"साङ्घाई सहयोग सङ्गठन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १३४: पङ्क्ति १३४:


* {{flag|Armenia}}
* {{flag|Armenia}}
* {{flag|Azerbaijan}}
* {{flag|अजरबैजान}}
* {{flag|कम्बोडिया}}
* {{flag|कम्बोडिया}}
* {{flag|नेपाल}}
* {{flag|नेपाल}}

२०:१५, २१ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

साङ्घाई सहयोग सङ्गठन
चिनियाँ: 上海合作组织
रूसी: Шанхайская организация сотрудничества
चित्र:SCO logo.svg
Logo
      सदस्य       पर्यवेक्षक       संवाद साझेदार       Observer applicants       Disputed territories
सङ्क्षिप्त नामSCO
पूर्वाधिकारीसाङ्घाई फाइब ग्रुप, २६ अप्रिल १९९६ मा स्थापित
गठन2001
प्रकारआपासी सुरक्षा, राजनैतिक, आर्थिक सङ्गठन
प्रधान कार्यालयबेइजिङ, चीन
सदस्यता
आधिकारिक भाषा
चिनियाँ भाषारूसी
महासचिव
Vladimir Norov
उप-महासचिव
  • Sabyr Imandosov
  • Wang Kaiwen
  • Aziz Nosirov
  • Vladimir Potapenko
वेबसाइटSectSCO.org

साङ्घाई सहयोग सङ्गठन (Shanghai Cooperation Organization एससीओ ), वा साङ्घाई सम्झौता,[१] एक युरेसियाली राजनीतिक, आर्थिक र सुरक्षा गठबन्धन हो। यसको स्थापनाको घोषणा १५ जुन २००१ मा चीन, कजाकिस्तान, किर्गिस्तान, रसिया, ताजिकिस्तानउज्बेकिस्तानका नेताहरूले चीनको साङ्घाईमा गरेको थिए। साङ्घाई सहयोग सङ्गठन बडापत्रमा जुन २००२ मा हस्ताक्षर भयो र १९ सेप्टेम्बर २००३ देखि लागु भएको थियो। मूल पाँच राष्ट्रहरूमा, उज्बेकिस्तानलाई बाहेक, २६ अप्रिल १९९६ मा स्थापित साङ्घाई फाइब समूहका सदस्यहरू थिए। त्यसबेलादेखि, जब भारतपाकिस्तान ९ जुन २०१७ मा कजाकिस्तानको अस्तानामा शिखर सम्मेलनमा एससीओमा पूर्ण सदस्यका रूपमा सम्मिलित भएका थिए यस सङ्गठनले आठ सदस्य राष्ट्रहरूमा यसको सदस्यता विस्तार गरेको छ । राज्य परिषदका प्रमुख (एसएससी) एससीओमा सर्वोच्च निर्णय गर्ने सर्वोच्च निकाय हो, यसको बैठक वर्षमा एक पटक हुन्छ र सङ्गठनको सबै महत्त्वपूर्ण मामिलामा निर्णय र दिशानिर्देश गर्दछ। सहयोग र समन्वय बढाउन, आतङ्कवाद र अन्य बाह्य खतराहरूको बिरूद्ध, र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि नियमित रूपमा सैनिक अभ्यास पनि गरिन्छ। भौगोलिक क्षेत्रको र जनसङ्ख्याको हिसाबले एससीओ विश्वको सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठन हो,यसले यूरेशिया महाद्वीपको ३/५ भाग र मानव जनसङ्ख्याको आधा हिस्सा ओगट्छ।

साङ्घाई सहयोग सङ्गठनको झण्डा

एससीओ लाई यस सङ्गठनका सदस्य राष्ट्रहरूले मानवअधिकार उल्लङ्घन सम्बन्धी अन्तर्राष्ट्रिय आलोचनाबाट जोगिन उपयोग गर्छन् भनेर आलोचना गरिन्छ। [२]

उत्पत्ति

चीन, कजाकिस्तान, किर्गिजस्तान, रसियाताजिकिस्तानका राष्ट्र प्रमुखहरूले चीनको साङ्घाईमा सीमा क्षेत्रहरूमा सैन्य कोषको गहिराइ सम्बन्धी सन्धिमा हस्ताक्षर गरेपछि २६ अप्रिल १९९६ मा साङ्घाई पाँच समूह (Shanghai Five group) गठन गरिएको थियो। [३]

