"नेपाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +
पङ्क्ति २५४: पङ्क्ति २५४:
#'''[[पोखरा विश्वविद्यालय]]''': पश्चिम नेपालको पोखरा सहरमा अवस्थित छ। यो विश्वविद्यालय सन् १९९६ मा स्थापना भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विधार्थी अध्यनरत छन् । यो विश्वविद्यालयमासँग आंगिक र सम्बन्धनप्राप्त गरी देशभरी २४ वटा क्याम्पस रहेका छन। [http://www.pu.edu.np पोखरा विश्वविद्यालय वेव साइट]
#'''[[पोखरा विश्वविद्यालय]]''': पश्चिम नेपालको पोखरा सहरमा अवस्थित छ। यो विश्वविद्यालय सन् १९९६ मा स्थापना भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विधार्थी अध्यनरत छन् । यो विश्वविद्यालयमासँग आंगिक र सम्बन्धनप्राप्त गरी देशभरी २४ वटा क्याम्पस रहेका छन। [http://www.pu.edu.np पोखरा विश्वविद्यालय वेव साइट]
#'''[[लुम्बिनी विश्वविद्यालय|लुम्विनी विश्वविद्यालय]]''': सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउदो शैक्षिक सत्र देखि मात्र बुद्ध दर्शनमा पढाइ सुरु हुनेछ यो विश्वविद्यालय भगवान बुद्धको जन्मस्थल लुम्विनीमा स्थापना भएको छ।
#'''[[लुम्बिनी विश्वविद्यालय|लुम्विनी विश्वविद्यालय]]''': सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउदो शैक्षिक सत्र देखि मात्र बुद्ध दर्शनमा पढाइ सुरु हुनेछ यो विश्वविद्यालय भगवान बुद्धको जन्मस्थल लुम्विनीमा स्थापना भएको छ।
#'''[[कृषि तथा वन विश्वविद्यालय|नेपाल कृषि तथा वन विश्वविद्यालय]]''' (स्थापना हुन बाँकी): कृषीप्रधान नेपालमा कृषि तथा बातावरण जोगाउन वनको अझ महत्त्व दर्साउन त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशुविज्ञान अध्यान संस्थानको भरतपुरको रामपुर स्थित केन्द्रीय क्याम्पस, लम्जुडको सुन्दर बजार कृषि क्याम्पस, पक्लिहवा भैरहवाको पक्लिहवा कृषि क्याम्पसका साथै हेटौडामा रहेको त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्यान संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरामा अवस्थित वनविज्ञान क्याम्पस लाई मिलाई कृषि तथा वन विश्वविद्यालय, भरतपुरमा निकट भविष्यमा स्थापना हुँदैछ।
#'''[[कृषि तथा वन विश्वविद्यालय|नेपाल कृषि तथा वन विश्वविद्यालय]]''': कृषिप्रधान नेपालमा कृषि तथा बातावरण जोगाउन वनको अझ महत्त्व दर्साउन यस विश्वविद्यालयको अवधारणा अघि सारिएको हो। यसको केन्द्रीय कार्यालय भरतपुरको रामपुरमा रहेको छ।
#'''[[मध्यपश्चिमाञ्चल विश्वविद्यालय]]'''(स्थापना हुन बाँकी): सुर्खेतको [[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]]मा उपकुलपतिको कर्यालय राखी मध्यपश्चिमाञ्चल विकासक्षेत्रभरि क्याम्पस विस्तार गरिने छ। यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।
#'''[[मध्यपश्चिमाञ्चल विश्वविद्यालय]]''': यस विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतको [[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]]मा रहेको छ।
#'''सुदूरपश्चिमाञ्चल विश्वविद्यालय''' (स्थापना हुन बाँकी): डोटीको दिपायल वा कैलालीमामा उपकुलपतिको कर्यालय राखी सुदूरपश्चिमाञ्चल विकासक्षेत्र भरी क्याम्पस विस्तार गरिने छ। यो विश्वविद्यालय पनि क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।
#'''[[सुदूरपश्चिमाञ्चल विश्वविद्यालय]]''': कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको यस विश्वविद्यालयको स्थापना वि.सं. २०६८ सालमा भएको हो।
#'''खुल्ला विश्वविद्यालय''':सरकारले खुला विश्वविद्यालयको विश्वभरी सफल अवधारणालाई नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोलिएको छ ।
#'''[[नेपाल खुला विश्वविद्यालय]]''':सरकारले खुला विश्वविद्यालयको विश्वभरी सफल अवधारणालाई नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोलिएको छ।


== स्वास्थ्य ==
== स्वास्थ्य ==

१९:०९, ३ मार्च २०२१ जस्तै गरी पुनरावलोकन

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल
राष्ट्रिय गान: सयौं थुङ्गा फूलका हामी
एसियामा नेपाल
एसियामा नेपाल
राजधानी
र सबैभन्दा ठुलो सहर
काठमाडौँ
२८°१०′उ॰ ८४°१५′पू॰ / २८.१६७°N ८४.२५०°E / 28.167; 84.250निर्देशाङ्कहरू: २८°१०′उ॰ ८४°१५′पू॰ / २८.१६७°N ८४.२५०°E / 28.167; 84.250
आधिकारिक भाषाहरूनेपाली
मान्यता प्राप्त आञ्चलिक भाषाहरूमैथिली, नेपाल भाषा, लिम्बु, सुनुवार, राई, भोजपुरी, अवधी, थारू, गुरुङ, शेर्पा, तामाङ, मगर, किराँत
धर्म
(वि.सं. २०६८)
रैथाने(हरू)नेपाली
सरकारसङ्घीय संसदीय गणतन्त्र
विद्यादेवी भण्डारी
नन्दकिशोर पुन
केपी शर्मा ओली
अग्निप्रसाद सापकोटा
चोलेन्द्रशमशेर ज.ब.रा.[१]
व्यवस्थापिकानेपालको सङ्घीय संसद
राष्ट्रिय सभा
प्रतिनिधि सभा
स्थापना
सन् १७६८ सेप्टेम्बर २५[२]
सन् १८१६ मार्च ४
सन् १९२३ डिसेम्बर २१
सन् २००८ मे २८
सन् २०१५ सेप्टेम्बर २०
क्षेत्रफल
• जम्मा
१,४७,५१६ किमी (५६,९५६ वर्ग माइल) (९३औँ)
• पानी (%)
२.८
जनसङ्ख्या
• सन् २०१८ अनुमानित
वृद्धि २८,०९५,७१४ [५][६] (४९औँ)
• वि.सं. २०६८ जनगणना
२,६४,९४,५०४[७]
• घनत्व
१८० /किमी2 (४६६.२ /वर्ग माइल) (५०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
वृद्धि $९४ बिलियन[८] (८७औँ)
• प्रति व्यक्ति
वृद्धि $३,३१८[८] (१५५औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
वृद्धि $३० बिलियन (१०१औँ)
• प्रति व्यक्ति
वृद्धि $१,०४८[८] (१५९औँ)
गिनी (सन् २०१०)३२.८[९]
मध्यम · ११५औँ
मानव विकास सूचकाङ्क (२०१९)०.५७९[१०]
मध्यम · १४७औँ
मुद्रारुपैयाँ (रू)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+०५:४५ (नेपालको प्रमाणिक समय)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+९७७
इन्टरनेट डोमेनen:.np

