"विराटनगर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य लिङ्कहरू +बाह्य कडीहरू)
Birat_science_campus1.jpg हटाईंदै, कमन्समा Minoraxले per c:Commons:Deletion requests/Files of Ricky00977 को कारणले हटाएका कारण ।
पङ्क्ति १०३: पङ्क्ति १०३:


==शैक्षिक केन्द्र==
==शैक्षिक केन्द्र==

[[File:Birat science campus1.jpg|thumb|विराटनगरको पहिलो साइन्स क्याम्पस [[विराट साइन्स क्याम्पस]]को भवन]]
बिराटनगरलाई [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]]को शैक्षिक केन्द्रको रूपमा पनि लिने गरिन्छ। [[अरनिको +२ कलेज]] विज्ञान विधामा र [[मेरिल्यान्ड कलेज]] व्यवस्थापन विधामा राष्ट्रिय उत्कृष्ट पदक पाउने कलेजहरू हुन्। [[बाल कल्याण विद्या मन्दिर (बिकेभीएम)]] र [[सगरमाथा उच्च माध्यमिक विद्यालय]] माध्यमिक स्तरको उत्कृष्ट विद्यालयमा गणन हुन्छ।
बिराटनगरलाई [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]]को शैक्षिक केन्द्रको रूपमा पनि लिने गरिन्छ। [[अरनिको +२ कलेज]] विज्ञान विधामा र [[मेरिल्यान्ड कलेज]] व्यवस्थापन विधामा राष्ट्रिय उत्कृष्ट पदक पाउने कलेजहरू हुन्। [[बाल कल्याण विद्या मन्दिर (बिकेभीएम)]] र [[सगरमाथा उच्च माध्यमिक विद्यालय]] माध्यमिक स्तरको उत्कृष्ट विद्यालयमा गणन हुन्छ।



१९:३५, २२ मार्च २०२१ जस्तै गरी पुनरावलोकन

बिराटनगर
गोग्राहा
बिराटनगर महानगरपालिकाको कार्यलय
बिराटनगर महानगरपालिकाको कार्यलय
मोरङमा विराटनगरको अवस्थितिको अवस्थिति
मोरङमा विराटनगरको अवस्थिति
देश नेपाल
विकास क्षेत्रपुर्वाञ्चल विकास क्षेत्र
अञ्चलकोशी
जिल्लामोरङ
वडा सङ्ख्या१९[१]
साक्षरता दर८०.४९%
घर सङ्ख्या४७,७९८
सदरमुकाम घोषितवि.सं. १९७१
सरकार
 • प्रमुख प्रशासकीय अधिकृतकुमार प्रसाद दाहाल
 • प्रमुखभीम पराजुली[१]
 • उप-प्रमुखइन्दिरा कार्की[१]
क्षेत्रफल

नोट: पूर्वी सिमाना सिंगिया नदी, पश्चिम केसलिया नदी, उत्तर मोधा बुढीगंगा गाउँपालिका र दक्षिण जोगबनी, भारत
 • जम्मा५८.४८ किमी (२२.५८ वर्ग माइल)
उन्नतांश
८० मिटर (२६० फिट)
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२०१,१२५ [२]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५६६००, ५६६१३, ५६६१४
क्षेत्रीय सङ्केत०२१
वेबसाइटbiratnagar.gov.np
http://biratnagarmun.gov.np
बडाहाकिम कर्णेल जीत बहादुर खत्रीले विराटनगरलाई सदरमुकाम बनाउनुभएको थियो।

बिराटनगर महानगरपालिका नेपालको चौथो ठुलो शहर हो, जुन साविककोशी अञ्चल अन्तर्गतको मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ । हाल यो प्रदेश नम्बर १ को राजधानी पनि हो । यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो । यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन् । बिराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो । यहाँबाट भारत तथा तेस्रो मुलुकसँग ब्यापारिक बस्तुहरू आयात निर्यात गर्ने गरिन्छ ।

नामाकरण

यो शहरमा पौराणिक कालका विराट राजाको दरवार भएको विश्वास गरिन्छ। बिराट राजाको नामबाट नै विराटनगर रहेको विश्वास गरिएको छ । बिराटनगरबाट काठमाडौँ तथा नेपालका अन्य शहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। विराटनगर विमानस्थलबाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ । वि.सं. १९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थ्यो । केशर शम्सेर ज.ब.रा.ले आफ्नो मोरङ दौडाहाको समयमा भेडियारीमा पाइएको विराट राजाको दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट वि सं १९७६ मा विराटनगर नामाकरण गरेका हुन् । बडाहाकिम जीत बहादुर खत्रीले सम्बत १९७१ मा रंगेलीबाट विराटनगरमा जिल्ला सदरमुकाम (तत्कालिन गौडा) सारेपछि विराटनगरले शहरको रूप लिन थालेको हो। यसलाई विकसित पार्न शिवप्रताप शम्शेर थापाले पनि भूमिका निर्वाह गर्नुभएको थियो। [३] वि.सं. १९६८ मा विराटनगरको दक्षिणी सिमाना जोगवनीसम्म भारतीय रेल्वे सेवा सञ्चालन हुन थाल्यो । त्यसपछि कृष्ण प्रसाद कोईराला, सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२ मा सदरमुकाम विराटनगर सरेको हो । स्थानीय तह निर्वाचन २०७४ अनुसार २०७४ आषाढ १४ गते सम्पन्न निर्वाचनबाट नगर कार्य समिति गठन भएको छ ।