२४ अप्रिल १९९७ मा, ती देशहरूले रूसको मस्कोमा भएको बैठकमा सीमा क्षेत्रका सैनिक बल घटाउने सन्धिमा हस्ताक्षर गरे। २० मे १९९७ मा, रुसको राष्ट्रपति बोरिस येल्तसिन र चीनका राष्ट्रपति जियाङ जेमिन ले "बहुध्रुवीय विश्व" को घोषणापत्रमा हस्ताक्षर गरे। [४]

सदस्यता

  सदस्य राष्ट्र[५]
  पर्यवेक्षक राष्ट्र
  संवाद साझेदार
  अतिथि उपस्थिति

सदस्य राष्ट्रहरू

सदस्यता मितिको आधारमा सदस्य राष्ट्र
मिति देश
२६ अप्रिल १९९६  चीन
ढाँचा:Country data काजकिस्थान
 किर्गिस्तान
ढाँचा:Country data रसिया
 Tajikistan
१५ जुन २००१ ढाँचा:Country data उज्वेकिस्तान
९ जुन २०१७  भारत
 पाकिस्तान

पर्यवेक्षक राष्ट्र

अफगानिस्तानले पर्यवेक्षक राष्ट्र को मान्यता ६ जुन २०१२ मा बेइजिंग, चीनमा भएको २०१२ को सांघाई सहयोग सङ्गठन शिखर सम्मेलन प्राप्त गर्यो।[६]

सन् २००८ मा, बेलारुसले यस सङ्गठन मा साझेदार को लागि आवेदन गरेको थियो । यद्यपि रुसी रक्षा मन्त्री सेर्गेइ इभानोभ ले बेलारुस विशुद्ध रूपमा युरोपेली राष्ट्र भएकाले बेलारुसको सदस्यता मा आशंका व्यक्त गरे । [८] यसको बाबजुद, बेलारुसलाई २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा संवाद साझेदारको रूपमा स्वीकार गरियो, र २०१५ मा पर्यवेक्षक मान्यता दिइयो। [७]

यस सङ्गठनमा इरान पर्यवेक्षकको रूपमा रहेको छ, र २४ मार्च २००८ मा पूर्ण सदस्यताको लागि आवेदन गरेको थियो।[९] यद्यपि, त्यस समयमा इरानले संयुक्त राष्ट्र संघको प्रतिबन्ध बेहोरी रहेको हुनाले, इरानलाई नयाँ सदस्य बनाइएन। संयुक्त राष्ट्र संघको प्रतिबन्ध लागेको देशलाई सदस्यता प्रदान नगर्ने सङ्गठनले बतायो।[१०] चिनियाँ राष्ट्रपति सि जिनापिंग को जनवरी २०१६ को इरान भ्रमण को क्रममा उनले इरान माथि लागेको संयुक्त राष्ट्र संघको प्रतिबन्ध हटेपछी इरानको पूर्ण सदस्यताको लागि समर्थन गर्ने बताएका थिए ।[११]

मंगोलिया २००४ को शिखर सम्मेलनमा पर्यवेक्षक मान्यता पाउने पहिलो देश थियो । पाकिस्तान, भारत र इरानले २००५ को अस्तानाको शिखर सम्मेलनमा पर्यवेक्षक रास्ट्रको मान्यता पाए ।

संवाद साझेदार

Afghan President Hamid Karzai at an SCO summit in 2004.

संवाद साझेदार को स्थान २००८ मा सिर्जना गरिएको थियो।[१२]

नेपाललाई संवाद साझेदार को स्थान २०१५ को शिखर सम्मेलनमा प्रदान गरिएको थियो।[१३]

श्रीलङ्कालाई संवाद साझेदार को स्थान २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा शिखर सम्मेलनमा प्रदान गरिएको थियो।[१४][१५]

नेटो सदस्य राष्ट्र टर्कीलाई २०१२ को बेइजिंग शिखर सम्मेलन को समयमा संवाद साझेदारको स्थान प्रदान गरिएको थियो।[६] टर्किस प्रधानमन्त्री रजेप तैयप एर्दोगानले युरोपेली युनियनको सदस्यता त्याग्ने र त्यसको बदलामा सांघाई सहयोग सङ्गठनको पूर्ण सदस्यता प्राप्त गर्ने विषयमा छलफल भइरहेको कुरा बताएका थिए।[१६] यस विषयमा २१ नोबेम्बर २०१६ मा युरोपेली संसद मा निर्वाचन भयो।[१७] दुई दिन पछि, २३ नोबेम्बर २०१६ मा, टर्कीलाई २०१७ वर्ष अवधिको लागि एससिओ को उर्जा क्लबको अध्यक्षता प्रदान गरियो यसबाट टर्की साङ्घाई सहयोग सङ्गठनमा पूर्ण सदस्यता बिना नै क्लबको अध्यक्षता गर्ने पहिलो देश बन्यो।