नेपाल (आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। २६°२२′ देखि ३०°२७′ उत्तर अक्षांश र ८०°४′ देखि ८८°१२′ पूर्वी देशान्तरसम्म फैलिएको यस राष्ट्रको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर छ। यो क्षेत्रफल पृथ्वीको कुल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ। लण्डनस्थित ग्रिनविच मीन टाइमभन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६°१५′ पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट अगाडि मानिएको छ।

नेपालको पूर्वी सीमाना मेची नदी देखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्बाइ ८८५ कि.मि. छ। उत्तरदेखि दक्षिणको चौडाइ भने एकनासको छैन। पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्यूनतम चौडाई १४५ कि.मि. रहेको छ। यसर्थ नेपालको औसत चौडाइ १९३ कि.मि. रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका लगभग ८१% नागरिक हिन्दू धर्मावलम्बी छन्; यस अर्थमा नेपाल विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी भएको राष्ट्र पनि हो। यसबाहेक बौद्ध, इस्लाम, किराँत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन्। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँटदेखि चिसा हिमालयका शृङ्खला अवस्थित छन्। संसारका सबैभन्दा उच्च १४ हिमशृङ्खलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर र राजधानी काठमाडौँ हो। काठमाडौँ, ललितपुरभक्तपुर जिल्लारूलाई काठमाडौँ उपत्यका भनेर चिनिन्छ। अन्य प्रमुख सहरहरूमा पोखरा, विराटनगर, भरतपुर, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज आदी पर्दछन् ।

नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण उपलब्ध नभएतापनि एक प्रसिद्ध किंवदन्ती अनुसार मरिची ॠषिका पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको विश्वास छ। निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डको एकिकरण वि.सं. १८२४ मा गोरखाका राजा पृथ्वी नारायण शाहले थालेका थिए। वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गरिएको थियो। वि.सं. २०६३ को लोकतान्त्रिक जनआन्दोलनपश्चात् राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे। वि.सं. २०६५ जेठ १५ गते पहिलो संविधानसभाको ऐतिहासिक बैठकले राजतन्त्रलाई प्रतिस्ठापन गर्दै नेपाललाई एक सङ्घीय लोक्तान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। वि.सं. २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपश्चात प्रशसनिक रूपमा सात प्रदेशमा विभाजन गरी नेपाललाई एक धर्मनिरपेक्ष सङ्घीय संसदीय गणतन्त्र कायम गरिएको छ।

शब्दको उत्पत्ति

नेपालको एकीकरण हुनुभन्दा अघि काठमाडौँ उपत्यकालाई नेपाल भनेर चिनिन्थ्यो। नेपाल शब्दको वास्तविक उत्पत्ति अनिश्चित छ। नेपाल शब्द चौथो शताब्दी ईसापूर्वमा पुरानो भारतीय साहित्यिक ग्रन्थहरूमा देखा परेको थियो।[११] सबैभन्दा पुरानो ग्रन्थहरूमा अज्ञात योगदानहरू भएको मानिन्छ जुन प्रारम्भिक आधुनिक अवधि भन्दा अगाडि हो। तथापि, यसले एक पूर्ण कालक्रम स्थापना गर्न सक्दैन। इतिहासमा पूर्ण चित्रको अभाव, भाषाविज्ञान वा सान्दर्भिक भारोपेली र भोट-बर्मेली भाषाहरूको अपर्याप्त ज्ञानको अभावले एक व्यावहारिक सिद्धान्त प्रदान गर्ने शैक्षिक प्रयासहरू यसमा बाधक बनेका छन्।[१२]

हिन्दू पौराणिक कथा अनुसार नेपालले यसको नाम ने भन्ने पुरातन हिन्दू ऋषिबाट लिएको प्राप्त गरेको थियो, जुन विभिन्न प्रकारले ने मुनि वा नेमी भनेर चिनिन्छन्। पशुपति पूर्णाका अनुसार नेद्वारा सुरक्षित गरिएको स्थानको रूपमा हिमालयको मध्य भागमा रहेको देशलाई नेपाल भनेर चिनिन्थ्यो। नेपाल महात्म्यका अनुसार,पशुपतिले नेमीलाई देशको सुरक्षामा खटाएका थिए।[१३] बौद्ध पौराणिक कथा अनुसार, मञ्जुश्री बोधिसत्वले काठमाडौँ उपत्यकामा रहेको दहको पानी चोभारबाट बाहिर पठाएर वस्ति बसालेको किम्बदन्ति पाइन्छ भने नेले यहाँ बसोबास गर्ने समुदायको हेरचाह गर्ने घोषणा गरेका थिए। ने ऋषिले पालन अर्थात् संरक्षण गरेको हुनाले यो भूभागको नाम नेपाल रहन गएको मानिन्छ। नेपाली दस्तावेज अनुसार सन् १३०० ताका तयार पारिएको ‘गोपाल राजवंशावली’ र सोही समयका अन्य वंशावलीमा ‘नेपाल’ को व्याख्या पाइँदैन, तर पछि आउने स्थानीय वंशावली (मुख्यतः १८२०–१८८० को समय) मा भने ‘नेपाल’ नामको व्याख्या र विश्लेषण पाउन सकिन्झ। पछिल्ला हिन्दू र बौद्ध दस्तावेजमा ‘नेपाल’ शब्दको उत्पत्ति ने नाम गरेको गाई या यही नामको आदिबुद्धबाट भएको भन्ने दाबी रहेको छ।[१४]

