अम्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साधारणतया अमिलो स्वाद हुने र पानीमा घुल्दा H+ आयोन दिने पदार्थहरूलाई अम्ल भनिन्छ। अम्ल दुई प्राकार हुन्छन् ती हुन्ः प्राङ्गारिक र अप्राङ्गारिक। टार्टारिक, साइट्रिक, एसिटिक आदि प्राङ्गारिकका उदाहरण हुन् भने हाइड्रोक्लोरिक, सल्फ्युरिक, नाइट्रिक जस्ता अम्लहरू अप्राङ्गारिकका उदाहरण हुन्।

गुण[सम्पादन गर्नुहोस्]

  • प्रायः अम्लहरु अमिला हुन्छन्। तर अमिला हुन्छन् भन्दैमा यिनीहरुलाइ चाख्नु हुँदैन।
  • अम्लहरूले नीलो लिट्मसको रङलाई रातो बनाउँछ।