गतिविधिहरू

सुरक्षामा सहयोग

सैन्य गतिविधिहरु

आर्थिक सहयोग

सांस्कृतिक सहयोग

शिखर सम्मेलन

शिखर सम्मेलनरूको सूची

शिखर सम्मेलनरूको सूची

राष्ट्रप्रमुखहरूको शिखर सम्मेलन
मिति देश स्थान
१४ जुन २००१  चीन सांघाई
७ जुन २००२  रुस सेन्ट पिटर्सबर्ग
२९ मे २००३  रुस मस्को
१७ जुन २००४  उज्बेकिस्तान ताशकेन्ट
५ जुलाई २००५  कजाख्स्तान अस्ताना
१५ जुन २००६  चीन सांघाई
१६ अगष्ट २००७  किर्गिस्तान बिस्केक
२८ अगष्ट २००८  ताजकिस्तान दुशान्वे
१५-१६ जुन २००९  रुस येकातेरिनबुर्ग
१०-११ जुन २०१०  उज्बेकिस्तान ताशकेन्ट[१८]
१४-१५ जुन २०११  कजाख्स्तान अस्ताना[१९]
६-७ जुन २०१२  चीन बेइजिङ
१३ सेप्टेम्बर २०१३  किर्गिस्तान विस्केक
११-१२ सेप्टेम्बर २०१४  ताजकिस्तान दुशान्वे
९-१० जुलाई २०१५  रुस Ufa
२३-२४ जुन २०१६  उज्बेकिस्तान Tashkent[२०]
८-९ जुन २०१७  कजाख्स्तान अस्ताना
9–10 June 2018 [zh]  चीन Qingdao, Shandong[२१]
१४-१५ जुन २०१९  किर्गिस्तान विस्केक[२२]
जुलाई २०२०  रुस सेन्ट पिटर्सबर्ग[२३]
सरकार प्रमुखहरूको शिखर सम्मेलन
मिति देश स्थान
14 September 2001  कजाख्स्तान Almaty
23 September 2003  चीन बेइजिङ
23 September 2004  किर्गिस्तान विस्केक
26 October 2005  रुस मस्को
15 September 2006  ताजकिस्तान दुशान्वे
2 November 2007  उज्बेकिस्तान ताशकेन्ट
30 October 2008  कजाख्स्तान अस्ताना
14 October 2009  चीन Beijing[२४]
25 November 2010  ताजकिस्तान दुशान्वे[२५]
7 November 2011  रुस सेन्ट पिटर्सबर्ग
5 December 2012  किर्गिस्तान Bishkek[२६]
29 November 2013  उज्बेकिस्तान ताशकेन्ट
14–15 December 2014  कजाख्स्तान अस्ताना
14–15 December 2015  चीन Zhengzhou, Henan
2–3 November 2016  किर्गिस्तान विस्केक
30 November 2017  रुस Sochi
11–12 October 2018  ताजकिस्तान दुशान्वे
1–2 November 2019  उज्बेकिस्तान ताशकेन्ट
2020  India नयाँ दिल्ली