नर्वेली संस्कृत विद्वान क्रिश्चियन लासेनले, नेपाल, निपा (पहाडको फेद) र आला (अलायको संक्षिप्त प्रत्यय) अर्थात् निपालयबाट आएको भन्ने कुराको प्रस्ताव गरेका थिए र यसको अर्थ "पहाडको फेदमा बस्नु" भन्ने हुन्छ।[१५] उनले ने मुनिको संरक्षणबाट नेपाल शब्द आएको हो भन्ने मिथकलाई तथ्यसङ्गत ढङ्गले खारेज गरेका थिए। फ्रान्सेली विद्वान सिल्भाँ लेभीले लासेनको सिद्धान्त माथि असन्तुष्टि जनाएका थिए र आफूले कुनै पनि प्रस्ताव जारी भनेका गरेका थिएनन्। उनका अनुसार ‘नेवार’ शब्दको उत्पत्ति ‘नेपाल’ बाट भएको हो, या त स्थानीय नाम संस्कृतिकरणद्वारा ‘नेपाल’ भएको हो भन्ने मान्यता राखेका थिए। नेपा तिब्बती-बर्मेली शब्द हो जुन ने (गाईवस्तु) र पा (संरक्षक) मिलेर बनेको छ भन्ने कुराको प्रस्ताव पनि गरिएको छ र यसले उपत्यकाका प्रारम्भिक बासिन्दाहरू गोपाल (गोठालाहरू) र महिस्पाल (भैँसी बथान) थिए भन्ने कुरा झल्काउँदछ। सुनिति कुमार चटर्जी नेपाल भोट-बर्मेली जराबाट उत्पन्न भएको हो भन्ने विश्वास गर्छन्।[१४] निष्कर्षमा, सिल्भाँ लेभी, राल्फ टर्नर, सुनितिकुमार चटर्जी र बाबुराम आचार्य लगायतका विद्वानहरू नेपाल शब्द ‘नेवार’ को संस्कृतिकरणद्वारा भएको भन्नेमा सहमत छन्। नेपालका भोट–बर्मेली भाषाहरूमा ‘ने’ भन्नाले चौपाया, गाई या भैँसी, र ‘पा’ ले मानवलाई जनाउँदछ।[१६] ने (गाई, भैँसी, चौपाया) र पा (वासी, रखवाला) दुई मिलेर ‘नेपा’ बन्छ भने ‘नेपा’ को संस्कृतिकरणद्वरा नेपाल भएको मानिएको छ।[१४][१७]

इतिहास

ऐतिहासिक चरण
  • नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल (२०६३-हाल)

हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाडौँ उपत्यकामा पाइएका प्राचीन औजारहरूबाट पुष्टि हुन्छ। सम्भवत: भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।[१८]

ईशापूर्व १५०० तिर इन्डो-आर्यन जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बने। सिद्धार्थ गौतम (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भए। ईशापूर्वको २५० सम्ममा यो क्षेत्र उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा पर्‍यो र पछि चौँथो शताब्दिमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं शताब्दिको उत्तरार्द्धमा आएर लिच्छवीहरूले राज्य गरे। ८ औँ शताब्दिको उत्तरार्धमा लिच्छवीवंशको अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, यद्यपि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्‍यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।

१३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द "मल्ल" थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरूमा उनीहरूको सत्ता उदयमान भयो, तर त्यसपछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरे। १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो: सन् १४८२ मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौँ उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो – कान्तिपुर, पाटन, र भादगाउँ – जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।

१७६५ मा, गोरखाका राजा पृथ्वीनारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाई छिमेकी राज्यहरू, खासगरी लम्जुङ, कास्की र तनहुँ, को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ती अघि बढे। धेरै रक्तरञ्जित लडाईंहरूपश्चात्, उनी ३ वर्षपछि काठमाडौँ उपत्यकालाई विशाल नेपाल भित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरे। यद्यपि उनले तत्कालीन राजा जयप्रकाश मल्लले राज्य गरिरहेको कान्तिपुर (काठमाडौँ) राज्यलाई जित्ने क्रममा कुनै युद्ध गर्नु परेन। पृथ्वीनारायण शाहले आफ्ना सेनाहरू लिएर काठमाडौँतर्फ अग्रसर हुँदा काठमाडौँ उपत्यकाका सबै जनताहरू इन्द्रजात्रा मनाइरहेका थिए; र खासै कुनै मेहनत बिना उपत्यकालाई कब्जा गरी आफै बसेर जात्रा चलाएर साँस्कृतिक सम्मानको अवधारणा प्रस्तुत गरे। त्यसैगरी नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि गोरखाली सेना पूर्वमा पल्लो किराँत लिम्बुवान राज्य पुगे। लिम्बुवान राज्यमा १७ पटकसम्म हमला गरी वि.स‌ं. १८३१ श्रावण २२ गते लिम्बुवानको केन्द्रीय राजधानी विजयपुरमा लालमोहर सहित तम्रपत्रमा लेखी सन्धि भयो। यसले वर्तमान नेपालको जन्मको आधारशिला तय गर्‍यो।