विराटनगरको इतिहास

भूगोल

यो ठाउँ समुद्र सतह भन्दा ७० मिटर (२२९ फिट) माथि अवस्थित रहेको छ ।विराटनगरमा सिंगिया खोला(नदी) बग्ने गर्छ।विराटनगरमा केहि साना तलाउहरु पनि रहेका छन्।

राजनीतिक विभाजन

विराटनगरमा राजनीतिक क्षेत्रको लामो इतिहास छ । बिराटनगरले नेपाललाई ४ प्रधानमन्त्री दिएको छ । नेपाली कांग्रेसको निकै लामो इतिहास छ । बिपी कोइराला देखि गिरिजाप्रसाद कोइराला सबैले आफ्नो राजनीतिक दौड यही देखि प्रारम्भ गरेका थिए । अहिले पनि बिराटनगरमा नेपाली कांग्रेसकै सरकारले छ र बलियो पकड छ। अन्य पार्टीहरु पनि यहाँ छन् जस्तै नेकपा, राप्रपा, जसपा आदि।

जनसङ्ख्या

नेपालको सम्बत २०६८ को जनगणना अनुसार बिराटनगरको जनसङ्ख्या २,६१,१२५ रहेको छ ।[२] जसमा पुरुष ५३% र महिला ४७% छन् । यस शहरमा नेपालका प्राय: सबै जातजातिका मानिसहरू बसोबास गर्दछन् । तर विराटनगरको पहिलो जातिको रूपमा विराट राजवंशी जातिलाई चिनिन्छ । वि.सं.२०५८ को जनसङ्ख्या अनुसार बिराटनगरको जनसङ्ख्या करीब २ लाख देखाइएको छ । नेपालमा भौगोलिक रूपमा बिराटनगर तराईको गर्मी क्षेत्र भएपनि जनघनत्व तीब्र रहेको छ । यो नेपालको चौथो ठूलो शहर पनि हो ।

शैक्षिक केन्द्र

बिराटनगरलाई पूर्वाञ्चलको शैक्षिक केन्द्रको रूपमा पनि लिने गरिन्छ। अरनिको +२ कलेज विज्ञान विधामा र मेरिल्यान्ड कलेज व्यवस्थापन विधामा राष्ट्रिय उत्कृष्ट पदक पाउने कलेजहरू हुन्। बाल कल्याण विद्या मन्दिर (बिकेभीएम)सगरमाथा उच्च माध्यमिक विद्यालय माध्यमिक स्तरको उत्कृष्ट विद्यालयमा गणन हुन्छ।

विराटनगरका विभिन्न कलेज तथा विद्यालयहरू:


सामुदायिक विद्यालयहरूमा सर्वोत्तम रहेको ।

  • जेम्स इन्टरनेशनल स्कुल

आर्थिक वातावरण

वास्तबमा भन्नुपर्दा बिराटनगर नेपालको महत्त्वपूर्ण औद्योगिक स्थल हो र नेपालको पहिलो औद्योगिक नगरी पनि हो जहाँ नेपालको पहिलो उद्योग बिराटनगर जुट मिल सन्चालनमा आएको थियो। क्रमस रघुपति जुट मिल, असोक टेक्सटाइल जस्ता उधोग यहाँ खोलिएका थिए । हाल यहाँ लगभग ५०० वटा उद्योगहरू संचालनमा छन् ।

खेलकुद

विराटनगरमा फुटबल खेल अत्यन्तै रुचाइन्छ। यहाँ एउटा राष्ट्रिय स्तरको रंगशाला सहिद रंगशालामा खेलकुदका गतिविधि हुन्छ ।वर्षेनि यस रंगशालामा जिल्लाभरिका विद्यालयको खेलकुद प्रतियोगिता हुनेगर्छ जुन अत्यन्त लोकप्रिय छ।

धार्मिकस्थलहरू

सन् २००७ मा विराटनगरको महेन्द्र चोकमा अवस्थित सालिक जुन भत्किसकेको छ

बिराटनगरमा धेरै धार्मिक स्थलहरू छन् । ती मध्ये बिराटनगर मेनरोडमा रहेको सत्यनारायण मन्दिर, विराटेश्वर शिवमन्दिर, कालीमन्दिर, सन्सारी माई स्थान प्रमुख छन् ।

चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ "विराटनगर महानगरपालिका गृहपृष्ठ", विराटनगर महानगरपालिका, अन्तिम पहुँच २०१८-१०-२८ 
  2. २.० २.१ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 
  3. सय वर्षसम्म सहर उस्तै नागरिक

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्