विश्लेषण

पश्चिमसँग सम्बन्ध

भू-राजनीतिक पक्षहरू

एससिओ सदस्य राष्ट्रहरूका वर्तमान नेताहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. Millward, James A. (2007). intergovernmental Crossroads: A History of Xinjiang. Columbia University Press. p. 336. ISBN 978-0-231-13924-3. Archived from the original on 18 May 2016. Retrieved 28 July 2016.
  2. Darling, Daniel (२०१५-०८-३०), "Is the SCO Emerging as Eastern Counterweight to NATO?", RealClearDefense, अन्तिम पहुँच २०१९-०४-०८ 
  3. "The Shanghai Cooperation Organization", मूलबाट १६ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १५, २०१८ 
  4. "Russian-Chinese Joint Declaration on a Multipolar World and the Establishment of a New International Order", United Nations General Assembly, मूलबाट २३ जुन २०१७-मा सङ्ग्रहित। 
  5. "The Shanghai Cooperation Organisation", Shanghai Cooperation Organisation, मूलबाट ८ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०९-१८ 
  6. ६.० ६.१ ६.२ ६.३ "SCO accepts Afghanistan as observer, Turkey dialogue partner", Xinhua News Agency, ७ जुन २०१२, मूलबाट २८ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०६-०७People's Dailyद्वारा। 
  7. ७.० ७.१ "Belarus gets observer status in Shanghai Cooperation Organization", Belarusian Telegraph Agency, २०१५-०७-१०, मूलबाट ३१ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०८-०८ 
  8. Lantratov, Konstantin; Orozaliev, Bek; Zygar, Mikhail; Safronov, Ivan (२७ अप्रिल २००६), "The Shanghai Cooperation Organisation acquires military character", Kommersant (75), पृ: ९, मूलबाट २०१६-११-२७-मा सङ्ग्रहित। 
  9. "Iran applies for membership", Press TV, मूलबाट ३१ मार्च २००९-मा सङ्ग्रहित। 
  10. Wu, Jiao; Li, Xiaokun (१२ जुन २०१०), "SCO agrees deal to expand", China Daily, मूलबाट १७ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१० 
  11. "China supports Iran's application for full membership of SCO", Tehran, Iran, Xinhua News Agency, २३ जनवरी २०१६, मूलबाट ३० जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ 
  12. "Regulations on the Status of Dialogue Partner of the Shanghai Cooperation Organisation", The Shanghai Cooperation Organisation, २८ अगस्ट २००८, मूलबाट १४ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ 
  13. "Press Release issued by Embassy of Nepal, Beijing on Nepal officially joined the Shanghai Cooperation Organization (SCO) as a dialogue partner.", Government of Nepal – Ministry Of Foreign Affairs, २२ मार्च २०१६, मूलबाट ४ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१८ 
  14. "Sri Lanka gains partnership in SCO members welcome end to terror in country", Ministry of Defence, Democratic Socialist Republic of Sri Lanka, ३० डिसेम्बर २०१०, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित। 
  15. Bedi, Rahul (२ जुन २००७), "Sri Lanka turns to Pakistan, China for military needs", IANS (Urdustan.com Network), मूलबाट ४ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २००७ 
  16. Dalay, Galip (१४ मे २०१३), "Turkey between Shanghai and Brussels", The New Turkey, मूलबाट ६ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०७-०१ 
  17. Butler, Daren (२१ नोभेम्बर २०१६), "Fed up with EU, Erdogan says Turkey could join Shanghai Group", Reuters, मूलबाट २१ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-११-२१ 
  18. "Joint Communiqué of Meeting of the Council of the Heads of the Member States of the Shanghai Cooperation Organisation", Shanghai Cooperation Organisation, मूलबाट १० जुलाई २०१४-मा सङ्ग्रहित। 
  19. Tang, Danlu, सम्पादक (११ जुन २०१०), "SCO vows to strengthen cooperation with its observers, dialogue partners", Tashkent, Uzbekistan, Xinhua News Agency, मूलबाट ६ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ 
  20. Song Miou (१० जुलाई २०१५), "Uzbekistan to host 16th SCO summit in 2016", Ufa, Russia, Xinhua News Agency, मूलबाट ३ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ 
  21. "Iran FM in India to protect trade ties against US sanctions", PressTV, २८ मे २०१८, मूलबाट ३ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०१८ 
  22. "Kyrgyzstan to host SCO summit in June 2019", AKIpress News Agency, ११ जनवरी २०१९, मूलबाट २४ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २०१९ 
  23. "Путин заявил о переносе саммитов БРИКС и ШОС из Челябинска", मूलबाट १९ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१९ 
  24. Ho, Stephanie (१४ अक्टोबर २००९), "Shanghai Cooperation Organization Summit Concludes in Beijing", Beijing: Voice of America, मूलबाट २६ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६ 
  25. "Wen arrives in Tajikistan for SCO meeting", Dushanbe, Tajikistan, Xinhua News Agency, २५ नोभेम्बर २०१०, मूलबाट ७ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१६China Dailyद्वारा। 
  26. "SCO Meeting Expected to Boost Cooperation Among Members", The Gazette of Central Asia (Satrapia), २ डिसेम्बर २०१२। 

बाह्य कडीहरू