"सोमनाथ अधिकारी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा Biplab Anand द्वारा सोमनाथ अधिकारी प्यासी पृष्ठलाई सोमनाथ अधिकारी मा सारियो: मूल नामसँग साहित्यिक नाम जोडिएकोले हटाएको
(कुनै भिन्नता छैन)

०७:३८, २१ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

सोमनाथ अधिकारी प्यासी
प्रदेश नं. १ दोश्रो प्रदेश प्रमुख
पद बहाली
२०७६ कात्तिक १८
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
पेशाराजनीति

सोमनाथ अधिकारी नेपालको प्रदेश नं. १ का प्रदेश प्रमुख हुन्। उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विक्रम सम्वत् २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]

कास्कीका पुराना वामपन्थी नेता पूर्वसांसद पनि हुन् । पञ्चायतभित्र घुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले उनलाई विक्रम सम्वत २०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । त्यतिखेर उनले राष्ट्रिय पञ्चायतमा जनताका आवाज बुलन्द गरेका थिए । त्यही राप र तापले उनलाई विक्रम सम्वत २०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो ।

विक्रम सम्वत २०२५ सालदेखि कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय उनी २०२७ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । केही समय म्याग्दीको दरबाङ र दोभामा शिक्षक बनेर पार्टीको काम गरेका अधिकारीले ३ वर्ष जेल जीवन पनि बिताएका छन् । उनी २०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए ।

एमालेको कास्की जिल्ला सचिव हुँदै अञ्चल र केन्द्रीय कमिटी सदस्य र पछिल्लो समय एमालेको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटीको पदेन सदस्य थिए । नेकपामा भने उनी आमन्त्रित स्थायी कमिटी सदस्य भएका थिए ।[२]

सन्दर्भ सामग्रीहरू