तिब्बतसँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुपर्‍यो। नेपालको सीमा नजीकका स-साना राज्यहरूलाई हडपेका कारण सुरू भएको ईष्ट इण्डिया कम्पनीसँगको दुश्मनीका कारण रक्तरञ्जित नेपाल अङ्ग्रेज युद्ध (सन् १८१४–१६) भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदीको पश्चिम तथा मेची नदीको पूर्वका आफ्ना क्षेत्रहरू गुमाउनु पर्‍यो। आफ्नो स्वाधीनताका लागि नेपालले ईष्ट इण्डिया कम्पनीसँग सुगौली सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित सिक्किम, दार्जिलिंग पनि गुमाउनु पर्‍यो। ती क्षेत्रहरू हालको भारतको उत्तराखण्डहिमाञ्चल प्रदेशमा पनि पर्दछन। कांगडासम्म पुगेका नेपाली र सतलजदेखि टिस्टासम्मको विशाल नेपाल मेची र कालीका बीच सीमित हुन पुग्यो, तर पनि पछि सन् १८६० मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासँग खुसी भई अङ्ग्रेजले नेपाललाई राप्तीदेखि कालीसम्मको तराई फर्काइदिएका थिए।

राजपरिवार बीचको गुटबन्दीका कारण युद्धपछि पनि अस्थिरता कायम रहीरह्यो। सन् १८४६ मा शासन गरिरहेकी रानीका सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षड्यन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति बफादार भाइ-भारदारहरूबीच मार-काट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा वंश सुरू गरे र राणा शासन लागू गरे। राजालाई नाममात्रमा सीमित गरियो र प्रधानमन्त्री पदलाई शक्तिशाली र वंशाणुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई सन् १८५७ को सिपाही विद्रोह (भारतको पहिलो स्वतन्त्रता संग्राम) र पछि दुवै विश्वयुद्धहरूमा सघाएका थिए। सन् १९२३ मा संयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार गरेको थियो।

राणा शासन विरूद्ध संघर्ष

सन् १९४० को दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनीतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री पद्म शमशेरले नेपाल सरकारको वैधानिक कानुन २००४ लागू गरे। त्यसैताका चीनले सन् १९५० मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा त्रिभुवनलाई भारतले समर्थन गरी सन् १९५१ मा सत्ता दिलाए, र नयाँ सरकारको निर्माण भयो, जसमा धेरैजसो नेपाली कांग्रेसको सहभागिता थियो। नेपालको अन्तरिम शासन विधान २००७ लागू गरियो। राजा र सरकारबीच वर्षौंको शक्ति खिचातानी पश्चात् राजा महेन्द्रले वि.स‌ं. २०१५ फागुन ७ गते नेपाल अधिराज्यको संविधान २०१५ जारी गरे; जस अनुसार संसद्को निर्वाचन भयो र नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याई विश्वेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा एकमना सरकार बन्यो।

पञ्चायती व्यवस्था

वि.स‌ं. २०१७ साल पुष १ गते राजा महेन्द्रले एक घोषणा मार्फत लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलीय" पञ्चायत व्यवस्था लागू गरी सत्ता आफ्नो हातमा लिए र निर्वाचित संसद र मन्त्रीमन्डल विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे। तत्पश्चात नेपालको संविधान २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो।

पञ्चायत विरूद्ध संघर्ष र बहुदल घोषणा

पञ्चायती व्यवस्था लागू भएदेखि नै देशमा यसको विरुद्धमा आन्दोलनहरू भए। वि.स‌ं. २०१८ मा नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्यो। कम्युनिष्ट युवाहरूले वि.स‌ं. २०२८ मा गरेको झापा क्रान्तिले नेकपा मालेको स्थापना गर्यो। वि.स‌ं. २०३६ मा विद्यार्थी आन्दोलन भएपछि राजाले बहुदल कि निर्दल भनी छान्न जनमत सङ्ग्रह गराए। वि.स‌ं. २०४२ मा पनि सत्याग्रह आन्दोलन भयो। अन्तत वि.स‌ं. २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चा मिलेर गरेको आन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्था ढाल्यो। सन् १९८९ को जनआन्दोलनले राजतन्त्रलाई संवैधनिक सुधार गर्न र बहुदलीय संसद् बनाउन बाध्य तुल्यायो।[१९] फलतः नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो। सन् १९९१ मे मा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधान नेपाल अधिराज्यको संविधान २०४७ अंगीकरण गरियो र संसदका लागि लोकतान्त्रिक चुनाव भयो। नेपाली कांग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने।

बहुदलीय संसदीय व्यवस्था अवधि

बहुदलीय संसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन। राजनीतिक दलहरूको आपसी बेमेल तथा वि.सं. २०५२ मा सुरू भएको माओवादी जनयुद्धका कारण देश झन् अस्थिरता तर्फ बढ्यो। वि.सं २०५८ मा राजा वीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरवारमा हत्या भयो। त्यसपछि उनका माहिला भाइ ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसे। सोही साल देशमा संकटकालीन अवस्था लागू गरियो। तर न त माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो।

शाही कू र राजाको प्रत्यक्ष शासन

फलतः राजाले निर्वाचित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए। नेपाल अधिराज्यको संविधान २०४७ मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। संसदका बिना देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले वि.सं. २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे। त्यसपछि देशभरका टेलिफोन तथा मोवाइलहरूका लाइन काटिए। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चार माध्यमहरूमा सेन्सरसिप लागू भयो। मौलिक हकमा समेत प्रतिबन्ध लगाइयो।

राजतन्त्रको अन्त्य

राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र र बाहिर गरी विश्वव्यापी रूपमा विरोध भयो। राजनीतिक दलहरू आन्दोलनमा उत्रिए। सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादी र आन्दोलनरत सात राजनीतिक पार्टीहरूबीच वि.सं. २०६२ फागुनमा भारतको मध्यस्थतामा नयाँ दिल्लीमा वार्ता भई १२ बुँदे सहमति भयो। त्यसपछि माओवादीले पनि हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमा सहभागी हुने भयो। सबै मिलेर आन्दोलन भयो र विघटित संसद पुनर्स्थापित भयो। आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो। नेपालको अन्तरिम संविधान २०६३ लागू गरियो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसदको निर्माण भयो। माओवादी समेत सम्मिलित स‌ंयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन गराइयो। वि.सं. २०६५ जेठ १५ गते बसेको संविधानसभाको बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्‍यो। त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. राम वरण यादवउपराष्ट्रपतिमा परमानन्द झा चुनिए। वि.सं. २०७२ असोज ३ गते गणतन्त्र नेपालको संविधान घोषणा गरिएपश्चात नेपाललाई सात प्रदेशमा विभाजन गरी हरेक प्रदेशको आफ्नै व्यवस्थापिकाको स्थापना गरियो।

