आदिल हुसैन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आदिल हुसैन
Adil Hussain
'लाइफ अफ पाइ'को प्रेस बैठकमा हुसैन
जन्म१९६२/१९६३
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानराष्ट्रिय नाटक विद्यालय
नाटक स्टुडियो लन्डन
पेशाअभिनेता
कार्यकालसन् १९९९–वर्तमान
चिनारीको कारणलाइफ अफ पाइ, जासूस विजय
गृहनगरगोलपारा, असम, भारत

आदिल हुसैन (उच्चारण [ʕaːdɪl ħuˈseːn]) एक भारतीय अभिनेता हुन् जो मुख्यतया भारतीय चलचित्र क्षेत्रमा काम गर्छन्। उनी आर्ट हाउस सिनेमा र मुख्यधाराको बलिउड सिनेमामा अभिनय गर्नुका साथै अन्तर्राष्ट्रिय सिनेमा, 'द रिलक्टन्ट फन्डामेन्टलिस्ट' र 'लाइफ अफ पाइ' (दुवै चलचित्र सन् २०१२ मा प्रदर्शित) जस्ता चलचित्रहरूमा काम गरेका छन्। उनले 'होटल स्याल्भेसन र 'मज रति केटेकी' मा आफ्नो अभिनयको कारण सन् २०१७ को राष्ट्रिय चलचित्र पुरस्कारमा राष्ट्रिय चलचित्र पुरस्कार (विशेष निर्णायक) पुरस्कार प्राप्त गरेका छन्। उनले अङ्ग्रेजी, हिन्दी, असमिया, बङ्गाली, तमिल, मराठी, मलयालम, नर्वेली र फ्रान्सेली चलचित्रहरूमा अभिनय गरेका छन्।[१][२]

जीवनी[सम्पादन गर्नुहोस्]

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Adil Hussain on National Award win: It's dangerous to get an award like this | bollywood", Hindustan Times, २२ अप्रिल २०१६, मूलबाट ११ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१७ 
  2. "Life of Pi – a fascinating story: movie review", EF News International, २८ नोभेम्बर २०१२, मूलबाट १ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १ नोभेम्बर २०१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]