कुखुराको मासु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुखुराको मासु
सार्वजनिक बजारमा कुखुराहरू बिक्रीको लागि, सिनालोआ, मेक्सिको
परिकारआरम्भ, मुख्य खाना, अतिरिक्त खाना
खान उपयुक्ततातो र चिसो

संसारमा कुखुरा पालन सबैभन्दा सामान्य प्रकारको कृषिपालन हो ।[१] गाई वा सुँगुरजस्ता जनावरहरूको तुलनामा सापेक्षिक सजिलो र तिनीहरूलाई हुर्काउन कम लागतका कारण, कुखुरा संसारभरिका संस्कृतिहरूको परिकारहरूमा प्रचलित भएको छ र तिनीहरूको मासु विभिन्न रूपमा क्षेत्रीय स्वादसँग अनुकूलित गरिएको छ।

कुखुराको मासुलाई स्वाद अनुसार विभिन्न तरिकाले तयार पार्न सकिन्छ। यसमा बेकिङ, ग्रिलिङ, बार्बिक्यु, फ्राइङ र बोइलिङ लगायत अन्य थुप्रै समावेश छन्। २०औँ शताब्दीको उत्तरार्धदेखि, तयारी कुखुराको मासु फास्ट फुडको मुख्य उपज भएको छ। कोलेस्टेरोल र सन्तृप्त बोसोको कम सघनताका कारण कहिलेकाँही कुखुराको मासुलाई रातो मासुभन्दा स्वास्थ्यकरको रूपमा पनि लिइन्छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "FAOSTAT: Production_LivestockPrimary_E_All_Data", Food and Agriculture Organization, २०१४, अन्तिम पहुँच १४ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण १ नोभेम्बर २०१९ मिति
  2. "Eat More Chicken, Fish and Beans", www.heart.org 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]