नेपालका वर्तमान राष्ट्रपती विद्यादेवी भण्डारी तथा प्रधानमन्त्रि केपी शर्मा ओली हुन्।

भूगोल

नेपालको भौगोलिक नक्सा
सुक्खा हिमाली पृष्ठभूमि

नेपाल मोटामोटी चारकुने आकारको छ । नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० माइल) र चौडाई २०० किलोमिटर (१२५ माइल) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ वर्ग माइल)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, पहाड, र तराई। यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यीनीहरूलाई नेपालका प्रमुख नदीहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन्। तराइ क्षेत्र र पाहाडी क्षेत्रका बिच दक्षिणमा चुरे तथा उत्तरमा माहाभारत शृङ्खलाले घेरिएका विभिन्न सात वटा उपत्यकाहरूको समूह छ जसलाई भित्री मधेश पनि भनिन्छ। भारतसँग जोडिएको तराइ फाँट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी (भारतमा गण्डक नदी), र कर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त छ । नेपाल र बङ्गलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल) को एउटा सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन् । यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ ।

पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फिट) उचांईका पर्वत पर्दछन् । यो क्षेत्रमा महाभारत लेक र सिवालिक शृङ्खला (चुरिया) नामका दुई साना पहाडी शृङ्खला मुख्य शृङ्खला हुन्। पहाडी क्षेत्रमा काठमाडौँ उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा सहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यका हरूको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ ।

हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमशृङ्खलाहरू पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सीमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ । संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् । कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वनविनास एक मुख्य हो जसले गर्दा भूक्षय र परिस्थितिकीय प्रणाली विनास हुन्छ। संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन (तिब्बत)को सीमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी पर्वतपृष्ठ (ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ । जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण (१,२,३ र ४) अन्नपूर्ण शृङ्खलामा पर्दछन् ।

नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसँग केही मात्रामा मेल खान्छन्। उष्ण तथा उपोष्ण क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, शीतोष्ण क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), उप-आर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र उत्तरी ध्रुवीय क्षेत्र ४,४०० मिटर(१४,४०० फिट) भन्दा माथि। नेपालमा छ ऋतुहरू छन्: ग्रीष्म, वर्षा, शरद्, शिशिर, हेमन्त र वसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसुनको वायुको उत्तरी परिधिको रूपमा पनि काम गर्दछन् ।

नेपालका नदीहरू

करिब छ हजार साना-ठूला खोलानाला रहेका नेपालका केही ठूला नदीहरु यसप्रकार छन्:

 • कोशी  • गण्डकी  • कर्णाली  • महाकाली  • मेची  • कन्काई  • बागमती  • राप्ती  • भेरी  • सेती  • जोगमाई  • माई  • पूवामाई  • देउमाई र  • लिकु

प्राकृतिक सम्पदा

नेपाल प्राकृतिक सम्पदाले भरीपूर्ण देश हो। आकारमा सानो मुलुक भए तापनि हिमालदेखि तराईसम्म पाइने विविधतापूर्ण हावापानीका कारण यहाँ विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, कीटपतंङ्ग, चराचुरूङ्गी तथा झरना, खोलानाला, पहाडपर्वत, कन्दराले गर्दा नेपाललाई निकै विशाल तुल्याएका छन् । प्राकृतिक विविधतामा त झन् नेपाल विश्वमा नै उत्कृष्ट देश मानिन्छ। यहाँ ठूलोमा सारसदेखि सानोमा फिस्टो सम्मका चराचुरुङ्गी पाइन्छन्।

अर्थतन्त्र

नेपालमा कृषिले जनसङ्ख्याको ७६% जनसङ्ख्या धानेको छ र कुल ग्राह्यस्थ उत्पादनको ३९% योगदान गरेको छ भने सेवाले ३९% र उद्योगले २१% गरेको छ । देशको उत्तरी दुई-तिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे-सडकहरूको कुल लम्बाई ८,५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे-लाइनको कुल लम्बाई ५९ किमि मात्र छ। ४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ; तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ; सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल (वा तार-रहित) सेवाको स्थिति भने देशभर राम्रो छ। सन् २००५ मा १,७५,००० इन्टरनेट जडानहरू (connections) थिए, तर "सङ्कटकाल" लागू भएपश्चात केही समय सेवा अवरूद्ध भएको थियो। केही अन्योल पछि नेपालको दोस्रो बृहत जनआन्दोलनले राजाको निरङ्कुश अधिकार समाप्त गरे पश्चात भने सवै इन्टरनेट सेवाहरू बिना रोकटोक सुचारू भएका छन्।[२०]

नेपालको भूपरिवेष्ठित स्थिति र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन। नेपालले भारत, जापान, संयुक्त अधिराज्य, अमेरिका, युरोपेली सङ्घ, चीन, स्वीजरल्याण्ड र स्क्यानडेभियन राष्ट्रहरूबाट वैदेशिक सहयोग पाँउछ। आर्थिक वर्ष २००५/०६ मा सरकारको बजेट करिब १.१५३ अर्ब अमेरिकी डलर जतिको थियो, तर कुल खर्च १.७८९ अर्ब भएको थियो। १९९० दशक तिरको बढ्दो मुद्रा स्फीति दर घटेर २.९% पुगेको छ। वर्षौं देखि नेपाली मुद्रा रूपैयाँलाई भारतिय रूपैयासँग सटहीदर १.६ मा स्थिर राखिएको छ। १९९० दशकमा खुकुलो परिएको मुद्रा बिनिमय दर निर्धारण नैतिका कारण बिदेशी मुद्राको कालोबजार लगभग समाप्त भएको छ। एक दिर्घकालिन आर्थिक सम्झौताले भारतसँगको राम्रो संबन्धलाई टेवा दिएको छ।

जनताहरू बीचको सम्पत्ति वितरण अन्य विकसित र विकासोन्मुख देशहरूको दाँजोमै छ: माथिल्ला १०% गृहस्थीसँग कूल राष्ट्रिय सम्पतिको ३९.१% माथि नियन्त्रण छ भने निम्नतम १०% सँग केबल २.६% मात्र।

