए । बहादुर शाहकी पत्नीलाई दुर्ववहार गर्न लगाए। उनलाई भए नभएका कुरा सुनाएर दिक्क पारिएको थियो । उनलाई राजेन्द्र लक्ष्मीलाई खानामा विष मिसाएर हत्या गरेको जस्ता आरोप लागिएको थियो । यस बखत नवयुवक राजा रणबहादुर शाहले राजकुमार बहादुर शाह माथी मुख्य रूपमा निम्न लिखित आरोप लगाएका थिए:[९]

  1. कान्छा चौतारा दलमर्दन शाहसँग मिली बुबाज्यू महाराज प्रतापसिंह शाहको हत्या गरि टाउको लुकाउने र ढाड झ्यालबाट खसाउने योजना गरेको
  2. मुमामहारानी राजेन्द्रलक्ष्मीलाई भएनभएको बात लगाई नेल हाली सर्वजित रानालाई कटाएको र मलाई पनि मारी दाखचोकको इनारमा पुर्ने योजना गरेको
  3. मथुरा नामकी एउटी केटीलाई लगाई मेरी मुमालाई बीस खुवाई मार्ने उद्योग गरेको
  4. विवाह गर्न भनी बहादुर शाह गोरखा जाँदा बोर्लाङघाटमा वास परेको दिन मलाई मारी गण्डकी नदीमा बगाउने योजना गरेको
  5. "राजालाई (मलाई) घरबाट निस्कन किन दिइस्" भनी बन्धु रानालाई गाली गरेको
  6. मलाई मार्न मसानको प्रयोग गरेकाले दक्षिण कालीको दर्शन गरेर फर्किदा बाटामा तीन पटकसम्म झाडापखाला तथा बमन भएको
  7. कुकर्मी बहादुर शाहले रातको बीचमा मलाई खोज्दै आएको, यसैबीचमा कुकुरले झम्टन जाँदा अकारण नै कुकुरलाई काटिदिएको
  8. मेरो अनुपस्थितिमा आफ्नो मनखुसीसँग आफ्नै हातले लालमोहरका छाप लगाउने गरेको
  9. मलाई मार्न भनी आधारातमा आएको, "पुनी" नामक धाईले थाहा पाई ढोकामा चुकुल हालेको र यसै रिसले तरबारले ढोकामा हानी फर्किई गएको।
  10. मलाई तीन सलाम गर्ने नगरेको
  11. राजा राम शाहका पालादेखी चलिआएको मैत्रीसम्बन्धको उपेक्षा गरि तिब्बतसंग अनावश्यक युद्ध गरेर झन्डै देशलाई नै डुबाइदिएको। चीनसँग युद्ध गर्न भनी अंग्रेजहरूसँग मित्रता बढाएको ।

उनले बन्दी अवस्थामा खान, सुत्न, मनमा लागेको कुरा भन्न र आफन्तलाई भेट्न पनि पाएनन् ।

वि सं १८५४ आषाढ १४ गते शनिबार को रात राजकुमार बहादुर शाहको गुप्त रूपमा हत्या गरियो। हत्या सम्भवतः गलामा पासो लगाएर गरिएको थियो। तर "कालगतिले नै यिनको मृत्यु भएको हो" भन्ने भान पारी बिहान उज्यालो नहुँदै पशुपति आर्यघाटमा पुर्याएर यिनको भौतिक शरीरको दाहसंस्कार सम्पन्न गरियो।[१०]

वि सं १८५४ आषाढ १५ गते बहादुर शाहको मृत्यु भएको घोषणा गरियो । चीनमा उनको मृत्युबारे खबर गर्दा छेरौटीले मरेको, भारतीय कम्पनीलाई लेख्ता सिकिस्त बिरामी परेको जस्ता प्रतिवेदन गरेका थिए ।

बहादुर शाहको मृत्यु सार्वजनिक गरिएन । उनको दाहसंस्कार राजकीय ढाँचाबाट समेत गरिएन । बहादुर शाहका पक्षधरलाई नेपाल असुरक्षित भूमी हुन लाग्यो ।[८]


सन्दर्भ सामग्रीहरू

  1. इतिहास अभागी राजकुमार बहादुर शाह
  2. "Regmi Research Series"; Author:Mahesh Chandra Regmi
  3. ३.० ३.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named royalark
  4. "Nepal Army", मूलबाट २०१६-१२-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०३-२८  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Acharya 1975, पृष्ठ 215.
  6. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १९२
  7. चवन्न सालको घटना: अब यस्तो कहिल्यै नहोस्; बाबुराम आचार्य;
  8. ८.० ८.१ राजाराम सुवेदी, ´हिस्ट्री अफ बझाङ´ (काठमाडौँ : २०४४)
  9. बाबुराम आचार्य (फागुन २०६१), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २८-२९, आइएसबिएन 978-9937-665-40-7 
  10. आचार्य २०१८, पृष्ठ ३०.

स्रोत

  • Acharya, Baburam (१ नोभेम्बर १९७५) [१९६६], "Some Confusions", Regmi Research Series (Regmi Research Centre) 7 (11): 210–215। 
  • आचार्य, बाबुराम (१ नोभेम्बर १९७५) [२०१८], चवन्न सालको घटना 7 (11), पृ: 210–215। 

बाह्य कडीहरू