कच्छ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कच्छ जिल्ला
माथि-बायाँबाट घडीको दिशामा: प्राग महल, कोटाई मा सूर्य मन्दिर, मुन्द्रा बन्दरगाह, कच्छको रण, ढोलावीरा
नक्सा
कच्छ जिल्ला
गुजरातमा कच्छ जिल्लाको स्थानको अवस्थिति
गुजरातमा कच्छ जिल्लाको स्थान
निर्देशाङ्क (भुज): २३°५४′५४″उ॰ ७०°२२′१″पू॰ / २३.९१५००°N ७०.३६६९४°E / 23.91500; 70.36694निर्देशाङ्कहरू: २३°५४′५४″उ॰ ७०°२२′१″पू॰ / २३.९१५००°N ७०.३६६९४°E / 23.91500; 70.36694
देश भारत
राज्यगुजरात
मुख्यालयभुज
क्षेत्रफल
 • जम्मा४५६७४ किमी (१७६३५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२०९२३७१
 • घनत्व४६/किमी (१२०/वर्ग माइल)
जनसाङ्ख्यिकी
 • साक्षरता७०.५९
 • लिङ्ग अनुपात९०८
 • भाषा
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटkachchh.nic.in

कच्छ जिल्ला पश्चिमी भारतको गुजरात राज्यको एउटा जिल्ला हो, यसको मुख्यालय (राजधानी) भुजमा रहेको छ।४५,६७४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो जिल्ला भारतको सबैभन्दा ठुलो जिल्ला हो। कच्छको क्षेत्रफल हरियाणा (४४,२१२ वर्ग किलोमिटर) र केरल (३८,८६३ वर्ग किलोमिटर) जस्ता अन्य भारतीय राज्यहरूको सम्पूर्ण क्षेत्रफलभन्दा ठुलो छ। कच्छको जनसङ्ख्या लगभग २०,९२,३७१ रहेको छ। यस जिल्लामा १० तालुक, ९३९ गाउँ र ६ नगरपालिकाहरू रहेका छन्। कच्छ जिल्ला कच्छी भाषा बोल्ने कच्छी मानिसहरूको घर हो।[१]

कच्छ दक्षिण र पश्चिममा कच्छको खाडीअरब सागरले घेरिएको छ भने उत्तरी र पूर्वी भाग कच्छको महान रण र सानो रण (मौसमी सिमसार) ले घेरिएको छ। यो भारतको छिमेकी देश पाकिस्तानसँगको सीमाको छेउमा पनि छ। जब यसका नदीहरूमा धेरै बाँधहरू बनाइएको थिएनन्, कच्छको रण वर्षको ठुलो भागको लागि सिमसार थियो। आज पनि, यो क्षेत्र वर्षको एक महत्त्वपूर्ण भागको लागि भिजेको छ। सन् २०११ को जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या २०,९२,३७१ रहेको छ जसमध्ये ३०% सहरी थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "About Kutch | About Us | Collectorate - District Kutch", मूलबाट २७ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ फेब्रुअरी २०१६ 
  2. "Census GIS India", Censusindiamaps.net, मूलबाट ११ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०१२