हिमालयको पुछारमा पाखो खेति

नेपालको १ करोड जतिको कार्यबलमा दक्ष कामदारको निकै कमी छ। ८१% कार्यबललाई कृषिले, १६% सेवाले, र ३% उत्पादन/कला-आधारित उद्योगले रोजगारी प्रदान गर्दछ। कृषि उत्पादनहरू —— मुख्यतया भारत सीमा नजीकका तराईक्षेत्रमा खेती गरिने —— हुन्: चामल, मकै, गहूँ, उखु, दुध, र राँगापालन। उद्योगमा जुट, उखु, सुर्ति र अन्न लगायतका मुख्यत: कृषि प्रसोधनका कार्यहरू गरिन्छ। नेपालका शानदार भूदृश्य र गहन, अनौठो संस्कृतिका फलस्वरूप पर्यटनमा निक्कै संभाव्य छ, तर यस निर्यातमुलक उद्योगलाई बिगतका राजनीतिक घटनाहरूले निक्कै खस्काइदिएको छ। बेरोजगारी र अल्परोजगारीको अनुपात जनसङ्ख्याको कार्यबल-आयुको आधा पुग्छ। त्यसैले धेरै नेपालीहरू कामको खोजिमा भारत जान्छन, खाडी राष्ट्रहरू र मलेसिया कामका नया श्रोतहरू हुन। गरीबी चर्को छ। भारतिय र ब्रिटिस सैनिकमा कार्यरत गोर्खाली सेनाहरू मार्फत नेपालले वार्षिक ५ करोड अमेरिकी डलर आम्दानी गर्दछ। गोर्खाली सेनालाई कौशल र बहादुरीका लागि आदर गरिन्छ। पर्सियन खाडी र मलेसिया, जहाँ करिब ७ लाख नेपाली श्रमिकहरू कार्यरत छन्,बाट पठाइने रकाम समेत कुल रेमिट्यान्सको करिब १ अर्ब डलरको हाराहारीमा छ।

सन २००५ का लागि नेपालको कुल ग्राह्यस्त उत्पादन (GDP) अनुमान ३९ अर्ब डलर भन्दा बढि (पर्चेजिङ पावर प्यरिटि समायोजित) छ, जसले यसलाई विश्वकै ८३औँ ठूलो अर्थतन्त्र बनाएको छ। प्रति-व्यक्ति आय करिब १,४०२ डलर छ, जसको स्थान १६३औँ छ। नेपालको निर्यात मुख्यत: गलैँचा, पोशाक, छालाका बस्तुहरू, जुट र अन्न गरी कूल ८२.२ करोड डलरको छ। आयात मुख्यत: सुन, मेसिनरि तथा कलपुर्जाहरू, पेट्रोलियम पदार्थ र कृषिमल गरी जम्मा २ अर्ब डलरको छ। प्रमुख निर्यात गरिने राष्ट्रहरू भारत (५३.७%), संयुक्त राज्य अमेरिका (१७.४%), र जर्मनी(७.१%) हुन। नेपालले आयात गर्ने प्रमुख राष्ट्रहरू हुन् :-

प्रशासनिक विभाजन

नेपालको सङ्घीय संरचना

नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ, प्रदेशस्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरेको छ ।[२१][२२][२३] वि.सं. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधान २०७२को अनुसूची ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ ।[२४][२५][२६] यसै प्रकार नेपालमा ७५३ स्थानीय तह रहेको छ जसमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका) रहेको छ ।[२७][२८][२९][३०][३१][३२]

# प्रदेश राजधानी प्रदेश प्रमुख मुख्यमन्त्री जिल्ला क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(२०११)
जनघनत्व
(व्यक्ति/किमी)
प्रदेश नं. १ बिराटनगर सोमनाथ अधिकारी प्यासी शेरधन राई १४ २५,९०५ किमी ४५,३४,९४३ १७५
प्रदेश नं. २ जनकपुर राजेश झा मोहम्मद लालबाबु राउत ९,६६१ किमी ५४,०४,१४५ ५५९
बागमती प्रदेश हेटौंडा विष्णु प्रसाद प्रसाइ डोरमणि पौडेल १३ २०,३०० किमी ५५,२९,४५२ २७२
गण्डकी प्रदेश पोखरा अमिक शेरचन पृथ्वी सुब्बा गुरूङ ११ २१,५०४ किमी २४,१३,९०७ ११२
लुम्बिनी प्रदेश बुटवल धर्मनाथ यादव शंकर पोखरेल १२ २२,२८८ किमी ४८,९१,०२५ २१९
कर्णाली प्रदेश वीरेन्द्रनगर गोविन्द प्रसाद कलौनी महेन्द्रबहादुर शाही १० २७,९८४ किमी ११,६८,५१५ ४१
सुदूरपश्चिम प्रदेश धनगढी सर्मिला कुमारी पन्त त्रिलोचन भट्ट १९,५३९ किमी २५,५२,५१७ १३०
जम्मा नेपाल काठमाडौँ राष्ट्रपति प्रधानमन्त्री ७७ १,४७,१८१ किमी २,६४,९४,५०४ १८०

खाना

नेपालीको सामान्य खाना भनेको दाल, भात, तरकारी र बढिमा अचार हो। यस प्रकारको खाना नेपालीहरू एक चोटी बिहान र एक चोटी रातमा गरेर दिनको जम्मा दुई पटक खान्छन् । यी खानाहरूको बीचमा चिउरा तथा चियाको सेवन पनि गरिन्छ। समय-समयमा माछा, मासु, अण्डा आदिको सेवन पनि गरिन्छ। हिमाली भेगमा फापर, गहुँ, मकै, कोदो, आलु आदिको खाना हुन्छ भने तराईमा गहुँको रोटीको प्रचलन धेरै छ। कोदोको मादक पदार्थ तोङ्गबा, छ्याङ, रक्सी आदिको सेवन हिमाली भेगमा बढी हुन्छ। नेवार समुदाय आफ्नै विशेष किसिमको नेवारी परिकारहरू सेवन गर्दछन्।

शिक्षा

नेपालमा आधुनिक शिक्षाको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कूल (हालको रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो। यसभन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो। आधुनिक शिक्षाको सुरुवात १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सुलभ थिएन। तर देशका विभिन्न भागमा केही विद्यालय दरवार हाइस्कूलको सुरुवात सँगै खुल्न सुरु भए। नेपालमा पहिलो उच्च शिक्षाको केन्द्र चाहिँ काठमाडौँमा रहेको त्रि-चन्द्र क्याम्पस हो। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए। यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो। तर सन १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। राजनीतिक परिवर्तन पछि राणा शासन मुक्त देशले अन्तत १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्‍यो। त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए। हालै मात्र सरकारले ४ वटा अरू विश्वविद्यालय पनि खोल्ने घोषणा गरेको छ। नेपालको शिक्षाको सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो। त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, विभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलयहरू विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन्।

नेपालका विश्वविद्यालयहरू

  1. त्रिभुवन विश्वविद्यालय : त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठुलो राष्ट्रिय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा छ। हाल यो विश्वविद्यालयमा १,५०,००० विद्यार्थी अध्यनरत छन्। कृषि तथा पशु विज्ञान, वनविज्ञान, इन्जिनियरिंग, विज्ञान तथा प्रविधि , चिकित्साशास्त्र , समाजविज्ञान , मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकीमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ। यस विश्वविद्यालयका ६० आंगिक तथा ४१६ सम्वन्धन प्राप्त क्याम्पसहरू रहेका छन् । यो विश्वविद्यालयले हाल पनि नेपालको उच्चशिक्षामा ७५ प्रतिशत भन्दा बढीको भार बोकीरहेको छ। साथै यो विश्वविद्यालय नेपालको थिंकट्यांकको रूपमा पनि चिनिन्छ। त्रिभुवन विश्वविद्यालयको वेव साइट
  2. महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको ): नेपालको दोस्रो पुरानो र काठमाडौँ उपत्यका बाहिर दाङ जिल्लामा स्थापित यो विश्वविद्यालय १९८६ मा स्थापना भएको हो। संस्कृत शिक्षाको उच्च तह आयुर्वेद, तथा आधुनिक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको कार्यालय वसन्तपुरमा रहेको छ। नेपाल संस्कृत विश्वविद्यालय वेव साइट
  3. काठमाडौँ विश्वविद्यालय: सन् १९९१ को डिसेम्बरमा स्थापित नेपालको पहिलो तथा एकमात्र निजी विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा रहेको छ । व्यवस्थापन, वाणिज्य, विज्ञान तथा चिकित्साशास्त्रको यो विश्वविद्यालयमा पढाइ हुने गरेको छ। हाल काठमाडौँ विश्वविद्यालयमा २०७२ जति विद्यार्थी अध्यानरत छन। काठमाडौँ विश्वविद्यालय वेव साइट
  4. पूर्वाञ्चल विश्वविद्यालय: पूर्व नेपालको विराटनगर सहरमा स्थापित नेपालको पहिलो क्षेत्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालय सन् १९९५ मा स्थापना भएको हो पूर्वाञ्चल विश्वविद्यालय वेव साइट
  5. पोखरा विश्वविद्यालय: पश्चिम नेपालको पोखरा सहरमा अवस्थित छ। यो विश्वविद्यालय सन् १९९६ मा स्थापना भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विधार्थी अध्यनरत छन् । यो विश्वविद्यालयमासँग आंगिक र सम्बन्धनप्राप्त गरी देशभरी २४ वटा क्याम्पस रहेका छन। पोखरा विश्वविद्यालय वेव साइट
  6. लुम्विनी विश्वविद्यालय: सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउदो शैक्षिक सत्र देखि मात्र बुद्ध दर्शनमा पढाइ सुरु हुनेछ यो विश्वविद्यालय भगवान बुद्धको जन्मस्थल लुम्विनीमा स्थापना भएको छ।
  7. नेपाल कृषि तथा वन विश्वविद्यालय: कृषिप्रधान नेपालमा कृषि तथा बातावरण जोगाउन वनको अझ महत्त्व दर्साउन यस विश्वविद्यालयको अवधारणा अघि सारिएको हो। यसको केन्द्रीय कार्यालय भरतपुरको रामपुरमा रहेको छ।
  8. मध्यपश्चिमाञ्चल विश्वविद्यालय: यस विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा रहेको छ।
  9. सुदूरपश्चिमाञ्चल विश्वविद्यालय: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको यस विश्वविद्यालयको स्थापना वि.सं. २०६८ सालमा भएको हो।
  10. नेपाल खुला विश्वविद्यालय:सरकारले खुला विश्वविद्यालयको विश्वभरी सफल अवधारणालाई नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोलिएको छ।

स्वास्थ्य

नेपालमा धेरै पहिले देखिनै आयुर्वेदीय प्राकृतिक चिकित्सा पद्धति उपयोगमा थियो। वैद्य र परम्परागत चिकित्सकहरू गाउँघर तथा सहरमा स्वास्थ्यसेवा पुर्याउँथे, उनीहरूको औषधिका श्रोतहरू नेपालको हिमालदेखि तराईसम्म पाइने जडिबुटीहरू नै हुन्थे। आधुनिक चिकित्सा पद्धतिको सुरुवात राणा प्रधानमन्त्री जङ्गवहादुर राणाको बेलायत यात्रा पछि दरवार भित्र सुरु भए तापनि नेपालमा आधुनिक चिकित्सा संस्थाको रूपमा राणा प्रधानमन्त्री वीर सम्शेरको पालमा काठामाण्डौमा सन १८८९ मा स्थापित वीर अस्पताल नै हो। त्यसपछि चन्द्र सम्शेरको पालामा स्थापित त्रि-चन्द्र सैनिक अस्पताल हो। हाल नेपालका अस्पतालहरू सामान्यतया आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आधुनिक चिकित्सा गरी सरकारी सेवा विद्यमान छ। नेपालमा २०६२।६३ मा अस्पतालको संख्या ८९, प्रथामिक स्वास्थ्य चौकी १८०, स्वास्थ्य चौकी ६९९, उपस्वास्थ्य चौकी ३१३१, आयुर्वेदिक औषधालय २९३, प्रति डाक्टर जनसङ्ख्या २०,९९१ र प्रति अस्पताल सैया ३८८९ उपलव्ध छ ।[३३]

सेना तथा सुरक्षा अङ्ग

नेपालमा नेपाली सेना, नेपाली सैनिक विमान सेवा, नेपाल ससस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल ससस्त्र वनरक्षक तथा राष्ट्रिय अनुसन्धान विभाग नेपाल गरी सस्सत्र, तथा गुप्तचर सुरक्षा निकाय रहेका छन।

संवैधानिक अङगहरू

नेपालमा रहेका छ वटा संबैधानिक अङ्गहरू निम्नानुसार छन्:

  • महालेखा परीक्षक,

महालेखा परीक्षकले अदालत, ससद, अख्‍तियार दुरूपयोग अनुसन्‍धान आयोग, लोकसेवा आयोग,निर्वाचन आयोग, नेपाली सेना, नेपाली प्रहरीलगायत कार्यपालिका अन्‍तर्गत सबै सरकारी कार्यलयको लेखा परीक्षण गर्दछ।

  • महान्‍यायाधिवक्‍ता,
  • लोकसेवा आयोग ,

लोकसेवा आयोगले निजामती सेवाको पदमा नियुक्तिको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्दछ ।

  • अख्‍तियार दुरूपयोग अनुसन्‍धान आयोग,

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा कानुन बमोजिम अनुसन्धान र तहकिकात गर्न वा गराउन सक्नेछ।

  • निर्वाचन आयोग

निर्वाचन आयोगले नेपालको संविधान बमोजिम हुने जनमत सङ्ग्रह तथा स्थानीय निकायको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्दछ।

  • राष्‍ट्रिय मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्ने कार्य गर्दछ।

राष्ट्रिय चिन्हहरू

नेपालका राष्ट्रिय चिन्हहरूको सूची यसप्रकार रहेको छ :

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. "Honorable Mr. Cholendra Shamsher J.B.R.", supremecourt.gov.np, अन्तिम पहुँच २०१८-०३-१८ 
  2. Subba, Sanghamitra (२० डिसेम्बर २०१९), "A future written in the stars", Nepali Times (en-USमा), मूलबाट ३१ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०२१ 
  3. The Sugauli Treaty of 1816 rendered moot the degree of independence of Nepal. The sixth point of the treaty directly questions the degree of independence of Nepal. The fact that any differences between Nepal and Sikkim will be "referred to the arbitration of the East India Company" sees Nepal as a semi-independent or a vassal state or tributary of the British empire.
  4. Formal recognition of Nepal as an independent and sovereign state by Great Britain.
  5. ""World Population prospects – Population division"", population.un.org, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच नोभेम्बर ९, २०१९ 
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named UN_WPP_2019
  7. "National Population and Housing Census 2011 (National Report)", Central Bureau of Statistics (Nepal), अन्तिम पहुँच २६ नोभेम्बर २०१२ 
  8. ८.० ८.१ ८.२ "Report for Selected Countries and Subjects", IMF, अन्तिम पहुँच १५ अप्रिल २०२० 
  9. "Gini Index (World Bank Estimate) - Nepal", World Bank, मूलबाट ८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अप्रिल २०२० 
  10. "Human Development Report 2019" (PDF) (अङ्ग्रेजीमा), United Nations Development Programme, २०१९, अन्तिम पहुँच १६ अप्रिल २०२० 
  11. "यस्तो छ नेपालको नामाकरणदेखि २०७२ सम्मको इतिहास"काठमाडौँ टुडे। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  12. "नेपाल शब्दको उत्पत्ति"। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  13. Prasad, Ishwari (१९९६), The Life and Times of Maharaja Juddha Shumsher Jung Bahadur Rana of Nepal, New Delhi: Ashish Publishing House, आइएसबिएन 817024756X – Google Booksद्वारा। 
  14. १४.० १४.१ १४.२ कनकमणि दीक्षित। "'नेपाल' शब्दको पुरातत्व"। हिमाल खबर। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  15. "नेपाल उपत्यकाको उत्पत्ति"लोकसेवा सहयोगी। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  16. "उसबेलाको नेपाल"। नेपाल पत्रिका। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  17. Levi, Sylvain (१९०५), Le Nepal : Etude Historique d'Un Royaume Hindou (फ्रान्सेलीमा) 1, Paris: Ernest Leroux, पृ: 222–223। 
  18. "A Country Study: Nepal" (अङ्ग्रेजीमा), Federal Research Division, Library of Congress, अन्तिम पहुँच २०१८-०३-१८ 
  19. "Nepal profile - Timeline" (अङ्ग्रेजीमा), २०१८-०२-१९, अन्तिम पहुँच २०१८-०३-१८ 
  20. "The World Factbook — Central Intelligence Agency", www.cia.gov (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-१८ 
  21. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ 
  22. "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ ११, अन्तिम पहुँच २०७४ जेठ १० 
  23. "नेपालका नगरपालिकाहरूको आधिकारिक वेबसाइट", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १४ 
  24. "नेपालमा ७ प्रदेश बनाउने दलहरुबीच सहमति", everesttimes.net, अन्तिम पहुँच २०१८-०३-१८ 
  25. पत्रिका, अनलाइन, "७ प्रदेशको नयाँ नेपाल: कुन जिल्ला कुन प्रदेशमा ?", onlinepatrika.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०३-१८ 
  26. "सङ्घीय नेपालका सात प्रदेश: एक चर्चा", अन्तिम पहुँच २०१८-०३-१८ 
  27. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  28. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ 
  29. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  30. "९ स्थानीय तह थपिँदै कहाँ कति थपियो?" (नेपालीमा), अन्तिम पहुँच २०१८-०१-१० 
  31. "१९ जिल्लामा थप गाउँपालिका र नगरपालिका", बीबीसी, २०७४ जेठ ८, अन्तिम पहुँच २०७४ जेठ ८ 
  32. "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  33. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिवेदन २०६४

बाह्य सुत्रहरू